आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

कोरोनाको भ्याक्सीनबारे बोले डब्ल्यूएचओका प्रमुख, के भने ?

कोरोनाको भ्याक्सीनबारे बोले डब्ल्यूएचओका प्रमुख, के भने ?

समाचार
असोज ७ काठमाडौं । कोरोना भाइरसको महामारीसँग लडिरहेको सारा विश्व अब भने यो महामारीबाट क्लान्त बनिसकेको छ । कोरोना भाइरसले भने अझै रोकिने छाँटकाँट समेत देखाएको छैन । गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।कोरोना भाइरसका कारण हरेक दिन जसो हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् । वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् तर पूर्ण रुपमा सफलता भने हात लाग्न सकेको छैन ।यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस अधोनम घेब्रेयेससले कोरोना भाइरसको टीका बनेपनि त्यसको केहि ग्यारेन्टी नरहको बताएका छन् । उनले मंगलवार यो जानकारी दिएका हुन् । विश्व् स्वास्थ्य संगठनसँग यस कुराको कुनै ग्यारेन्टी नरहेको उनले बताए । उनले भन...
चीनसँग सिमा जोडिएको रसुवामा कोरोना सङ्क्रमित शून्य

चीनसँग सिमा जोडिएको रसुवामा कोरोना सङ्क्रमित शून्य

समाचार
असोज ७ रसुवा । छिमेकी मुलुक चीनसँग सीमा जोडिएको रसुवा जिल्लामा कोरोना सङ्क्रमित शून्य भएको छ । पछिल्लो समय जिल्लाभित्र कोरोनासम्बन्धी रोगको लक्षण भएका मानिस फेला नपरेको र मङ्गलबारदेखि आइसोलेशन शय्या खाली भएका छन् । हालसम्म पिसिआर विधिबाट ८५७ जनाको स्वाव परीक्षण गरिएकामा २० सङ्क्रमित भेटिएपछि धुञ्चे तथा जिबजिबेमा स्थापितआइसोलेशन कक्षमा राखी उपचार गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख किरण श्रेष्ठले बताउनुभयो । क्वारेन्टिनमा भने पटक पटक गरी ४७३ जना राखिएको थियो । अहिले ती सबै आआफ्ना घर गइसकेको जनाइएको छ । अबका दिनमा कोरोनाका आशङ्कितलाई मात्र पिसिआर परीक्षण गराइने स्वास्थ्य कार्यालयले स्पष्ट पारेको छ । जिल्लमा हाल कोभिड –१९ सङ्क्रमित शून्य भएकाले यसलाई स्थिर राख्न स्थानीयवासीले स्वास्थ्यका मापदण्ड निरन्तर रूपमा पालना गर्नेमा आशावादी भएको प्रमुख श्रेष्ठले बताउनुभयो । जिल्लामा ४४ हजार ...
एकैपटक ५०७ कैदीबन्दीमा संक्रमण पुष्टि

एकैपटक ५०७ कैदीबन्दीमा संक्रमण पुष्टि

समाचार
असोज ७ लहान । एकैपटक ५०७ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएपछि समस्यामा परेको सिरहा कारागारलाई एक सामाजिक संस्थाले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । ४१औँ सामाजिक सेवा दिवसको अवसरमा मुक्ति नेपाल संस्थाले कारागारका संक्रमित कैदीबन्दीका लागि स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको हो । मुक्ति नेपालका अध्यक्ष श्याम साहले कैदीबन्दीका लागि एक हजार थान मास्क, एक लिटर स्यानिटाइजर र महिला कैदीबन्दीका लागि २० थान झुल कारागार प्रमुख बबिता महतोलाई हस्तान्तण गरे । एकैपटक अधिकांश कैदीबन्दीमा कोरोना संक्रमण देखिएपछि केही सहयोग होस् भन्ने उद्देश्यका साथ प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलको उपस्थितिमा उक्त सामग्री हस्तान्तरण गरिएको अध्यक्ष साहले जानकारी दिए । कूल १२५ कैदीबन्दीको क्षमता रहेको सो कारागारमा हाल ५९९ कैदीबन्दी छन् । कारागारमा रहेका ५९९ कैदीबन्दीमध्ये हालसम्म ५०७ जनामा कोरोना स...
रेनोको नयाँ क्वीड गाडी सार्वजनिक

रेनोको नयाँ क्वीड गाडी सार्वजनिक

आर्थिक
असोज ७ काठमाडौं । रेनो नेपालको नम्बर एक यूरोपीयन ब्रान्डले आज नयाँ क्वीड गाडी आकर्षक मूल्य २४.९९ लाखको शुरुवाती मुल्यमा सार्वजनिक गरेको छ । नयाँ क्वीड गाडी डिजाइन, नवीनता र आधुनिकताको हिसाबले सफल उत्पादन भएको कम्पनीले बताएको छ । आकर्षक र नवीनताका स्तम्भहरूमा निर्मित, क्वीड नेपालमा रेनोको लागि खेल परिवर्तन गर्ने उत्पादन भएको छ । नयाँ क्वीड गाडी बोल्ड, अधिक स्टाइलिश र धेरै लोडेड फस्ट-इन-क्लास सुविधाहरूको साथ आउँछ । नयाँ क्वीड गाडी १ लिटर एससीई (स्मार्ट कन्ट्रोल इफिसेन्सी) पाउरट्रेन मैन्युअल र स्वचालित प्रसारण विकल्पहरूमा उपलब्ध रहेकको कम्पनीको जानकारी दिएको छ । नयाँ क्वीड गाडी सोमबारदेखि रेनाको सबै डीलरशिपमा उपलब्ध रहेको जनाएको छ । एडभान्स अटोमोबाइल प्रा.लि. का प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले भने, ‘रेनो क्वीडले पहिले नै नेपालमा एक कडा र बफादार ग्राहक आधार स्थापना गरिसकेको छ र नयाँ ...
कोरोना संक्रमणबाट वडाध्यक्ष सहित थप ५ जनाको मृत्यु

कोरोना संक्रमणबाट वडाध्यक्ष सहित थप ५ जनाको मृत्यु

समाचार
असोज ७ काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो केही घण्टामा मात्रै थप ५ जनाको मृत्यु भएको छ ।निर्वाचित वडाध्यक्ष समेत बर्दिया, ललितपुर र झापाका गरी ५ जना कोरोना संक्रमितको मृत्यु भएको हो । कोरोना संक्रमणबाट बर्दियाको बारबर्दिया नगरपालिका–३ का वडाध्यक्षको मृत्यु भएको हो । ३९ वर्षीय वडाध्यक्ष उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा बुधबार बिहान मृत्यु भएको हो ।उनलाई भदौ २९ गते भेरी अस्पतालमा भर्ना गरेर उपचार शुरु गरिएको थियो । यस्तै, बर्दियाकै ठाकुरबाबा नगरपालिकाका ६४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचार गराइरहेका उनको मंगलबार राति मृत्यु भएको जनाइएको छ ।कोरोना भाइरसको संक्रमणबाट ललितपुरमा पनि २ जनाको मृत्यु भएको छ । ललितपुरका ८० वर्षीय पुरुषको मंगलबार साँझ मृत्यु भएको हो । यस्तै, ७४ वर्षका अर्का पुरुषको बुधबार बिहान मृत्य...
२९ लाखको लागतमा सुदूरपश्चिमका सात स्थानमा स्वचालित मौसम मापन केन्द्र

२९ लाखको लागतमा सुदूरपश्चिमका सात स्थानमा स्वचालित मौसम मापन केन्द्र

समाचार
असोज ७ कञ्चनपुर । मौसमी सूचना सङ्कलन गरी किसानलाई पूर्वजानकारी दिनका लागि सुदूरपश्चिम प्रदेशका सात स्थानमा स्वचालित मौसम मापन केन्द्र स्थापना गरिएका छन् । मौसमी सूचना सङ्कलन गरी ‘रियल टाइम’मा विवरण हेर्न सकिने गरी स्वचालित मौसम मापन केन्द्र स्थापना गरिएका हुन् । कृषि विकास निर्देशनालय दिपायलको रु २९ लाखको लागतमा टिकापुर पोलिटेक्निक इन्स्टिच्युट कैलाली, कृषि ज्ञान केन्द्र कञ्चनपुर, कृषि ज्ञान केन्द्र बझाङ, सुक्खा फलफूल विकास केन्द्र सतबाझ बैतडी, कृषि क्याम्पस गोकुले, तरकारी बीउ उत्पादन केन्द्र डडेल्धुरा र कृषि विकास निर्देशनालय दिपायलमा केन्द्र स्थापना गरिएका छन् । स्वचालित मौसम मापन केन्द्रबाट वर्षा हुने-नहुने, वायुको तापक्रम, अधिकतम तापक्रम, न्यूनतम तापक्रम, हावाहुरी, बादल लाग्ने-नलाग्ने, सापेक्षिक आद्रता, हावाको गति र हावाको दिशाबारे जानकारी लिन सकिने निर्देशनालयका सूचना अधिकार...
धादिङको गजुरीमा पहिरो खस्दा दुईवटा गाडी पुरिए, राजमार्ग अवरुद्ध

धादिङको गजुरीमा पहिरो खस्दा दुईवटा गाडी पुरिए, राजमार्ग अवरुद्ध

समाचार
असोज ७ गजुरी ।धादिङको गजुरी गाउँपालिका – ५ गलौदीमा पहिरो जाँदा दुई वटा गाडी पहिरोमा च्यापिएका छन् । काठमाडौंबाट धनगढि जाँदै गरेको ना ६ ख ६४०८ नम्बरको कन्टेनर र काठमाडौं जाँदै गरेको एचआर ३३ ९९०१ नम्बरको भारतीय कन्टेनर पनि अड्किएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरो पन्छाउनको लागि डोजर परिचालित गरिएको छ । त्यस्तै यता इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो डाँडामा आज पहिरो खस्दा रायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको छ । ...
संघीयताको मुखमा ‘अमिलो’ मात्रै स्वाद

संघीयताको मुखमा ‘अमिलो’ मात्रै स्वाद

राजनीति
असोज ७ काठमाडौं । के संघीयता यही रुपमा जान्छ ? वा, संघीयताप्रति सत्तारुढ र प्रतिपक्षी दल साँच्चै इमान्दार छन् ?तीन तहको सरकार, संघीयताको पहिलो प्रयोग, अहिले कोरोनाको व्यवस्थापनमा बजेट व्यवस्थापन हुन नसकेको, स्थानीय तह र प्रदेश सरकारबीच समन्वय र सन्तुलन नभएको, भएकै अधिकार सदुपयोग नभएको अवस्था कत्तिको प्रियकर छ, मुलुकको निम्ति ? दलहरू संघीयतालाई जोगाएर लैजान इच्छुक छन् कि छैनन् भन्ने कुरा हेर्न अब धेरै दिन बाँकी छैन । संघीयता भनेको तललाई बलियो बनाउने प्रणाली हो । यो ओदान जस्तो हुन्छ । अर्थात्, तीन खुट्टामध्ये तीनैवटा बलियो बनेन भने धरमराउँछ । भारतमा जवाहरलाल नेहरूले बेलायतबाट अलग हुनासाथ मुख्य–मुख्य नेतालाई प्रदेशको जिम्मा दिएर पठाए । आफू केन्द्रमा बसेर प्रदेशका विवाद र असन्तुष्टि मिलाए । प्रदेशका संख्या पनि बढ्दै गए । अहिले भारतीय संघीयता व्यवस्थित छ, फस्टाएको छ । तर, नेपालको हकमा खा...

‘तोकेभन्दा बढी ब्याज लिने सहकारीलाई कारबाही हुन्छ’

आर्थिक
असोज ७ काठमाडौं । सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले सन्दर्भ ब्याजदर कार्यान्वयन नभएको पुष्टि गर्न चुनौती दिएका छन् । रजिष्ट्रार पाण्डेले सन्दर्भ ब्याजदर कार्यान्वयन नभएको भनेर ओठे जवाफ नभई संस्थाको नाम नै भनिदिन आग्रह गरे । बुधबार सन्दर्भ ब्याजदकार विषयमा छलफल गर्न सहकारी पत्रकार समाजले आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कार्यान्वयन नगर्ने जुनसुकै सहकारी संस्थालाई पनि कारबाही गरिने बताए । गत वर्ष सहकारी संस्थाहरुले अधिकतम् १६ प्रतिशतमात्रै कर्जामा ब्याजदर लिन पाउने गरी सन्दर्भ ब्याजदर तोकेको थियो । आगामी कात्तिक १५ गतेदेखि लागू हुने गरी विभागले १४.७५ प्रतिशत सन्दर्भ ब्याजदर तोकेको भन्दै यो पनि लागू हुने बताए । गत वर्ष दुई वटा सहकारी संस्थाहरु कारबाहीको भागेदार भएको भन्दै रजिष्ट्रार पाण्डेले यदि कुनै सहकारी संस्थाले तोकिएको भन्दा बढी ब्याजदर लिए क...
काभ्रेमा एकैदिन ७९ जना कोरोना सङक्रमित थपिए

काभ्रेमा एकैदिन ७९ जना कोरोना सङक्रमित थपिए

समाचार
असोज ७ काभ्रेपलाञ्चोक । यहाँ हालसम्म एकैदिनको परीक्षणमा अधिक कोरोना सङ्क्रमित देखिएका छन् । मङ्गलबारको परीक्षणबाट ७९ जनामा कोरोना सङक्रमित थपिएका हुन् । थपिएकामध्ये पाँचखाल नगरपालिकास्थित वीरेन्द्र सैनिक तालिम केन्द्रका ६९ सैनिक रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ । पोष्टका अनुसार मङ्गलबारको परीक्षणमा थप पाँचखाल–५ का ‘कन्ट्याक्ट ट्रेसिङ’ मा परेका पाँच र पाँचखाल–७ का एक तथा धुलिखेल र बनेपा नगरपालिकाका दुई÷दुईमा कोरोना सङ्क्रमण देखिएको छ । नेपाली सेनाको छाउनीस्थित अस्पतालमा गरिएको पिसीआर परीक्षणमा तालिम केन्द्रमा रहेका ६९ सैनिकमा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको हो । पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाका अनुसार यसअघि उक्त केन्द्रका १० सैनिकमा सङ्क्रमण देखिएको थियो । नेपाली सेनाले ‘मिसन’मा जाने सैनिकलाई उक्त केन्द्रमा अ...