बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

Author: तथ्यखबर

कोरोनाबाट भारतीय रेल मन्त्री सुरेश अंगडीको निधन

कोरोनाबाट भारतीय रेल मन्त्री सुरेश अंगडीको निधन

अन्तराष्ट्रिय
असोज ८ काठमाडौं।भारतीय रेल राज्य मन्त्री सुरेश अंगडीको कोरोनाका कारण निधन भएको छ । ११ सेप्टेम्बरमा कोरोना संक्रमण पुष्टि भएका उनको एम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो । कोरोनाबाट मृत्यु हुनेमा उनी कर्नाटकका दोश्रो सांसद रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन् । एजेन्सीको सहयोगमा ...
पाल्पामा पहिरोले घर पुरिँदा पाँचजना बेपत्ता, विस्तृत विवरण आउन बाँकी

पाल्पामा पहिरोले घर पुरिँदा पाँचजना बेपत्ता, विस्तृत विवरण आउन बाँकी

समाचार
असोज ८ पाल्पा-पाल्पामा पहिरोले घर पुरिँदा पाँचजना बेपत्ता भएका छन् । पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर २ का स्थानीय होमबहादुर गाहाको घर गएराति पहिरोले पुरिए पछि पाँच जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार गाहाको घरमा पाँच जना पुरिएको र टोली घटनास्थल पुगिसकेको छ । घटनाको विस्तृत विवरण आँउन बाँकी रहेको छ । ...
खानीडाँडा र थामखर्क विमानस्थलबाट शनिबारदेखि नियमित उडान, भाडादर सार्वजनिक

खानीडाँडा र थामखर्क विमानस्थलबाट शनिबारदेखि नियमित उडान, भाडादर सार्वजनिक

समाचार
असोज ८ खोटाङ   । बन्दाबन्दीका कारण छ महिनादेखि बन्द रहेको खोटाङको तीन विमानस्थलमध्ये दुईमा यही शनिबारदेखि नियमित उडान हुने भएको छ ।कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दी हटेसँगै नेपाल वायु सेवा निगमको हवाईजहाजले मनमायाँ राई खानीडाँडा विमानस्थल र थामखर्क विमानस्थलमा शनिबारदेखि नियमित उडान भर्ने भएको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट सबैभन्दा नजिक पर्ने खानीडाँडा विमानस्थलमा हप्ताको दुई पटक बुधबार र शनिबार तथा दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थमा हप्ताको एक पटक बुधबार उडान भर्नेगरी वायु सेवा निगमले कार्यतालिका सार्वजनिक गरेको छ । नियमित उडान हुने भएपछि वायु सेवा निगमले दुवै विमानस्थलका लागि भाडादरसमेत सार्वजनिक गरेको छ । खानीडाँडा–काठमाडौँका लागि एकतर्फी भाडा प्रति व्यक्ति रु चार हजार ७४० निर्धारण भएको खानीडाँडा विमानस्थलका प्रम...
विश्वमा एकैदिन तीन लाख १३ हजार बढीमा संक्रमण, ६ हजार २ सय ६४ जनाको मृत्यु

विश्वमा एकैदिन तीन लाख १३ हजार बढीमा संक्रमण, ६ हजार २ सय ६४ जनाको मृत्यु

अन्तराष्ट्रिय
असोज ८ काठमाडौं। विश्वमा दैनिक करिब तीन लाख मानिसहरुमा संक्रमण देखिन थालेको छ ।यसरी वल्डेमिटर्सको तथ्यांक अनुसार बुधबार मात्र विश्वमा तीन लाख १३ हजार २ सय ४ जना नयाँ संक्रमित थपिएका छन् । यसरी विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड २० लाख ८३ हजार २ सय ७५ पुगेको छ ।त्यस्तै विश्वमा कोरोना संक्रमणबाट एकैदिन ६ हजार २ सय ६४ जना संक्रमितको मृत्यु भएको छ ।यसरी विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ८१ हजार २ सय १९ पुगेको छ । त्यसैगरी दुई करोड २६ लाख ५९ हजार २१ जना संक्रमित उपचारपछि निको भएका छन् । ...
बलिउड अभिनेता आयुष्मान खुराना परे सबैभन्दा प्रभावशाली व्यक्तित्वको सूचीमा

बलिउड अभिनेता आयुष्मान खुराना परे सबैभन्दा प्रभावशाली व्यक्तित्वको सूचीमा

मनोरन्जन
असोज ८ काठमाडौं।सबैभन्दा प्रभावशाली व्यक्तित्वको सूचीमा बलिउड अभिनेता आयुष्मान खुराना पर्न सफल भएका छन् ।टाइम्स म्यागेजिनको वर्ष २०२० को १०० प्रभावशाली व्यक्तिका रुपमा उनी पर्न सफल भएका हुन् । यो वर्ष टाइम म्यागेजिनमा पर्ने उनी एक मात्रै अभिनेता हुन्। उनले यो खबरबारे आफ्नो इन्स्टाग्राममा पुष्टि गरेका हुन् ।‘टाइमको विश्‍वका १०० सबैभन्दा प्रभावशाली व्यक्तिको सूचीमा पर्न सफल भएकोमा गर्व महसुस भइरहेको छ’ उनले भनेका छन् । खुराना प्रभावशाली व्यक्तिमा सूचीकृत भएपछि नायिका दीपिका पादुकोणले खुशी व्यक्त गरेकी छिन्।‘मैले खुरानालाई उनको पहिलो फिल्म विक्की डोनरबाट चिनेकी हुँ । उनी त्यसअघि पनि अलग अलग तरिकाले बलिउडको हिस्सा बनेका छन् । उनले निभाएका चरित्र सुन्दर यादगार रहेका छन्’, उनले लेखेकी छिन् । अधिकांश पुरुष कलाकार तागतवाला भूमिकामा फसिरहँदा खुरानाले यस्ता भूमिकालाई तोड्दै कयौं चुनौतीले भ...
डडेल्धुरामा कोरोनाबाट पहिलो मृत्यु

डडेल्धुरामा कोरोनाबाट पहिलो मृत्यु

समाचार
असोज ८ डडेल्धुरा । डडेल्धुरामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको गए राति डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । केही दिनअघि भारतबाट आएका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल ल्याइएको थियो । नवदुर्गा गाउँपालिकाको एम्बुलेन्समार्फत डडेल्धुरा अस्पताल पुर्‍याएका पुरुषलाई भारतमै कोरोना पुष्टि भएको र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पनि सङ्क्रमण पुष्टि भएको कोभिड– १९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए । डडेल्धुरामा कोरोना सङ्क्रमणबाट यो पहिलो मृत्यु हो । बिरामीलाई अस्पताल ल्याएर उपचार गर्ने क्रममा श्वास प्रस्वासको गति बन्द भईसकेको र स्वाब परीक्षण गर्दा कोरना पोजेटिभ आएको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट जगदिश बिष्टले जानकारी दिए । शव व्यवस्थापनका लागि डडेल्धुरास्थित गरुड दह गण दह ब्यारेकमा सम्पर्क भइरहे...
उपचारका क्रममा चितवन मेडिकल कलेजमा एक संक्रमितको मृत्यु

उपचारका क्रममा चितवन मेडिकल कलेजमा एक संक्रमितको मृत्यु

समाचार
असोज ८ चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमणका कारण एक युवाको मृत्यु भएको छ ।तनहुँको आँबुखैरहनी नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय युवाको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनको बुधबार राति १२ः५५ बजे मृत्यु भएको हो ।डायलासिस गराउन भदौ २९ गते अस्पताल आएका उनमा गत भदौ ३१ गते कोरोना देखिएको थियो । कोरोना सङ्क्रमणसँगै अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भईरहेको थियो । उपचारका क्रममा राति उनको मृत्यु भएको हो । ...
घरमाथिबाट पहिरो खस्दा स्याङ्जामा एक जनाको मृत्यु

घरमाथिबाट पहिरो खस्दा स्याङ्जामा एक जनाको मृत्यु

समाचार
असोज ८ वालिङ । गएराति पहिरोले पुरिएर स्याङ्जाको कालीगण्डकीमा एक युवकको मृत्यु भएको छ ।तीन दिनदेखिको लगातार वर्षाका कारण घरमाथिबाट खसेको पहिरोमा परी स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ गौतम टोलका १८ वर्षीय कृष्ण नेपालीको मृत्यु भएको वडा अध्यक्ष चक्रपाणी पाण्डेले बताए । वडा अध्यक्ष पाण्डेका अनुसार गएराति २ बजे गौतम टोलका मानबहादुर नेपालीको घरको आँगन खस्दा तल्लो घरमा सुतिरहेका कृष्ण नेपालीको पुरिएर मृत्यु भएको हो । स्थानीयवासी र विर्घा प्रहरी चौकीका प्रहरीको पहलमा पहिरोमा पुरिएका कृष्ण नेपालीको शव निकालिएको वडा अध्यक्ष पाण्डेले बताए । पहिरोमा पुरिएर एकको मृत्यु भए पनि अन्य भने सकुसल रहेको बताइएको छ । ...
आईपीएलमा कोलकातामाथि मुम्बईको सहज जित

आईपीएलमा कोलकातामाथि मुम्बईको सहज जित

अन्तराष्ट्रिय, खेलकुद
असोज ८ काठमाडौं। मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग आइपीएल २०२० मा पहिलो जित हात पारेको छ ।उदघाटन खेलमै साविक उपविजेता चेन्नाई सुपर किंग्ससंग पराजित भएको मुम्बईले आफ्नो दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको हो । कप्तान रोहित शर्माको शानदार अर्धशतक अनि बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि मुम्बईले सहज जित हात पारेको हो ।युएईमा मुम्बईले आइपीएलमा पहिलो खेल जितेको हो । इओन मोर्गन, आन्द्रे रसेल जस्ता खेलाडी भएको कोलकाताले मुम्बईले दिएको १९६ रनको लक्ष्य पछ्याउने क्रममा २० ओभर खेल्दै ९ विकेट गुमाएर १४६ रन मात्र बनाउन सक्यो ।कोलकाताका लागि लोअर अर्डरमा ब्याटिङ गर्दै प्याट कमिङ्सले सर्वाधिक ३३ रन बनाए । उनले १२ बल खेल्दै १ चौका र ४ छक्का प्रहार गरे ।आफूलाई तेस्रो नम्बरमा प्रमोट गरेका कप्ता दिनेश कार्तिकले ३० र नितिश रानाले २४ रन जोडे ।मोर्गनले २० बलमा १६ र रसेलले ११ ...
असोज ०८ गते बिहीबारको राशिफल पढ्नुहोस

असोज ०८ गते बिहीबारको राशिफल पढ्नुहोस

राशिफल
वि.सं.२०७७ साल असोज ०८ गते । बिहीबार । ईश्वी सन् २०२० सेप्टेम्बर २४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–अष्टमी,४४ घडी २४ पला,बेलुकी ११ बजेर ३९ मिनेट उप्रान्त नवमी । नक्षत्र–मूल,४४ घडी १२ पला,बेलुकी ११ बजेर ३४ मिनेट उप्रान्त पूर्वाषाढा । योग–आयुष्मान,०० घडी ४३ पला,बिहान ०६ बजेर ११ मिनेट उप्रान्त सौभाग्य । करण– भद्रा,दिउसो १२ बजेर २३ मिनेट उप्रान्त बव,बेलुकी ११ बजेर ३९ मिनेट उप्रान्त बालव । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५६ मिनेट । दिनमान ३० घडी ०६ पला । अष्टमी व्रत। गोरखकाली पूजा। मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लगनशिल तथा मेहनेतले चाहेको उपलब्धि हासिल हुँनेछ । परिवारका साथ लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रवल सम्भावना रहेको...