आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

राजस्थानद्वारा चेन्नई पराजित;आईपीएल

राजस्थानद्वारा चेन्नई पराजित;आईपीएल

अन्तराष्ट्रिय, खेलकुद
असोज ७ काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ ।मंगलबार राति भएको खेलमा चेन्नई सुपर किङ्सलाई १६ रनले पराजित गर्दै राजस्थानले यो सिजनको आइपीएलमा सुखद् सुरुवात गरेको हो । सारजाह क्रिकेट मैदानमा राजस्थानले दिएको २ सय १७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर २ सय रन मात्र बनाउन सक्यो ।चेन्नईका फाप डु प्लेसिसीले ७२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै शेन वाटसनले ३३ तथा केदार जादबले २२ रन बनाए । मुराली विजय २१ रनमा आउट हुँदा साम करनले १७ रन जोडे । कप्तान महेन्द्र सिंह धोनी २० रनमा अविजित रहे ।राजस्थानका राहुल टेवाटियाले ३ विकेट लिए । श्रेयास गोपाल, जोफ्रा आर्चर र टम करनले १र१ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभ...
राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिह्न ‘हलो’ मा जुट्यो सहमति

राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिह्न ‘हलो’ मा जुट्यो सहमति

राजनीति
असोज ६ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिह्न हलो हुने भएको छ । गत फागुनमा पार्टी एकता भए पनि चुनाव चिह्नबारे टुंगो लाग्न सकेको थिएन ।अध्यक्षत्रय पशुपति शमशेर जबरा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनीसहित कार्यसम्पादनका सदस्यहरु को बैठकले यस्तो निर्णय गरेको हो । साथै बैठकले दल दर्ताका लागि निर्वाचन आयोगमा जाने निर्णय गरेको छ । बैठकले राजसंस्थासहितको हिन्दू राष्ट्र बनाउने लक्ष्यका साथ एकीकृत राप्रपाको अन्तरिम विधान कायम गर्ने, पार्टीको एकता महाधिवेशन आगामी वैशाख २५ गतेदेखि २८ गतेसम्म काठमाडौंमा गर्ने, त्यस्तै राप्रपाको झण्डा साविकको राप्रपाले प्रयोग गरिरहेको गाई अंकित झन्डा रहने र चुनाव चिन्ह साविकको राप्रपा (संयुक्त) ले प्रयोग गरेको हलो हुने लगायतका निर्णय गरेको छ । बैठकपछि अध्यक्षत्रयले मुलुकमा नयाँ राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको उदय भएको भन्दै सबैलाई बधाई तथा शुभक...
नेपाली कांग्रेसद्वारा गुल्मी घटनाको भर्त्सना

नेपाली कांग्रेसद्वारा गुल्मी घटनाको भर्त्सना

राजनीति
असोज ६ काठमाडौं । नेपाली काँग्रेस संसदीय दलले पार्टीको जिल्ला कार्यसमिति गुल्मीले सोमबार स्थानीय मुद्दाका बारेमा जिल्ला प्रशासन कार्यालयमा शान्तिपूर्ण रुपले ज्ञापन पत्र बुझाउने क्रममा प्रहरी प्रशासनद्वारा बल प्रयोग गरी दुव्र्यवहार गरेको जनाउँदै सो घटनाको भत्र्सना गरेको छ । दलका प्रमुख सचेतक बालकृष्ण खाणले आज विज्ञप्तिमार्फत कोरोना भाइरस सङ्क्रमणको संवेदनशीलतालाई मध्यनजर गर्दैै सतर्कताका साथ जिप्रका पुगेका जिल्ला पार्टी सभापतिलगायत नेताकार्यकर्तालाई प्रवेशमा नै रोक लगाउनु र शान्तिपूर्ण रुपले ज्ञापनपत्र बुझाउन नदिनु स्थानीय प्रशासनको नियतमै खोट देखिएको आरोप लगाएका छन् । “प्रहरी प्रशासनको दमनमा परी काँग्रेसका जिल्ला पार्टी सभापति भुवन श्रेष्ठ एवं प्रदेश क्षेत्रीय सभापति पूर्ण केसीलगायतका साथीहरु घाइते हुनु भएको छ । जिल्ला नेतृत्वमाथि नै सांघातिक आक्रमण हुनु अत्यन्त आपत्तिजनक र निन्दनीय...
असोज १५ देखि खाडी मुलुकबाट पनि नियमित अन्तर्राष्ट्रिय उडान हुने

असोज १५ देखि खाडी मुलुकबाट पनि नियमित अन्तर्राष्ट्रिय उडान हुने

समाचार
असोज ६ काठमाडौं । सरकारले १ अक्टोबर (असोज १५) देखि खाडी मुलुकहरु कतारको दोहा, साउदी अरेबियाको रियाद र कुवेतमा नियमित उडान सञ्चालन गर्ने भएको छ । यसअघि भदौ १६ देखि शुरु भएको अन्तर्राष्ट्रिय उडानमा पिसिआर परीक्षण सहज नभएकाले ती मुलुक नियमित उडान भएको थिएन । अहिले चार्टर्ड र उद्धार उडानमात्र भइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले खाडी मुलुकबाट नियमित उडानका लागि अक्टोबर महिनाको उडान सार्वजनिक गरेको छ । मन्त्रालयले यसअघि सेप्टेम्बर महिनाका लागि उडान तालिका सार्वजनिक गरेको थियो । पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले यसअघि चार्टर्ड उडानमात्र भएका तीन गन्तव्य दोहा, रियाद र कुवेतमा अब नियमित उडान गरिने राससलाई जानकारी दिए । ती मुलुकबाट हुने अन्तर्राष्ट्रिय उडानको तालिका नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले बनाएको छ । सचिव अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत ...
चेन्नाई र राजस्थान भिड्दै ;आईपीएल

चेन्नाई र राजस्थान भिड्दै ;आईपीएल

अन्तराष्ट्रिय, खेलकुद
असोज ६ काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) मा आज (मंगलबार) चेन्नाई सुपर किङ्स राजस्थान रोयलबीचको खेल हुँदैछ । शारजहा क्रिकेट मैदान दुबईमा हुने खेलमा चेन्नाई लगातार दोस्रो जीतको खोजीमा छ ।पहिलो खेल चेन्नाईसँग खेल्न लागेको राजस्थान भने १३ औं संस्करणको सुखद् सुरुवातको लक्ष्यमा रहेको छ । चेन्नाईले यो सिजनको आईपीएलको पहिलो खेलमा साबिक विजेता टोली मुम्बई इन्डियन्सलाई पराजित गर्दै राम्रो सुरुवात गरिसकेको छ ।भारतीय क्रिकेट टीमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको टोलीविरुद्ध मैदान उत्रिने योजनामा रहेको राजस्थानका खेलाडीले उसलाई रोक्ने लक्ष्य बनाएका छन् । अस्ट्रेलियन क्रिकेट टीमका पूर्वकप्तान स्टेभ स्मिथले नेतृत्व गरेको राजस्थानका स्टार खेलाडी वेन स्टोक्स र जोस बट्लर टोलीमा छैनन् ।जसमा बट्लर १४ दिनको क्वारेन्टिन नियमले अहिले युएईमा क्वारेन्टिनमा बसिरहेका छन् भने स्टोक्स परिवारसँगै न्युज...
भारत र श्रीलङ्काका प्रधानमन्त्रीबीच वार्ता हुने

भारत र श्रीलङ्काका प्रधानमन्त्रीबीच वार्ता हुने

अन्तराष्ट्रिय
असोज ६ काठमाडौं ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलङ्काका उनका समकक्षी महिन्दा राजापाक्षबीच वार्ता हुने भएको छ । उहाँहरुकाबीच यही सेप्टेम्बर २६ मा भिडियोमार्फत् वार्ता हुने तय भएको अधिकारीहरुले जानकारी दिएका छन् । तर यसको औपचारिक जानकारी भने दिइएको छैन । गत हप्ता श्रीलङ्काका प्रधानमन्त्री राजापाक्षले भारतका प्रधानमन्त्री मोदीलाई टेलिफोन गर्नुभएको थियो । त्यतिबेला राजापाक्षले दुई छिमेकी मुलुकका बीचमा अझ बलियो सम्बन्ध र सहकार्य गर्नका लागि जोड दिएको थियो । प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ, “श्रीलङ्काका राष्ट्रपति गोटावाया राजापाक्ष र प्रधानमन्त्री महिन्दा राजापक्षले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई उहाँको जन्मदिनका अवसरमा फोन गर्नुभएको थियो । टेलिफोन कुराकानीका क्रममा उहाँहरुका बीचमा दुई देशको सम्वन्ध र सहकार्यलाई थप बलियो बनाउने कुरामा जोड दिइएको ...
प्रभु बैंकले ल्यायो ‘सहयात्रा समृद्धि’ कर्जा योजना

प्रभु बैंकले ल्यायो ‘सहयात्रा समृद्धि’ कर्जा योजना

शिक्षा
असोज ६ काठमाडौं । प्रभु बैंकले ‘सहयात्रा समृद्धि’को नामक कर्जा योजनाको शुभारम्भ गरेको छ ।कोरोना प्रभावित र समस्यामा परेका साना उद्यमी तथा व्यवसायी, स्वरोजगार उद्यमी, शिक्षित बेरोजगार युवा, विदेशबाट फर्केका वेरोजगार युवा, परम्परागत पेशा र व्यवसायमा संलग्न उद्यमीलाई लक्षित गर्दैं सहयात्रा समृद्धिको नामक कर्जा योजनाको आरम्भ गरेको हो । नेपाल राष्ट्र बैंकको सहुलियतपुर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धि एकिकृत कार्यविधी २०७५ अन्तर्गत रहेर यो योजना ल्याइएको बैंकले जनाएको छ । कोरोनाका कारण दैनिक जीवन सञ्चालन गर्न नै समस्यामा परेका युवालाई राहात दिने उद्देश्यले यो योजना ल्याइएको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए । कर्जा योजनाले विद्यमान आर्थिक कठिनाइ व्यवस्थापन गर्न र यस महामारीमा उनीहरुको शेरचनले बताए । पहिलो चरणमा उपत्यकाभित्रमा महिला सफा टेम्पो चालकलाई एक लाख रुपैय...
विश्व गैँडा दिवस : दुर्लभ एकसिँगे गैँडा संरक्षणमा चुनौती

विश्व गैँडा दिवस : दुर्लभ एकसिँगे गैँडा संरक्षणमा चुनौती

समाचार
असोज ६ काठमाडौं । नारायण अधिकारी, चितवन । दुर्लभ एकसिङ्गे गैँडा संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । मानव अतिक्रमण र संरक्षणप्रतिको चासो कम हुँदा संरक्षण चुनौतीपूर्ण बनेको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल पछिल्ला दिनमा गैँडा संरक्षणमा चुनौती थपिएको स्वीकार्नुहुन्छ । उहाँको भनाइमा चोरी शि’का’र पुनः सक्रिय हुने सङ्केत देखिएको छ । गैँडा मानव बस्तीमा विचरणका लागि जाँदा लखेट्न प्रयोग गरिने विषादी, विद्युतीयतारलगायत प्रतिरोधात्मक भावना समस्या बन्दै गएको छ । उहाँले भन्नुभयो, “निकुञ्जभित्र जतिसुकै राम्रो व्यवस्थापन भए पनि बाहिरका खाद्यान्न बालीका कारण गैँडा आकर्षित हुँदा समस्या भएको छ ।” मध्यवर्ती क्षेत्रमा बाली प्रणाली नै परिवर्तन गर्नसकेमा संरक्षणमा टेवा पुग्ने उहाँको भनाइ छ । गैँडाको प्रमुख बासस्थान क्षेत्रमा अतिक्रमण बढेको भन्दै उहाँले भन्नुभयो, “जसले अतिक्रमण ...
नेपाल टेलिकमकाे तार चोर्ने चार जना पक्राउ

नेपाल टेलिकमकाे तार चोर्ने चार जना पक्राउ

अपराध
असोज ६ विराटनगर । नेपाल टेलिकम विराटनगरका विभिन्न स्थानका तार चोर्ने चार जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ, विराटनगर महानगरपालिका वडा नं ६ बस्ने २१ वर्षीय विजय सहनी, १८ वर्षीय राज सहनी, २१ वर्षीय रवीन सहनी र १९ वर्षीय सुमित सहनी छन् । जिल्ला प्रहरी कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले अभियुक्तलाई महानगरपालिकाको जामुनगाछीबाट टेलिकमको १५० पेयर र २२० मिटर केवल तार र को ९ प ४१५८ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो । अभियुक्तलाई चोरी ऐनअन्तर्गत कानूनी कारवाही गरिने प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताउनुभयो । ...
सामाजिक सेवा दिवसको अवसरमा भर्चुअल माध्यबाट सम्बोधन गर्दै;प्रम ओली

सामाजिक सेवा दिवसको अवसरमा भर्चुअल माध्यबाट सम्बोधन गर्दै;प्रम ओली

समाचार
असोज ६ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज भर्चुअल माध्यमबाट ४१औं सामाजिक सेवा दिवसको सम्बोधन गरेका छन् । कोरोनाको यो महामारीले गर्दा प्रम ओलीले भर्चुअल माध्यमबाट उक्त समारोहलाई सम्बोधन गरेका हुन् । प्रम ओलीका प्रेस सल्लाहाकार सुर्य थापाले ट्वीटर मार्फत यसको सार्वजनिक गरेका हुन् । थापाको ट्विट : ४१औं सामाजिक सेवा दिवस समारोहलाई सम्माननीय प्रधानमन्त्त्री केपी शर्मा ओलीले भर्चुअल माध्पमबाट सम्बोधन गर्नुभएको छ । ...