असोज ७ काठमाडौं । काठमाडौंको टोखामा भूमिगत गरिएको बिजुलीको तार पड्किएको छ । ग्राण्डी अस्पताल अगाडि भूमिगत गरिएको बिजुलीको तार पड्किए गएरातिदेखि नै अस्पतालमा विद्युत आपूर्ति बन्द भएको छ ।
नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोली रातभरि काममा खटिए पनि मर्मत गर्न नसकको र बिग्रिएको ठाँउ पत्ता लगाउन नसकेपछि फर्किएको बताइएको छ ।
तार पड्किए पछि राती देखी नै लैनचौर, सामाखुसी, गोंगबु, सूर्यदर्शन हाइट, बालुवापाटी लगायतका स्थानमा पनि विद्युत आपूर्ति बन्द भएको थियो । तर ती स्थानमा भने उपकरण फेरेर मर्मत गरेपछि राति नै विद्युत आपूर्ति सुरु भएको छ ।
