आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

पर्यटनमा ६० अर्ब बराबरको क्षति

पर्यटनमा ६० अर्ब बराबरको क्षति

समाचार
असोज ३ काठमाडौँ । सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले देश निर्माणमा युवा शक्तिको भूमिका महत्वपूर्ण हुने बताएका छन् । रोट¥याक्ट क्लव अफ पोखरा फिस्टेल, रोट¥याक्ट क्लव अफ रुपन्देही र रोट¥याक्ट क्लव अफ तिनउ बुटवलको आयोजना र रोट¥याक्ट क्लव अफ दमौलीको सहकार्यमा आज आयोजित भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले युवा शक्तिको परिश्रमबाट देश समृद्धिको यात्रामा जाने उल्लेख गरे । उनले भने, “देश बनाइदिने अरुले होइन, हामीले नै हो, अझ विशेषगरी युवाहरुले नै हो । युवाहरुको सीप र शक्तिलाई देश विकासमा परिचालन गर्न सरकार तयार छ ।” कोभिड–१९ को प्रभावका कारण नेपालको पर्यटन क्षेत्रमा रु ६० अर्ब बराबरको आर्थिक क्षति भएको मन्त्री भट्टराईले जानकारी दिए । उनका अनुसार पर्यटन क्षेत्रमा १५ खर्बको लगानी रहेको र कोरोनाका कारण धारासायी बनेको पर्यटन क्षेत्र सुधारका लागि सरकारले पनि सहयोग गर्ने ...
संविधानको मौलिक हक : माविसम्म निःशुल्क शिक्षा चुनौतीपूर्ण

संविधानको मौलिक हक : माविसम्म निःशुल्क शिक्षा चुनौतीपूर्ण

समाचार
असोज ३ काठमाडौँ । संविधानको मौलिक हकमा आधारभूत तहसम्म अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था भए पनि यसको पूर्ण कार्यान्वयन अझै चुनौतीपूर्ण देखिएको छ । संविधान दिवस, २०७७ का अवसरमा शिक्षा पत्रकार समाजले आज भर्चुअल रुपमा आयोजना गरेको ‘शिक्षाका मौलिक हक र नयाँ पाठ्यक्रमको कार्यान्वयन’ विषयक बहसमा निःशुल्क शिक्षाको स्पष्ट परिभाषा गरी कानूनविपरीत शुल्क लिनेलाई कारबाही हुनुपर्ने आवाज उठेको छ । नेपालको संविधान, २०७२ को मौलिक हक (धारा ३१) मा आधारभूत तहसम्म अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरे पनि स्रोतसाधन र पूवार्धारको अपर्याप्तताका कारण यसको पूर्ण कार्यान्वयन हुन नसकेको हो । कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समितिका पूर्वसभापति रञ्जु झा (ठाकुर)ले समाजवादोन्मुख संविधानको परिकल्पनाअनुसार शिक्...
आज साँझ विश्वकै सबैभन्दा अग्लो टावर बुर्ज खालिफामा नेपाली झण्डा फहराइने

आज साँझ विश्वकै सबैभन्दा अग्लो टावर बुर्ज खालिफामा नेपाली झण्डा फहराइने

समाचार
असाेज ३ काठमाडाैं । नेपालले विश्वकै सबैभन्दा अग्लो भवन दुबईको बुर्ज खालिफामा आज साँझ नेपाली झण्डा फहराउने भएको छ ।आबुधाबी स्थित नेपाली दूतावासका अनुसार नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शनिबार साँझ  यूएईको दुबईमा रहेको विश्वकै अग्लो भवनमा नेपाली झण्डा फहराउन लागिएको हो। बुर्ज खलिफामा नेपाली झण्डा फहराउन लागिएको यो दोस्रो पटक हो । यसअघि अघिल्लो वर्ष पनि संविधान दिवसको अवसरमा नेपालले बुर्ज खालिफामा आफ्नो राष्ट्रिय झण्डा फहराएको थियो । यूएईको स्थानीय समयअनुसार साँझ ८ बजे ९ नेपाली समय ९ बजेर ४५ मिनेटमा० झण्डा फहराउन लागिएको दूतावासले जनाएको छ । त्यस्तै सोही समयमै आबुधाबी स्थित नेशनल आयल कम्पनीको भवनमा समेत नेपाली झण्डा झलमलाउन लागिएको दूतावासले जनाएको छ । ...
कन्टासको ७ घण्टे उडानको सबै टिकट १० मिनेटमै बुक भए

कन्टासको ७ घण्टे उडानको सबै टिकट १० मिनेटमै बुक भए

अन्तराष्ट्रिय, समाचार
असाेज ३ काठमाडाैं । कोरोना भाइरस कोभिड–१९ को महामारीका कारण मानिसलाई भ्रमण गर्न निकै गाह्रो भइरहेको छ।किनभने कोरोना प्रकोपका कारण सबै अन्तर्राष्ट्रिय उडान बन्द छन्। घरेलु उडान केही देशमा सुचारु भइसके भने केहीमा अझै ठप्प छन्। यद्यपी कोरोना प्रकोपले गर्दा धेरै मानिसले विमानमा यात्रा गर्न पाएका छैनन्, आफूलाई मन लागेको स्थानमा घुम्न जान पाएका छैनन्।सँधै घरमै बस्दा मानिसहरुलाई उकुसमुकुस भइसकेका छन्। यसबीचमा अष्ट्रेलियाको राष्ट्रिय ध्वजावाहक ‘कन्टास’ एयरलाइन्सले एउटा रमाइलो योजना ल्याएको छ। यस योजनाको अर्थ अस्ट्रेलियाका नागरिकलाई कोरोना प्रकोपबीच तनावमुक्त, उकुसमुकुस मुक्त बनाउनु हो।कन्टासले कहीँ पनि नपुगिने ७ घण्टे उडानको योजना ल्याएको हो। आगामी अक्टोबर १० मा कन्टासले सिड्नीबाट ७ घण्टाका लागि उडान भर्नेछ। विमानले यात्रुलाई आकाशमै घुमाएर फेरि सिड्नीमै ओह्राल्ने छ। सो क्रममा विमान अलुरु...
बागमती प्रदेशमा १९ हजारबढी कोरोना संक्रमित

बागमती प्रदेशमा १९ हजारबढी कोरोना संक्रमित

समाचार
असाेज ३ काठमाडाैं । बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या १९ हजार नाघेको छ ।नेपालमा कोरोना संक्रमण देखा परेको ७ महिनाको अवधिमा बागमतीमा संक्रमितको संख्या १९ हजार चार सय ४२ पुगेको छ । सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार यो संख्या देशभर कुल संक्रमित मध्ये ३१ दशमलव ५६ प्रतिशत हो ।प्रदेशका १३ जिल्लामध्ये सबैभन्दा धेरै संक्रमित काठमाडौंमा छन् । शुक्रबार साँझसम्म काठमाडौंका १२ हजार चार सय ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हालसम्म चितवनका एक हजार ६ सय ७४, ललितपुरका एक हजार चार सय २८, भक्तपुरका एक हजार दुई सय ७७, मकवानपुरका एक हजार दुई सय ११, काभ्रेपलाञ्चोकका चार सय १७, धादिङका तीन सय ५८, सिन्धुपाल्चोकका एक सय ३८, नुवाकोटका एक सय ३५, रामेछापका एक सय २७, दोलखाका एक सय ११, सिन्धुलीका एक सय तीन र रसुवाका २० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । कुल संक्रमितम...
काठमाडौँ उपत्यकामा थपिए ७११ जना कोरोना संक्रमित

काठमाडौँ उपत्यकामा थपिए ७११ जना कोरोना संक्रमित

समाचार
असाेज ३ काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७ सय ११ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५ सय ७०, भक्तपुरमा ८३ र ललितपुरमा ५८ जना कोरोना संक्रमित थपिएका छन्। नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। शनिबार देशभर १ हजार २ सय ४ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म देशभर कोरोना संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको छ। ...
बायर्नले साल्केलाई ८-० गोल अन्तरको जीत

बायर्नले साल्केलाई ८-० गोल अन्तरको जीत

अन्तराष्ट्रिय, खेलकुद
असाेज ३ काठमाडाैं । साविक विजेता बायर्न म्युनिखले जर्मन बुण्डेसलिगा फुटबलमा शानदार जीत हात पारेको छ ।शुक्रबार राति भएको एकपक्षीय खेलमा बायर्नले साल्केलाई ८-० गोल अन्तरको जीत निकाल्यो । घरेलु मैदानमा बायर्नलाई जीत दिलाउन सेर्जी गनाब्रीले ह्याट्रिक गरे । यस्तै लियोन गोर्टेज्का, रोबर्ट लेवान्डोस्की, थोमस मुलर, लोरी साने, जामल मुसिलाले एक एक गोल गरे ।खेलको चौंथो मिनेटमा गनाब्रीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । १९औं मिनेटमा गोर्टेज्काले गोल गर्दै बायर्नलाई २-० को अग्रता दिलाए । ३१औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै पहिलो हाफमा बायर्नलाई ३-० ले अघि बढाए ।दोस्रो हाफमा बायर्नले थप पाँच गोल गर्‍यो । खेलको ४७औं मिनेटमा गनाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दा बायर्न ४-० ले अघि रह्यो । ५९औं मिनेटमा गनाब्रीले ह्याट्रिक पुरा गर्दा बायर्न ५-० ले अघि रह्यो । ६९औं मिनेटमा मुलरले ग...
नागरिक आवाजमाथिको दमन बन्द गर: विवेकशील नेपाली दल

नागरिक आवाजमाथिको दमन बन्द गर: विवेकशील नेपाली दल

राजनीति
असाेज ३ काठमाडाैं । विवेकशील नेपाली दलले सरकारले शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नागरिकमाथि चर्को दमन गरिरहेको भन्दै दमन बन्द गर्न माग गरेको छ।संविधान दिवसको पुर्वसन्ध्यामा विचारको अभिव्यक्ति दिएकै भरमा हिरासतमा लिने, बाटोमा हिँड्दै गरेका नागरिकलाई निर्घात कुटपिट गर्ने, संविधानको बारे मिडियामा आफ्नो धारणा राख्दै गरेका नागरिकलाई लखेट्ने जस्ता क्रूरतापूर्वक दमन र मानवीय संवेदनाहीन व्यवहार गरिएको भन्दै विवेकशीलले आपत्ति जनाएको छ। ‘हालैका दिनमा सरकारले एक पछि अर्को जनभावना विपरीतका निर्णय गर्दै, नागरिकमाझबाट उपेक्षित अक्षमहरूलाई काखा र योग्य इमानदार जनसेवकलाई पाखा गर्दै राज्य संयन्त्र, संवैधानिक आयोग तथा संस्थानहरूमा विश्वाशपात्रहरुलाई नियुक्त गर्दै आएको छ’ शुक्रबार साँझ जारी विज्ञप्तिमा भनिएको छ, ‘यो कम्युनिष्ट सरकारको नियोजित र संगठित सर्वसत्तावादको अभ्यास हो भन्ने विवेकशील नेपाली दलको ब...
नेपालमा आज १४४७ जना डिस्चार्ज

नेपालमा आज १४४७ जना डिस्चार्ज

समाचार
असाेज ३ काठमाडाैं । नेपालमा आज १४ सय ४७ जनाले कोरोलाई जितेर घर फर्किएका छन् । यो सहित देशभर कोरोनालाई जित्नेको संख्या ४५ हजार २ सय ६७ पुगेको छ । पछिल्लो २४ घण्टामा १०३३३ जनाको पिसिआर परिक्षण गरिएको छ । जसमध्ये १२०४ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा आज सक्रिय संक्रमितको संख्या १७१२९ रहेको छ । मन्त्रालयका अनुसार आजसम्म संस्थागत आइसोलेसनमा रहनेको संख्या ९१५३ रहेका छन् । ...
नेपालमा पछिल्लो २४ घण्टामा १२ सय ०४ जनामा कोरोना संक्रमणको पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा १२ सय ०४ जनामा कोरोना संक्रमणको पुष्टि

समाचार
असाेज ३ काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा १०३३३ जनाको पिसिआर परिक्षण गरिएको छ । जसमध्ये १२०४ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा आज सक्रिय संक्रमितको संख्या १७१२९ रहेको छ । मन्त्रालयका अनुसार आजसम्म संस्थागत आइसोलेसनमा रहनेको संख्या ९१५३ रहेका छन् ।