बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

कोरोना संक्रमणबाट वडाध्यक्ष सहित थप ५ जनाको मृत्यु

असोज ७ काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो केही घण्टामा मात्रै थप ५ जनाको मृत्यु भएको छ ।निर्वाचित वडाध्यक्ष समेत बर्दिया, ललितपुर र झापाका गरी ५ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

कोरोना संक्रमणबाट बर्दियाको बारबर्दिया नगरपालिका–३ का वडाध्यक्षको मृत्यु भएको हो । ३९ वर्षीय वडाध्यक्ष उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा बुधबार बिहान मृत्यु भएको हो ।उनलाई भदौ २९ गते भेरी अस्पतालमा भर्ना गरेर उपचार शुरु गरिएको थियो ।

यस्तै, बर्दियाकै ठाकुरबाबा नगरपालिकाका ६४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचार गराइरहेका उनको मंगलबार राति मृत्यु भएको जनाइएको छ ।कोरोना भाइरसको संक्रमणबाट ललितपुरमा पनि २ जनाको मृत्यु भएको छ ।

ललितपुरका ८० वर्षीय पुरुषको मंगलबार साँझ मृत्यु भएको हो । यस्तै, ७४ वर्षका अर्का पुरुषको बुधबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।कोरोना भाइरसको संक्रमणबाट झापाका ८६ वर्षीय पुरुषको उपचारका क्रममा मोरङमा रहेको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

झापाको भद्रपुर नगरपालिका–१० घर भएका ८६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएपछि विराट शिक्षण अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।उनको उपचारकै क्रममा बुधबार बिहान ५ बजेर ५० मिनेट तिर मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *