एकासी दिनमा २२ लाख जरिवाना सङ्कलन तनहुँमा
भदाै ३१ तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरी रु २२ लाख ३५ हजार ९३० जरिवाना रकम सङ्कलन गरेको छ । जिल्ला अदालतको फैसलाबाट कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रही फरार रहँदै आएका व्यक्तिलाई पक्राउ गर्ने अभियान थालेपछि उक्त जरिवाना रकम सङ्कलन भएको हो ।
एकासी दिनमा १०८ फरार अभियुक्त पक्राउ गर्दा उक्त रकम सङ्कलन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । प्रहरीले असारमा नौ, साउनमा ४५, भदौ २८ गतेसम्म ५४ गरी १०८ जना अभियुक्त पक्राउ गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार ठगी, चोरी, बहुविवाह, सवारी ज्यान, कर्तव्य ज्यान लागुऔषध, बैंकिङ कसुर, किर्ते, वन, सार्वजनिक अपराध, तथा देवानीलगायत मुद्दामा फरार रहेका व्यक्ति पक्राउ परेका छन् ।
तनहुँ प्रहरीले गत आइतबार एकै दिन ३५ फरार अभियुक्तलाई पक्राउ गरेको छ...









