बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

सामाजिक संस्था ग्रीन आर्मी नेपालले देशको विभिन्न ठाउँमा संविधान दिवस मनायाे

असोज ३ काठमाडौँ । आज असोज ३ गते पाँचौ संविधान दिवसको अवसरमा वातावरण तथा यूवा सशक्तिकरणमा अग्र स्थानमा रहेको सामाजिक संस्था ग्रीन आर्मी नेपालले देशको विभिन्न ठाउँमा संविधान दिवस मनाएको छ।

यसै क्रममा ग्रीन आर्मी नेपाल दाङले पनि आज अन्य कार्यक्रम नगरिए पनि लिम्पीयाधुरा सहितको नेपालको नक्सा, राष्ट्रिय झण्डाको आकृति र ग्रीन आर्मी नेपालको लोगो सडकमै बनाए दिपप्रजोलन गरेर संविधान दिवस मनाएको बताए। देश भरी संविधान दिवस मनाउने क्रममा ग्रीन आर्मी नेपालले यसरी संविधान दिवस मनाइएको हाे ।

हरेक वर्ष संविधान दिवसको अवसरमा देशब्यापी रूपमा ग्रीन आर्मी नेपालले संविधान दिवस मनाउँदै आएको ग्रीन आर्मी नेपालका संस्थापक प्रमुख सविन शर्माले बताए । त्यसै गरी दाङमा पनि यसपाली ग्रीन आर्मी नेपाल दाङ च्याप्टरले संविधान दिवस मनाएको छ।

“सबै साथीहरु क्रियासिल भएर संविधान दिवस मनाउन पाउँदा हामी निकै खुसी छौं” ग्रीन आर्मी नेपाल दाङकी जिल्ला संयोजक भावना के सी बताउँछिन्। हाल ग्रीनआर्मी नेपाल एक देशको सेवा र वातावरण सम्रक्षणको क्षेत्रमा अटल रही यूवा सशक्त बनाउने नमूना संस्थाको रुपमा परिचित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *