बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

सामाजिक दुरी कायम गर्दै महिला स्वास्थ्य स्वयम्सेविकालाई तालिम सञ्चालन

असोज ७ काठमाडौं । सेवक नेपाल आशा परियोजनाद्धारा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका, इन्द्रावती गांउपालिका ७ र दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका २,३,४ र विगु गाउँपालिका ४र ५मा महिला स्वास्थ्य स्वयम्सेविका र वडास्तरीय महिला सञ्जाललाई सामाजिक दुरी कायम गर्दै १ दिने पुर्ण सरसफाई सम्बन्धी तालिम सम्पन्न भएको छ ।

नेपाल सरकारले सन् २०३० सम्म नेपाललाई नै पुर्ण सरसफाई बनाउने अभियान अन्तर्गत सेवक नेपाल आशा परियोजनाले सिन्धुपाल्चोकका ९ स्थानिय तह र दोलखाको ६ स्थानीय तहमा पुर्ण सरसफाई सम्बन्धी क्षमता अभिवृद्घि तालिम सञ्चालन गरेको हो ।

यस अघि सेबक नेपालले सिन्धुपाल्चोक र दोलखा जिल्लालाई खुल्ला दिसामुतm क्षेत्र घोषणा गर्न स्थानिय साझेदार संस्था जनहित र सिडिएफसँग साझेदारीमा कार्यक्रम सञ्चालन गरी सरसफाई अभियानलाई प्रभावकारी रुपमा कार्यान्वयन गरेको थियो ।

तालिम पश्चात महिला स्वास्थ्य स्वयम्सेवकहरुले आ—आफ्नो टोलमा आमा समुहको बैठकमा पूर्ण सरसफाई सम्बन्धि बैठक सञ्चालन गर्ने प्रतिबद्घता व्यतm गरेका छन् । कोभिडको समयमा यस किसिमको तालिम सञ्चालन गर्दा टोल टोलमा सामाजिक दुरी , साबुन पानीले हात धुनुको महत्व, मास्कको उचित प्रयोग र अन्य सरसफाईको उचित आनिबानीको बारेमा राम्रो सन्देश जाने बताउनुहुन्छ विगु ४ का वडाध्यक्ष बुक्तम तामाङ । आशा परियोजनाले ६ वटा सूचकमा आधारित रहेर तालिम सञ्चालन गरिएको थियो ।

जसमा चर्पीको प्रयोग तथा व्यवस्थापन, साबुनपानीले हातधुने सुविधा तथा व्याक्तिगत सरसफाई , घरआँगन सरसफाई, सुरक्षित खानेपानीको व्यवस्थापन , सुरक्षित खानाको व्यवस्थापन र महिनावारी सरसफाई तथा व्यवस्थापन जस्ता विभिन्न तालिमहरु सँगगसँगै सेवक नेपालले दोलखा जिल्लामा १०४ र सिन्धुपाल्चोक जिल्लामा १०१ खानेपानी योजना निर्माण गरी समुदायलाई सफा र सुरक्षित पानीको पँहुच पुर्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *