आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

Monsoon melancholy of sleep-stealing Koshi river

Monsoon melancholy of sleep-stealing Koshi river

समाचार
Itahari, September 19 :Monsoon in Nepal usually spans from the month of June to August. This is also the time when rain-triggered floods occur in various parts of the country. However, the trend of rainfall-trigged flooding at Koshi River is different, as it goes until September and sometimes up to October. The five months are unpredictable period for the residents living close to the Koshi river in Sunsari district. ”Koshi is a very unpredictable river. It can do anything at any time’, says Dharmendra Chaudhary of Rajabash of Barahakshetra Municipality-9, while sharing his fears during the monsoon months.Likewise, Parsuram Mehta from Dholbajiya Tole of the same ward goes further to say, ”We cannot be certain of our security in times of rainy season. This is what we have learnt from Ko...
मुलुकलाई आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने दायित्व हाम्रो काँधमा आएको छ ; राष्ट्रपति भण्डारी

मुलुकलाई आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने दायित्व हाम्रो काँधमा आएको छ ; राष्ट्रपति भण्डारी

राजनीति, समाचार
असाेज ३ काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका राजनीतिक अधिकार प्राप्तिका लागि गरिने सङ्घर्षको चरण सम्पन्न भएपछि अब मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने महान् दायित्व हाम्रो काँधमा आएको बताएकी छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले संविधान दिवसको यस दिनले समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय सङ्कल्प हासिल गर्न सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई संवैधानिक मूल्य एवम् मान्यता कार्यान्वयन गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेकी छन् । संविधानको मर्म र भावनलाई व्यवहारमा रुपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आआफ्नातर्फबाट इमान्दार प्रयास जारी राख्न राष्ट्रपतिले सबैलाई आह्वान गर्दै विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल ...
उर्जामन्त्री पुन होम आइसोलेशनमा

उर्जामन्त्री पुन होम आइसोलेशनमा

समाचार
असाेज ३ काठमाडाैं । पूर्व सभामुख ओनसरी घर्तीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि उर्जामन्त्री वर्षमान पुन आइसोलेशनमा बसेका छन्।मन्त्री पुनसहित पूर्व सभामुख र परिवारका सदस्य तथा सुरक्षाकर्मीहरुको स्वाब परीक्षण गर्दा पूर्व सभामुख घर्तीको सुरक्षामा खटिने सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको थियो। मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टका अनुसार शुक्रबारबाट मन्त्री पुन, पूर्व सभामुख ओनसरी घर्तीसहित परिवार नै मन्त्री निवासमै आइसोलेसनमा रहेका छन्। प्रेस संयोजक भट्टका अनुसार पाँच दिनसम्म परिवारका सबै सदस्यहरु मन्त्री निवासमै आइसोलेशनमा बस्ने भएका छन्। ...
संविधान दिवस आज प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने

संविधान दिवस आज प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने

राजनीति, समाचार
असाेज ३ काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् ।प्रधानमन्त्री ओलीले दिवसका अवसरमा शनिबार बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सम्बोधनमार्फत उनले स्वदेश र विदेशमा रहेका नेपालीलाई शुभकामना दिने भएकाले विगतमा अघिल्लो दिन प्रधानमन्त्रीले लिखित शुभकामना दिने क्रमभन्दा पृथक रहने जनाइएको छ । ...
सर्पले टोकेर विरामी भएका नरेशको उद्धार

सर्पले टोकेर विरामी भएका नरेशको उद्धार

समाचार
असाेज ३ काठमाडाैं । सर्पले टोकेर विरामी भएका जुनिचाँदे गाउँपालिका वडा नं ७ का २६ बर्षीय नरेश घर्तीको जुनिचाँदे गाउँपालिकाको आर्थिक सहयोगमा उद्धार गरी सुर्खेतस्थित प्रदेश अस्पतालमा लगिँदै । रासस
संविधान सभाबाट संविधान जारी भएको पाँच वर्ष पूरा

संविधान सभाबाट संविधान जारी भएको पाँच वर्ष पूरा

समाचार
असाेज ३ काठमाडाैं । नेपालको संविधान- २०७२ जारी भएको पाँच वर्ष पूरा भएको छ ।नेपालको इतिहासमै नेपाली नागरिक सहभागी भएर निर्वाचित संविधान सभाले २०७२ साल असोज ३ गते संविधान जारी भएको थियो । राष्ट्रपतिबाट जारी भएको संविधानले पाँच वर्ष पूरा भए पनि त्यसबेला असन्तुष्ट जनाएका राजनीतिक दलहरूका माग अझै पूरा भएका छैनन् ।योबीचमा संविधानले परिकल्पना गरेको सङ्घीय गणतान्त्रिक राज्य व्यवस्था स्थापित भएर प्रदेश र स्थानीय सरकारहरु निर्माण भएका छन् । तर, पनि जनताको जीवनस्तरमा भने उल्लेख्य रुपमा परिवर्तन आउन सकेको छैन । नेपाली जनताको बलिदान, त्याग र तपस्याको प्रतिफलस्वरुप करिब ६५ वर्षको लामो प्रतिक्षापछि नेपालमा लोकतान्त्रिक गणतान्त्रिक राज्यव्यवस्थासहितको संविधान जारी गर्ने कामले सफलता पाएको थियो । निकै लामो समयको प्रजातान्त्रिक प्रक्रिया र नागरिकको मेहनत र संघर्षबाट बनाएको नेपालको वर्तमान संविधान २...
आज असोज ३ गते शनिवार हेर्नुहोस् राशिफल

आज असोज ३ गते शनिवार हेर्नुहोस् राशिफल

राशिफल
मेष – आरोग्यता बढ्ला । सुख समृद्धि बढ्ला । साझेदारीको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । आयस्रोत बढ्ला । भाग्योदय कारक काम बन्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । आयात–निर्यातसित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काम पनि बन्नेछ । आशा उत्साह बढ्ला । सुख सुविधा बढ्नेछ । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ । बृष – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य धन यश मान महत्व बढ्ला । उन्नति–पदोन्नति हुनेछ । गौरव वृद्धि होला । आफन्तको सहयोग मिल्नेछ । मिथुन – दिन शुभ र भाग्यवर्द्धक सावित हुनेछ । मिठो भोजन मिल्ला । आरोग्यता बढ्ला । रसरागमा आकर्षण बढ्नेछ । प्रेममा सफलता मिल्नेछ । इष्टमित्र सुख सन्तति बढ्नेछन् । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । कर्कट – खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । हासविलासमा रुचि बढ्ला । योजना र बजेट बनाई काम गर्नु उचित रहला । देखापरेको समस्याको समाधान खोज्...
अनलाइन कक्षा सञ्चालन नगर्दै शुल्क लिनेलाई कारवाही गर्न माग

अनलाइन कक्षा सञ्चालन नगर्दै शुल्क लिनेलाई कारवाही गर्न माग

शिक्षा, समाचार
असाेज २ काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलसँग १३ विद्यार्थी सङ्गठनले भौतिकरुपमा अनलाइन कक्षा सञ्चालन नगर्दै शुल्क लिने शैक्षिक संस्थालाई कारवाही गर्न माग गरेका छन् । विद्यार्थी सङ्गठनले सयुक्त रुपमा मन्त्रालयमा आज मन्त्री पोखरेललाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले नीजि विद्यालय र कलेजले अनलाइन कक्षाका नाममा गैरकानूनीरुपमा चर्को शुल्क उठाइरहेकाले त्यस्तो शुल्क उठाउन बन्द गर्नसमेत आग्रह गरेको अनेरास्ववियूका नेता आरसी लामिछानेले जानकारी दिनुभयो । ज्ञापनपत्रमा विद्यार्थी सङ्गठनले सरकारले भर्ना गर्ने सार्वजनिक गरेको मितिदेखि मात्रै तोकिएको शिक्षण शुल्क लिन पाउने व्यवस्था गर्न माग गरेका छन् । यस्तै कोरोना भाइरस (कोभिड–१९)का कारणले अलपत्र परेका विद्यार्थीलाई जिविकोपार्जन र कोठाभाडाको सन्र्दभमा तत्काल राहत प्याकेज घोषणा गर्न माग गरिएको छ । यसैगरी पोखरा विश्वविद्...
पहिरोका कारण ८८ घरपरिवार उच्च जोखिममा;सिन्धुपाल्चोक

पहिरोका कारण ८८ घरपरिवार उच्च जोखिममा;सिन्धुपाल्चोक

समाचार
असाेज २ सिन्धुपाल्चोक । वर्षाका कारण जुगल गाउँपालिका–१ सेलाङमा स्थानीयवासीका घरगोठ क्षति हुुनुका साथै दर्जनौँ घर परिवार जोखिममा परेका छन् ।पहिराको क्षति मुल्याङ्कनका क्रममा वडाभर निरीक्षण गर्दा ८८ भन्दाबढी परिवार पहिराको जोखिममा परेका वडा नं १ का वडाध्यक्ष कमल थापाले जानकारी दिए । उनका अनुसार सेलाङको बाँधसिम्ले, काल्चे, देउराली, चेपे, खसै, सेपगाउँ र कुनेगाउँ ठाडोपाखामा पहिराले घरगोठमा क्षति तथा स्थानीयवासीलाई जोखिममा पारेको छ । बाँधसिम्ले गोठ पुरिँदा कमलबहादुर थापाको भैँसीसमेत पुरिएको छ । कतै घर बग्न लागेका छन् भने कतै गोठ र शौचालय क्षति भएका छन् । बाँधसिम्लेमा पोखबहादुर थापाको गोठ र शौचालय क्षतिग्रस्त हुनाका साथै घर नै जोखिममा परेको छ ।काल्चेका चार घर क्षतिग्रस्त भएका छन् । चेपेमा १३ घर बस्न अयोग्य भएका छन् भने आहालमा छ घर उच्च जोखिममा छन् । ३० भन्दाबढी घर परिवार बस्ने सेपगाउँ नै ...
खोप र बैज्ञानिकलाई विश्वास गर्नु, ट्रम्पलाई नगर्नु : बाइडेन

खोप र बैज्ञानिकलाई विश्वास गर्नु, ट्रम्पलाई नगर्नु : बाइडेन

अन्तराष्ट्रिय
असाेज २ वासिंगटन । अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार जोए बाइडेनले आफूले खोप र बैज्ञानिकहरुलाई विश्वास गर्ने तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विश्वास नगर्ने बताएका छन् ।राष्ट्रपति ट्रम्पले कतिपय अबैज्ञानिक, अव्यवहारिक र अस्वभाविक कुरा गरेको त्यस्ता कुरामा विश्वास गरेको भन्दै उनले आलोचना पनि गरे । उनले ट्रम्पका धेरै गलत भूमिकाले अमेरिका र अमेरिकीहरुलाई क्षति पुगेको भन्दै उनले ट्रम्पलाई विश्वासन नगर्न पनि आह्वान गरे । अमेरिकाको आगामी राष्ट्रपति निर्वाचनमा प्रतिष्पर्धी ट्रम्प र बाइडेनले कोरोनाभाइरसको नियन्त्रण र त्यसका लागि गर्ने प्रयासका विषयलाई लिएर मतदाताको मन जित्ने प्रयास गरिरहेका छन् । बाइडेनले कोरोना भाइरसविरुद्धको खोपमा ट्रम्पले राजनीति गरेको हुनसक्ने आशंका पनि गरेका छन् । सार्वजनिक स्वास्थ्य विज्ञहरुसँग कोरोना भाइरसको नियन्त्रण र त्यसका लागि गर्नुपर्ने र गर्न सकिने क...