आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

किन रद्द भयो इ-पासपोर्टको ठेक्का ?

किन रद्द भयो इ-पासपोर्टको ठेक्का ?

शिक्षा
असोज ७ काठमाडौं । विद्युतीय राहदानी इ–पासपोर्टका लागि सरकारले अघि बढाएको प्रक्रिया दोस्रोपटक रद्द भएको छ । सरकारले २० लाख थान इ–पासपोर्ट छपाइका लागि आह्वान गरेको टेन्डर सोमबार रद्द गरेको हो। ‘यसअघिको टेन्डर प्रक्रिया रद्द भयो । विभिन्न चार कम्पनीले पेस गरेको बोलपत्रमा सबैका कागजातमा समस्या देखिए । सबै कम्पनीका कागजातमा सार्वजनिक खरिद ऐनले तोके बमोजिमका प्रक्रिया पूरा भएकोे देखिएन,’ राहदानी विभागका प्रवक्ता शत्रुध्वनप्रसाद पोखरेलले भने, ‘कानुनले तोकेबमोजिमका प्रक्रिया पूरा नभएको अवस्थामा विभागले ती बोलपत्र कागजात ग्रहण गर्ने र ठेक्का दिने भन्ने त हुँदैन नि १ अब विभागले पुनः बोलपत्र आह्वान रि–बिड गर्छ । यही साताभित्र यसको सूचना आह्वान गर्दै छौँ ।’ विभागले पेस हुन आएका बोलपत्र कागजातको त्रुटिलाई समस्या देखाएर ठेक्का रद्द गरे पनि बोलपत्रमा सहभागी अन्तर्राष्ट्रिय कम्पनीका नेपालस्थित स्था...
आइसले भरीएको बाकसमा २ घन्टा ३० मिनेट बसेर विश्व किर्तिमान राखे यि युवाले

आइसले भरीएको बाकसमा २ घन्टा ३० मिनेट बसेर विश्व किर्तिमान राखे यि युवाले

अन्तराष्ट्रिय
असोज ७ भियना । अष्ट्रियाका एकजना पुरुषले पौडी खेलको कटु मात्र लगाएर आइस क्युव भरिएको काँचको बाकसमा २ घन्टा ३० मिनेट र ५७ सेकेन्ड बसेर नयाँ विश्व किर्तिमन कायम गरेका छन् । कोयवर्ल नामक ति युवकको काँध सम्म आइस क्युव भरिएको थियो । मेल्क शहरमा आयोजित उक्त साहसिक कार्य प्रत्यक्ष अवलोकन गर्न आएका पत्रकारहरुलाई उनले चिसोको पिडा खप्नका लागि आफुले निरन्तर सकारात्मक भावनाको परिकल्पनना गरेर शरिरमा उर्जा प्रवाह गरेको बताएका छन् । समाचारपत्रमा खबर छ । तर सन् २०१९ मा उनले नै राखेको किर्तिमान ३० मिनेटले तोड्नका लागि सो बाकसमा ४ सय ४० पाउनड भन्दा बढि आइस राख्नु परेको छ । बाकसबाट निस्कना साथ सूर्यको किरणको स्पर्श पाएर निकै आनन्द लागेको उनले बताएका थिए । उनले आगामी वर्ष अमेरिकाको लस एन्जेल्समा एकपटक पुन यो किर्तिमान तोड्ने योजना सुनाएका छन् । ...
आज पनि पत्याउनै नसकीने गरी ह्वात्तै घट्यो सुनको मुल्य

आज पनि पत्याउनै नसकीने गरी ह्वात्तै घट्यो सुनको मुल्य

आर्थिक
असोज ७ काठमाडौं । काठमाडौ नेपाली बजारमा बुधबार पनि सुनको मुल्य घटेको छ ।मंगलबार तोलामा ९५ हजार ५ सय रुपैयाँमा कोरोबार भएको सुनको मुल्य आज १२ सयले घटेर प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कोरोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९३ हजार ८ रुपैयाँमा कोरोबार भएको छ । त्यस्तैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य घटेर प्रतितोला ११९० रहेको महासंघले जनाएको छ । ...
भारत र चीनबीच सीमा क्षेत्रमा थप सैनिक नपठाउने सहमति

भारत र चीनबीच सीमा क्षेत्रमा थप सैनिक नपठाउने सहमति

अन्तराष्ट्रिय
असोज ७ काठमाडौं । भारत र चीनबीच सीमा क्षेत्रमा थप सैनिक पठाउन बन्द गर्ने सहमति बनेको छ।सीमा क्षेत्रमा जारी तनावलाई लिएर कमाण्डर तहमा भएको छैटौँ चरणको वार्तापछि मंगलबार संयुक्त वक्तव्य जारी गरेर थप सैनिक नपठाउनेसहितका सहमति बनेको जानकारी दिएका हुन् । दुई देशबीच अहिले जुन अवस्था छ त्यसमा कुनै किसिमको परिवर्तन नगर्ने सहमति पनि बनेको छ । गएको सोमबार चीन र भारतबीच कमाण्डर तहमा वार्ता भएको थियो । दुई देशका नेताबीच भएको वार्तालाई थप बलियो बनाउने सहमति गम्भीरता पूर्वक लागु गर्ने उल्लेख छ ।सीमा क्षेत्रमा अब सैनिकको संख्या नबढ्ने दुवै देशले जनाएका छन् । दुवै देशले वास्तविक नियन्त्रण रेखा (एलएसी) मा अवस्था स्थिर बनाउनका लागि प्रयास गर्ने सहमति भएको छ । अंग्रेजी पत्रिका द हिन्दूका अनुसार अहिले नै सैनिक पछि हट्ने सहमति भने बनेको छैन । तर पछिल्लो सहमति अनुसार एलएसीमा निर्माण कार्य तत्काल हुने छैन...
म्यानचेस्टर युनाइटेड लिग कपको चौथो चरणमा

म्यानचेस्टर युनाइटेड लिग कपको चौथो चरणमा

अन्तराष्ट्रिय, खेलकुद
असोज ७ काठमाडौं । म्यानचेस्टर युनाइटेड लिग कप फुटबल (इएफएल कप) अर्थात काराबाओ कपको चौथो चरणमा प्रवेश गरेको छ ।तेस्रो चरण अन्तर्गत मंगलबार राति भएको खेलमा लुटन टाउनलाई ३–० ले पराजित गरेर म्यानचेस्टर युनाइटेडले चौथो चरणमा स्थान पक्का गरेको हो । युनाइटेडको जितमा ख्वान माटाले पेनाल्टी माफैत ४४ औँ मिनेटमा गोल गरी सुरुवाति अग्रता दिलाए। ८८ औँ मिनेटमा मार्कश रासफोर्ड तथा इन्जुरी समयको दोस्रो अर्थात ९२ औँ मिनेटमा म्यासन ग्रीनवूडले गोल गरेर ३–० को जित दिलाएका हुन् । ग्रीनवूडले रासफोर्डको गोलका लागि सहयोग गरेका हुन् भने उनको गोलका लागि ब्रुनो फेर्नान्डेसले सहयोग गरे ।यो खेलमा गोलरक्षकका रुपमा डिन हेन्डर्सनले म्यानचेस्टर युनाइटेडबाट डेब्यु गरेका छन् । ...
‘मूर्खदेखि दैव डराउँछ भनेजस्तो अवस्थामा पुगेँ’ : प्रचण्ड

‘मूर्खदेखि दैव डराउँछ भनेजस्तो अवस्थामा पुगेँ’ : प्रचण्ड

राजनीति
असोज ७ काठमाडौं । बितेको ४–५ महिनाभित्रै नेपालको राजनीतिमा ‘ना रहे बाँस, ना बजे बाँसुरी’ भनेजस्तो रणनीति बन्दै रहेछ । तर, पञ्चायतका उदार र अनुदार पञ्च भनेजस्ता प्रधानमन्त्रीको कोटरीका दुईखाले तत्वबीचको तीव्र अन्तरविरोध, अनि शीर्ष नेताको सम्झौताले देशले व्यहोर्नै लागेको अनिष्टबाट मुक्ति पाएको खुलासा भर्खरै भएको छ । नेकपा अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले के–के र कस्ता–भित्री सम्झौता गर्नुभयो भन्ने कुराको घुनपुत्लो केलाउने क्रममा यस्तो कुराको खुलासा भएको हो । शंका थियो, झलनाथ र माधवलाई धोका दिएर प्रचण्डले केपीसँग एक्लाएक्लै लेनदेनका कुरा गर्नुभयो । हैन भने किन एकाएक प्रधानमन्त्री हटाउने सहमतिबाट पछि हट्नुभयो रु यी प्रश्नसाथ करिव आधा दर्जन नेकपा नेताबीच चलेको गम्भीर छलफलका क्रममा प्रचण्डले सुनाउनुभएको प्रसंग हो यो । जतिबेला पार्टीको ९ सदस्यीय सचिवालयभित्र प्...
भीषण पहिरोका कारण यी राजमार्ग अवरुद्ध

भीषण पहिरोका कारण यी राजमार्ग अवरुद्ध

समाचार
असोज ७ काठमाडौं । मङ्गलबार साँझदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडकखण्ड अवरुद्ध बनेको छ । पर्वतको कुस्मा नगरपालिका–१ सहस्रधारामा निरन्तर पहिरो झरेका कारण गए रातिदेखिनै सडक अवरुद्ध बनेको हो । दुई सातादेखि उक्त स्थानमा निरन्तर पहिरो झरिरहेकाले सामान्य वर्षा हुने वित्तिकै पनि पटकपटक सडक अवरुद्ध हुने गरेको छ । मङ्गलवार साँझदेखि यस क्षेत्रमा ठूलो वर्षा भइरहेको छ । वर्षा नरोकिँदा अवरुद्ध सडक खुलाउन समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख कृष्ण खड्काले जानकारी दिनुभयो । बाटो पुनः सञ्चालनमा ल्याउन स्काभेटर बोलाइएको भन्दै उहाँले वर्षा रोकिए दिउँसोसम्ममा सडक सञ्चालन हुने जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा साविक धौलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङका लागि आएका सवारी साधनहरु नयाँपुलमा अलपत्र बनेका छन् भने ती जिल्लाबाट पोख...
डोटीमा सशस्त्र प्रहरीको गण स्थापनका लागि स्थानीयले दिए सहमति

डोटीमा सशस्त्र प्रहरीको गण स्थापनका लागि स्थानीयले दिए सहमति

समाचार
असोज ७ डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ जोगीडाब्रेमा सशस्त्र प्रहरी बलको ३६ नम्बर गण स्थापनाका लागि यहाँका स्थानीयवासीले सहमति दिएका छन्। कुमालीकोट, राजपुर तथा कुल्पाते सामुदायिक वनमा निर्माण गरिन लागिएको गणको मुख्यालयका लागि सशस्त्र प्रहरीले वातावरणीय प्रभाव मुल्याङ्कन, क्षति तथा समस्याबारे राय सुझाव लिन आयोजना गरेको कार्यक्रममा वडा नम्बर ४ का स्थानीयवासी तथा सामुदायिक वनका पदाधिकारीले उक्त वन क्षेत्रमा भवन निर्माण गर्न सहमति दिएका हुन्। दुई वर्षअघि शिक्षक तालिम केन्द्रमा अस्थायीरूपमा स्थापना गरिएको सो गणका लागि अब आफ्नै जमिनसहित भवन निर्माणका लागि गृहमन्त्रालयबाट बजेट विनियोजन भएपछि गणले यहाँका स्थानीयवासी तथा सरोकारवालाहरुसँग राय सुझाव लिन थालेको हो। सशस्त्र प्रहरीले आयोजना गरेको उक्त कार्यक्रममा सशस्त्र प्रहरीको गण उक्त सामुदायिक वनमा स्थापना गरिए सामुदायिक वनसहित स...
आज कहाँ – कहाँ भारी वर्षा ? तीन दिनको मौसम हेर्नुहोस्

आज कहाँ – कहाँ भारी वर्षा ? तीन दिनको मौसम हेर्नुहोस्

माैसम
असोज ७ काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बुधबार) देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्ययम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका घेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोकारण महाशाखाले सर्तकता अपनाउन आग्रह गरेको छ। सबै प्रदेशका थोरै–थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १–२ स्थानहरुमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ । ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ। बिहीबारको मौसम : देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा ...
अध्यक्ष थापा वरिष्ठ राजनीतिज्ञ आर्चायको निधनबाट मर्माहत

अध्यक्ष थापा वरिष्ठ राजनीतिज्ञ आर्चायको निधनबाट मर्माहत

राजनीति
असोज ७ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष नेता कमल थापा वरिष्ठ राजनीतिज्ञ आदरणीय यज्ञ प्रसाद आर्चायको निधनले मर्माहत भएका छन् । आचार्यको संैद्धान्तिक निष्ठा र इमान्दारिता नै आफ्नो लागि प्रेरणादायी भएको नेता थापाले बताएका छन् । ट्वीटर मार्फत नेता थापाले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवारमा आर्दिक समवेदाना प्रकट गरेका छन् । ...