विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन ९ हजार ४ सय ३७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट ९ हजार ४३७ को मृत्यु भएको हो ।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर ५ लाख २९ हजार ८३५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे विश्व स्वास्थ्य संगठनले जानकारी दिएकाे छ ।

हालसम्म विश्वभर १६ करोड ३७ लाख १ हजार २१० मा कोरोना संक्रमण भएको छ । त्यस्तै, १४ करोड २१ लाख ४९ हजार ९९९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

आइतवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ९२ हजार ८०१ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ५ हजार एक जनाको ज्यान गएको छ । १ लाख १० हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ४ लाख ५५ हजार २० जनामा संक्रमण भइसकेको छ ।

त्यस्तै, ३ लाख ३९ हजार ७५६ जना संक्रमित निको भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here