असाेज ३ काठमाडाैं । नेपालमा आज १४ सय ४७ जनाले कोरोलाई जितेर घर फर्किएका छन् । यो सहित देशभर कोरोनालाई जित्नेको संख्या ४५ हजार २ सय ६७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १०३३३ जनाको पिसिआर परिक्षण गरिएको छ । जसमध्ये १२०४ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा आज सक्रिय संक्रमितको संख्या १७१२९ रहेको छ । मन्त्रालयका अनुसार आजसम्म संस्थागत आइसोलेसनमा रहनेको संख्या ९१५३ रहेका छन् ।
