आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

नेप्सेमा दोहोरो अंकको गिरावट

नेप्सेमा दोहोरो अंकको गिरावट

आर्थिक
असोज ६ काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरोलो लागेको छ । यो साताको तेस्रो दिनसम्म आइपुग्दा नेप्से लगातार तल झरेको हो । सोही क्रममा आज नेप्से २२.९१ ले ओरोलो लागेर एक हजार ५४६.१५ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.८४ ले ओरोलो लागेर ३०७.३९ मा पुगेको छ । कूल १९९ कम्पनिको ७८ लाख ५६ लाख ७८८ कित्ता शेयर रु दुई अर्ब ८१ करोड २८ लाख ५६ लाख ५८४ मूल्यमा खरिद बिक्री भए । आज कारोवार भएका कूल १२ उपसमूहकै शेयर ओरोलो लागेको छ । बैंकिङ २२.३६, व्यापार २.१३, होटल १५.०६, विकास बैंक ४०.३, जलविद्युत् २४.९१, वित्त १२.४९, निर्जीवन बीमा ११२.६६, उत्पादन ३५.०४, अन्य ७.२२, लघुवित्त २३.२४, जीवन बीमा १०९.४७ र सामूहिक लगानी कोष ०.०८ ले ओरालो लागेको छ । कारोवारका आधारमा शिखर इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३१ करोड ९५ लाख ४४ हजार १८३ बराबरको कारो...
संवैधानिक निकायहरुमा पदपूर्ति गर्न सरकारलाई नेकपाको आग्रह

संवैधानिक निकायहरुमा पदपूर्ति गर्न सरकारलाई नेकपाको आग्रह

राजनीति
असोज ६ काठमाडौं । सत्तारुढ दल नेकपाले संवैधानिक आयोगहरुमा पदपूर्ती गर्न सरकारलाई आग्रह गरेको छ ।बैठकले संवैधानिक परिषद्को बैठक राख्न पहल गर्न सरकारलाई अनुरोध गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकपछि प्रवक्ता नारायण काजी श्रेष्ठले भने,‘संवैधानिक परिषद्को बैठक राखेर पदपूर्तीको पहल गर्न अनुरोध गरेको छ । बैठकलाई सुचारु गर्न र पदपूर्ती गर्ने प्रकृयामा अघि बढ्न बैठकले सबैलाई अनुरोध गरेको छ ।’ विविध कार्यसूची अन्तर्गत रहेका अन्य विषयलाई दुई तीनदिन भित्र अर्को बैठक बसेर निष्कर्ष निकाल्ने निर्णय भएको उनले जानकारी दिए । बैठकले पार्टी एकता , समझदारी र विश्वासलाई सुदृण बनाउनका साथै पार्टीर सरकारको सम्बन्धलाई मजवुद बनाउने सफल भएको विश्वास लिइएको प्रवक्ता श्रेष्ठले बताए । ...
एयरलाइन्सबीच भ्रमण प्याकेजको प्रतिस्पर्धा, कुन एयरलाइन्सका कस्ता अफर ?

एयरलाइन्सबीच भ्रमण प्याकेजको प्रतिस्पर्धा, कुन एयरलाइन्सका कस्ता अफर ?

समाचार
असोज ६ काठमाडौं । मुलुकको आन्तरिक उडान सञ्चालन भएसँगै वायुसेवा प्रदायक कम्पनीबीच सस्तो भ्रमण प्याकेज घोषणा गर्ने प्रतिस्पर्धा चलेको छ । बन्दाबन्दीको छ महिनापछि यही असोज ५ गतेदेखि शुरु भएको आन्तरिक उडानमा यात्रुलाई आकर्षण गर्न वायुसेवा कम्पनीले विभिन्न प्याकेज तथा आकर्षक अफर सार्वजनिक गरिरहेका छन् । खासगरी ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरलाइन्सबीच पर्यटकीय गन्तव्यमा भ्रमणका लागि सस्तो प्याकेज बनाउने होडबाजी नै चलेको छ । यसले गन्तव्य भ्रमणमा निस्कने पारखीलाई त राहत मिलेको छ नै सिङ्गो पर्यटन क्षेत्रलाई पनि गतिशील तुल्याउन मद्दत पुग्ने व्यवसायीको अपेक्षा छ । हुन त, वायुसेवा कम्पनीको पनि कोभिड–१९ का कारण लामो समय प्रभावित बनेको पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउन अनेकन चुनौती छन् । आर्थिक नोक्सानी बेहोरेका एयरलाइन्सले जोखिम मोलेर भए पनि यात्रुलाई तान्न सस्ता प्याकेज बनाएर बे...
मन्त्रिमण्डल पुनर्गठन बारे आज कुनै छलफल भएन : प्रवक्ता श्रेष्ठ

मन्त्रिमण्डल पुनर्गठन बारे आज कुनै छलफल भएन : प्रवक्ता श्रेष्ठ

राजनीति
असोज ६ काठमाडौं ।सत्तारुढ दल नेकपाले संवैधानिक आयोगहरुमा पदपूर्ती गर्न सरकारलाई आग्रह गरेको छ ।बैठकले संवैधानिक परिषद्को बैठक राख्न पहल गर्न सरकारलाई अनुरोध गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,‘संवैधानिक परिषद्को बैठक राखेर पदपूर्तीको पहल गर्न अनुरोध गरेको छ । बैठकलाई सुचारु गर्न र पदपूर्ती गर्ने प्रकृयामा अघि बढ्न बैठकले सबैलाई अनुरोध गरेको छ ।’ बैठकले सांगठनिक सुद्धीकरणका बाँकी कामलाई पूरा गर्न १० दिन भित्रमा ठोस प्रस्ताव पेस गर्ने जिम्मेवारी दुई अध्यक्ष र महासचिवलाई दिएको उनले जानकारी दिए । उक्त प्रस्ताव आगामी सचिबालय बैठकमा प्रस्तुत गर्ने र छलफल पछि टुंगोमा पुग्ने निर्णय बैठकले गरेको छ। विविध कार्यसूची अन्तर्गत रहेका अन्य विषयलाई दुई तीनदिन भित्र अर्को बैठक बसेर निष्कर्ष निकाल्ने निर्णय भएको उनले जा...
आज ८२३ जनाले कोरोनालाई जितेर घर फर्किए

आज ८२३ जनाले कोरोनालाई जितेर घर फर्किए

समाचार
असोज ६ काठमाडौं । नेपालमा आज एकै दिन थप ८२३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । यो सहित कोरोनालाई जित्नेको संख्या ४८ हजार ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज १ हजार ३५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज १११५४ हजार पिसिआर परिक्षण गरिएकोमा जनामा १ हजार ३५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि  कोरोना संक्रमण पुष्टि भएको  हो ।   स्वास्थ्य मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १८१४२ रहेको छ । आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए अनुसार आज देशभर संस्थागत आइसोलेशनमा ९१९३ जना रहेका छन् भने होम आइसोलेशनमा ८९४९ जना रहेको मन्त्रालयले जनाएको छ । ...
नेपालमा आज एकै दिन थप १ हजार ३५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

नेपालमा आज एकै दिन थप १ हजार ३५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

समाचार
असोज ६ काठमाडौं । नेपालमा आज एकै दिन थप १ हजार ३५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज १११५४ हजार पिसिआर परिक्षण गरिएकोमा जनामा १ हजार ३५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि  कोरोना संक्रमण पुष्टि भएको  हो । स्वास्थ्य मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १८१४ रहेको छ । आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए अनुसार आज २३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । यो सहित कोरोनालाई जित्नेको संख्या ४ हजार ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर संस्थागत आइसोलेशनमा ९१९३ जना रहेका छन् भने होम आइसोलेशनमा ८९४९ जना रहेको मन्त्रालयले जनाएको छ । ...
उपत्यकामा पछिल्लो २४ घण्टामा थपिए ६४७ जना कोरोना संक्रमित

उपत्यकामा पछिल्लो २४ घण्टामा थपिए ६४७ जना कोरोना संक्रमित

समाचार
असोज ६ काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।उपत्यकाका तीन जिल्लामा थप ६४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौंमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा पछिल्लो २४ घण्टामा थपिएका एक हजार ३५६ जनामध्ये काठमाडौं उपत्यकाका ६४७ जना हुन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । आज (मंगलबार) ८२३ जना निको भएका छन् । हालसम्म ४८ हजार ०६१ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ११ हजार १५४ जनाको पिसिआर परीक्षण भएको छ । ...
४८८ इन्सपेक्टरको सरुवा, को कहाँ पुगे ? (नामावलीसहित)

४८८ इन्सपेक्टरको सरुवा, को कहाँ पुगे ? (नामावलीसहित)

समाचार
असोज ६ काठमाडौं । प्रहरी प्रधान कार्यालयले ४८८ प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको सोमबारको निर्णयअनुसार इन्स्पेक्टरहरुको सरुवा गरिएको हो । सरुवा भएका इन्स्पेक्टरहरुको असोज महिनादेखिको तलब, भत्ता समेत सरुवा भएको दरबन्दीबाट लिन पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । महानगरीय प्रहरी प्रभाग साँखुमा जानुका देवी खरेलको सरुवा भएको छ भने साँखुका इन्सपेक्टर गोविन्द पन्थीको मानब बेचविखन अनुसन्धान ब्यूरोमा सरुवा भएको छ । यस्तै महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठमा राजकुमार तामाङलाई पठाइएको छ । इलाका प्रहरी कार्यालय बृत्ता, पर्सामा राजेश राज पुरीको सरुवा भएको छ । यसअघि पुरी प्रहरी महानिरीक्षक (आईजीपी) को सचिवालयमा थिए । यस्तै इलाका प्रहरी कार्यालय खानीखोलामा रुपा थापको सरुवा भएको छ भने इलाका प्रहरी कार्यालय, पटेर्बा, पर्सामा राम...
कोरोनाले काभ्रेमा थप एक जनाको मृत्यु

कोरोनाले काभ्रेमा थप एक जनाको मृत्यु

समाचार
असोज ६ काभ्रेपलाञ्चोक । कोरोना संक्रमणका कारण पनौती नगरपालिका–५ चौकोटको एक महिलाको धुलिखेल अस्पतालमा सोमवार राति मृत्यु भएको छ । योसहित काभ्रेपलाञ्चोकमा तीन महिला र दुई पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । पचास वर्षीया ती महिलाको कोरोना संक्रमणपछि धुलिखेल अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा १९ दिनपछि मृत्यु भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताए । उनका अनुसार आमाशयको क्यान्सर रोगी महिला धुलिखेलमा उपचार गर्न आउनुअघि काठमाडौं मेडिसिटी अस्पतालमा ‘केमो’ लिने गर्दै आएकी थिइन् । हालसम्म काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाका दुई, पाँचखाल नपाका एक र धुलिखेल नपाका दुईको मृत्यु भएको हो । नेपालमा कोरोना भाइरसबाट पहिलोपटक काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोकको २९ वर्षीया सुत्केरीको मृ...
पतिले पेट चिरिदिएकी गर्भवती महिलाले जन्माइन् मृत शिशु

पतिले पेट चिरिदिएकी गर्भवती महिलाले जन्माइन् मृत शिशु

अन्तराष्ट्रिय
असोज ६ काठमाडौं । भारतमा पतिले धारिलो हतियारले पेट चिरिदिएकी एक गर्भवतीले मृत बच्चा जन्माएको प्रहरीले जनाएको छ।ती महिलाको माइती पक्षले शिशुको लिङ्ग पहिचान गर्न उनलाई आक्रमण गरिएको आरोप लगाएको छ। ती दम्पतीका पाँच जना छोरी रहेका र ती पुरुषले छोरा जन्माउन पत्नीलाई दबाव दिने गरेको उनीहरूले बताएका छन्।पक्राउ परेका ती पुरुषले भने उक्त घटनालाई दुर्घटनाको सङ्ज्ञा दिँदै आफूले जानीजानी त्यस्तो कार्य नगरेको बताएका छन्। घटना उत्तर प्रदेशको बदायूँ जिल्लाको हो। के छ महिलाको अवस्था ?प्रहरीले बीबीसीलाई बताएअनुसार पेट चिरिएकी महिलालाई राजधानी दिल्लीस्थित अस्पतालमा राखिएको छ र उनको स्वास्थ्य अवस्था स्थिर छ।उनकी बहिनीका अनुसार छोरा पाउने विषयलाई लिएर उक्त दम्पतीबीच नियमित रूपमा झगडा हुने गर्थ्यो। उनका भाइका अनुसार स्वास्थ्य अवस्था निकै गम्भीर भएपछि चिकित्सकहरूको सल्लाहमा उनलाई दिल्ली पुर्‍याइएको...