आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

सामाजिक संस्था ग्रीन आर्मी नेपालले देशको विभिन्न ठाउँमा संविधान दिवस मनायाे

सामाजिक संस्था ग्रीन आर्मी नेपालले देशको विभिन्न ठाउँमा संविधान दिवस मनायाे

समाज
असोज ३ काठमाडौँ । आज असोज ३ गते पाँचौ संविधान दिवसको अवसरमा वातावरण तथा यूवा सशक्तिकरणमा अग्र स्थानमा रहेको सामाजिक संस्था ग्रीन आर्मी नेपालले देशको विभिन्न ठाउँमा संविधान दिवस मनाएको छ। यसै क्रममा ग्रीन आर्मी नेपाल दाङले पनि आज अन्य कार्यक्रम नगरिए पनि लिम्पीयाधुरा सहितको नेपालको नक्सा, राष्ट्रिय झण्डाको आकृति र ग्रीन आर्मी नेपालको लोगो सडकमै बनाए दिपप्रजोलन गरेर संविधान दिवस मनाएको बताए। देश भरी संविधान दिवस मनाउने क्रममा ग्रीन आर्मी नेपालले यसरी संविधान दिवस मनाइएको हाे । हरेक वर्ष संविधान दिवसको अवसरमा देशब्यापी रूपमा ग्रीन आर्मी नेपालले संविधान दिवस मनाउँदै आएको ग्रीन आर्मी नेपालका संस्थापक प्रमुख सविन शर्माले बताए । त्यसै गरी दाङमा पनि यसपाली ग्रीन आर्मी नेपाल दाङ च्याप्टरले संविधान दिवस मनाएको छ। "सबै साथीहरु क्रियासिल भएर संविधान दिवस मनाउन पाउँदा हामी नि...
ब्याडमिन्टनका पूर्व राष्ट्रिय च्याम्पियन पनेरुद्वारा खेल सामग्री सहयोग

ब्याडमिन्टनका पूर्व राष्ट्रिय च्याम्पियन पनेरुद्वारा खेल सामग्री सहयोग

खेलकुद
असोज ३ काठमाडौँ ।ब्याडमिन्टनका पूर्व राष्ट्रिय च्याम्पियन पशुपति पनेरुले खेल सामग्री सहयोग गर्नुभएको छ । नेपाली ब्याडमिन्टनका पूर्व शीर्ष खेलाडी पनेरुले रु ६० हजार बराबरको ब्याडमिन्टनको खेल सामग्री उपलब्ध गराउनुभएको हो । हाल अमेरिकामा रहनुभएका पनेरुले ब्याडमिन्टनका अन्तर्राष्ट्रिय अम्पायर उदय अर्यालमार्फत उक्त सामग्री उपलब्ध गराउनुभएको हो । उक्त खेल सामग्री आज दशरथ रंगशालामा आयोजित एक कार्यक्रममा नेपालका जुनियर ब्याडमिन्टन च्याम्पियन एवं विश्व जुनियर ब्याडमिन्टनतर्फका सातौँ ¥याङ्कीङ खेलाडी प्रिन्स दाहाल र महिला ब्याडमिन्टनकी सिनियर तथा जुनियर च्याम्पियन रसिला महर्जनलाई हस्तान्तरण गरिएको छ । सामग्री हस्तान्तरण कार्यक्रममा अन्तर्राष्ट्रिय अम्पायर अर्याल, राष्ट्रिय खेलकूद परिषद्का सदस्य सुवास श्रेष्ठ, काठमाडौँ जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दिपक थापा, योनेक्सका राजु बाँस्तोला, ब्याड...
कुलमानको पक्षमा प्रदर्शन गर्दा कुटपिट गर्ने प्रहरीमाथि छानबिन गर्न समिति गठन

कुलमानको पक्षमा प्रदर्शन गर्दा कुटपिट गर्ने प्रहरीमाथि छानबिन गर्न समिति गठन

अपराध
असोज ३ काठमाडौँ । कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्नुपर्ने माग गर्दै भएको प्रदर्शनमा हातपात गर्ने प्रहरीमाथि छानबिन गर्न प्रहरीले समिति गठन गरेको छ।शुक्रबार र बिहिबार बब्लु गुप्ता र मनिष श्रेष्ठ लगायतमाथि प्रदर्शनका क्रममा कुटपिट भएको थियो। शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नागरिकमाथि अनावश्यक बल प्रयोग गरेको भन्दै चर्को आलोचना भएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले छानबिन समिति बनाएको हो ।रानीपोखरीका एसएसपी किरण बज्राचार्यको नेतृत्वमा बनेको समितिमा डीएसपी भवेश रिमाल र इन्स्पेक्टर विष्णुप्रदीप बस्याल सदस्य छन्। समितिलाई छानबिन गरेर ५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ। ...
फिलिपिन्सका राष्ट्रपतिद्धारा संकटकाल एक वर्ष थप

फिलिपिन्सका राष्ट्रपतिद्धारा संकटकाल एक वर्ष थप

अन्तराष्ट्रिय
असोज ३ मनिला । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले देशमा जारी संकटकाललाई थप एक वर्ष लम्ब्याउनु भएको छ। कोरोनाभाइरसको महामारीलाई कारण देखाउदै उनले अर्को वर्ष सन् २०२१ को सेप्टेम्बरसम्म कायम रहने गरी उहाँले संकटकाल घोषणा गरेका हुन्। घोषणा नं. १०२१ मार्फत् उनले संकटकाललाई लम्ब्याएको राष्ट्रपति कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन। संकटकाल लम्याउने विषयमा शुक्रबार सार्वजनिक गरिएको छ । तर अहिले घोषणा गरिएको संकटकाल भने यही सेप्टेम्बर १३ देखि अर्को बर्ष सन् २०२१ को सेम्टेम्बर १२ तारिखसम्म लागु हुनेछ। यसअघि गत मध्य मार्चमा छ महिनाका लागि मात्रै संकटकाल घोषणा गरिएको थियो । तर कोरोना महामारी नियन्त्रणमा नआएकाले एक बर्षका लागि लम्ब्याइएको सरकारी अधिकारीहरुको भनाई छ। फिलिपिन्समा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको तथ्यांकहरुले देखाएका छन्। ...
पर्यटकीयस्थल तीन धारा झर्नालाई  कलामार्फत चित्रमा उतार्दै युवा

पर्यटकीयस्थल तीन धारा झर्नालाई कलामार्फत चित्रमा उतार्दै युवा

मनोरन्जन
असोज ३ काठमाडौँ ।काठमाडौंबाट काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका २ काफल डाँडास्थित पर्यटकीयस्थल ‘तीन धारा झर्ना हेर्नका लागि पुगेका युवा झर्नालाई कलामार्फत चित्रमा उतार्दै । रासस
जगडोल झण्डा पार्कमा राष्ट्रिय झण्डा फेर्न बुढानिलकण्ठ नगरपालिका नै आउनु पर्यो

जगडोल झण्डा पार्कमा राष्ट्रिय झण्डा फेर्न बुढानिलकण्ठ नगरपालिका नै आउनु पर्यो

समाचार
असोज ३ काठमाडौँ । संविधान दिवस २०७७को  अवसर पारेर बुढानिलकण्ठ नगरपालिका वडा नं ११ जगडोल झण्डा पार्कको झन्डा फेरिएको छ ।स्थानीय संघ संस्थाको सक्रियतामा फेरिदै आएको उक्त झण्डा यस पटक बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को सहयोगमा फेरिएको हो। संविधान दिवस २०७७ का अवसर पारेर आज बिहान बुढानिलकण्ठ नगरपालिका वडा नं ११का वडा अध्यक्ष राजु अधिकारीको प्रमुख आतिथ्यमा सो झण्डा फेरिएको हो।सो कार्यक्रममा वडा सदस्यहरुको साथै स्थानीयको समेत उपस्थिति रहेको थियो। जगडोलमा क्रियाशील जगडोल रेसिडेन्ट,जगडोल यज्ञडोल युवा क्लब तथा सुगम वेलफेयर  सोसाइटी लगायत स्थानीयको सक्रियतामा फोहोर फाल्ने स्थानको रुपमा परिणत हुदै गएको सो सार्वजनिक जग्गा सरसफाई सहित जग्गा संरक्षण गर्ने हेतुले  झण्डा पार्क बनाइएको थियो  । तीन वर्ष अघि राष्टिय गानका रचयिता  ब्याकुल माइलाको प्रमुख आथित्य तथा गोकर्णेश्वर न...
कोरोना पुष्टि भएपछि आइसोलेसनमा बस्न जाँदै गरेका इन्जिनियरको दुर्घटनामा मृत्यु

कोरोना पुष्टि भएपछि आइसोलेसनमा बस्न जाँदै गरेका इन्जिनियरको दुर्घटनामा मृत्यु

समाचार
असोज ३ काठमाडौँ ।कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्न मोटरसाइकलमा चितवनतर्फ (घर) जाँदै गरेका इन्जिनियरको सवारी दुर्घटनामा परी ज्यान गएको छ ।जिल्ला आयोजना कार्यान्वयन इकाइ, हेटौंडामा कार्यरत इन्जिनियरको शनिबार सवारी दुर्घटनामा परी मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाका अनुसार उनलाई शुक्रबार कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।प्रहरीका अनुसार हेटौँडा उपमहानगरपालिका– ३ स्थित नेवारपानी र मकवानपुरको पश्चिमी क्षेत्र मनहरि गाउँपालिका– ९ रजैयाको सिमाना खलंगामा उनी सवार ना.४ ९प २४०० नम्बरको मोटरसाइकललाई चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा.३ ख ९६६४ नम्बरको मिनी बसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । उपचारार्थ हेटौंडा ल्याउने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकमा कोरोना संक्रमण पुष्टि भएकोले दाहसंस्कारबारे छलफल ...
डा. सन्दुक रुइत जनसेवा श्री प्रथम मानपदवीद्वारा विभूषित हुने

डा. सन्दुक रुइत जनसेवा श्री प्रथम मानपदवीद्वारा विभूषित हुने

समाचार
असोज ३ काठमाडौँ ।सरकारले यस वर्षको संविधान दिवसको दिन वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) मानपदवी प्रदान गर्ने निर्णय गरेको छ । हजारौं नेपालीको आँखाको ज्योती फर्काएका डा. रुइत तिलगंगा आँखा अस्पतालका निर्देशक हुन् । उनी सन् २००६ मा रोमन म्यागासेसे पुरस्कारबाटसमेत सम्मानित भएका थिए । पूर्वी पहाडी जिल्ला ताप्लेजुङको ओलाङचुङगोलामा जन्मिएका डा. रूइतलाई ‘दृश्यका देवता’ (गड अफ साइट) उपमा दिने गरिएको छ । राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्‍याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ । यस वर्ष सरकारले ५९४ जनाको नामावली सम्मानित हुनेहरुको सूचीमा राखेको छ । गृहमन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार ४५३ जनालाई मानपदवी, ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिने छ । विभूषण, अलंका...
मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

अपराध
असोज ३ दाङ ।मोटरसाइकलको ठक्करबाट दाङको शान्तिनगरमा एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका–६ सुनडबरी निबासी ५० बर्षका आइते रोका रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए । तुलसीपुरबाट पश्चिम तर्फ जाँदै गरेको रा३प १०९४ नम्बरको मोटरसाईकलले करिब ४ बजे पछाडिबाट ठक्कर दिँदा घाइते भएका रोकाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लग्दै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।मृतक रोकालाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पातल तुलसीपुरकाे शव गृहमा राखिएको छ । ठक्कर दिने मोटरसाईकल सहित चालक शान्तिनगर गाउँपालिका–४ शान्तिपुर निबासी थमन कडेललाई चिराघाट प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।यसैविच बिजौरीमा दुईवटा मोटरसाईकल एक आपसमा ठोक्किँदा एक जना घाइते भएका छन् । तुलसीपुरबाट घ...
सर्लाही सरदमुकाम मलंगवामा आइतबार बिहानसम्म कर्फ्यू

सर्लाही सरदमुकाम मलंगवामा आइतबार बिहानसम्म कर्फ्यू

समाचार, समाज
असोज ३ सर्लाही ।सर्लाही प्रशासनले सदरमुकाम मलंगवामा आइतबार बिहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको छ ।मूर्ति विसर्जनको विषयलाई लिएर मुस्लिम समुदाय र हिन्दु समुदायबीचको विवाद झडपमा परिणत भएपछि हिंसा भड्किन नदिन स्थानीय प्रशासनले शनिबार दिउँसो २ बजेबाट कर्फ्यू आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले स्थानीय प्रशासन ऐन २०२८ अनुसार सर्वसाधारणलाई घर बाहिर निस्कनै नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको जानकारी दिए ।बिहीबार विश्वकर्मा पूजाको मूर्ति शुक्रबार विर्सजन गर्न लैजाँदै गर्दा अवरोध भएपछि दुई समुदायबीच झडप भएको थियो । झडपमा दुवै तर्फका १२ जनाभन्दा बढी  घाइते भएका छन् । ...