आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

NEA bids farewell to CEO Ghising

NEA bids farewell to CEO Ghising

राजनीति
Sept 15 Kathmandu :The Nepal Electricity Authority (NEA) bade farewell to Chief Executive Officer Ghising organizing a programme on Tuesday. Ghising retired yesterday after completion of his four-year term as the head of the NEA.At the programme, senior deputy executive director Hitendra Dev Shakya praised the outgoing CEO Ghising as an honest and diligent person. “With Ghising’s successful leadership in the last four years at NEA, we all employees felt proud of working here. Even his enemy respects him.” Similarly, another deputy executive director Harraj Neupane remembered Ghising as an energetic person. He hoped that atmosphere would be built to appoint Ghising as the CEO again.Deputy Executive Director Lekhnath Koirala shared the impression of public trust on NEA while Coordinato...
शैक्षिक संस्थाहरू अर्को सूचना नआएसम्मका लागि बन्द रहने

शैक्षिक संस्थाहरू अर्को सूचना नआएसम्मका लागि बन्द रहने

समाचार
भदाै ३० काठमाडाैं । सरकारले शैक्षिक संस्था, ट्युसन सेन्टर, परीक्षा सञ्चालन, सबै प्रकारका गोष्ठी, तालिम आदि अर्को सूचना नआएसम्म बन्द नै राख्‍ने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यी सेवाहरू अनिश्चितकालसम्म बन्द राख्ने निर्णय गरेको सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । “सबै प्रकारका प्रदर्शन भेला, सिनेमा हल, डान्सबार, सार्वजनिक स्थल, सैलुनहरू, व्युटी पार्लर, मसाज तथा स्पा सेन्टर, स्विमिङ पुल, जिमखाना, समूहमा खेलिने खेल, मैदानमा हुने प्रशिक्षण, अन्तर्राष्ट्रिय खेलकुद प्रशिक्षण, प्रारम्भिक चरणका खेलहरू, सबै प्रकारका धार्मिक क्षेत्र, चिडियाखाना, पुस्तकालय अर्को निर्णय भएपछि मात्रै सञ्चालन हुनेछन्,” मन्त्री ज्ञवालीको भनाइ थियो । ...
प्रहरीमा नयाँ भर्ना खोल्न स्वीकृति

प्रहरीमा नयाँ भर्ना खोल्न स्वीकृति

समाचार
भदाै ३० काठमाडाैं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा नयाँ भर्ना प्रक्रिया अघि बढाउन स्वीकृत दिएको छ ।यसअघि सबै सरकारी निकायमा नयाँ भर्ना प्रक्रिया रोकिएको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षा निकायमा रिक्त पद बढ्दै गर्दा समस्या हुने भएपछि नयाँ भर्ना खोल्न स्वीकृत दिने निर्णय गरेको सरकार प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । निजामतीमा आधा अवस्थामा पुगेका भर्ना प्रक्रिया समेत सुचारु हुन सकेको छैन । अर्को निर्णय नगरेसम्मका लागि नयाँ भर्ना रोक्ने निर्णय गत बैशाखमा गरेको थियो । ...
पूर्व अर्थमन्त्री युवराज खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त

पूर्व अर्थमन्त्री युवराज खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त

राजनीति
भदाै ३० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई आफ्नो विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो । सोमबारको मन्त्रिपरिषद बैठकले गरेका निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खतिवडालाई मन्त्रीसरहको सुविधा पाउने गरी प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय भएको जानकारी दिए । राष्ट्रिय सभाको सदस्य हुँदा अर्थमन्त्रीमा नियुक्त भएका खतिवडाको राष्ट्रिय सभाको पदावधि गत फागुनमै सकिएको थियो । तर, संघीय संसदको सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्रिपरिषद सदस्य हुन पाउने व्यवस्थाअनुसार खतिवडाले थप ६ महिना अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । संविधानअनुसार ६ महिनाको अवधि सकिने अघिल्लो ...
सीआईबीमा कार्यरत २६ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण

सीआईबीमा कार्यरत २६ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण

समाचार, स्वास्थ्य
भदाै ३० काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत २६ जना अधिकारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।ब्यूरोका एक अधिकृतले २६ जनामा कोरोना संक्रमण देखिएको बताए । उनका अनुसार संक्रमित अधिकारीहरुको कन्ट्याक ट्रेसिङको काम भइरहेको छ । सीआईबीका अधिकारीको सर्वसाधारणसँग सीधै सम्पर्क नहुने भएकाले पनि कसरी संक्रमण फैलियो भन्नेबारे कन्ट्याक ट्रेसिङ र थप परीक्षण पछि मात्र थाहा हुने बताइएको छ । ...
सभामुख सापकोटा र नेपालका लागि पाकिस्तानी राजदूतबीच शिष्टाचार भेट

सभामुख सापकोटा र नेपालका लागि पाकिस्तानी राजदूतबीच शिष्टाचार भेट

राजनीति
भदाै ३० काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि पाकिस्तानी राजदूत मजार जावेदबीच मंगलबार शिष्टाचार भेट भएको छ।  सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुइदेशबीचको सम्बन्ध, सहकार्य र आपसी हितका विषयमा छलफल भएको हो। भेटमा सभामुख सापकोटाले नेपाल र पाकिस्तानबीच ६० वर्ष लामो मैत्रिपूर्ण सम्बन्ध रहेको र दुई देशबीचको सम्बन्धमा समस्या नरहेको चर्चा गरे। उनले मानवजातिलाई परेको कोरोना संकट पारगर्न सबै मिलेर लड्नुको विकल्प नभएकोमा जोड दिंदै पाकिस्तानले कोरोना नियन्त्रणका लागि गरेको प्रयासको प्रशंसा गरे। सभामुख सापकोटाले कोरोनाको अन्त्यपछि दुइदेशका संसदबीचको सहकार्य र थाँती रहेका अन्य विषयहरु अघि बढ्ने विश्वास व्यक्त गरे। चार बर्षे कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूत जावेदले नेपाल बसाइका क्रममा संघीय संसदबाट भएको सहयोप्रति आभार प्रकट गरे। उनले कोरोनाका कारण सात महिना य...
मुम्बई उच्च अदालतमा कंगनाले मागिन् दूई करोडको क्षतिपुर्ति

मुम्बई उच्च अदालतमा कंगनाले मागिन् दूई करोडको क्षतिपुर्ति

अन्तराष्ट्रिय, समाचार
भदाै ३० काठमाडौं । पछिल्लो समय शिवसेनासँग विवाद परेकी भारतिय अभिनेत्री कंगना रनौटले मुम्बई उच्च अदालतमा दुई करोडको क्षतिपुर्ति माग गरेकी छिन् । उनको मुम्बईको बान्ड्रास्थित बंगला नम्बर ५ भत्काइएपछि उनले क्षतिपुर्ति मागेकी हुन् । बीएमसीले उनको बंगला ४० प्रतिशत भत्काइदिसकेको छ । कंगना मुम्बईलाई पाकिस्तान शासित कश्मिरसँग तुलाना गरेपछि शिवसेनासँगा विवादमा परेकी हुन् । शिवसेनाले महाराष्ट्र राज्यमा सरकार चलाइरहेको छ । ...
काठमाडौं उपत्यकामा थपिए ६७६ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए ६७६ जना कोरोना संक्रमित

समाचार, स्वास्थ्य
भदाै ३० काठमाडौं । उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६७६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।उपत्यकाका तीन जिल्लामा थप ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौंमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । नेपालमा आज थपिएका १,४५९ जना संक्रमितमध्ये उपत्यकाका ६७६ जना हुन् । आज फेरि नेपालमा कोरोना संक्रमितको ग्राफ बढेको छ । ...
पछिल्लो २४ घण्टामा कोरोनाले ११ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाले ११ जनाको मृत्यु

समाचार, स्वास्थ्य
भदाै ३० काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप  ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३७१ पुगेको छ । यसअघि सोमबार हिजो १५ जनाको कोरोनाका कारण ज्यान गएको थियो ।यसैगरी आइतबार ९ जनाको कोरोनाका कारण ज्यान गएको थियो । जसमा ३ जना महिला र ६ जना पुरुष थिए । काठकमाडौंकी ६५ वर्षीया २ जना र कास्कीकी ४५ वर्षीया एक महिला थिए । त्यसैगरी ६९, ५९ ,७०, ६४ र ५९ वर्षीय काठमाडौंका पाँच पुरुष तथा सिन्धुपाल्चोकका ५९ वर्षीय एक पुरुष थिए । मन्त्रालयका यसअघि शनिबार १४ जनाको कोरोनाका कारण ज्यान गएको थियो । जसमा सुनसरीका ४३ वर्षीय पुरुष, पर्साकी ७८ वर्षीया महिला, काठमाडौंकी ७६ वर्षीय महिला तथा ५१ र ५४ वर्षीय पुरुष थिए । त्यसैगरी भक्तपुरका ७२ र ३८ वर्षीय पुरुष, चितवनका ६१ वर्षीय पुरुष, तनहुँकी ७६ ...
गुणस्तरहीन छड उत्पादन गरेको पाइएपछि जगदम्बा स्टिललाई कारबाही

गुणस्तरहीन छड उत्पादन गरेको पाइएपछि जगदम्बा स्टिललाई कारबाही

समाचार
भदाै ३० सिमरा । बाराको सिमरामा सञ्चालित जगदम्बा स्टिल उद्योगले न्यून गुणस्तरको लोहाछड उत्पादन गरेको भेटिएपछि गुणस्तर तथा नापतौल विभागले कारवाही फुकुवा नभएसम्म उत्पादन र बिक्रीमा रोक लगाएको छ । विभागले आफ्नो प्रयोगशालामा जाँच गर्दा जगदम्बाले मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर उत्पादन गरेको छड न्यून गुुणस्तरको फेला परेपछि कारवाही गरेको जनाएको छ । बाराको सिमरामा रहेको सो उद्योगले आफ्ना उत्पादन एक नम्बरको भनेर दाबी गरे पनि गुणस्तर कमजोर देखिएको गुणस्तर तथा नापतौल अचल कार्यालय वीरगञ्जका कर्मचारीको भनाइ छ । उत्पादित लोहाछडमा कैफियत देखिएकाले गुणस्तरको सुनिश्चिता नभएसम्म छडको उत्पादन र बिक्री नगर्न लिखितरुपमा पत्रसमेत पठाइएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए । न्यून गुणस्तर भएको १६ एमएमको टीएमटी बारफी ५०० छड उत्पादनमा रोक लगाइएको उहाँले जानकारी दिए । विभागका निर्देशक सञ...