शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

आइसले भरीएको बाकसमा २ घन्टा ३० मिनेट बसेर विश्व किर्तिमान राखे यि युवाले

असोज ७ भियना । अष्ट्रियाका एकजना पुरुषले पौडी खेलको कटु मात्र लगाएर आइस क्युव भरिएको काँचको बाकसमा २ घन्टा ३० मिनेट र ५७ सेकेन्ड बसेर नयाँ विश्व किर्तिमन कायम गरेका छन् । कोयवर्ल नामक ति युवकको काँध सम्म आइस क्युव भरिएको थियो ।

मेल्क शहरमा आयोजित उक्त साहसिक कार्य प्रत्यक्ष अवलोकन गर्न आएका पत्रकारहरुलाई उनले चिसोको पिडा खप्नका लागि आफुले निरन्तर सकारात्मक भावनाको परिकल्पनना गरेर शरिरमा उर्जा प्रवाह गरेको बताएका छन् । समाचारपत्रमा खबर छ ।

तर सन् २०१९ मा उनले नै राखेको किर्तिमान ३० मिनेटले तोड्नका लागि सो बाकसमा ४ सय ४० पाउनड भन्दा बढि आइस राख्नु परेको छ । बाकसबाट निस्कना साथ सूर्यको किरणको स्पर्श पाएर निकै आनन्द लागेको उनले बताएका थिए । उनले आगामी वर्ष अमेरिकाको लस एन्जेल्समा एकपटक पुन यो किर्तिमान तोड्ने योजना सुनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *