आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

आजदेखि हुने आइपीएल खेलकाे उद्घाटनमा मुम्बई र चेन्नाई भिड्ने

आजदेखि हुने आइपीएल खेलकाे उद्घाटनमा मुम्बई र चेन्नाई भिड्ने

अन्तराष्ट्रिय, खेलकुद
असाेज ३ काठमाडाैं । इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको १३ औँ सिजन शनिबारदेखि सुरु हुँदैछ।युएईको अबुधाबीमा साविक विजेता मुम्बई इण्डियन्स र उपविजेता चेन्नाई सुपर किङ्सबिच आइपीएल १३ औँ सिजनको उद्घाटन खेल हुने छ। यो खेल नेपाली समय अनुसार शनिबार राति पौने ८ बजे सुरु हुनेछ। नेपाली खेलाडी सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्स र किंग्स इलेभन पञ्चावबीचको खेल आइतबार राति पौने आठ बजे हुनेछ।कोरोना महामारीका कारण उत्पन्न परिस्थितिमा स्वास्थ्यप्रति उच्च सुरक्षा सतर्कता अपनाउँदै आएपीएलका खेल सञ्चालन हुँदै छन्। तर युएईमा अत्यधिक गर्मी खेलाडीहरुलाई नयाँ चुनौती बनेको छ। अधिकांश खेलहरु सञ्चालन हुँदा मैदानमा तापक्रम ४० डिग्रीको आसपासमा रहने भएपछि खेलाडीहरु समस्यामा पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ। ...
कोरोना महामारीकाे बेला सडकमा प्रदर्शन नगरिदिनुहोस्ः कुलमान घिसिङ

कोरोना महामारीकाे बेला सडकमा प्रदर्शन नगरिदिनुहोस्ः कुलमान घिसिङ

समाचार
असाेज ३ काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा सडक प्रदर्शन नगरिदिन समर्थकलाई आग्रह गरेका छन्।विद्युत प्राधिकरणमा दोस्रो पटक कुलमानलाई नियुक्त गरिनुपर्ने माग राखेर केही दिनयता राजधानी काठमाडौँ सहितका विभिन्न शहरमा प्रदर्शनहरु भइरहेका छन्। तर कुलमान घिसिङले शनिबार विज्ञप्ति जारी गर्दै कोरोना महामारीले नेपाल पनि आक्रान्त भएका बेला सडकमा भिडभाड गरेर प्रदर्शन नगरीदिन आग्रह गरेका हुन्।‘विश्वव्यापी रुपमा फैलिएको कोभिड—१९ का कारण नेपाल पनि आक्रान्त भएको बेला मलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राखी महामारीको संवेदनशील अवस्थामा सडकमा भिडभाड गरी प्रदर्शन नगरिदिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु’, कुलमानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। आफ्नो पक्षमा हुँदै आएको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको पनि कुलमानले ...
गण्डकी प्रदेशमा थप १५ जना कोरोना सङ्क्रमित

गण्डकी प्रदेशमा थप १५ जना कोरोना सङ्क्रमित

समाचार, स्वास्थ्य
असाेज ३ काठमाडाैं । गण्डकी प्रदेशमा १५ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ३५१ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।  प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ३२ जनाको मृत्यु भएको छ ।थपिनेमा नवलपरासी ९ बर्दाघाट सुस्तापूर्वका ११, पर्वतका दुई तथा स्याङ्जा र लमजुङका एकएक जना छन् ।  पछिल्लो २४ घण्टामा ९२६ जनाको पिसिआर परीक्षण गरिएकामा ५६ जनाको कोरोना पुष्टि भएको तथा ७८५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । सो अवधिमा एकको मृत्यु, चार जना निको भएको तथा ८५ जनामा पुनः पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ ।  ...
नेपालमा रेले चलेपनि सर्वसाधारण चढ्न नपाउने

नेपालमा रेले चलेपनि सर्वसाधारण चढ्न नपाउने

समाचार
असाेज ३ काठमाडाैं । जनकपुर रेल सेवाको शुक्रबार परीक्षण गरियो। तर सर्वसाधारणले यो रेलमा चढ्न भने तत्कालै नपाउने भएका छन्। उनीहरुले रेल चढ्न अझै केही समय पर्खिनुपर्नेछ। नेपाल र भारतमा कोरोना संक्रमण तीव्र भएकाले पनि यो रेल तत्कालै सञ्चालन नहुने भएको हो। नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले शुक्रबारदेखि रेल्वेको परीक्षण भए पनि कोरोना भाइरस नियन्त्रणमा नआउँदासम्म रेल सेवा सञ्चालनमा नआउने बताएका छन् ।यो रेलको क्षमता १३ सय यात्रुको छ। तर एकैपटक यात्रु चढ्दा भने ७ सय मात्रै चढ्न मिल्छ। रेलमा अपांगता भएका तथा ज्येष्ठ नागरिकका लागि सीमित सिट भए पनि अधिकांश यात्रुले भने उभिएरै यात्रा गर्नुपर्ने हुन्छ। सञ्चालनमा आउन लागेको रेलमार्ग ३५ किलोमिटरको छ। जहाँ आठवटा सवस्टेसन छन्। सामान्यतया ५–५ किलोमिटरमा सवस्टेसन भएकाले रोक्दै गुडाउनुपर्ने भएकाले पूर्ण गतिमा चल्न नसक्छ।नेपाल रेल्...
४८ घण्टाभित्र अमेरिकामा टिकटक र वीच्याट बन्द हुँदै

४८ घण्टाभित्र अमेरिकामा टिकटक र वीच्याट बन्द हुँदै

अन्तराष्ट्रिय
असाेज ३ काठमाडाैं । अमेरिकामा टिकटक र वीच्याटमाथि अबको ४८ घण्टाभित्र रोक लगाइँदै छ।अमेरिकी बाणिज्य मन्त्रालयले आगामी ४८ घण्टाभित्र उल्लिखित दुवै एप युएस एप स्टोरबाट हटाइने र कुनै पनि अमेरिकी नागरिकले त्यसलाई डाउनलोड गर्न नसक्ने बताएको छ । यदि राष्ट्रपति डोनाल्ड ट्रम्प चिनियाँ एपमाथिको प्रतिबन्ध लगाइने समय–सीमाको अन्तिम क्षणमा कुनै सम्झौताको लागि तयार भए भने मात्र टिकटक र वीच्याटमाथिको यो प्रतिबन्ध हट्न सक्ने बताइएको छ । बीबीसीले उल्लेख गरेअनुसार ट्रम्प प्रशासनको भनाई छ कि टिकटक र वीच्याटजस्ता चिनियाँ एप अमेरिकाको राष्ट्रिय सुरक्षाको लागि खतरा बन्न सक्छ, किनकि ती कम्पनीहरूले ती एपको प्रयोगकर्ता अमेरिकी नागरिकको व्यक्तिगत जानकारी चीनलाई उपलब्ध गराइदिन सक्छन् । तर, चीन तथा चिनियाँ कम्पनीहरूले भने उक्त अमेरिकी आरोपको खण्डन गर्दै आएका छन् ।ज्ञातव्य छ, च्याटिङ, भिडियो सेयरिङ र मोबाइल प...
राष्ट्रपतिद्वारा २८९ कैदीबन्दीको कैद माफी मिनाहा

राष्ट्रपतिद्वारा २८९ कैदीबन्दीको कैद माफी मिनाहा

समाचार
असाेज ३ काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज (शनिबार) संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन् ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले हेमराज तुम्बाहाम्फे समेतका कैदीको कैद भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेकी हुन् । नेपालको संविधानको धारा २७६ , फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम यही असोज ४ गतेदेखि लागू हुने गरी कैद माफी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै राष्ट्रपति भण्डारीले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा रामदयाल मण्डल खत्वेलाई अदालतबाट भएको फैसला बमोजिम लागेको कैद सजाय र जरिवाना समेत माफी गरेको प्रवक्ता दाहालले जारी गरेको विज्ञप्तिमा उल...
वागमतीसहित चार प्रदेशमा भारी बर्षाको सम्भावना

वागमतीसहित चार प्रदेशमा भारी बर्षाको सम्भावना

माैसम
असाेज ३ काठमाडाैं । आज शनिबार पनि मौसम बदली भई देशका धेरै ठाउँमा मध्य देखि भारी बर्षा हुने मौसम विदले बताएका छन् ।अहिले वागमती, गण्डकी, सुदूरपश्चिम र प्रदेश–५ का केही ठाउँमा पानी परिरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिएकी छिन् । यी क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित ठूलो पानी परिरहेको उनले बताएकी छिन् । दिउँसोको समयमा पनि वाग्मती, गण्डकी, सुदूरपश्चिम र प्रदेश–५ का केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।आज देशका अन्य क्षेत्रमा पनि पानी पर्ने अनुमान छ । मनसुनी प्रणाली सक्रिय भएका कारण अहिले काठमाडौं उपत्यकालगायत देशका सबैजसो ठाउँमा मौसम बद्ली भएको छ । मनसुन सक्रिय रहेकाले एक–दुई दिन देशभरको मौसम यस्तै रहने पनि मौसमविद्ले बताएका छन् । आगामी २४ घण्टा (आइतबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी मौसम पूर्वानुमान महाशालाखाले भनेको छ –सुदूरपश्चिम प...
पूर्ण क्षमतामा यात्रु बोकेर सोमबारदेखि आन्तरिक उडान खुला

पूर्ण क्षमतामा यात्रु बोकेर सोमबारदेखि आन्तरिक उडान खुला

समाचार
असाेज ३ काठमाडाैं । असोज ५ देखि बायु सेवा कम्पनीहरूले पूर्ण क्षमतामा उडान सुचारु गर्ने भएका छन्।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार पूर्ण क्षमतामा आन्तरिक उडान संचालन गर्न अनुमति दिने निर्णय गरेको हो। शुक्रबार मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेख्दै असोज ५ गतेदेखि नियमित उडान गर्न भनेको हो। वायुसेवा संचालकहरूले ५० प्रतिशत मात्रै यात्रु राखेर उडान गर्न नसक्‍ने अडान लिएपछि मन्त्रालयले पुरानो निर्णय सच्चाउँदै पूर्ण क्षमतामा जहाज उडाउन अनुमति दिएको हो।पर्यटन सचिव सचिव केदार बहादुर अधिकारीले उपलब्ध यात्रु बोक्‍न पाउने गरी उडान भर्न वायु सेवा संचालकलाई अनुमति प्रदान गरिएको बताएका छन् । मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई असोज पाँच गतेदेखि नियमित उडान गर्ने वायुसेवा कम्पनीलाई २५ प्रतिशत उडान संख्या कायम गर्ने गरी समय तालिका स्वीकृत गर्न निर्देशन दिएको जनाए...
उद्योग वाणिज्य महासंघको निर्वाचन मंसिरमा

उद्योग वाणिज्य महासंघको निर्वाचन मंसिरमा

समाचार
असाेज ३ काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको रोकिएको निर्वाचनको मिति तोकिएको छ।चैत २८ र २९ गते हुनपर्ने महासंघको निर्वाचन कोरोना संक्रममण र त्यसपछि भएको लकडाउनको कारण रोकिएको थियो। महासंघको शुक्रबार साँझ बसको पदाधिकारी बैठकले निर्वाचन मंसिर ११ र १२ गते गर्ने निर्णय गरेको हो।पदाधिकारी बैंठकले कोभिड-१९ बाट बच्ने सुरक्षा उपाय अपनाएर काठमाडौंमा निर्वाचन गर्ने निर्णय गरेको छ। काठमाडौंमा निर्वाचन सम्भव नभएमा प्रदेश अनुसार महासंघको निर्वाचन हुने छ। जसमा जिल्ला नगर तर्फका भोट प्रदेशको राजधानीमा दिने व्यवस्था मिलाइने छ।एशोसियट र वस्तुगत तर्फ काठमाडौंमा भोट दिने व्यवस्था मिलाइने छ। महासंघले निर्वाचन मोडालिटी तयार गर्न कार्य कार्यदल समेत बनाएको थियो।उक्त कार्यददले बनाएको प्रतिवेदन अनुसार नै पदाधिकारी बैंठकले निर्वाचन गर्ने निर्णय गरेको छ।पदाधिकारीको निर्णय अब कार्यसमिति बैठकमा लाने मह...
मृत्युको मुखमा पुगेर पनि बाँच्न सफल भइन् नायिका ऐश्वर्या राय

मृत्युको मुखमा पुगेर पनि बाँच्न सफल भइन् नायिका ऐश्वर्या राय

मनोरन्जन
असाेज ३ काठमाडाैं । फिल्ममा देखाइने विभिन्न दृश्यहरु हेर्दा जति रमाइलो देखिन्छ त्यति कठिन छ । बाहिर हेर्दा फिलमी संसार जति रमाइलो छ त्यति काम गर्न कठिन छ । कलाकारले त्यसका लागि धेरै मिहिनेत पनि गरेका हुन्छन् । अभिनय गर्ने क्रममा धेरै कलाकारहरु घाइते पनि हुने गरेका छन् । कहिलेकाँही ज्यानलाई नै जोखिम पर्ने किसिमको घटना पनि हुने गरेको छ । यस्ते घटनाको सिकार बनेका छन् सलमान खान् । फिल्म तेरे नामखेल्दा यस्तो घटना भएको थियो कि सलमान खान निकै घाइते भएका थिए । सलमानले रेलवेमा हिँड्नुपर्ने थियो । तर, रेल अचानक आभाष अर्का सहयोगी कलाकारलाई भएको थियो । जसको कारण उनले सलमान खानलाई धक्का दिएका थिए । जसको कारण उनी गम्भीर घाइते भएका थिए ।जुन फिल्म २००३ मा आएको थियो । फिल्म सुपर हिट पनि भएको थियो । यस्तै सुन्दरी नायिका ऐश्वर्या राय बच्चन पनि दुर्घटनामा परेकी थिइन् । उनी सन् २००४ मा आएको फिल्म खाकी फिल्...