आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

राखेप सदस्य सचिवसहित खेल क्षेत्रका १० जनालाई राष्ट्रिय सम्मान

राखेप सदस्य सचिवसहित खेल क्षेत्रका १० जनालाई राष्ट्रिय सम्मान

समाचार
असाेज ३ काठमाडाैं । सरकारले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ५ सय ९४ जनालाई विभिन्न मान पदवी, अलंकार र पदकबाट सम्मानित गर्ने घोषणा गरेको छ ।शुक्रबार सार्वजनिक भएको पदक पाउनेहरूको नामावलीमा राखेप सदस्यसचिव रमेश शिलवालसहित खेल क्षेत्रका १० जना पनि छन् । उनीहरूलाई जनसेवा प्रवलबाट सम्मानित गरिने भएको हो । सम्मानित हुनेमा सिलवालसहित, राखेपका प्रशासन विभाग प्रमुख कुलबहादुर थापा, कीर्तिमानी खेलाडी संगिना वैद्य र तेक्वान्दो प्रशिक्षक तुलसी कुमार गौतम छन् । सदस्य सचिव सिलवाल सुप्रबल जनसेवा श्री सम्मानबाट सम्मानित हुनेछन् भने बैद्य, प्रशिक्षक गौतम र प्रशासन विभाग प्रमुख थापा प्रबल जनसेवा श्रीबाट सम्मानित हुनेछन् ।१३औं दक्षिण एसियाली खेलकुदलाई सफल पार्न योगदान पुर्‍याए बापत सदस्य सचिव सिलवाल र प्रशासन विभाग प्रमुख सम्मानित हुन लागेका हुन् । थापा सागमा समारोह समितिका सं...
अस्पतालबाट डिस्चार्ज भए शशांक कोइराला

अस्पतालबाट डिस्चार्ज भए शशांक कोइराला

समाचार
असाेज ३ काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् ।कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेका उनी स्वास्थ्यमा थप समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । चावहिलस्थित ओम अस्पतालमा उपचाररत उनी स्वास्थ्यमा सुधार आएसँगै डिस्चार्ज भएका हुन् । उनले सामाजिक सञ्जालमा आफू अस्पतालबाट डिस्चार्ज भएको भन्दै स्वास्थ्य अवस्थाबारे नियमित चासो चिन्ता र शुभेच्छा प्रकट गर्न महानुभाव र उपचारमा संलग्न चिकित्सकलाई धन्यवाद दिएका छन् । उनी चिकित्सकको सुझाव अनुसार होम आइसोलेसनमा बस्नेछन् । ...
विश्वका २९ राष्ट्रबाट संविधान दिवसको शुभकामना

विश्वका २९ राष्ट्रबाट संविधान दिवसको शुभकामना

समाचार
असाेज ३ काठमाडाैं । संविधान दिवसका उपलक्ष्यमा विश्वका २९ मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना सन्देश प्राप्त भएका छन् । अष्ट्रेलिया, बङ्गलादेश, बेल्जियम, भुटान, ब्राजिल, क्यानडा, चीन, क्युबा, इजिप्ट, फ्रान्स, होली सी, भारत, गणतन्त्र कोरिया, प्रजातान्त्रिक जनगणतन्त्र कोरिया, लग्जेम्बर्ग, मालदिभ्स, म्यान्मा, नेदरल्याण्ड्स, निकारागुवा, फिलिपिन्स, पोल्याण्ड, कतार, रुसी महासङ्घ, साउदी अरेबिया, थाइल्याण्ड, टर्की, श्रीलङ्का र स्विट्जरल्याण्डका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखबाट राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई राष्ट्रिय दिवसका अवसरमा बेग्लाबेग्लै बधाई तथा शुभकामना सन्देश प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।(रासस) ...
अर्काे वर्षको अप्रिलसम्ममा अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने

अर्काे वर्षको अप्रिलसम्ममा अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने

अन्तराष्ट्रिय
असोज ३ वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्काे वर्षको अप्रिल महिनासम्ममा अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने बताउनुभएको छ । उहाँले भन्नुभयो– मेरो प्रशासनले यो खोप निर्माणको काम निकै द्रुत गतिमा गरेको छ र मलाई लाग्छ आगामी वर्ष सन् २०२१ को अप्रिलसम्ममा यो खोप तयार हुने छ । खोप तयार हुनासाथै सबै अमेरिकी नागरिकलाई लगाइने पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिनुभयो । उहाँले खोप हरेक महिनामा दशौँ लाख वटा उत्पादन हुने भएकोले सबै अमेरिकी नागरिकलाई केही महिनामा नै खोप लगाउन सकिने पनि बताउनुभएको थियो । शुक्रबार आयोजना गरिएको प्रेस ब्रिफिङका क्रममा उहाँले सो कुरा बताउनुभएको हो । अमेरिकाका वरिष्ठ बैज्ञानिक र चिकित्सकहरु बिगतदेखि नै यस कार्यमा लागिराखेको पनि बताउनुभयो । राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्नुभयो– अमेरिकाका वरिष्ठ चिकित्सक र वैज्ञानिकहरुले यो खोप आविश्का...
सेनाको हेलिकोप्टरबाट संविधान दिवसको सन्देश प्रचार गरिँदै

सेनाको हेलिकोप्टरबाट संविधान दिवसको सन्देश प्रचार गरिँदै

समाचार
असाेज ३ काठमाडाैं । संविधान दिवसका अवसरमा शनिबार सैनिक मञ्च टुुँडिखेलमा आयोजित विशेष समारोहमा सेनाको हेलिकोप्टरबाट संविधान दिवसको सन्देश प्रचार गरिँदै ।
पुट्ट लागेको भुँडी घटाउन दैनिक १० मिनेटको कसरत

पुट्ट लागेको भुँडी घटाउन दैनिक १० मिनेटको कसरत

शिक्षा, स्वास्थ्य
असाेज ३ काठमाडाैं । व्यस्त दैनिकी, तनाव र अव्यवस्थित खानपान आधुनिक सहरीया जीवनको अभिन्न अंग जस्तै हुन्। यिनै तीन कारण हुन् जसले हामीलाई अस्वस्थ बनाउँदै लगेका छन् र हाम्रो शरीरलाई रोगको घर बनाउँदै छन्।पछिल्लो समय उच्च रक्तचाप, कोलस्ट्रोल, मधुमेहजस्ता रोग सामान्य भइसकेका छन्। यसको अर्को कारण पनि छ- हामी स्वादे जिब्रोको बहसमा छौं। तलतल थाम्न सक्दैनौं। जिब्रोलाई मीठो–मीठो चिज खुवाएर पुल्पुल्याउँछौं। शरीरलाई परिश्रमबाट जोगाएर पुल्पुल्याउछौं। शरीर र जिब्रो जति पुलपुल्यायो त्यति मात्तिन्छ।एकै ठाउँ बसी–बसी काम गर्ने सहरीया शरीरलाई व्यायाम पुग्दैन।परिणाम– उमेर ढल्किँदै जाँदा हाम्रो शरीरमा रोगले गुँड लगाइसकेको हुन्छ। उसो भए गर्ने के त-खानै छाड्ने? सहरै छाड्ने? तनाव भयो भनेर कामै छाड्ने?होइन। खानपिन र शारीरिक परिश्रमको उचित संयोजन गर्ने। आज यो लेखमा हामी शारीरिक परिश्रमको कुरा गर्नेछौं।धेरैलाई...
तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण शुरु

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण शुरु

समाचार, समाज
असाेज ३ तनहुँ । तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणको काम शुरु भएको छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गतको २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि काम शुरु भएको हो । प्रसारण लाइन निर्माणका लागि शुरुको टावरको जग खनेर कार्य शुरुआत गरिएको तनहुँ जलविद्युत् आयोजनाका साइट प्रमुख अच्युत घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गरिनेछ । सो कामको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । ‘प्रसारण लाइन निर्माणका लागि शुरुको टावरको जग खनेका छौं, अब कामलाई तीव्रता दिन्छौं’, घिमिरेले भने । उनका अनुसार प्रसारण लाइनका लागि ३० वटा टावर निर्माण गरिनेछ । प्रसारण लाइनको काम केही अगाडि नै शुरु गर्ने लक्ष्य राखिएको भए पनि कोभिड–१९ को प्रभावका कारण काममा ढिलाइ भएको घिमिरेले जानकारी दिए । प्रसारण लाइन निर्माणको काम सन् २०२...
असोज ११ गतेदेखि आईपीओ निष्काशन गर्दै जनरल इन्स्योरेन्स

असोज ११ गतेदेखि आईपीओ निष्काशन गर्दै जनरल इन्स्योरेन्स

आर्थिक
असाेज ३ काठमाडाैं । जनरल इन्स्योरेन्स कम्पनीले असोज ११ गतेदेखि सर्वसाधारणको लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले निष्काशन गर्न लागेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ। सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। ईच्छुक लगानीकर्ताहरुले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्। हाल कम्पनीको चुक्ता...
Belgium remains atop FIFA world ranking

Belgium remains atop FIFA world ranking

अन्तराष्ट्रिय, खेलकुद
GENEVA, Sept. 19-FIFA released the men’s football world rankings on Thursday for the first time in five months with Belgium leading an unchanged top four. After a more than six months hiatus due to the COVID-19 pandemic, international matches have finally recommenced with UEFA Nations League games across Europe at the beginning of September, which had an immediate impact on the world ranking. But there has been no change among the leading quartet – Belgium, France, Brazil and England remain the top four in that order. Portugal has moved into the top five thanks to victories over Croatia (8th, down two) and Sweden (18th, down one). Other countries moving in the right direction are Spain (7th, up one), Italy (12th, up one), the Netherlands (13th, up one), and Germany (14th, up one), with...
जन्मेदेखि मृत्युसम्मको सबै संस्कार हेर्न पाइने यस्तो  छ सङ्ग्रहालय

जन्मेदेखि मृत्युसम्मको सबै संस्कार हेर्न पाइने यस्तो छ सङ्ग्रहालय

मनोरन्जन, समाचार
असाेज ३ तनहुँ । गुरुङ जातिको संस्कृति अध्ययन अवलोकन गर्नका लागि सङ्ग्रहालय निर्माण गरिएको छ। तनहुँको व्यास नगरपालिका–३ स्थित तमुसार क्होवेमा गुरुङ जातिको सङ्ग्रहालय निर्माण गरिएको हो। तमु सुधार समाजले रु एक करोड १० लाखको लागतमा सङ्ग्रहालय निर्माण गरेको समाजका अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिए। गुरुङ जातिको रितिरिवाज, संस्कार र संस्कृति अध्ययन अवलोकन गर्नका लागि उक्त सङ्ग्रहालय उपयुक्त स्थल बन्न सक्ने गुरुङले बताए। व्यास नगरपालिका, गण्डकी प्रदेश सरकार र स्थानीय जनसहभागितामा सङ्ग्रहालय निर्माण गरिएको हो। गुरुङका अनुसार सङ्ग्रहालय निर्माणका लागि व्यास नगरपालिकाले रु १८ लाख र गण्डकी प्रदेश सरकारले रु ११ लाख सहयोग गरेको छ भने बाँकी रकम समाजकै सदस्यबाट उठाइएको छ।सङ्ग्रहालय निर्माण सम्पन्न भइसकेको र सङ्ग्रहालयभित्र राखिने सामग्री सङ्कलनमा जुटेको गुरुङले बताए। “ गुरुङ जातिको संस्कृति झल्कने...