आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

नारायणगढ–मुग्लिन सडक खण्डमा एकै दिन पाँच वर्षयताकै धेरै पहिरो

नारायणगढ–मुग्लिन सडक खण्डमा एकै दिन पाँच वर्षयताकै धेरै पहिरो

शिक्षा
भदाै ३० काठमाडाैं । नारायणगढ–मुग्लिन सडक खण्डमा पाँच वर्षयताकै धेरै ठाउँमा पहिरो खसेको छ । सडक खण्डको जुगेडीदेखि मुग्लिनसम्म विभिन्न ठाउँमा सोमबार राति सानाठूला गरी ४८ पहिरो खसेका हुन् । डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियर शिव खनालका अनुसार २०७२ साल यता यति धेरै पहिरो एकै पटक खसेको थिएन । खसेका पहिरोमध्ये ७० प्रतिशतभन्दा बढी नयाँ ठाउँमा खसेका छन् । सो सडकको जुगेडीदेखि दासढुङ्गासम्म अहिलेसम्म पहिरो नखसेका ठाउँमा पनि यस पटक पहिरो खसेको थियो । विगत एक सातादेखि निरन्तर परेको वर्षापछि सोमबार बेलुका परेको अविरल वर्षाले पहिरो खसेको खनालको भनाइ थियो । पानीले गलेको जमिन ठूलो वर्षासँगै लेदोसहितको पहिरो खसेको थियो । सो सडकबाट माथितर्फ पहाडी गाउँतर्फ जाने साना साना सडक अवैज्ञानिक तरिकाले निर्माण गर्दा पनि पहिरोको जोखिम बढेको खनालले बताए । सडक सफा गर्न आज बिहानदेखि ११ वटा जेसिबी र ५ ...
‘सरकार दुईवटा समस्यासँग जुधिरेको छ’

‘सरकार दुईवटा समस्यासँग जुधिरेको छ’

राजनीति
भदाै ३० काठमाडौं। परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सरकार यतिबोला दुईवटा समस्यासँग जुधिरहेको बताएका छन्। सरकारको प्रवक्ता तोकिएपछि पहिलो पटक मन्त्रिरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले नेपाल अहिले स्वास्थ्य र आर्थिक समस्यासँग जुधिरहेको बताए। उनले कोरोना महामारीले विश्व नै संकटमा रहेको भन्दै नेपाल पनि संकटमा रहेको उल्लेख गरे। उनले कोरोना केही पनि होइन भन्ने मानसिकता कसैले पनि नराख्न नहुने बताए। उनले कोरोना केही होइन भन्ने भ्रामक कुराका पछाडी नलाग्न सुझाव दिए। उनले कोरोना महामारीका कारण लकडाउन र निषेधाज्ञा जारी गर्दा आर्थिक संकट पनि निम्तिएको बताए। ...
दुर्लभ वन्यजन्तु सालक सहित ५ जना समातिए

दुर्लभ वन्यजन्तु सालक सहित ५ जना समातिए

अपराध
भदाै ३० तिलोत्तमा — रुपन्देहीमा संकटापन्न वन्यजन्तु सालकसहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिराहा जिल्लाको सिराहा नगरपालिका–७ बस्ने ३६ वर्षीय मनोज कुमार कर्ण, सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिका वडा ३ का ३२ वर्षीय लोकबहादुर तामाङ र ६० वर्षीय लालबहादुर तामाङ, सर्लाही जिल्लाको हरिओम गाउँपालिका–१० बस्ने ६६ वर्षीय सूर्य लामा र उदयपुर जिल्ला गाईघाट नगरपालिका–१ की ३५ वर्षीया नेत्रमाया राना रहेको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो साढे ३ बजे नेपालगन्ज रोडबाट दुर्लभ वन्यजन्तु सालक र ५ थान मोबाइलसहित उनीहरुलाई पक्राउ गरिएको हो । ...
विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला

समाचार
भदाै ३० काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त भएका छन् ।ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कोइरालालाई प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् । मन्त्री पुनका प्रेस संयोजक दयानिधी भट्टले कोइरालालाई प्राधिकरणको निमित्त कार्यकारी निर्देशक तोक्ने निर्णय भएको जानकारी दिए । कोइराला प्राधिकरणको उप कार्यकारी निर्देशक (१२ औं तहका कर्मचारी) हुन् । कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल सहिए पछि वरिष्ठताको आधारमा पहिलो नम्बरमा रहेका कोइरालाई निमित्त कार्यकारी निर्देशक तोकिएको हो । ...
जनप्रतिनिधिमा कोरोना देखिएपछि पाल्पाको तानसेन नगरपालिका र वडा कार्यालय बन्द

जनप्रतिनिधिमा कोरोना देखिएपछि पाल्पाको तानसेन नगरपालिका र वडा कार्यालय बन्द

समाचार
भदाै ३० काठमाडाैं । पाल्पाको तानसेन नगरपालिकाले आकस्मिक बाहेकका अन्य सेवा बन्द गरेपछि कार्यालय क्षेत्र सुनसान हुँदै । तानसेन नगरपालिकाका जनप्रतिनिधिमा कोरोना देखिएपछि नगरपालिका र वडा कार्यालय बन्द गरिएका छन् । रासस
नेपालको आर्थिक वद्धिदर १.५ प्रतिशतमा सिमिति हुने प्रक्षेपण

नेपालको आर्थिक वद्धिदर १.५ प्रतिशतमा सिमिति हुने प्रक्षेपण

आर्थिक
भदाैं ३० काठमाडौं। एसियालीविकास बैंक (एडीबी) ले चालू आर्थिक वर्ष २०७७/०७८(सन् २०२१) मानेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशतमा सिमिति हुने प्रक्षेपण सार्वजनिक गरेको छ। कोभिड–१९ को महामारी र यसलाई नियन्त्रण गर्न गरिएको लकडाउनलगायतका कारण अर्थतन्त्रमा गम्भिर प्रभाव परेको एडीबीले मंगलबार सार्वजनिक गरेको इकोनोमी आउटकुलमा उल्लेख गरेको छ। बैंकले गत अप्रिलमा सन् २०२१ मा ६.४ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो। त्यसपछि जुनमा संशोधन गर्दै वृद्धिदर ३.१ प्रतिशत रहने उल्लेख गरेको थियो।बैंकले सन् २०२० मा भने नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतहुने अनुमान गरेको छ। एडीबीका अनुसार सन् २०२० मा दक्षिण एसियाको आर्थिक वृद्धिदर ६.८ प्रतिशतले ऋणात्मक हुने र सन् २०२१ ७.१ प्रतिशत हुनेछ। ...
सिटिजन्स बैंकद्वारा स्क्यान र वीथ ड्र सेवा सुरु, क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सकिने

सिटिजन्स बैंकद्वारा स्क्यान र वीथ ड्र सेवा सुरु, क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सकिने

आर्थिक
भदौ ३० काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ स्क्यान र वीथ ड्र सेवाको सुरुवात गरेको छ । विश्वका अधिकांश मुलुकहरु कोरोनाभाइरसको महामारीबाट आक्रान्त बनेको अवस्थामा यस सिटिजन्स बैंकले ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ क्यान र वीथ ड्र सेवाको सुरुवात गरेको हो । क्यान र वीथ ड्रमार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लगइन गरेर काउण्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सकिने कुरा बैंकले जनाएको छ । बैंकले हाललाई यो सेवा काठमाडौं उपत्यकाका दरवारमार्ग र कमलादी शाखाबाट उपलब्ध गराएको छ र निकट भविष्यमा नै यस सेवालाई देश भरीका अन्य शाखाहरुबाट समेत प्रवाहगर्ने उद्देश्यकासाथ कार्यारम्भ भइसकेको कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज ...
शेयर धितो राखेर एनआइसी एशियाबाट ७.७५%ब्याजदरमा १५ करोडसम्म लोन लिन पाइने

शेयर धितो राखेर एनआइसी एशियाबाट ७.७५%ब्याजदरमा १५ करोडसम्म लोन लिन पाइने

आर्थिक
 भदाै ३० काठमाडाैं । एनआइसी एशिया बैंकले सर्वाधिक न्यूनतम ब्याजदरमा शेयर धितोमा राखेर प्रवाह गरिने कर्जा ‘लोन अगेन्स्ट शेयर’  (Loan Against Share) को आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ । बजारको मागअनुसार नेपालको बैंकिङ्ग क्षेत्रकै सर्वाधिक न्यूनतम ब्याजदर वार्षिक ७।७५ प्रतिशत रहेको उक्त कर्जा योजना सार्वजनिक गरेको बैंकले जनाएको छ । ग्राहकहरूले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायत अन्य विभिन्न कम्पनीहरूको साधारण शेयर यस बैंकमा धितो राखेर १२० दिनको शेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्य मध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । यस योजना अन्तर्गत न्यूनतम रू। १ करोड देखि अधिकतम रू १५ करोडसम्मको कर्जा रकम प्राप्त गर्न सक्ने व्यवस्था बैंकले गरेको छ । यस अन्तर्गत रू ५० लाखसम्मको ओभरड्राफ्ट कर्जा समेत लिन सकिने सुवि...
मलाई लोडसेडिङ अन्त्य गर्ने जिम्मेवारी दिइएको थियो, मैले पुरा गरेँ : कुलमान

मलाई लोडसेडिङ अन्त्य गर्ने जिम्मेवारी दिइएको थियो, मैले पुरा गरेँ : कुलमान

राजनीति
भदाै ३० काठमाडौं। नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेका कुलमान घिसिङलाई मंगलबार प्राधिकरणमा औपचारिक विदाई गरियो। उनको ४ वर्षे कार्यकाल गएको आइतार सकिएको थियो। जनस्तरबाट उनलाई फेरि कार्यकारी निर्देशकमा नियुक्त गर्न आवाज उठे पनि सरकारले भने कसैलाई पनि हालसम्म नयाँ कार्यकायी निर्देशक नियुक्त गरेको छैन। मंगलबार प्राधिकरणमा आफ्नो विदाइमा आयोजित कार्यक्रममा घिसिङले मन्तव्य दिँदै आफूले पाएको जिम्मेवारी पुरा गरेको बताए। उनले आफू २०७३ मा कार्यकारी निर्देशकमा नियुक्त हुँदा वर्षामा ६ देखि ८ घण्टा लोडसेडिङ रहेको र हिउँदोमा १४ घण्टासम्म लोडसेडिङ हुने प्रक्षेपण गरिएको भन्दै आफ्नो कार्यकालमा लोडसेडिङ अन्त्य गरेर देशलाई अन्धकारबाटर मुक्त गरेको बताए। उनले प्राधिकरणको आर्थिक अवस्था सुधार गर्नुपर्ने आफ्नो अर्को जिम्मेवारी रहेको भन्दै सो जिम्मेवारी पनि ...
शेयर कारोबार नेप्से परिसूचक आज पनि झिनो अङ्कले ओरालो लाग्यो

शेयर कारोबार नेप्से परिसूचक आज पनि झिनो अङ्कले ओरालो लाग्यो

आर्थिक, समाचार
भदौ ३० काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.४७ विन्दुले ओरालो लागेर एक हजार ५३६.०३ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.५९ विन्दुले घटेर ३०४.६५ मा पुगेको छ । कूल १९३ कम्पनीको ६६ लाख ९७ हजार ४९६ कित्ता शेयर रु दुई अर्ब ११ करोड ९९ लाख ३९ हजार ५५८ मूल्यमा खरिद बिक्री भए । स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर उकालो लाग्दा नौ उपसमूहको शेयर भने उकालो लागेको छ । होटल ९.२४, जीवन बीमा १७.३३ र सामूहिक लगानी कोष ०.०४ विन्दुले बढेको छ । बैंकिङ तीन, व्यापार १३.७५, विकास बैंक १४.५५, जलविद्युत् ८.१६, वित्त २.५, निर्जीवन बीमा ३.२३, उत्पादन १२.४६, अन्य ७.३९ र लघुवित्त ३.९९ विन्दुले घटेको छ । स्टकका अनुसार कारोबारका आधारमा आज पनि पुनर्बीमा कम्पनी शीर्ष स्थ...