असोज ७ काठमाडौं । गएराती कस्मिरमा भूकम्प गएको छ। श्रीनगरबाट ११ किलोमिटर उत्तर पश्चिम ३.६ रेक्टर स्केलको भूकम्प गएको नेसनल सेन्टर फर साइज्मालजीले जनाएको छ ।
भूकम्पको झट्का राति ९ : ४० बजे महसुस गरिएको थियो। बिबिसीले जनाए अनुसार कतिपय स्थानीयले पनि यो भूकम्प नभनेर कुनै विस्फोट पदार्थको धक्का भएको आशंका गरेको जनाइएको छ ।
राति २ सेकेन्डको झड्का भूकम्पै थियो कि श्रीनगर एयरपोर्ट नजिक इन्डियन एयरफोर्समा जमिनमुनि २ सय किलोग्राम बम छ भन्ने जुन कुरा छ, त्यसको विस्फोट त होइन भनेरु ट्विटमा प्रश्न समेत गरिएको छ ।
