आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

काठमाडौं र भक्तपुरमा दुर्घटना, २ जनाको मृत्यु, तीन जना घाइते

काठमाडौं र भक्तपुरमा दुर्घटना, २ जनाको मृत्यु, तीन जना घाइते

समाचार
असोज ७ काठमाडौं । काठमाडौं र भक्तपुरमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । गएराति गोङ्गबुमा बसले पैदलयात्रुलाई ठक्कर दिँदा कपनका ४५ वर्षका शंकर पन्तको ज्यान गएको छ । राति ८ बजेतिर गोङ्गबु बसपार्क गेटबाट छुटेको बा ४ ख ३८५० नम्बरको बसले ठक्कर दिँदा घाइते भएका पन्तको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा राति ज्यान गएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट घाइते भएका धादिङका १४ वर्षका शंकर श्रेष्ठको उपचार भैरहेको छ । दुर्घटनापछि फरार भएका चालकको खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ । यस्तै भक्तपुरको सूर्यविनायक नगरपालिका-५ को घताले चोकमा दुई वटा मोटरसाइकल पल्टिँदा रामेछापका २० वर्षका अनिश श्रेष्ठको ज्यान गएको छ । हिजो बेलुकी बा ७३ प ४१६१ नम्बरको मोटरसाइकल पल्टिँदा घाइते भएका श्रेष्ठको न्यूरो अस्पताल बाँसबारीमा ज्यान गएको प्रहरीले जनाएको...
गरिब तथा विपन्नलाई निःशुल्क आकस्मिक उपचार सेवा शुरु

गरिब तथा विपन्नलाई निःशुल्क आकस्मिक उपचार सेवा शुरु

समाचार
असोज ७ काठमाडौं । सरकारले गरिब तथा विपन्न वर्गका लागि प्रारम्भिक चरणको आकस्मिक उपचार सेवा निःशुल्क शुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम अनुसार सरकारी अस्पतालमा गरिब तथा विपन्न नागरिकका लागि आकस्मिक उपचार सेवा निःशुल्क शुरु गरेको हो । मन्त्रालयले शुरुमा राष्ट्रिय ट्रमा सेन्टरबाट शुरु गरेको निःशुल्क उपचार मंगलबार कान्ति बाल अस्पतालबाट पनि शुरु गरिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। मन्त्रालयले गरिब तथा विपन्न वर्गलाई केन्द्रीय अस्पतालबाट प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७७ ल्याई निःशुल्क सेवा दिन थालेको हो । कान्ति बाल अस्पतालले पनि आकस्मिक सेवा लिनका लागि सूचना जारी गरेको छ । अस्पतालले केन्द्रीय अस्पतालमा प्रारम्भिक चरणको आकस्मिक सेवा निःशुल्क गराउने...
लामो दुरीका यात्रुले खाना/खाजा आफैं बोक्नुस् :यातायात व्यवस्था विभाग

लामो दुरीका यात्रुले खाना/खाजा आफैं बोक्नुस् :यातायात व्यवस्था विभाग

आर्थिक
असोज ७ काठमाडौं । सरकारले लामो दुरीमा सार्वजनिक सवारीमार्फत यात्रा गर्ने यात्रुलाई खाजा खाना प्याकिङ गरेर बोक्न आग्रह गरेको छ । होटलहरुमा खाना र खाजा खाँदा कोरोना संक्रमण हुने जोखिम रहेकाले लामो दुरीको यात्रामा हिँड्दा सकेसम्म आफैं घरमा प्याकिङ गरेको खाद्यवस्तु बोक्न यातायात व्यवस्था विभागले आग्रह गरेको छ । सवारीमा चढ्दा वा झर्दा अन्यबाट कोरोना सर्ने र फैलिने जोखिम हुने भएकाले घरबाटै प्याकिङ गरिएका खाना/खाजा साथमै बोक्न अनुरोध गरिएको विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए । विभागले अत्यावश्यक काम परेमा मात्रै यात्रा गर्न पनि सुझाएको छ । विभागले सडक आसपासका होटल तथा रेष्टुरेन्टलाई पनि स्वच्छ खाजा/खाना प्याकेकिङ गरेर बिक्री गर्ने प्रवन्ध गर्न आग्रह गरेको छ । ...
क्यानले क्रिकेट खेलाडीको तलब तोक्यो

क्यानले क्रिकेट खेलाडीको तलब तोक्यो

खेलकुद
असोज ७ काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले पुरुष र महिला खेलाडीसँग एक वर्षका लागि सम्झौता गरेको छ।भरतपुरमा मङ्गलबार बसेको बोर्ड बैठकले पहिलोपटक महिला खेलाडीलाई वर्गीकरण गर्दै वार्षिक सम्झौता गरेको हो । पुरुषतर्फ १८ र महिलातर्फ १९ खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा वर्गीकरण गरिएको छ । पुरुषतर्फ ग्रेड ‘ए’ मा पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, वसन्त रेग्मी, दीपेन्द्र सिंह ऐरी र विनोद भण्डारी परेका छन्। ग्रेड ‘बी’ मा सुसन भारी, सोमपाल कामी, आरिफ शेख र पवन सराफ परेका छन भने ग्रेड ‘सी’ मा सुवास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रासिद खान, अविनाश बोहरा र कमल सिंह ऐरी रहेका छन्। यस्तै महिलातर्फ ग्रेड ‘ए’ मा रुविना क्षेत्री, नेरी थापा, इन्दु बर्मा, सीता रानामगर र करुणा भण्डारी छनोट भएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए। उनका अनुसार ग्र...
भवन बनाएको क्षेत्र चीनकै हो :चिनियाँ दूतावास

भवन बनाएको क्षेत्र चीनकै हो :चिनियाँ दूतावास

राजनीति
असोज ७ काठमाडौं । चीनले नेपालसँग जोडिएको कुनै पनि स्थानमा सीमा विवाद नरहेको र नेपाली भूमिमा भवन नबनाएकाे चीनले दाबी गरेकाे छ । हुम्लाको लाप्चाबगरमा चीनले नेपाली भूमि अतिक्रमण गरेर भवनहरु बनाएको समाचार सार्वजनिक भएको बेला चीनको यस्तो धारणा आएको हो । काठमाडौंस्थित चिनियाँ दूतावासले एक प्रेस नोट जारी गर्दै भनेको छ, ‘चीन र नेपालबीच कुनै पनि क्षत्रीय विवाद छैन । दुवै पक्षले सधैं सीमाबारे निकट सम्बन्ध बनाएका छन् ।’ साथै नेपाली भूमिमा चीनले बनाएको भनिएका भवनहरूको सत्यतथ्य जाँच नेपालले गर्न सक्ने जनाएको छ । ...
सुक्खा बन्दरगाहमा रोकियो ५० कन्टेनर छोकडा

सुक्खा बन्दरगाहमा रोकियो ५० कन्टेनर छोकडा

समाचार
असोज ७ काठमाडौं । तेस्रो मुलुकबाट सुक्खा बन्दरगाह हुँदै नेपाल प्रवेश गर्ने छोकडामा प्रतिबन्ध लगाएपछि साढे सात करोड मूल्य बराबरको ५० कन्टेनर छोकडा वीरगञ्जमा रोकिएको छ । नेपाल सरकारले चैत १६ गतेपछि आएको छोकडा नछोड्ने निर्देशन दिएपछि सो छोकडा बन्दरगाहमै अड्किएको सुक्खा बन्दरगाह भन्सार कार्यालय सिर्सियाका निर्मित प्रमुख जगदिश पुर्वेले जानकारी दिए । उनले सो छोकडा छोड्ने वा नछोड्ने भन्नेबारे सरकारको निर्देशन नआएकाले जाँच पास हुन नसकेको बताए । विदेशी मुद्रा सञ्चितमा दबाब बढेको भन्दै नेपाल सरकारले गत चैत १६ गतेयता यस्ता वस्तुको आयातमा प्रतिबन्ध लगाएको बताइएको छ । नेपाल सरकारको निर्णयपछि मरिच, केराउ र सुपारी नेपाल भित्रिए पनि छोकडा भने विगत पाँच महिनाभन्दा लामो समयदेखि बन्दरगाहमा रोकिएको आयातकर्ता नगनित अग्रवालले बताए । उनले बन्दरगाहमा आइसकेका छोकडाको जाँच पासमा रोक लगाएपछि कच्चा पदार्...
ट्रमा पुर्‍याइएका अनसनरत डा. केसीलाई टिचिङ लगियो

ट्रमा पुर्‍याइएका अनसनरत डा. केसीलाई टिचिङ लगियो

समाचार
असोज ७ काठमाडौं । अनसनरत डा गोविन्द केसीलाई त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल लगिएको छ । चिकित्सा शिक्षा क्षेत्रको सुधारको मागसहित गत भदौ २९ गतेबाट डा केसी जुम्लामा अनसन शुरु गरेका थिए । उनको स्वास्थ्यमा समस्या आएसँगै आज नै उनलाई काठमाडौं ल्याइएको थियो । उनले त्रिवि शिक्षण अस्पतालमा बस्ने भनिएपनि डा केसीलाई पुलिसले जबरजस्ती ट्रमा सेन्टर सेन्टर लगेको थियो । डा केसीले आफूलाई टिचिङ नलगिए कुनैपनि परीक्षण गर्न नदिने दृढता व्यक्त गरेका थिए । उनले सरकारले आफ्नो माग पुरा नगरेसम्म कुनै पनि हालतमा अनसन नतोड्ने समेत बताएका छन् । उनको मागप्रति ऐक्यबद्धता जनाउँदै आम नागरिकदेखि नेतासम्मले प्रहरीले उनलाई गरेको व्यवहारप्रति आपत्ती जनाएका छन् । डा केसीको यो १९ औँ अनसन हो । ...
गएराती कस्मिरमा भुकम्पको धक्का

गएराती कस्मिरमा भुकम्पको धक्का

अन्तराष्ट्रिय
असोज ७ काठमाडौं । गएराती कस्मिरमा भूकम्प गएको छ। श्रीनगरबाट ११ किलोमिटर उत्तर पश्चिम ३.६ रेक्टर स्केलको भूकम्प गएको नेसनल सेन्टर फर साइज्मालजीले जनाएको छ । भूकम्पको झट्का राति ९ : ४० बजे महसुस गरिएको थियो। बिबिसीले जनाए अनुसार कतिपय स्थानीयले पनि यो भूकम्प नभनेर कुनै विस्फोट पदार्थको धक्का भएको आशंका गरेको जनाइएको छ । राति २ सेकेन्डको झड्का भूकम्पै थियो कि श्रीनगर एयरपोर्ट नजिक इन्डियन एयरफोर्समा जमिनमुनि २ सय किलोग्राम बम छ भन्ने जुन कुरा छ, त्यसको विस्फोट त होइन भनेरु ट्विटमा प्रश्न समेत गरिएको छ । ...
आज असोज ७ गते बुधबारको राशिफल

आज असोज ७ गते बुधबारको राशिफल

राशिफल
आज २०७७ असोज ७ गते बुधबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ ।सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । स्वादिष्ट भोजनपनि पाईनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज अकस्मात् धन सम्पत्ति हात पर्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । शुभकार्यको चर्चापनि चल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ...
लुइस स्वारेजले बार्सिलोना छाड्ने पक्का

लुइस स्वारेजले बार्सिलोना छाड्ने पक्का

अन्तराष्ट्रिय, खेलकुद
असोज ७ काठमाडौं । बार्सिलोनाका महत्वपूर्ण खेलाडी लुइस स्वारेजले बार्सिलोना छाड्ने पक्का भएको छ ।बार्सिलोनाले क्लव छाड्ने स्वीकृति दिएसँगै उनी स्पेनिस ला लिगा टिम एथ्लेटिको मड्रिड जाने भएका छन् । बार्सिलोनाले उनलाई स्वतन्त्र मूल्यमा जान दिएको हो । ६ वर्ष बार्सिलोनामा रहेका उनले २८३ खेलमा १९८ गोल गरेका छन् ।पासपोर्ट सम्बन्धी समस्याका कारण इटालियन सिरी ए क्लब युभेन्टससँगको सम्झौता प्रयास असफल भएपछि स्वारेज पारिश्रमिक घटाएर एथ्लेटिकोमा जान तयार भएका हुन् । एथ्लेटिकोले स्वारेजका लागि बार्सिलोनालाई चार मिलियन युरो मात्रै तिर्ने छ । यस्तै स्वारेजले बार्सिलोनामा वार्षिक ३० मिलियन युरो पारिश्रमिक पाउने गरेकोमा एथ्लेटिकोमा त्यसको आधा पाउने छन् । एजेन्सी ...