आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

१ जना महिला पत्रकार कैलालीकाे जंगलमा मृत फेला

१ जना महिला पत्रकार कैलालीकाे जंगलमा मृत फेला

अपराध
असाेज २ धनगढी । कैलाली जिल्लामा १ जना महिला पत्रकार जंगलमा मृत फेला परेकी छन् ।जिल्लाको घोडाघोडी नगरपालिकामा घर भएकी २३ बर्षीया पत्रकार निर्मला पहराइ घोडाघोडी नगरपालिका–५ अन्तर्गत पर्ने जंगलमा मृत फेला परेकी हुन् । इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) सागर बोहोराले पत्रकार पहराइको शव रुखमा झुन्डिएको अवस्थामा फेला परेको बताए ।घोडाघोडी नगरपालिका वडा नम्वर ४ घर भएकी पहराइ कैलाली जिल्लाको कैलाली एफएममा कार्यरत थिईन् । पहराइ ३१ गतेबाट सम्पर्क विहीन भएकी थिइन् । आफन्तले प्रहरीलाई दिएको जानकारीका अनुसार पहराइ तीन दिन अगाडि घरबाट सुख्खड बजार जाने भन्दै निस्किएकी थिइन् । तीन दिन अगाडि घरबाट निस्किएकी उनी त्यसयता कसैको सम्पर्कमा थिइनन् । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ । ...
भारतसँगको कूटनीतिक संवाद र छलफलबाटै सीमा समस्याको समाधान गरिने

भारतसँगको कूटनीतिक संवाद र छलफलबाटै सीमा समस्याको समाधान गरिने

राजनीति
असाेज २ काठमाडाैं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसंँगको कूटनीतिक संवाद र छलफलबाटै सीमा समस्याको समाधान गरिने बताउनुभएको छ । प्रेस सङगठन नेपाल, रुपन्देहीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले नेपाल कुनै छिमेकी मुलुकतिर नढल्किने स्पष्ट पार्दै सीमा समस्या समाधानलगायत विषयमा प्रधानमन्त्रिस्तरमा भारतसँग चारपटक फोन संवाद भएको जानकारी दिनुभयो । खोसिएको भूभाग फिर्ता लिन नयाँ नक्शा जारीपछि थप ऊर्जा थपिएको बताउँदै उहाँले भन्नुभयो, “निश्चित प्रयोजनका लागि वर्षौँ पहिले बसेका भारतीय सेना अब हट्नुपर्छ । उसले नेपाललाई आफ्नो भूभाग उपयोग गर्न दिनुपर्छ ।”सरकारका प्रवक्ता ज्ञवालीले विकासका विषयमा भारसँग सम्बन्ध सुदृढ बन्दै गएको बताउँदै भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरालगायत क्षेत्रको नेपाली भूमि फिर्ता गर्न भारतसँग छिट्टै वार्ता हुनेसमेत विश्वास व्यक्त गर्नुभ...
खेतमा पानी लगाउन गएकी १७ वर्षीया संगीतालाई बलात्कार गर्ने गाउँकै रञ्जित र बब्लु समातिए

खेतमा पानी लगाउन गएकी १७ वर्षीया संगीतालाई बलात्कार गर्ने गाउँकै रञ्जित र बब्लु समातिए

अपराध
असाेज २ सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ललितपुरमा १७ वर्षीया किशोरीलाई बलात्कार गर्ने दुई जना आरोपितलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । नेपाल भारत सीमा क्षेत्र बलान बिहुल गाउँपालिकास्थित बेल्हीबाट आरोपितहरु डाक्नेश्वरी–७ का १९ वर्षीय रञ्जित मण्डल र १८ वर्षीय बब्लु मण्डल पक्राउ परेको इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीका प्रहरी निरीक्षक धर्मराज मुडभरीले बताउनुभयो । धान खेतमा पानी कटाउन गएकी किशोरीलाई रञ्जित र बब्लुसहित चार जनाले भदौ २९ गते बिहान सामूहिक बलात्कार गरेको आरोप छ । बलात्कारका अन्य आरोपितहरु धर्म मण्डल र विष्णु मण्डल फरार छन् । इलाका प्रहरी कार्यालय कल्याणपुरले आरोपितविरुद्ध उजुरी गर्न गाउँको उनकै समुदायका पञ्चहरुले रोक लगाएपछि भदौ ३० गते किशोरीले आत्महत्या गरेकी थिइन् । बलात्कारपछि शत्रुघ्न मण्डलको घरमा बसेको गाउँलेहरुको छलफलले पीडित र उनकी आमालाई प्रहरी का...
गुण्डुका ५६० घरलाई गुर्जोको बिरुवा वितरण गर्दै ;सांसद महेश बस्नेत

गुण्डुका ५६० घरलाई गुर्जोको बिरुवा वितरण गर्दै ;सांसद महेश बस्नेत

समाचार
असाेज २ भक्तपुर ।यहाँका घरघरमा गुर्जोका बिरुवा निः शुल्क रुपमा पु¥याउने अभियान सूर्यविनायक नगरपालिका क्षेत्रबाट शुरुआत गरिएको छ । सांसद महेश बस्नेतले गुण्डुका ५६० घरलाई बिरुवा वितरण गर्दैै सुरु गर्नुभएकोे सो अभियान आज सूर्यविनायक चोकमा पुगेको छ । सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवाली, नगरपालिकाका सामाजिक विकास समितिका संयोजक एवम् वडा नं ८ का वडाध्यक्ष किरण थापा, वडा ६ का वडाध्यक्ष रामेश्वर ध्वजू र गुर्जो अभियान्ता तथा सरकारका उपसचिव कमलबहादुर राजलवटले ५०० जनालाई बिरुवा वितरण गर्नुभयो । गुर्जोको फाइदा तथा समस्याको बारेमा जानकारी दिदँै पाँच वर्षभन्दा कम उमेरका बालबालिका, गर्भवती महिलाले प्रयोग गुर्जोको सेवन गर्न नहुने साथै रक्तचाप कम भएकाले विरे नुनको प्रयोग गरेर मात्र खानु पर्ने कार्यक्रममा जानकारी दिइएको थियो । (रासस) ...
डा. केसीको जीवन रक्षा गर्न माग

डा. केसीको जीवन रक्षा गर्न माग

समाचार
असाेज २ काठमाडाैं । भदौ २९ देखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीको माग पूरा गर्न काँग्रेस नेता गगनकुमार थापाले सरकारसँग माग गरेका छन्। नेता थापाले ट्वीटरमा लेखेका छन्, ‘गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका लागि डा गोविन्द केसी १९औँ अनसनमा हुनुहुन्छ। हरेक पटक जनदबाबपछि सरकार सहमति त गर्छ तर कार्यान्वयन गर्दैन।सबैले सरकारलाई सुन्ने गरी भनौँ ‘डाकेसीले रोजेको कष्टकर बाटो आम जनताका लागि हो,उहाँको माग पुरा गर,उहाँको जीवन रक्षा गर।’ डा. केसी गएको सोमबारदेखि जुम्लाको चन्दननाथ–६ रानीचौरस्थित मष्टो देवताका मन्दिर प्रांगणमा आमरण अनशन बसेका छन्। स्थानीय प्रशासनले उनको निगरानी गर्दै आएको थियो।डा. केसीले ०७५ साउन १० गते सरकारसँग भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरिनुपर्ने माग पनि राखेका छन्। यसअघिका सरकारसँग भएका सम्पूर्ण सम्झौताहरू कार्यान्वयन हुनुपर्ने, स्नातकोत्तर तहको ...
धरान उपमहानगरले शुरु गर्यो अनलाइन कर सेवा

धरान उपमहानगरले शुरु गर्यो अनलाइन कर सेवा

समाचार, समाज
असाेज २ धरान । धरान उपमहानगरपालिकाले अनलाइन कर भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ।अब घरबाटै वा संसारको जुनसुकै ठाउँबाट पनि अनलाइनमार्फत कर तथा राजश्व तिर्न सकिने उपमहानगरपालिकाले जनाएको छ। आजदेखि पूर्णरुपमा काम शुरु भएको उपमहानगरका सूचना अधिकृत खगेन्द्रप्रसाद खतिवडाले जानकारी दिए।विहबिार नगरप्रमुख तिलक राई र उपप्रमुख मञ्जु भण्डारीको घर जग्गाको कर अनलाइनमार्फत तिरेर सेवा शुभारम्भ गरिएको थियो। उपमहानगरपालिकामा जनता आफै उपस्थित भएर कर तिर्न कोरोनाको जोखिमलाई मध्यनजर गर्दै अनलाइन सेवा शुरु गरिएको उपप्मुख भण्डारीले बताए।कर तिर्नका लागि नाम टिपाएपछि उपमहानगरले युजर र पासवर्ड वितरण गर्नेछ। त्यसपछि स्वदेश तथा विदेश जहाँबाट पनि नेपालको कुनै बैंकमा रहेको आफ्नो खाताबाट कनेक्ट आइपिएसका माध्यमबाट वा इ सेवा बालेटबाट सजिलै कर तथा राजश्व भुक्तानी गर्न सकिने सूचना अधिकृत खतिवडाले जानकारी दिए। ...
ग्लोबल आइएमई बैंकद्वारा दुई नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात

ग्लोबल आइएमई बैंकद्वारा दुई नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात

आर्थिक, समाचार
असाेज २ काठमाडाैं ।ग्लोबल आइएमई बैंकले सिन्धुपाल्चोकको गोरथली र झापाको ज्यामिरगढीमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप दुई वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २२० पुगेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे १,अमादिंग गोरथलीमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा साङ्गे शेर्पा र झापाको मेचीनगर १५, ज्यामिरगढीमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा तीर्थराज काफ्लेलाई नियुक्त गरिएको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिसहोम, एनटिसी,सिडिएमए,युटिएलको महसुल भु...
टाटा अल्ट्रोज प्रिमियम ह्याचब्याक अब नेपालमा

टाटा अल्ट्रोज प्रिमियम ह्याचब्याक अब नेपालमा

आर्थिक
असाेज २ काठमाडाैं ।नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले बहुप्रतिक्षित तथा चर्चित प्रिमियम ह्याचब्याक टाटा अल्ट्रोजको डिजिटल प्रबिधि मार्फत नेपाली बजारमा सार्वजनिक गरेको छ । प्रिमियम ह्याचब्याक सेग्मेन्टको रुपमा यसैबर्षको शुरुवातमा भारतमा सार्वजनिक भएदेखि नै टाटा अल्ट्रोजले अत्याधिक सकारात्मक प्रतिकृया पाइरहेको छ । सिप्रदी ट्रेडिङ्गले टाटा अल्ट्रोजको सुरुवाती मुल्य २९ लाख ९९ हजार तोकेको छ । साथै सिप्रदीले नेपालभरीका सबै डिलरहरुमार्फत प्रिमियम ह्याचब्याक अल्ट्रोज गाडीको बुकिङ्ग पनि खुल्ला गरेको छ । टाटा अल्ट्रोज, अल्फा (एजाइल, लाइट, फ्लेक्जिबल र एडभान्स) आर्किटेक्चरमा बनेको पहिलो र एकमात्र गाडी हो । यसमा स्ट्राइकिङ्ग डिजाइन, वाइड एरे अफ इण्डष्ट्रिज – फस्ट, ग्लोबल एनक्यापमा फाईभ स्टार सेफ्टी रेटिङ्ग, गोल्ड स्ट्यान्डर्ड सेफ्टी, ड्राइभिङ्ग डाइनामिक्स र उत...
सशस्त्रका गोता खोरहरुको भत्ता बढ्यो

सशस्त्रका गोता खोरहरुको भत्ता बढ्यो

आर्थिक, समाचार
असाेज २ काठमाडाैं । नेपाल सरकारले नदी, खोला र पोखरीमा दुर्घटनाबस डुबेकाहरुलाई उद्धार गर्ने गोताखोरहरुको दैनिकभत्ता बढाइदिने निर्णय गरेको छ। जोखिमबढी सेवासुविधा कम पाएका कारण गोताखोरहरु काम छोड्दै हिँड्न थालेपछि उनीहरुलाई थुम्थुम्याउन दैनिकभत्तामा बृद्धि गरिएको हो। गृहमन्त्रालयको प्रस्तावमा नेपाल सरकार मन्त्रिपरिषद्को आसोज १ गते बसेको बैठकले ती गोताखोरहरुको दैनिक भत्तामा रु तीनसय थप गरिदिने निर्णय गरेको हो। गोताखोरहरु सबै नै सशस्त्र प्रहरी बलका फौजीहरु हुन्। सशस्त्र प्रहरी बलले चितवनको कुरिनटारमा विपत् व्यबस्थापन तालिम केन्द्र खोलेर आफ्ना इच्छुक फौजी युवाहरुलाई गोताखोरको तालिम दिँदै आएको छ। सशस्त्र प्रहरीसँग ४४ जना गोताखोरहरु कार्यरत रहेको अवस्थामा सेवा,सुविधा काम अनुसारको नभएको गुनासो गर्दै ७ जनाले जागिर नै छोडिदिएका थिए। हाल सशस्त्रमा ३७ जना गोताखोरहरु कार्यरत छन्। त्रिशुलीलगायत...
धार्मिक स्थल वरपर रहेका जनावरलाइ खाना खुवाउदै सामाजिक अभियन्ताहरु

धार्मिक स्थल वरपर रहेका जनावरलाइ खाना खुवाउदै सामाजिक अभियन्ताहरु

समाज
असाेज २ काठमाडाैं । कोरोना महामारी रोकथाम तथा नियन्त्रणको लागि सरकारले लागु गरेको लकडाउन तथा निषेधाज्ञाको कारण धार्मिकस्थलहरु बन्द रहेका छन ।धार्मिक स्थलहरु बन्द संगै मानिसहरुको चहल पहल समेत कम हुँदा धार्मिक स्थलमा आश्रित रहेका  जनावरलाई समेत खानाको समस्या देखिएपछि विभिन्न संघसंस्थाले खाना जुटाइदिन थालेका छन्। त्यसै शिलशिलामा  नेपाल आदिवासी जनजाती इकाई सभापति गोकर्णेश्वर ८ का फुर्सांग तामाङ ,नेपाल आदिवासी जिल्ला सदस्य सुजन लामा र नेपाली कांग्रेस क्षेत्रनं ४ का युवा नेता तथा समाजसेवी श्याम कुमार बुढाथोकी  लगायतले बिहिबार पशुपति लगायतका स्थानमा रहेका जनावरहरुलाई खाना जुटाईदिएका छन् ।लकडाउन तथा निषेधाज्ञाको कारण पशुपति, स्वयम्भूजस्ता धार्मिक क्षेत्रमा मानिसको आवागमन नभएपछि जनावरको खाना समेत प्रभावित बनेको  देखेपछि केहि भए पनि सहयोग गरौ भन्ने उदेश्यका साथ सकेको खाना जुटाई दि...