आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

भोलि असोज १ देशभरका अदालत बन्द हुने

भोलि असोज १ देशभरका अदालत बन्द हुने

समाचार
भदाै ३१ काठमाडौं ।असोज १ गते भोलि देशभरका सबै अदालत बन्द हुने भएका छन् । पूर्व प्रधानन्यायाधीश अनिरुद्रप्रसाद सिंहको निधनको शोक मनाउन सर्वोच्च अदालत, सबै उच्च अदालत र जिल्ला अदालतहरु बन्द हुने भएका छ । सर्वोच्च अदालतमा आज आकस्मिक रुपमा बसेको पूर्ण बैठकले सो निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली मिश्रले आज एक विज्ञप्ति निकाल्दै सो कुराको जानकारी दिएका छन् ।   २०१३ साल जेठ ८ गते देखि ०१६ साल असार १५ गतेसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीश रहेका सिंहको हिजो भदौ ३० गते साँझ निधन भएको थियो ।  सिंह बिक्रम संवत १९७६ साल माघ २० गते सप्तरीमा जन्मिएका थिए । २००३ सालमा बडाहाकिम भएर उनले सरकारी सेवा प्रवेश गरेका थिए ।  ...
मृत्यु भएकाे व्यक्तिकाे कोरोना परीक्षण नगर्न निर्देशन

मृत्यु भएकाे व्यक्तिकाे कोरोना परीक्षण नगर्न निर्देशन

शिक्षा
भदाै ३१ काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु भइसकेका व्यक्तिहरुको नमुना झिकेर कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्न निर्देशन दिएका हुन् । ‘मृत्यु भएका व्यक्तिहरुको नमुना झिकेर कोरोना परीक्षण गरेको सूचना आएको छ ,तर अब त्यस्तो नगर्न निर्देशन छ’, आज बुधबारको कोरोना ब्रिफिङ कार्यक्रममा उनले भने, ‘कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका व्यक्तिको मृत्यु भएर शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाउनुपर्ने र सम्पर्कमा आएकाहरु १४ दिन क्वारेन्टिनमा बस्नु पर्नेछ ।’ उनका अनुसार इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले उक्त निर्णय गरेको हो । शव व्यवस्थापनसम्बन्धी निर्देशिका परिमार्जन गर्दै लैजाने उनले जानकारी दिएका छन् । सरकारले मृत्यु भइसककोहरुको पीसीआर टेष्ट नगर्ने निर्णय गरेको छ । ...
अख्तियारको कार्यवाहक प्रमुखमा डा. गणेशराज जोशी

अख्तियारको कार्यवाहक प्रमुखमा डा. गणेशराज जोशी

राजनीति
भदाै ३१ काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी डा. गणेशराज जोशीले पाएका छन्। प्रमुख आयुक्त नवीनकुमार घिमिरेको २८ भदौमा कार्यकाल सकिएपछि जोशीले जिम्मेवारी पाएका हुन्। जोशीको कार्यकाल आगामी १९ चैतसम्म बाँकी छ। उनी १९ चैत २०७१ मा आयुक्तमा नियुक्त भएका थिए। आयोगमा जोशीसँगै डा. सावित्री थापा गुरुङ मात्रै आयुक्त हुन्। घिमिरेको कार्यकाल सकिएसँगै आयोगमा अब तीन जनाको पद रिक्त भएको छ। संवैधानिक परिषद्को बैठक बस्न नसक्दा लामो समयदेखि अख्तियारलगायत संवैधानिक निकायमा नियुक्ति हुन सकेको छैन। संवैधानिक परिषद्ले अख्तियार लगायतका संवैधानिक निकायमा आयुक्त नियुक्त गर्ने व्यवस्था संविधानमा छ। संवैधानिक परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र विपक्षी दलको नेता रहने व्यवस्था छ। हाल उपसभामुख रिक्त छ। ...
नेपाली फुटबल खेलाडी परियारले भारतीय क्लबबाट खेल्ने

नेपाली फुटबल खेलाडी परियारले भारतीय क्लबबाट खेल्ने

खेलकुद
भदाै ३१ काठमाडाैं । नेपाली यु–२३ फुटबल टोलीका खेलाडी राजेश परियारले भारतीय क्लबबाट फुटबल खेल्ने भएका छन्।भारतको ‘बी’ डिभिजनको आई लिगका लागि अहमदाबादले परियारलाई अनुबन्ध गरेको हो। उनले सामाजिक सञ्जालमार्फत आफु भारतको अहमदाबादबाट खेल्नलागेको जानकारी गराएको हो। आई लिगका लागि परियार बिहीबार भारत जाँदै छन्। परियार अखिल नेपाल फुटबल सङ्घ (एन्फा) एकेडेमीबाट उत्पादित खेलाडी हुन। उनले गत वर्षको ‘ए’ डिभिजन लिग न्यूरोड टिम (एनआरटी) बाट खेलेका थिए। परियार गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपालले स्वर्ण पदक जित्दा टोलीको महत्वपूर्ण सदस्य थिए। अघिल्लो महिना नेपालका अर्का खेलाडी अभिषेक रिजाल पनि भारतीय क्लबमा आवद्ध भएका थिए।-रासस ...
नेपालमा पछिल्लो २४ घण्टामा थपिए १,५३९ कोरोना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा थपिए १,५३९ कोरोना संक्रमित

शिक्षा
भदाै ३१ काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप १५३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ थियो ।सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहको मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा थप १०६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४१ हजार ७०६ पुगेको छ ।उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि मंगलबार तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४० हजार ६३८ थियो ।मन्त्रालयका अनुसार मंग...
कक्षा १२ मा चालिस नम्बरका लागि अनलाइन परीक्षा हुने

कक्षा १२ मा चालिस नम्बरका लागि अनलाइन परीक्षा हुने

शिक्षा, समाचार
भदाै ३१ काठमाडाैं । लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्षसहित कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गरी परीक्षा सम्पन्न गर्न सरकारलाई सिफारिस गरेको छ। विषम स्थितिमा हुने यो मिश्रित ढाँचाको परीक्षाबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाइ स्वीकृत गराएपछि निर्णय कार्यान्वयन हुनेछ। मन्त्रालयका एक अधिकारीका अनुुसार बोर्डको सिफारिसअनुसार सरकारले चाँडै निर्णय गर्नेछ। अनलाइनमा पहुँच नहुनेले सूचना प्रविधिका अन्य माध्यमलाई पनि प्रयोग गर्न सक्ने गरी सरकारले विद्यार्थी सिकाइ...
काठमाडौं उपत्यकामा थपिए ७३७ संक्रमित

काठमाडौं उपत्यकामा थपिए ७३७ संक्रमित

समाचार
भदाै ३१ काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७३७ जनामा कोरोना संक्रमण देखिएको छ ।उपत्यकाको काठमाडौं जिल्लामा ६ सय ५२ जना, ललितपुर जिल्लामा ६० जना र भक्तपुर जिल्लामा २५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।नेपालमा आज (बुधबार) एकै दिन हालसम्मकै बढी १,५३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । आन देशभर थपिएकामध्य उपत्यकाका ७३७ जना हुन् । देशका विभिन्न प्रयोगशालामा १० हजार ४९४ जनामा गरिएको पिसिआर परीक्षणमा अहिलेसम्मकै बढी १,५३९ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप १०६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म ४१ हजार ७०६ उपचारपछि निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको सं...
स्वास्थ्य सावधानी अपनाएर पर्यटक बस सञ्चालन गर्ने तयारी

स्वास्थ्य सावधानी अपनाएर पर्यटक बस सञ्चालन गर्ने तयारी

समाचार
भदाै ३१ काठमाडाैं । पर्यटक बस व्यवसायीहरुले उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाएर पर्यटक बससेवा सञ्चालन गर्ने तयारी थालेका छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको असर नेपालमा समेत पर्दै गएपछि गत चैत १० गतेदेखि बन्द रहेको पर्यटक बससेवा (भोलि) असोज १ गतेदेखि सञ्चालन गर्न पाउने सरकारको निर्णयसँगै व्यवसायीले उच्च स्वास्थ्य सुरक्षा अपनाएर बस सञ्चालनको तयारी थालेका हुन् । टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान) का अध्यक्ष ईश्वर शर्माले पूर्णरूपमा पर्यटकीय बस सुरक्षित भएको महसुस गराएर सेवा सञ्चालनको तयारी गरिएको जानकारी दिनुभयो । झण्डै छ महिनादेखि ग्यारेजमा थन्किएर बसेका पर्यटक बसलाई मर्मत सम्भार गरेर सेवा प्रदान गर्न लागिएको हो । “पर्यटक बस चढ्नुअगाडि यात्रुको शरीरको तापक्रम मापन गर्ने, चालक, सहचालक र यात्रुले मास्क र पञ्जा अनिवार्यरूपमा लगाउनुपर्ने, बसभित्र सेनिटाइज गर्ने जस्ता व्यवस...
कोरोना भाइरसको असर कम गर्न सक्ने एन्टिबडी पत्ता लाग्याे

कोरोना भाइरसको असर कम गर्न सक्ने एन्टिबडी पत्ता लाग्याे

समाचार, स्वास्थ्य
भदाै ३१ काठमाडौं । कोरोना भाइरस महामारीले सिङ्गो विश्वलाई आक्रान्त बनाइरहेका बेला अमेरिका वैज्ञानिकको एक समूहले कोरोना भाइरसको असर कम गर्न सक्ने एन्टिबडी पत्ता लगाएका छन् । उनीहरुले अहिलेसम्मकै सबैभन्दा छोटो एन्टिबडी पत्ता लगाएको दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुका अनुसार यो एन्टिबडी अरु एन्टिबडीको तुलनामा १० गुणा सानो आकारको छ । यो एन्टिबडी एबी–८ नामक औषधि बनाउनका लागि प्रयोग गरिने जनाइएको छ । ब्रिटिस कोलम्बिया विश्वविद्यालयका अनुसन्धानकर्ताले आफ्नो परीक्षणमा एबी–८ को औषधि प्रयोग गरेको र यो औषधिले कोरोना भाइरसको रोकथाममा प्रभावकारी भूमिका खेलेको पाइएको खबरमा उल्लेख छ । यो औषधिले शरिरको प्रतिरोधात्मक क्षमताको समेत विकास गर्ने खबरमा उल्लेख छ । औषधिको प्रयोगले कोरोना लागेकालाई निको बनाउन भन्दा पनि कोरोना सङ्क्रमण रोक्न प्रभावकारी भूमिका खेल्ने वैज्ञानिकक...
सप्तरीका कोरोना संक्रमित ३५ वर्षीय युवकको मृत्यु

सप्तरीका कोरोना संक्रमित ३५ वर्षीय युवकको मृत्यु

समाचार
भदाै ३१ काठमाडौं । कोरोना भाइरस संक्रमणबाट सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका एक कोरोना संक्रमितको ज्यान गएको छ ।सप्तरी खडक नगरपालिका–३ का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । २८ भदौमा कोरोना पोजेटिभ देखिएका उनलाई ३० भदौमा प्रतिष्ठानमा भर्ना गरिएको थियो ।उनको उपचारकै क्रममा आज (बुधबार) विहान ६ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् । प्रवक्ता सापकोटाका अनुसार एक वर्षयता मृगौलामा समस्या भएका कारण उनी नियमित डाइलसिस गराइरहेका थिए । ...