आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

कोरोना संक्रमणबाट थप ११ को मृत्यु

कोरोना संक्रमणबाट थप ११ को मृत्यु

समाचार
असाेज ३ काठमाडाैं । कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४०१ पुगेको छ ।यसअघि शुक्रबार (हिजो) ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको थियो । शुक्रबार मोरङ र काठमाडौँका २/२, ललितपुर, भक्तपुर र नवलपरासीका १/१ जनाले ज्यान गुमाएका थिए । बिहीबार कोरोनाका कारण नेपालमा ४ जनाको मृत्यु भएको थियो । त्यसअघि बुधबार कोरोनाका कारण ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो ।त्यसैगरी गत मंगलबार ११ जनाको कोरोनाका कारण ज्यान गएको थियो भने सोमबार एकैदिन १५ जनाले कोरोनाका कारण ज्यान गुमाएका थिए । मन्त्रालयका अनुसार गएको आइतबार भने कोरोनाका कारण ९ जनाले ज्यान गुमाएका थिए । गत शनिबार १४ जनाको कोरोनाका कारण ज्यान गएको थियो । कोरोनाकै कारण गएको शुक्रबार ५ जनाको कोरोनाले मृत्यु भएको थियो । ...
चीन अब बच्चाहरुमा कोरोनाविरुद्धको भ्याक्सीनको परीक्षण गर्ने

चीन अब बच्चाहरुमा कोरोनाविरुद्धको भ्याक्सीनको परीक्षण गर्ने

अन्तराष्ट्रिय, समाचार
असाेज ३ काठमाडाैं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।कोरोना भाइरसका कारण अहिले हरेक दिन हजारौँको संख्यामा मानिसहरु मरिरहेका छन् भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।यसैबीच चीनले अब बच्चा र किशोरहरुमा आफ्नो प्रायोगिक कोरोना भ्याक्सीनको क्लिनीकल ट्रायल शुरु गर्ने भएको छ । रिपोर्ट्सका अनुसार चीनको फार्मा कम्पनी सिनोभ्याक बायोटेकले यो योजना बनाएको हो । जसको ट्रायल पहिलैबाट वयस्कमा भईरहेको छ र अन्तिम चरणमा रहेको छ ।सिनोभ्याक बायोटेकका अनुसार कुल ५५२ स्वस्थ प्रतिभागी रहनेछन् । जसको उमेर १७ वर्षसम्मको हुनेछ । उनीहरुलाई यस भ्याक्सीनको डोज दिइनेछ । जसमा केहि दिनको फरक राखिनेछ । यो ट्रायल उत्तरी चीनको प्रान्त हेबैमा सेप्टेम्बर २८ बाट शुरु हुनेछ ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सिनोभ्याकका प्रवक्ताले यसको लागि स्विकृति पाइसकेको बताएका छन् ।चीनमा थोरैमा १० ...
बर्दियामा जङ्गली हात्तीको आतङ्क

बर्दियामा जङ्गली हात्तीको आतङ्क

समाचार
असाेज ३ बर्दिया । बर्दियाको मधुवन नगरपालिका–१ मा बर्दिया राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली हात्तीले आतङ्क मच्चाएको छ।बर्दिया राष्ट्रिय निकुञ्जको जङ्गलबाट दिनहुँ आउने हात्तीले खेतमा रोपेको धान, भटमास लगायत बालीमा क्षति गर्ने गरेको मधुवन–१ का धनिराम थारूले बताए। उनका अनुसार गएराति हात्ती धपाउन बसेका स्थानीयवासी ४५ वर्षीय कृष्णप्रसाद थारू हात्तीको आक्रमणमा परी घाइते भएका छन्।राष्ट्रिय निकुञ्जबाट आउने हात्तीले बर्सेनी घर भत्काउने, स्थानीयवासीलाई आक्रमण गरी घाइते बनाउने र दर्जनौँ बिघा खेती नोक्सान गर्ने गरेको छ। एकातिर कुलो पानीको समस्या अर्कोतर्फ हात्तीको डरले त्रासमै दिन बित्न थालेको थारूले सुनाए। जङ्गली जनावरहरुको क्षति रोक्न र स्थानीयवासीलाई सुरक्षित गर्न आफूहरु निरन्तर लागिरहेको वडाध्यक्ष बिन्तीराम थारूले बताए।तारबारमा करेन्ट प्रवाह गर्ने एनेलाइजर मेसिनमा खराबी आएको र तार बाँधिएका प...
२६ जनाको  रिपोर्ट पोजेटिभ देखियाे डडेल्धुरा अस्पतालको प्रयोगशालामा

२६ जनाको रिपोर्ट पोजेटिभ देखियाे डडेल्धुरा अस्पतालको प्रयोगशालामा

समाचार
असाेज ३ डडेल्धुरा । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डडेल्धुरा, बैतडी र दार्चुलाका १८६ जनाको शुक्रबार नमूनम परीक्षण गर्दा २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको डडेल्धुरा अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालाका मेडिकल ल्याब टेक्नोलोजिस्ट जिनी गणेजुले जानकारी दिनुभयो । सङ्क्रमितमध्ये डडेल्धुरा जिल्लाका नवदुर्गा गाउँपालिकाका दुई र अमरगढी नगरपालिका एक, दार्चुलाको मार्मा गाउँपालिकाका २० र महाकाली नगरपालिकाका एक तथा बैतडीको पाटन नगरपालिकाका दुई गरी कूल २६ जना रहेको सो अस्पलालले जनाएको छ । काँग्रेस नगरसभापतिद्वारा राहत वितरणकोरोना भाइरसको सङ्क्रमण फैलिएयता नेपाली काँग्रेस अमरगढी नगर सभापति दानबहादुर पालले विपन्न, गरिब तथा आर्थिक अवस्था कमजोर परिवारलाई राहत वितरण गर्दै आएका छन् । उहाँले लकडाउन शुरु...
उपत्यकामा मात्रै ६०० भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

उपत्यकामा मात्रै ६०० भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

समाचार
असाेज ३ काठमाडाैं । कोभिड–१९ को सङ्क्रमण पछिल्ला दिनमा स्वास्थ्यकर्मीमा बढी देखिन थालेको छ । मुलुकभर कोभिड–१९ को सङ्क्रमित बढिरहेको बेला उपत्यकामा अग्रपङ्क्तिमा काम गरिरहेका स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिन थालेको हो । सङ्क्रमणको रोकथाम तथा नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मीसँगै स्वास्थ्यकर्मीमा समेत सङ्क्रमण देखिन थालेको छ । सङ्क्रमणको उपचारमा खटिने स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिनुभयो । स्वास्थ्यकर्मी सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि प्रत्यक्ष संलग्न हुने भएकाले सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार उपत्यकामा मात्र अहिलेसम्म ६०० भन्दा बढीमा सङ्क्रमण देखिएको छ । उहाँले कोभिड–१९ अस्पताल, कोभिड–१९ को परी...
पाँच वर्षपछि तीन कराेड लिटर पानी हालेर भरियो रानीपोखरी

पाँच वर्षपछि तीन कराेड लिटर पानी हालेर भरियो रानीपोखरी

समाचार
असाेज ३ काठमाडाैं । काठमाडौंको प्रमुख आकर्षण रानीपोखरी पाँच वर्षपछि भरिएको छ । खानेपानी मन्त्रालयको सहयोगमा आयोजना कार्यान्वयन निर्देशनालयले तीन करोड लिटर पानी हालेर रानीपोखरी भरेको हो । विस २०७२ सालको भूकम्पले क्षति पुर्‍याएको रानीपोखरी पुनर्निमाण सम्पन्न हुने चरणमा पुगेको छ । यसैक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुरोधमा निर्देशनालयले रानीपोखरीमा पानी भरिदिएको हो । यससँगै धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहरको रुपमा रहेको रानीपोखरी सुन्दर र मनमोहक बनेको छ । खानेपानी तथा सरसफाई मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले २ दिन लगाएर रानीपोखरीमा पानी भरेको निर्देशनालयका निर्देशक भोजविक्रम थापाले जानकारी दिए । थापाका अनुसार रानीपोखरीमा तीन करोड लिटर पानी भरिएको हो । रानीपोखरीको लम्बाई १८० मिटर रहेको छ भने चौडाई १४० मिटर रहेको छ । जसमा पानी भर्नका लागि निर्धारण ...
आन्तरिक उडानको ५० प्रतिशत टिकट बुकिङ

आन्तरिक उडानको ५० प्रतिशत टिकट बुकिङ

समाचार
असाेज ३ काठमाडाैं । कोभिड–१९ महामारीका कारण विगत ६ महिनादेखि बन्द रहेको मुलुकको आन्तरिक हवाई उडान यही असोज ५ देखि नियमित सञ्चालन हुँदैछ ।बन्दाबन्दीले छ महिना व्यवसाय ठप्प प्रायः रहेको आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले महामारीबाट बचेर सुरक्षित उडानका लागि सबैखाले तयारी गरिसकेका छन् । स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गर्दै सुरक्षित उडान सुनिश्चितताका लागि वायुसेवा कम्पनीले नेपाल सरकार तथा विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य मापदण्डलाई आत्मसात् गरी यात्रुको सुरक्षाका लागि आवश्यक प्रक्रिया अपनाएर सेवा सञ्चालन गर्नेछन् । यही असोज ५ गतेदेखि उडान शुरु हुने भएपछि आन्तरिक उडानका ठूला वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स लगायतले बुकिङ खुलाइसकेका छन् । शुक्रबारदेखि बुकिङ खुलिसकेको एयरलाइन्सले बताएका छन् । अहिले अधिकांश एयरलाइन्सको ५० प्रतिशत बुकिङ भइसकेको जनाइएको छ । ...
कोरोनाबाट थप ५ संक्रमितको मृत्यु

कोरोनाबाट थप ५ संक्रमितको मृत्यु

समाचार
असाेज ३ काठमाडाैं । कोरोना भाइरसको संक्रमणबाट आज थप ५ जनाको मृत्यु भएको छ।ललितपुर स्थित पाटन अस्पताल र मेघा अस्पतालमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने वुटवलमा थप १ जनाको मृत्यु भएको छ। ललितपुर स्वास्थ्य कार्यालयका अनुसार पाटन अस्पतालमा ३ र मेघा अस्पतालमा १ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो।पाटन अस्पतालमा ललितपुरका २ जना र १ जना सर्लाहीका संक्रमितको मृत्यु भएको हो भने मेघा अस्पतालमा भक्तपुरका एक संक्रमितको मृत्यु भएको हो। पाटन अस्पतालमा सर्लाहीका ६० वर्षीय पुरुष, ललितपुरका ६८ र ७६ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो।यस्तै मेघा अस्पतालमा भक्तपुरकी ९० वर्षीय महिलाको मृत्यु भएको जनाइएको छ। यस्तै, बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा थप एक संक्रमितको मृत्यु भएको हो।अस्पतालका अनुसार बुटवल उपमहानगरपालिका-१० का ६९ वर्षीय पुरुषको उपचारका...
जनअपेक्षा छिट्टै पूरा हुनेछन् : अध्यक्ष दाहाल

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : अध्यक्ष दाहाल

समाचार
असाेज ३ काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नेतृत्वको सरकारले सत्ता सञ्चालन गर्ने बाँकी अवधिमा जनताले अपेक्षा गरेअनुसार अझ व्यापक रुपमा विकास परियोजना अगाडि बढ्ने बताउनुभएको छ । संविधान दिवस, २०७७ का अवसरमा आज भिडियो सन्देश जारी गर्दै उहाँले आगामी दिनमा राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनता अझै सुदृढ हुँदै जाने विश्वास दिलाउनुभयो । “राष्ट्रिय स्वाधिनता र एकताको दृष्टिले यो बीचमा केही ऐतिहासक काम भएका छन् । सीमानाका समस्या समाधान गर्ने तथा हाम्रो भूगोललाई आफ्नो नक्सामा आबद्ध गरेर त्यो भूगोल फिर्ता गर्ने सङ्कल्प नेपाली जनता, राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवि सबैले संकल्प गरेको स्थिति छ”, अध्यक्ष दाहालले भन्नुभएको छ, “भोलिका निम्ति सुखद् संकेत यसभित्र छ ।” उहाँले संविधान दिवसको ऐतिहासिक अवसरले हामी सबैमा एकताका...
संविधान दिवसमा राष्ट्रपतिबाट सलामी ग्रहण

संविधान दिवसमा राष्ट्रपतिबाट सलामी ग्रहण

समाचार
असाेज ३ काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधान दिवसका अवसरमा शनिबार सैनिक मञ्च टुुँडिखेलमा आयोजित विशेष समारोहमा सलामी ग्रहण ।