आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

सञ्चारकर्मी र प्रहरीसहित थप ५ जनामा कोरोना संक्रमण पुष्टि

सञ्चारकर्मी र प्रहरीसहित थप ५ जनामा कोरोना संक्रमण पुष्टि

समाचार
भदाै ३१ गण्डकी । गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिनेमा एक पत्रकार र दुई पर्यटक प्रहरी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार स्याङ्जाको पुतलीबजार नगरपालिका– १३ घर भई हाल पोखरा महानगरपालिका–४ गैहपाटन बस्ने ३८ वर्षीय पुरुष सञ्चारकर्मीलाई सङ्क्रमण पुष्टि भएको हो । त्यसैगरी पोखरा–६ मा दुई पर्यटक प्रहरीसमेत सङ्क्रमित भएका छन् भने तनहुँ र नवलपरासीमा एक÷एक जना थपिएका छन् ।प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार १७१ जना पुगेको निर्देशनालयले जनाएको छ । ...
बिल गेट्सका पिता विलियम हेनरी गेट्सको निधन

बिल गेट्सका पिता विलियम हेनरी गेट्सको निधन

अन्तराष्ट्रिय, समाचार
भदाै ३१ वासिङ्टन। माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सका पिता विलियम हेनरी गेट्स द्धितीयको ९४ वर्षको उमेरमा निधन भएको छ । उहाँको ९४ वर्षको उमेरमा हुड क्यानलस्थित निवासमा सोमबार निधन भएको बताइएको छ । विल गेट्सको पारिवारिक स्रोतले उहाँको सोमबार निधन भएको जानकारी मंगलबार गराएको हो । उहाँ अल्जाइमरको विरामी हुनुहुन्थ्यो । विलियम हेनरी गेट्स द्धितीयको सन् १९२५ मा वासिङ्टनको बेरमर्टनमा जन्म भएको थियो ।उहाँको निधनपछि विल गेट्सले आफ्ना पिता आफ्नो जीवनका वास्तविक ‘हिरो’ भएको बताउनुभयो । उहाँको प्रेरणाका कारण आफू परोपकारी कार्यमा लागेको विल गेट्सले बताउनुभएको छ । बिल एण्ड मालिन्डा गेट्स फाउन्डेसनको स्थापनामा उहाँको ठूलो योगदान र प्रेरणा रहेको बिल गेट्सले जनाउनु भएको छ । विलियम हेनरी गेट्स द्धितीय अमेरिकाको एक प्रसिद्ध वकिल हुनुहुन्थ्यो । उहाँ ६९ वर्षको उमेरमा सन् १९९४ मा वकिल पेशाबाट निवृत्त हुन...
रुसबाट १० करोड डोज कोरोना खोप खरिद गर्दै भारत

रुसबाट १० करोड डोज कोरोना खोप खरिद गर्दै भारत

अन्तराष्ट्रिय, समाचार
भदाै ३१ मस्को । रुसमा कोरोनाभाइरस विरुद्धको खोप निर्माता रसियाली प्रत्यक्ष लगानी कोष (आरडिआइएफ)ले भारतको डा रेड्डी लेबोरेटोरीजलाई दश करोड डोज खोप उपलब्ध गराउने बुधबार घोषणा गरेको छ।कोषले रुसमा स्पुतनिक भी ‘Sputnik V’ नामको खोप विकास गरेको छ। कोषद्वारा बुधबार प्रकाशित विज्ञप्तिमा भारतमा स्पुतनिक भी खोपको क्लिनिकल परीक्षण र खोप वितरणका लागि कोष र विश्वविख्यात औषधि उत्पादक कम्पनी डा रेड्डीबीच सम्झौता भएको उल्लेख छ। कोषले भारतीय नियामक निकायबाट अनुमति पाएलगत्तै स्पुतनिक खोपको आपूर्ति गरिने बताएको छ।डा रेड्डीका सहअध्यक्ष एवं व्यवस्थापन निर्देशक जीभी प्रसादले रसियाली खोपका सन्दर्भमा सहकार्य गर्न पाएकामा खुशी लागेको बताएका छन। उनले भारतीय नियामक निकायहरुका आवश्यकतालाई दृष्टि गरी तेस्रो चरणको परीक्षण गरिने बताउँदै भारतमा कोभिड–१९ विरुद्ध लड्न स्पुतनिक भी खोप विश्वासिलो विकल्प हुने विश्वा...
बुधबार सुनको मुल्य तोलामा कति पुग्यो

बुधबार सुनको मुल्य तोलामा कति पुग्यो

आर्थिक
भदाै ३१ काठमाडौ । नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ । मंगलबार तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बुधबार सोही मूल्यमा कारोबार भएको नेपाल सुनचँँदी व्यवासयी महासंघले जनाएको छ । त्यस्तैगरी आज तेजावी सुन मुल्य तोलामा ९७ हजार रुपैयाँमा कारोबार भएको छ । भने आज चाँदीको मूल्य पनि स्थिर रही सोहि मुल्यका कारोबार भएको महासंघले जनाएको छ । ...
१४४ नेपाली स्वदेश फिर्ता भए कतारबाट

१४४ नेपाली स्वदेश फिर्ता भए कतारबाट

समाचार
भदाै ३१ । कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारमा अप्ठ्यारोमा परेका १४४ जना नेपाली स्वदेश फर्किएका छन् ।दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको २३९२ उडानमार्फत १ महिलासहित १४४ जना स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव प्रबीण भट्टराईले जानकारी दिए । यसअघि नेपाल एयरलाइन्सको ३८औं उडान मार्फत १२ महिलासहित १५० नेपाली स्वदेश फर्किएका थिए । सो उडानमा एउटा शव पनि नेपाल पठाइको थियो ।स्वदेश फर्कन लागेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको यात्राको समन्वय, सहजिकरण तथा बिदाईका लागि दूतावासका कर्मचारीहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । नेपाल एयरलाइन्सले भोली बिहीबार र सेप्टेम्बर २२, २४ र २५ तारिखमा पनि उडान गर्ने दूतावासले जनाएको छ । ...
निजी वायुसेवाले ५० प्रतिशत यात्रु बोकेर उडान नगर्ने

निजी वायुसेवाले ५० प्रतिशत यात्रु बोकेर उडान नगर्ने

समाचार
भदाै ३१ काठमाडौं । सरकारले भोलि अर्थात असोज १ बाट आन्तरिक उडान सञ्चालन गर्न अनुमति दिएको छ। तर विभिन्न विमान कम्पनीले ५० प्रतिशत यात्रु बोकेर उडान गर्न नसकिने जनाएका छन्।वायुसेवा सञ्चालक संघले पूर्ण सिट क्षमतामा नै जहाज उडान गर्न पाउनुपर्ने माग गरेको छ।आफ्नो माग पुरा नहुन्जेल कुनै पनि बुकिङ खुल्ला नगर्ने संघले बताएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १ देखि ५० प्रतिशत यात्रुसहित आन्तरिक उडान खुल्ला गर्ने निर्णय गरेको थियो। बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा वायुसेवा संघ, नागरिक उड्डयन प्राधिकरणको बैठकमा असोज ५ गतेदेखि चलाउने गरी तयारी गर्न भनिएको थियो। ५० प्रतिशतमा यात्रु बोक्न नसकिने संंघले जनाएको छ। ...
भाेलिदेखि चन्द्रागिरि केवलकार पनि सञ्चालन हुँदै

भाेलिदेखि चन्द्रागिरि केवलकार पनि सञ्चालन हुँदै

समाचार
भदाै ३१ काठमाडौं । कोरोना कहर सुरु भएदेखि नै बन्द भएको चन्द्रागिरि केवलकार भोलि असोज १ गतेदेखि संचालनमा आउने भएको छ ।चन्द्रागिरि केवलकार भाद्र २९ गते बसेको नेपाल सरकारको मन्त्री परिषदको निर्णयलाई टेकेर ६ महिनादेखि बन्द भएको केवलकार खोल्ने निर्णय गरिएको हो । चन्द्रागिरि हिल्सका अनुसार चन्द्रागिरि केबलकार पनि विशेष सुरक्षा विधि अपनाएर भोलिदेखि सञ्चालनमा आउने तयारी गरिएको छ ।चन्द्रागिरी हिल्स प्रालिका महाप्रवन्धक अभिषेक विक्रम शाहका अनुसार एउटा कारमा यसअघि ८ जना मात्रै यात्रा गर्दै आएकोमा अब भने कोरोना भाइरसको संक्रमण फैलिनबाट बच्न सरकारले तोकेको सम्पूर्ण मापदण्ड पूरा गरी एउटा कारमा जम्मा ४ जना मात्रै राखेर केवलकार संचालनमा ल्याइने छ । ...
असोज ४ देखि विद्यालय खुलाइँदै जुम्लामा

असोज ४ देखि विद्यालय खुलाइँदै जुम्लामा

समाचार
भदाै ३१ काठमाडाैं । जुम्लाको चन्दननाथ नगरपालिकाले कोरोेना भाइरस सङ्क्रमणका कारण गत चैत महिनादेखि बन्द रहेको विद्यालय खुलाउने तयारी गरेको छ ।आउँदो असोज ४ गतेदेखि आधारभूत तहको पठनपाठन शुरु गर्ने तयारी थालेको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्रका कक्षा एक देखि पाँच सम्मका विद्यार्थीले पढ्न पाउने गरि विद्यालय सञ्चालन गर्न लागिएको नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले बताइन् ।उनले भनिन्, ‘लामो समयदेखि पठनपाठन नहुँदा विद्यार्थीको पढाइ बिग्रिन थाल्यो । त्यसैले विद्यालय सरसफाइमा ध्यान दिँदै सामाजिक दूरी कायम गरेर कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ ।’ नगर क्षेत्रका सबै विद्यालयको प्रअको बैठकबाट आउँदो असोज ४ गतेदेखि उच्च सतर्कताका साथ विद्यालय खुलाउने तयारी थाल्न निर्देशन दिएको शिक्षा समितिका अध्यक्ष समेत रहेकी नगर प्रमुख सेजुवालले बताइन् । विद्यालयबाटै सचेतनाका क्रियाकलाप अघि बढाउने भएक...
हिमाल चढ्न बहराइनका राजकुमार नेपालमा

हिमाल चढ्न बहराइनका राजकुमार नेपालमा

समाचार
भदाै ३१ काठमाडाैं । बहराइनका राजकुमार नासिर बिन हमाद अल खलिफासहित १८ जनाको टोली हिमाल आरोहणका लागि बुधबार नेपाल आएको छ।। टोलीमा १५ जना बहराइनका र ३ जना बेलायती रहेका छन्। राजकुमार नासिरले लोबुचे र मनास्लु हिमाल आरोहण गर्नेछन्। कोरोना महामारीका कारण रोकिएको हिमाल आरोहण राजकुमार नासिरका लागि खोलिएको हो। सरकारले राजकुमार नासिरलाई हिमाल आरोहणका लागि अनुमति दिने निर्णय यसअघि नै गरेको थियो। पर्यटन विभागका अनुसार टोलीका सदस्य बहरानको सैनिकसँग आबद्ध छन्। राजकुमार आफैं पनि बहराइन सैनिक (बहराइन गार्ड) का कमान्डर हुन्। राजकुमार नासिरको यो नेपाल भ्रमण निजी भ्रमण भएकाले कुनै औपचारिक भेटवार्ताको कार्यक्रम भने नरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रका प्रवक्ता भरतराज पौडेलले राजकुमार भ्रमण निजी भएकाले नेपाल सरकारको तर्फबाट त्यस्तो कुनै औपचारिक कार्यक्रम तय नगरिएको बताए। चार्डर्ट उडा...
असोज १ गते बाट बुढानिलकण्ठका सम्पूर्ण सेवाहरु सुचारु हुने

असोज १ गते बाट बुढानिलकण्ठका सम्पूर्ण सेवाहरु सुचारु हुने

समाचार
भदाै ३१ काठमाडाैं । असोज १ गते भाेलि बाट बुढानिलकण्ठका सम्पूर्ण सेवाहरु सुचारु हुने भएका छन । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले बिज्ञप्ति जारी गर्दै २०७७ असोज १ गते बाट नेपाल सरकारले तोकेको मापदण्ड पुरा गरेर सम्पूर्ण सेवाहरु संचालन गरिने जानकारी प्रदान गरिएको छ ।