आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

ग्राण्डी अस्पताल अगाडि भूमिगत गरिएको बिजुलीको तार पड्कियो

ग्राण्डी अस्पताल अगाडि भूमिगत गरिएको बिजुलीको तार पड्कियो

समाचार
असोज ७ काठमाडौं । काठमाडौंको टोखामा भूमिगत गरिएको बिजुलीको तार पड्किएको छ । ग्राण्डी अस्पताल अगाडि भूमिगत गरिएको बिजुलीको तार पड्किए गएरातिदेखि नै अस्पतालमा विद्युत आपूर्ति बन्द भएको छ । नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोली रातभरि काममा खटिए पनि मर्मत गर्न नसकको र बिग्रिएको ठाँउ पत्ता लगाउन नसकेपछि फर्किएको बताइएको छ । तार पड्किए पछि राती देखी नै लैनचौर, सामाखुसी, गोंगबु, सूर्यदर्शन हाइट, बालुवापाटी लगायतका स्थानमा पनि विद्युत आपूर्ति बन्द भएको थियो । तर ती स्थानमा भने उपकरण फेरेर मर्मत गरेपछि राति नै विद्युत आपूर्ति सुरु भएको छ । ...
विप्लव समूहमा कोरोनाको ‘बबाल’, कमरेडहरुलाई मरिने ‘त्रास’

विप्लव समूहमा कोरोनाको ‘बबाल’, कमरेडहरुलाई मरिने ‘त्रास’

राजनीति
असोज ७ काठमाडौं । मोरङ, इलाम, सुनसरी र महोत्तरीका जेलमा विप्लव माओवादी पार्टीका तीन दर्जन जति कार्यकर्ता बन्दी छन् ।राज्यद्रोह आरोपबाट अदालतले मुक्त गरे पनि थप विभिन्न अभियोग लगाउँदै प्रशासनले विभिन्न जेलमा अड्डासार गर्दै आएको छ । महामारीका बेला ती कार्यकर्ता कोरोना लाग्ने भयले त्रस्त छन् । मोरङ र सुनसरी जेलमा रहेका कार्यकर्ताले चाहिँ आफूहरूलाई कोरोना लागिसकेको बताए भने अन्य जेलमा रहेकाहरूले भने आफू कोरोनाको उच्च जोखिममा रहेको कमाण्डलाई जानकारी गराएका छन् । उनीहरूले आफू फौजदारी अपराधको अभियुक्त नभएर आस्थाका बन्दी भएकाले राज्यले विशेष चासो दिएर अलग्गै आइसोलेसनमा राख्नुपर्ने, पिसिआर परीक्षण गराउनुपर्ने र पोजेटिभ पाइएकाहरूलाई उचित उपचार गराउनुपर्ने मागसमेत राखेका छन् । विप्लव मओवादीको पूर्वी कमाण्ड अन्तर्गत इलाम कारागारमा पुष्प कोइरालालगायत ४ जना छन् । मोरङमा नन्दबहादुर बोहरा (जोखिम...
कोरोना कहरमै कर्मचारीले  कमाए करोडौं

कोरोना कहरमै कर्मचारीले कमाए करोडौं

आर्थिक
असोज ७ काठमाडौं । कोरोनाले रोग, भोक र शोकमात्र ल्याएन, कसैकसैलाई करोडपति पनि बनाएको छ ।कोरोनाले करोडपति बनाएका व्यक्ति हुन्, भीमकान्त पौडेल । उनले पछिल्लो चार महिनामा २७ करोडको कारोवार गरे । निजामती सेवा ऐनअनुसार कुनै पनि सरकारी कर्मचारीले कम्पनी वा फर्म खोलेर कारोवार गर्न पाइँदैन् । तर, भीमकान्तको हकमा यस्ता कानुन लागेन । कोरोनाको नाममा ओम्नी समूह विवादमा मुछिएर बाहिरिएपछि भित्रिएको संस्था हो, भीमकान्तहरुको । उनी स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानअन्तर्गत ग्रामीण विकास प्रशिक्षण केन्द्र, झापाका कर्मचारी हुन् । कोरोना कहर बढ्दै गएपछि सरकारले पिसिआर परीक्षणको दायरा बढाउने निक्र्यौल ग¥यो । सरकारी ल्याबबाट मात्र पिसिआर परिक्षण सम्भव नहुने भएपछि निजी ल्याब तथा अस्पतालबाट पनि पिसिआर परीक्षण गर्न मिल्ने बनाइयो । सरकारले यस्तो नीति लिएसँगै सरकारी कर्मचारी भीमकान्तले रातारात कम्पनी रजिष्ट्रारक...
आज १४ वर्ष पूरा भयाे घुन्सा हेलिकप्टर दुर्घटना भएको

आज १४ वर्ष पूरा भयाे घुन्सा हेलिकप्टर दुर्घटना भएको

समाचार
असोज ७ ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सामा हेलिकप्टर दुर्घटना भएको १४ वर्ष पूरा भएको छ ।उक्त दुर्घटनामा परी ज्यान गुमाएकाहरुको योगदानको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउने गरिन्छ । विसं २०६३ असोज ७ गते भएको हेलिकोप्टर दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राईसहित २४ संरक्षणविद्ले ज्यान गुमाएका थिए । सरकारले सोही दिनको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउन थालेको हो । विश्व वन्यजन्तु कोष नेपालद्वारा आयोजना भएको कञ्चजङ्घा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण कार्यक्रममा भाग लिएर फर्कने क्रममा घुन्सास्थित फले पहाडमा हेलिकप्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा मन्त्री गोपाल राई, राईकी पत्नी मीना राई, भूगोल तथा योजनाविद् डा.हर्क गुरुङ, संरक्षणविद् डा.तीर्थमान मास्के, वन तथा भू–संरक्षण मन्त...
बामदेव विरूद्धको रिटमा आज सुनुवाई

बामदेव विरूद्धको रिटमा आज सुनुवाई

राजनीति
असोज ७ काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाइनु संविधान विपरित भएको भन्दै सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाई हुँदैछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा आज सुनुवाई हुन लागेको हो ।गौतमलाई राष्ट्रिय सभामा लगेर जनताको अभिमतको अपमान गरिएको भन्दै त्रिपाठीले सोमबार रिट दायर गरेका थिए । ‘प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएको व्यक्तिलाई संघीय संसद्को सोही कार्यकालभित्र राष्ट्रिय सभामा मनोनित गरिनु जनताको अभिमतको गम्भीर अपमान हो । प्रथम दृष्टिमै यो संविधानको जालसाजीपूर्ण एवं कपटपूर्ण प्रयोग हो,’ त्रिपाठीले पेस गरेको रिटमा उल्लेख छ । गत भदौ २९ गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम राष्ट्रपतिले गौतमलाई राष्ट्रियसभाको सदस्यमा मनोनित गरेकी थिइन् । नेपालको संविधानको धारा ८६ (२) (ख) बमोजिम गौतमलाई मनोनित गरिएको हो ।...
विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक

विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक

शिक्षा, समाचार
असोज ७ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक माध्यमबाट सिकाइ सञ्चालनका लागि विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक गरेको छ ।सिकाइका क्रममा सूचना र प्रविधिको प्रयोगमा विद्यार्थीको पहुँचको विविधतालाई ध्यान दिई होम स्कुलिङको अवधारणा, विद्यार्थी, शिक्षक सम्पर्क प्रवद्र्धन जस्ता मौलिक विधि अपनाएर सिकाइमा सहजीकरण गर्न तत्काल गर्नुपर्ने कामका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा उक्त कार्ययोजना ल्याइएको हो ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कार्ययोजनाले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहसहित अभिभावक, निजी क्षेत्र तथा गैरसरकारी संस्थाहरु सबैले आफ्नो दायित्व निर्वाह गर्ने गरी एकीकृत ढङगको प्रयास गराउने बताए । मन्त्रिपरिषद्को यही असोज १ गतेको निर्णयबाट यो कार्ययोजना स्वीकृत भएको हो ।कोभिड-१९ को जोखिमका कारण अवरुद्ध विद्या...
पेरिसडाँडामा केपी ओली र वामदेवबीच चर्काचर्की

पेरिसडाँडामा केपी ओली र वामदेवबीच चर्काचर्की

राजनीति
असोज ७ काठमाडौं । सत्तारुढ दलभित्र उत्पन्न विग्रह व्यवस्थापनले मूर्तता पाउने सम्भावना त छ । ‘समयले मानिसलाई बदल्न सक्छ’ भन्ने उखान पनि चरितार्थ हुँदैछ । विशेषतः प्रधानमन्त्रीको प्रस्तुतिकरणमा । यति हुँदाहुँदै पनि आइतबार नेकपाको सचिवालय बैठकमा एकछिन अध्यक्ष केपी ओली र उपाध्यक्ष वामदेव गौतमबीच भनाभन नै चल्यो । ओलीले भने, ‘वामदेव कमरेडसँग मप्रति विश्वास नै छैन । त्यो कुरा प्रष्ट छ । अहिले पनि प्रष्ट भयो । त्यसैले उहाँसँग छलफल गर्नुपर्छ ।’ अनि, वामदेव जंगिए, ‘तपाईंको कारणले म कति अपमानित भएँ, भनिसाध्ये छैन ! तपाईंले मेरो कुरा सिरियस्ली लिँदै लिनुहुन्न । पहिला पनि चुनाव हराउनुभयो । हारेपछि छानबिन गर्नुभएन । राष्ट्रियसभामा लैजानुअघि चुनावको अत्तो थापेर छिर्के लगाउन खोज्नुभयो । लैजाने निर्णय भएपछि पनि लग्नुभएन । अहिले राष्ट्रियसभामा लगेपछि पनि आलोचना गरिरहनुभएको छ, जबकि डिफेण्ड गर्नुपर्ने...
७७ हजारको कोरोना परीक्षण सुदूरपश्चिममा

७७ हजारको कोरोना परीक्षण सुदूरपश्चिममा

समाचार
असोज ७ डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा झण्डै ७७ हजारको कोरोना परीक्षण गरिएको छ ।प्रदेशका नौ वटै जिल्लाबाट सङ्कलन गरिएका ७६ हजार ६८८ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । धनगढी प्रयोगशालामार्फत ४१ हजार ८१६, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रदेश बाहिरका अन्य प्रयोगशालामार्फत १६ हजार ३१८, डडेल्धुरा अस्पतालको प्रयोगशालामार्फत १६ हजार ६९९, जिल्ला अस्पताल डोटीको प्रयोगशालामार्फत तीनहजार ४७८ र बैतडी जिल्ला अस्पतालको प्रयोगशालामार्फत १९३ जनाको कोरोना परीक्षण भएको छ । निर्देशनालयका अनुसार अहिलेसम्म परीक्षणका लागि ८० हजार ९७ जनाको स्वाब सङ्कलन गरिएकामा एक हजार ४०९ जनाको परीक्षण रिर्पोट आउन बाँकी छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा अहिलेसम्म परीक्षण गरी झण्डै नौ प्रतिशत अर्थात् छ हजार ९०० मा कोरोना पुष्टि भएको छ । सबैभन्दा बढी कैलाल...
आजदेखि लामो दूरीमा साझा यातायातका बस चल्दै

आजदेखि लामो दूरीमा साझा यातायातका बस चल्दै

समाचार
असोज ७ काठमाडौं । साझा यातायातका बस आजदेखि लामो दूरीमा पनि गुड्ने भएका छन् ।कोरोना भाइरसको महामारीले अवरूद्ध भएको लामो दूरीको सेवा आज साँझदेखि फेरि सुरु हुने साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए । सरकारले तोकेको भाडादर र स्वास्थ्य मापदण्ड पालना गर्दै बेलुकी ७ बजे नयाँ बसपार्कबाट र साढे ७ बजे कलंकीबाट लामो दूरीको बस गुड्न सुरू गर्ने पाण्डेले बताए । यस्तो छ रूट तत्काललाई काठमाण्डौ-पोखरा-कुस्मा-बाग्लुङ र बुटवल-भैरहवा-सुनौली रुटमा साझाका गाडी चल्नेछन् ।ती गन्तव्यका लागि साझाको कार्यालय हरिहरभवन, नयाँ बसपार्क वा ई-सेवाबाट टिकट काट्न सक्ने व्यवस्था रहेको साझा यातायातले जनाएको छ । यात्रुले अनिवार्य मास्क लगाउनु पर्ने र भौतिक दूरी कायम गर्नु पर्ने व्यवस्था गरिएको छ । असोज १ देखि लामो दूरीको सार्वजनिक गाडी सञ्चालन भएसँगै साझाले पनि सेवा सुरू ग...
भि.एस कलेजले कक्षा ११को नँया भर्ना संगै सुरू ग¥यो बुद्धिजमको विषय

भि.एस कलेजले कक्षा ११को नँया भर्ना संगै सुरू ग¥यो बुद्धिजमको विषय

शिक्षा
असोज ७ काठमाडौं । चाबाहिल क्षेत्रकै उत्कृष्ट नमुनाको रुपमा उदाएको विनायक सिद्ध कलेजमा शैक्षिक सत्रका ०७७।७८का लागि कक्षा ११ मा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र संकाय र कानुन विषयमा भर्नाका शुरु भएको छ । साथै चाबाहिल एरियामा नै पहिलो कलेज जसले नेपाल सरकार अन्तरर्गत  रहेको पाठ्यक्रम बुद्धिजम भन्ने बिषय सुरु गरेको छ । बुद्ध जन्मेको देश नेपालमा बुद्धले छाडेर गएको उपदेशको शिक्षा र ज्ञान विद्यार्थी भाईबहिनीहरुलाई दिन पाँउदा साह्रै खुसी लागेको क्याम्पस प्रमुख रामकृष्ण सिम्खडा बताउछन् । हाल कोभिड १९ का कारण अनलाइन मार्फत विद्यार्थीहरुले दर्ता गरेर आफ्नो सिट समेत सुरक्षित गरेको क्याम्पस प्रमुख रामकृष्ण सिम्खडाले तथ्यखबरलाई जानकारी दिए । कलेजले विद्यार्थीहरुलाई प्रयोगात्मक, व्यवहारिक तथा गुणस्तरीय शिक्षा दिनुका साथै उनीहरुको रचनात्मक क्षमता अभिवृद्धि गराउन तथा उद्यमशीलतालाई ...