आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

पिएसजीका एन्जल डी मारियामाथि चार खेलको प्रतिबन्ध

पिएसजीका एन्जल डी मारियामाथि चार खेलको प्रतिबन्ध

अन्तराष्ट्रिय, खेलकुद
असोज ८ काठमाडौं। फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का एन्जल डी मारियामाथि चार खेलको प्रतिबन्ध लागेको छ ।सेप्टेम्बर १३ मा मार्सेइलीसँगको खेलमा भएको तनाव तथा झगडामा भूमिका देखिएपछि डी मारियामाथि चार खेलको प्रतिबन्ध लागेको हो । पाँच खेलाडीले रातो कार्डा पाएको सो खेलमा ३२ वर्षका डी मारियाले मार्सेइलीका डिफेन्डर अल्भारो गोन्जालेजलाई धुकेको आरोप लागेको छ ।तर लिगले उनीमाथि लागेको प्रतिबन्ध धुकेकै कारण हो भन्ने पुष्टि गरेको छैन । सो खेलको क्रममा भिएआर मार्फत हेरिएको थिएन र उनले रातो कार्ड पाएका थिएनन् । डी मारियाले सो खेलमा पूरै समय मैदानमा बिताएका हुन् । सो खेलमा पिएसजी १–० ले पराजित भएको थियो । नेइमारसहित पिएसजीका तीन तथा मार्सेइलीका दुई खेलाडीले रातो कार्ड पाएका थिए ।नेइमारले मैदानबाट बाहिरिने क्रममा खेल पदाधिकारीलाई गोन्जालेजबाट रंगभेदी टिप्पणी सुनेको बताएका थिए । त...
अस्ट्रेलिया बाट “ए झरी” बोलको गीत सार्वजनिक

अस्ट्रेलिया बाट “ए झरी” बोलको गीत सार्वजनिक

मनोरन्जन
असोज ८ काठमाडौं।रामकान्त न्यौपानेको प्रस्तुतिमा रहेको ”ए झरी” बोलको गीत सार्वजनिक भएको छ। रोशन सिंह र प्रबिशा अधिकारीको स्वरमा रहेको गितमा रोशन सिंहको शब्द/संगीत रहेको छ भने बिसाल निरौलाको संगीत संयोजनमा तयार गरिएको गितको मिक्सीङ कुमार रानाले गरेका हुन्। चर्चित निर्देशक बिक्रम चौहानले निर्देशन गरेको भिडियोलाई बुद्द थापाको टिमले छायांकन गरेका छन् भने सुरेश काफ्लेले ड्रोन खिचेका छन। मिलन बिश्वकर्माले सम्पादन गर्नु भएको म्युजिक भिडियोमा रोशन सिंह र आइश्मा चौधरीको साथमा दिनेश कायस्थको अभिनय रहेको छ।भिडियो लिन्क https://youtu.be/HK300paoNdo ...
दीपिकासहित चार अभिनेत्रीलाई बयानका लागि उपस्थित हुन आदेश

दीपिकासहित चार अभिनेत्रीलाई बयानका लागि उपस्थित हुन आदेश

अन्तराष्ट्रिय
असोज ८ काठमाडौं। सुशान्त सिंह राजपुत मृत्यु प्रकरणमा ड्रग्सको केस जोडिएपछि अनुसन्धान गरिरहेको भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसिबी) ले बुधबार चार जना बलिउड अभिनेत्रीलाई बयानका लागि उपस्थित हुने आदेश दिएको छ । एनसिबीले दीपिका पादुकोण, श्रद्धा कपुर, रकुल प्रीत सिंह तथा सारा अलि खानलाई सोधपुछका लागि उपस्थित हुने आदेश दिएको हो । भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इण्डिया (पिटिआई)का अनुसार एनसिबीका वरिष्ठ अधिकारीले अभिनेत्री दीपिका पादुकोणलाई सोधपुछका लागि शुक्रबार बोलाइएको छ । त्यसैगरी अभिनेत्री रकुल प्रीत, सुशान्तकी म्यानेजर रहिसकेकी श्रुति मोदी र डिजाइनर सिमोन खम्बाटालाई बिहीबार पेस हुन आदेश दिइएको छ भने साला अलि खान र श्रद्धा कपुरलाई शनिबार बोलाइएको छ । एनसिबीका वरिष्ठ अधिकारीले यस प्रकरणमा ट्यालेन्ट म्यानेजर जय साहले केही महत्वपूर्ण सूचना दिएको बताएका छन्।यसअघि दीपका पाद...
सप्तकोसीको बजेट झन्डै ४७ करोड

सप्तकोसीको बजेट झन्डै ४७ करोड

आर्थिक, समाचार
असोज ८ सप्तरी । सप्तरीको सप्तकोसी नगरपालिकाले बुधबार रु ४६ करोड ८१ लाख ६७ हजार ४७० बराबरको वार्षिक बजेट पारित गर्दै पाँचौँ नगरसभा सम्पन्न गरेको छ । नगर प्रमुख उत्तमकुमार शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख आशा चौधरीले सार्वजनिक गर्नुभएको आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट पारित गर्दै नगर सभासम्पन्न भएको हो । नगरसभाको उद्घाटनमा प्रदेश नं २ का प्रदेश सभासदस्य सत्यनारायण मण्डलले देशमा व्यवस्था फेरिए पनि मानिसको सोचमा परिवर्तन नभएको बताउनुभयो । नयाँ प्रणालीमा देश गए अनुसार जनताको चाहना पनि फेरिनु पर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा जेष्ठ नागरिक मुरारी कार्कीले जनप्रतिनिधीबाट पारित योजना अक्षरस पालना हुनुपर्ने बताउनुभयो । नेपाल किसान सङ्घका केन्द्रीय सदस्य पुष्प बस्नेतले स्थानीय स्तरमा सञ्चालन भएका उद्योग सञ्चालनमा टेवा पु¥याउन र किसानको समस्यालाई सम्बोधन गर्न वरिपरी ...
चीनबाट स्वास्थ्य सामग्री नेपाल भित्रियो

चीनबाट स्वास्थ्य सामग्री नेपाल भित्रियो

स्वास्थ्य
असोज ८ रसुवा- रसुवागढी नाकाबाट आज अपराह्न स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ ।चीनबाट आयात भएका दुई ट्रक स्वास्थ्य सामग्री नेपाल भित्रिएका हुन् । आयात भएका ती सामग्रीको भन्सार जाँच गर्ने कार्य आजै सम्पन्न भई दुवै ट्रक गन्तव्यतर्फ पठाइसकिएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिए । अन्य सामग्री आयातका लागि सीमा क्षेत्रका चिनियाँ अधिकारीसँग समन्वय भइरहेको र बिहीबार पाँच ट्रक विविध सामग्री रसुवागढी आइपुग्ने जानकारी आएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए । ...
नक्कली नोटसहित २ जना पक्राउ

नक्कली नोटसहित २ जना पक्राउ

अपराध
असोज ८ बारा- नक्कली नोटसहित बारामा २ जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय बाराले १२ लाख १६ हजार रुपैयाँ नक्कली नोट सहित २ जनालाई पक्राउ गरेको हो । प्रहरीले बारागढी गाउँपालिका–५ सिघासनी बस्ने २३ वर्षिय बलिराम चौधरी भारत बिहार मोतिहारी जिल्ला झरौखर बस्ने २७ वर्षका सन्दीप कुमार पक्राउ परेका हुन् । सिम्रौनगढ नगरपालिका वडा नं.९ बसवरिया नहरमा चोरीका मोबाइल खरिद बिक्री भएको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले उनीहरुलाई नक्कली नोटसहित पक्राउ गरेको बाराका प्रहरी प्रमुख कृष्ण पंगेनीले बताए । बा.६४ प ९७०६ नम्बरको मोटरसाइकलमा आएका उनीहरुको शरीर खानतलासी गर्दा सन्दीपले बोकेको पहेलो रंगको झोलाभित्र रातो प्लाष्टिकमा नक्कली नोट लुकाएको पाइएको थियो एसपी पंगेनीले भने । चेकजाँचका क्रममा १ हजार दरको नक्कली नोट थान १ हजार २ सय १६ थान फेला परेको छ । उनीहरुले बरामद गरिएको नोटहरू मोबाइल बि...
नाइजेरियामा तेल बोकेको ट्याङ्कर दुर्घटना : कम्तीमा २५ को मृत्यु, अधिकांश स्कुले बालबालिका

नाइजेरियामा तेल बोकेको ट्याङ्कर दुर्घटना : कम्तीमा २५ को मृत्यु, अधिकांश स्कुले बालबालिका

शिक्षा
असोज ८ काठमाडौं।नाइजेरियामा तेल बोकेको ट्याङ्कर दुर्घटना हुँदा कम्तीमा २५ जनाको ज्यान गएको छ ।लोकोजामा ट्याङ्करको ब्रेक फेल भएर दुर्घटना भएको स्थानीय प्रहरीले बताएका छन् । ज्यान गुमाउनेमा धेरै प्राथमिक तहमा अध्ययनरत बालबालिका र विद्यार्थी परेका बीबीसीले जनाएको छ । विद्यालय जानको लागि बाटो काटिरहेका बालबालिका दुर्घटनामा परेका खबरमा उल्लेख छ । नाइजेरियामा यस्ता दुर्घटना प्राय भइरहेने गरेका खबरमा उल्लेख छ । ...
केरुङ–काठमाडौं रेलमार्गको डीपीआर तयार गर्न चिनियाँ पक्षद्वारा नेपाललाई ताकेता

केरुङ–काठमाडौं रेलमार्गको डीपीआर तयार गर्न चिनियाँ पक्षद्वारा नेपाललाई ताकेता

समाचार
असोज ८ काठमाडौं।चीन सरकारले सिगात्सेबाट नेपालको सीमा नजिकैको केरुङ सम्मको रेलमार्ग अध्ययन सम्पन्न गरेको छ । केरुङ–सिगात्से रेलमार्ग भएर नै चीनबाट नेपालमा रेल आउनेछ । केरुङमा रेल आएपछि काठमाडौँ ल्याउन सहज हुनेछ । कोरोना महामारीका बीच पनि केरुङ–काठमाडौं रेलमार्गको बृहत् परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न चिनियाँ पक्षले नेपाललाई ताकेता गरिरहेको छ । उक्त रेलमार्गको डीपीआर गर्न अनुमति माग गर्दै चिनियाँ पक्षले नेपाललाई पत्राचार समेत गरिसकेको रेल्वे कम्पनीले जनाएको छ । चीनले सिगात्सेदेखि नेपालको सीमा केरुङसम्म रेलमार्ग निर्माण गर्न फिल्ड सर्भे सम्पन्न गरेको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । केरुङ–काठमाडौँ रेलमार्ग अध्ययन गर्न चिनियाँ टोली नेपाल आउन तयारी अवस्थामा रहे पनि कोभिड–१९ का कारण नेपाल आई अध्ययन अगाडि बढाउन सकेको छैन । उक्त रेलमार्ग निर्माण गर्न तीन चरणमा अध...
नारायणी र तिनाउ नदीमा बाढीकाे खतरा, सतर्कता अपनाउन आग्रह

नारायणी र तिनाउ नदीमा बाढीकाे खतरा, सतर्कता अपनाउन आग्रह

समाचार
असोज ८ काठमाडौं।नारायणी, तिनाउलगायतका नदीमा जल–सतहले खतरा तह पार गरेको भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।रुपन्देहीको तिनाउ नदीमा बाढी आएर जलसतहले खतरा तह पार गरेको हो । तिनाउ नदी तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने होचा ठाउँमा आज दिउँसोसम्म नै सतर्कता अपनाउन भनिएको छ ।त्यस्तै नारायणी नदीमा बाढी आएको छ । देवघाट बाढी मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको साथै बढ्दो अवस्थामा रहेकाले चितवन र नवलपरासीको तटीय क्षेत्रमा बस्नेहरुलाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, लमजुङ, तनहुँ, कास्की, बाग्लुङ, पर्वत, म्याग्दी, रूकुम भएर बग्ने साना नदीमा आकस्मिक बहावका साथै आसपास पहिरोको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन भनिएको छ । ...
वाग्मती सरकारले सहुलियतपूर्ण ब्याजदरमा तीन अर्ब ऋण दिने

वाग्मती सरकारले सहुलियतपूर्ण ब्याजदरमा तीन अर्ब ऋण दिने

आर्थिक
असोज ८ काठमाडौं।वाग्मती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जना गर्न सहुलियतपूर्ण ब्याजदरमा रु तीन अर्ब ऋण लगानी गर्ने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले कृषि, उद्योग, व्यापारव्यवसायसँंग सम्बन्धित कार्यक्रमका लागि ऋण लगानी कार्यक्रमलाई व्यवस्थित, सरल, सहज, प्रभावकारी र पारदर्शी रुपमा सञ्चालन गर्न कार्यविधिसमेत पारित गरेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । (रासस) ...