आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

एनआरएन लघुवित्तको बुकक्लोज

एनआरएन लघुवित्तको बुकक्लोज

आर्थिक
असोज ७ काठमाडौं । एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेड (NLBSL) ले असोज ११ गते शेयर दर्ता किताब बन्द गर्ने भएको छ। लघुवित्तले विशेष साधारण सभा प्रयोजनार्थ सो दिन बुकक्लोज गर्न लागेको हो। लघुवित्तले असोज १८ गते, आइतबार धनगढी, कैलाली (होटल दिनेश) मा विशेष साधारण सभा डाकेको छ।सभामा पुनः सर्वसाधारण शेयर अर्थात एफपीओ जारी गर्ने सम्बन्धमा छलफल गर्ने विशेष प्रस्ताव रहेको छ। यसका साथै सभामा लघुवित्तको नाम परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कर्पोरेट कार्यालय बुढानिलकण्ठ नगरपालिका ९, काठमाडौँमा स्थापना गर्ने, सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने र साविकका किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्तसँगको मर्ज अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ। ...
आज नेप्से ९.३७ बिन्दुले उकालो लाग्यो

आज नेप्से ९.३७ बिन्दुले उकालो लाग्यो

आर्थिक
असोज ७ काठमाडौं ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पुनः उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ९.३७ बिन्दुले उकालो लागेर एक हजार ५५५.५२ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९५ ले वृद्धि भई ३०८.३४ मा पुगेको छ । कूल १८४ कम्पनीको ५८ लाख ६२ हजार ६१७ कित्ता शेयर रु एक अर्ब ७२ करोड ७८ लाख २१ हजार ७०७ मूल्यमा खरिद बिक्री भए ।  कारोबार भएका कूल १२ उपसमूह मध्ये आज होटल उपसमूहको मात्रै शेयर ओरालो लागेको छ । सो उपसमूहको शेयर २३.६४ ले ओरोला लाग्दा बैंकिङ १.८७, व्यापार ५.७२, विकास बैंक २२.८, जलविद्युत् ३३.७९, वित्त १२.०२, निर्जीवन बीमा ७४.७७, उतपादन २३.२, अन्य ७.३६, लघुवित्त १०.२२, जीवन बीमा ९४.६८ र सामूहिक लगानी कोष ०.०३ ले वृद्धि भएको छ ।  कारोबारका आधारमा आज शिखर इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १० करोड ८५ लाख ९८ हजार ४५ बरा...
बिहीबारदेखि रसुवागढी नाका खुल्‍ने

बिहीबारदेखि रसुवागढी नाका खुल्‍ने

आर्थिक
असोज ७ काठमाडौं । भदौ १७ गतेदेखि बन्द रहेको रसुवागढी नाका  बिहीबारदेखि खुल्‍ने भएको छ। रसुवागढीस्थित भन्सार कार्यालयका अनुसार बुधबार एक कन्टेनर आएकोले बिहीबारदेखि  दैनिक ५ वटा कन्टेनर सामान आयात हुने भएको हो। नेपाली कामदारमा कारोना संक्रमण देखिएपछि नाका २०दिनदेखि बन्द रहेको थियो।
सामाजिक दुरी कायम गर्दै महिला स्वास्थ्य स्वयम्सेविकालाई तालिम सञ्चालन

सामाजिक दुरी कायम गर्दै महिला स्वास्थ्य स्वयम्सेविकालाई तालिम सञ्चालन

शिक्षा
असोज ७ काठमाडौं । सेवक नेपाल आशा परियोजनाद्धारा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका, इन्द्रावती गांउपालिका ७ र दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका २,३,४ र विगु गाउँपालिका ४र ५मा महिला स्वास्थ्य स्वयम्सेविका र वडास्तरीय महिला सञ्जाललाई सामाजिक दुरी कायम गर्दै १ दिने पुर्ण सरसफाई सम्बन्धी तालिम सम्पन्न भएको छ । नेपाल सरकारले सन् २०३० सम्म नेपाललाई नै पुर्ण सरसफाई बनाउने अभियान अन्तर्गत सेवक नेपाल आशा परियोजनाले सिन्धुपाल्चोकका ९ स्थानिय तह र दोलखाको ६ स्थानीय तहमा पुर्ण सरसफाई सम्बन्धी क्षमता अभिवृद्घि तालिम सञ्चालन गरेको हो । यस अघि सेबक नेपालले सिन्धुपाल्चोक र दोलखा जिल्लालाई खुल्ला दिसामुतm क्षेत्र घोषणा गर्न स्थानिय साझेदार संस्था जनहित र सिडिएफसँग साझेदारीमा कार्यक्रम सञ्चालन गरी सरसफाई अभियानलाई प्रभावकारी रुपमा कार्यान्वयन गरेको थियो । तालिम पश्चात महिला स्वास्थ्य स...
लेकमा जडीबुटी खोज्न गएका मनीरक्षको भिरबाट लडेर मृत्यु

लेकमा जडीबुटी खोज्न गएका मनीरक्षको भिरबाट लडेर मृत्यु

समाचार
असोज ७ गोरखा । धार्चे गाउँपालिका–२ केरौजाका एक युवकको भिरबाट लडेर मृत्यु भएको छ । लेकमा जडीबुटी खोज्न गएका ३८ वर्षीय मनीरक्ष गुरुङको भिरबाट लडेर मृत्यु भएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो । उहाँको यही असोज ५ गते नै लडेर मृत्यु भएको भए पनि घटनास्थल केरौजाबाट दुई दिनको पैदल दूरीमा पर्ने भएकाले मङ्गलबार मात्र जानकारी प्राप्त भएको गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ । मृतक गुरुङ साथीहरुसँग मिलेर केही समयअघि समूहमा जडीबुटी खोज्नका लागि लेकतर्फ गएका थिए । “अहिले लेकमा जुडीबुटी टिप्ने समय हो”, गाउँपालिका अध्यक्ष गुरुङले भन्नुभयो, “विशेषगरी निरमसीलगायतका जडीबुटी अहिले त्यस क्षेत्रमा पाइने भएकाले युवाहरु समूह–समूहमा मिलेर जुडीबुटी खोज्न जाने गर्छन ।” घटनास्थलमा आज मात्र प्रहरीको टोली पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले जानकारी दिनुभयो । घटनास्...
हुन्डाइको दशैँ-तिहार योजना सार्वजनिक

हुन्डाइको दशैँ-तिहार योजना सार्वजनिक

आर्थिक
असोज ७ काठमाडौं । हुन्डाइ अटोमोवाइल्स नेपालको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरु माझ ‘यसपालिको दशैँ-तिहार वेलकम टु हुम्डाइ परिवार’ योजना ल्याएको छ । यो योजना भोलि मंगलबारदेखि मंसिर ५ गतेसम्म लागु हुनेछ । यो योजना दशैं, तिहार र छठ उत्सव मनाउने लक्ष्यसहित ल्याइएको कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत, ग्राहकहरुले आकर्षक नगद छुटका साथै स्क्र्याच कार्ड मार्फत थप रु। १ लाख सम्मको नगद छुट पाउन सक्नेछन् । त्यसैगरी बम्पर उपहार अन्तर्गत लक्की–ड्र मार्फत हुन्डाई औरा १ थान र हुन्डाई Grand i10 NIOS  १ थान जित्न सक्नेछन् । त्यसका साथै ग्राहकहरुले १ वर्ष निःशुल्क वीमा पनि पाउनेछन् । लक्ष्मी इन्टरकन्टिनेन्टलले कोरोनाको कठिन समयमा स्वास्थ्यकर्मीहरूको समर्पण र अथक सेवालाई ध्यानमा राखी उनीहरुलाई सम्मान स्वरुप “विशेष प्याकेज“ दिने निर्णय पनि गरेको जनाएको छ । ...
बोल्भ्सले भित्र्यायो बार्सिलोनाका डिफेन्डर सेमेडो

बोल्भ्सले भित्र्यायो बार्सिलोनाका डिफेन्डर सेमेडो

अन्तराष्ट्रिय, खेलकुद
असोज ७ काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग क्लब वोल्भ्स (बोल्भरह्यामटन वान्डेरेर्स) ले स्पेनिस महारथि बार्सिलोनाका डिफेन्डर नेल्सन सेमेडोलाई भित्र्याएको छ । बुधबार बोल्भ्सले सेमेडोलाई ३७ मिलियर पाउण्डमा भित्रेयाएको जनाएको छ । बोल्भ्सका मुख्य प्रशिक्षक न्युनो स्पिरिटो सान्तोले यसअघि टोटनहम गएका माट डोर्हेटीको स्थानमा उनलाई भित्र्याएका हुन् । ‘विश्वस्तरको क्लबबाट विश्वस्तरको खेलाडी टीममा आवद्ध गर्न पाउने अवसरभन्दा केही हुनै सक्दैन,’ बोल्भ्सका कार्यकारी अध्यक्ष जेफ शाइले बताएका छन् । २६ वर्षीय सेमेडोले १ सय १४ पटक बार्साबाट खेलेका छन् भने पोर्चुगलका लागि १३ अन्तर्राष्टिय खेल खेलेका छन् । बार्सिलोनाले उनलाई ३० मिलियन युरोमा बेचेको र १० अन्य खर्चका रुपमा लिएको बताएको छ । सेमेडोले सन् २०२३ सम्मका लागि बोल्भ्ससँग सम्झौता गरेका छन् । ...
वामदेव गौतमलाई संवैधानिक जिम्मेवारी नदिन सर्वोच्चको आदेश

वामदेव गौतमलाई संवैधानिक जिम्मेवारी नदिन सर्वोच्चको आदेश

राजनीति
असोज ७ काठमाडौं । सत्तारुढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका रुपमा थप जिम्मेवारी नदिन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।बुधबार सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई राष्ट्रिय सभा सदस्यको रुपमा काम नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको हो। आदेशसँगै गौतम मुद्दाको टंगो नलागेसम्म सरकारमा सहभागि हुने बाटो बन्द भएको छ।न्यायाधीश भट्टराई नेतृत्वको इजलासले गौतमलाई मुद्दाको अन्तिम किनारा नलागेसम्म कुनै पनि संवैधानिक जिम्मेवारी नदिन आदेश गरेको हो। साथै अदालतले गौतमको राष्ट्रियसभा सदस्यमा योग्यता पुगेको वा नपुगेकोबारेमा असोज १४ गते संवैधानिक इजलासमा सुुनुवाइ गर्न आदेशमा भनेको छ। वामदेव प्रकरणवारे यस्तो छ अदालतको फैसला गौतम हालै सरकारको सिफारिसमा रिक्त रहेको राष्ट्रिय सभा सदस्यमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मनोनयन भएका...
पिडीतलाइ सुरक्षित बासस्थानमा सार्न राप्रपाको माग

पिडीतलाइ सुरक्षित बासस्थानमा सार्न राप्रपाको माग

राजनीति
असोज ७ सिन्धुपाल्चोक ।सिन्धुपाल्चोकका बिभिन्न स्थानमा गएको बाढी पहीरोका कारण विस्तापित भएका विस्तापितहरुलाइ तत्काल बैकल्पीक सुरक्षित स्थानमा सार्नका लागी राष्टिय प्रजातन्त्रपार्टीले माग गरेको छ । राप्रपा क्षेत्र नं २ सिन्धुपाल्चोक क्षेत्रीय कार्यसमितीको तर्फबाट क्षेत्रीय अध्यक्ष फडिन्द्र प्रसाद दाहाल लगायतको प्रतिनिधी मण्डलले जिल्ला प्रशासन कार्यलयमार्फत नेपाल सरकार सँग माग गरेको हो । आज पेस गर्नु भएको ज्ञापन पत्रमा अबीरल बर्षाको कारण सिन्धुपाल्चोक जिल्ला स्थित हेलम्बु गाँउपालीकाको बोल्दे, जुगल गाँउपालीकाको लिदी बाह्र्बिसे नगर पालीका भोटेकोशी लगाएतका गाँउ हरुमा बाढी पहीरोले क्षेती गरेको र त्यसको क्षती पुर्तीका साथै सुरीक्षीत स्थानमा बसोकास गर्ने बातबरण मिलाउन माग गरेका छन् । ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले तत्का यो मागलाइ प्रधान मन्त्रीको कार्यलय, पुननिर...
प्रदेश नं २ मा प्रदेश युवा सम्मेलन २०२० सम्पन्न

प्रदेश नं २ मा प्रदेश युवा सम्मेलन २०२० सम्पन्न

समाचार
असोज ७ बीरगंज । नेपाल युवा परिषद् मास्टरपीस एनवाईसी नेपाल, नेपाल युवा परिषद् प्रदेश नं. २ को संयुक्त आयोजनामा प्रदेश युवा सम्मेलन २०२० भर्चअल सम्पन्न भएको छ । उद्घाटन समारोहका प्रमुख अतिथि माननीय जितेन्द्र सोनल ज्यू, (मन्त्री)भौतिक पूर्वाधार तथा विकास मन्त्रालय, प्रदेश नं.२ ले देश विकासमा युवाहरुको ठुलो भूमिका रहदै आएकोले अबको आवश्यक्ता युवाहरुलाई नेपालमा रोजगार उपलब्ध गराउन सरकारलाई ध्यानाकर्षण गर्दै विदेशीका युवाहरुलाई एकजुट भई देश विकासमा योगदान पुर्याउन आग्रह समेत गर्नु भयो । हाल नेपाल लगायत विश्व कोभिड—१९ महामारीको चपेटामा रहेकोले युवाहरुले अहम भुमिका खेल्न आवश्यक भएको हुनाले नेपालका सबै युवाहरुलाई देशमा नै स्वरोजगार शुरु गरि देश विकासमा लाग्नका लागि नेपाल युवा परिषद्संग आबद्ध युवाहरुलाई जोडदार अपिल गर्नु भएको थियो ।उहाँले युवाहरुलाई उद्यमशीलता बनाउन सरकार सक्रिय भई अगाडि बढि रह...