बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

Author: तथ्यखबर

नेपालमा पछिल्लो २४ घण्टामा थप १४९७ जनामा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा थप १४९७ जनामा कोरोना संक्रमण

समाचार
असोज ८ काठमाडौं। नेपालमा थप १ हजार ४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ हजार ४ सय ९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९७ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय ५७ जना संक्रमण मुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ५० हजार ४ सय ११ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म मृत्यु हुनेको संख्या ४ सय ५३ पुगेको छ । ...
फेश सील्डले रोक्ला कोरोना ? सुपर कम्प्यूटरले गर्यो यस्तो दाबी !

फेश सील्डले रोक्ला कोरोना ? सुपर कम्प्यूटरले गर्यो यस्तो दाबी !

समाचार
असोज ८ काठमाडौं। कोरोना भाइरसको महामारीसँग लडिरहेको सारा विश्व अब भने यो महामारीबाट क्लान्त बनिसकेको छ । कोरोना भाइरसले भने अझै रोकिने छाँटकाँट समेत देखाएको छैन । गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।कोरोना भाइरसका कारण हरेक दिन जसो हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् । वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् तर पूर्ण रुपमा सफलता भने हात लाग्न सकेको छैन ।यसैबीच कोरोनाबाट बच्न लगाइएको फेस शील्डले कोरोनाबाट बचाउन नसक्ने बताइएको छ । जापानको एक सुपर कम्प्यूटरले फेश सील्ड लगाउँदैमा कोरोना बाट नबचिने बताएको हो । किनभने यसले हावामा उडिरहेको सानो छिटाहरु रोक्न नसक्ने बताइएको छ । जापानको सुपर कम्प्यूटर फुगाकूको माध्यमबा...
बलिउड अभिनेता भूपेश पान्ड्याको निधन

बलिउड अभिनेता भूपेश पान्ड्याको निधन

अन्तराष्ट्रिय
असोज ८ काठमाडौं। बलिउड अभिनेता भूपेश पान्ड्याको निधन भएको छ ।आयुष्मन खुरानाको पहिलो फिलम ‘विक्की डोनर’ मा मूख्य भूमिका निभाएका उनको फोक्सोको क्यान्सरको कारण निधन भएको छ । उनी राष्ट्रिय नाट्य विद्यालयका पूर्व छात्र थिए । उनले फिल्मसँगै वेब सिरिजमा पनि काम गरेका छन् ।
आज पनि घट्यो सुनचाँदीको मूल्य

आज पनि घट्यो सुनचाँदीको मूल्य

आर्थिक
असोज ८ काठमाडौं। आज पनि छापावाल सुन प्रति ताेलामा १२०० रुपैयाँ घटेको छ ।हिंजाे ९४ हजार ३ सय रुपैयाँ रहेकाे छापावाला सुनको भाउ आज  प्रतिताेला तोलामा १२ सय रुपैयाँले घटेर ९३ हजार १ सय रुपैयाँ पुगेको छ । तेजावी सुन पनि घटेर आज प्रति तोला ९२ हजार ६०० रुपैयाँमा काराेबार भइरहेकाे  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ पनि आज ७० रुपैयाँले घटेर तोलामा ११ सय २० रुपैयाँ कारोबार भैरहेको छ । हिंजाे चाँदी तोलाकाे ११ सय ९० रुपैयाँ कारोबार भएको थियो । ...
साफ च्याम्पियनसिपका सबै उमेर समूहका प्रतियोगिता स्थगन

साफ च्याम्पियनसिपका सबै उमेर समूहका प्रतियोगिता स्थगन

खेलकुद
असोज ८ काठमाडौं। दक्षिण एसियाली फुटबल महासंघले सबै उमेर समूहको साफ च्याम्पियनसिप स्थगन गर्ने निर्णय गरेको छ । महासंघले बुधबार सूचना प्रकाशित गर्दै आफ्नो मातहतका सबै सदस्य राष्ट्रहरूसित छलफल गरेपछि साफ च्याम्पियनसिपअन्तर्गतका सबै उमेर समूहका प्रतियोगिता स्थगन गर्ने निर्णय गरिएको जनाएको छ । अब सन् २०२० मा तय भएका कनै पनि उमेर समूहका प्रतियोगिता सञ्चालन हुने छैनन् । महासंघले सन् २०२० मा पुरुष यू–१८ र यू–१६ तथा महिलाको यू–१५ प्रतियोगिता आयोजना गर्ने यसअघि तालिका सार्वजनिक गरेको थियो । कोरोना भाइरसको महामारीका कारण ती सबै प्रतियोगिता सञ्चालन गर्न नसकिने महासंघले जनाएको छ । महासंघले गत जुन महिनामा सेप्टेम्बरसम्मको अवस्था हेर्ने र त्यसपछि प्रतियोगिताबारे निर्णय गर्ने जनाएको थियो । कोरोना महामारीको अवस्थामा खासै केही परिवर्तन नभएको भन्दै महासंघ यस वर्ष तय गरिएका तीनवटै प्रतियोगिता स्थगन गर्...
‘दुई वर्षभित्र बृद्धभत्ता पाँच हजार’

‘दुई वर्षभित्र बृद्धभत्ता पाँच हजार’

आर्थिक
असोज ८ गण्डकी । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले दुई वर्षभित्र बृद्धभत्ता रु पाँच हजार पुग्ने बताउनुभएको छ । पोखरा महानगरपालिका वडा नं १७ सितापाईलास्थित पोखरा बृद्धाश्रमको २४ औं वार्षिक साधारणसभा तथा विशेष अधिवेशनको बुधबार यहाँ उद्घाटन गर्दै उनले सरकारले जेष्ठ नागरिकलाई सार्वजनिक यातायात सुविधासहित निःशुल्क स्वास्थ्य उपचारको नीति लिएको बताए । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण मुलुकमा परेको अप्ठेरो परिस्थितीका कारण यस वर्षमा बृद्धभत्तामा केही बृद्धि गरे पनि लक्ष्यमा पुग्न नसकेको उनको भनाइ छ । जेष्ठ नागरिकले प्राप्त गर्ने सेवा सुविधामा वर्तमान सरकारले कुनै किसिमको कन्जुस्याई नगर्नेमा बताउँदै थापाले सामाजिक सुरक्षाका हरेक विषयलाई उच्च प्राथमिकताका साथ अघि बढाएको धारणा राखे । तीनै तहका सरकारले सामाजिक न्यायसहित वि...
हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ भेटियो

हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ भेटियो

समाचार
असोज ८ काठमाडौं। लामो समयदेखि हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ भेटिएको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा गएको टोलीले बुधबार स्तम्भ भेट्टाएको जानकारी नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले दिए । उनका अनुसार सीमास्तम्भ नाम्खा गाउँपालिका–६ को टाकुलेमा भेटिएको हो । हिउँ र माटोले पुरिएको अवस्थामा स्तम्भ भेटिएको उनले बताए । ‘यो स्तम्भ भेटिएपछि अब रेखांकन गर्न सहज हुने भएको छ,’ उनले भने, ‘यसले अहिले चीनले संरचना बनाएको लोलुङजोङ क्षेत्र कतातिर पर्छ भन्ने पनि स्पष्ट पार्नेछ ।’ स्तम्भमा नेपालपट्टि २०१९ साल र चीनपट्टि १९६२ लेखिएको छ । यसअघि नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ खोज्न गएको नेपाली टोली लाप्चाबाटै फर्किएको थियो । ...
सामुदायिक विद्यालयका शिक्षक घर दैलोमा पठाइँदै

सामुदायिक विद्यालयका शिक्षक घर दैलोमा पठाइँदै

शिक्षा, समाचार
असोज ८ काठमाडौं। सरकारले वैकल्पिक विधिको पठनपाठन प्रक्रियामा आबद्ध हुन नसकेका विद्यार्थीको सिकाइ सुनिश्चित गर्न सामुदायिक विद्यालयका शिक्षकलाई विद्यार्थीकै घरदैलोमा पठाउने कार्ययोजना कार्यान्वयनमा ल्याउने भएको छ । खासगरी अपाङ्गता भएका विद्यार्थीलाई तिनको घरदैलोमा पुगेर सिकाइ सुनिश्चित गर्न सहज होस् भनेर यसै साताबाट शिक्षकलाई घरदैलोमा खटाउने भएको हो । विद्यार्थीको न्यूनतम सिकाइ सुनिश्चित गर्न यस खालको कार्ययोजना अघि सारिएको घोषणा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले गरिसकेका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले विशेष अवस्थाका बालबालिकाको सिकाइ सुनिश्चित गर्ने दायित्व राज्यको भएको चर्चा गर्दै त्यसैका लागि शिक्षक परिचालन गर्ने योजना अघि सारिएको जानकारी दिए । सरकारले यसअघि विशेष अवस्थाका बालबालिकाका लागि आवासीय विद्यालयसहितको स्रोत कक्...
नेरदल्याण्डसको नयाँ प्रशिक्षकमा अजाक्सका पूर्व प्रशिक्षक फ्र्यांक डी बोएर नियुक्त

नेरदल्याण्डसको नयाँ प्रशिक्षकमा अजाक्सका पूर्व प्रशिक्षक फ्र्यांक डी बोएर नियुक्त

अन्तराष्ट्रिय, खेलकुद
असोज ८ काठमाडौं। अजाक्सका पूर्व प्रशिक्षक फ्र्यांक डी बोएर नेरदल्याण्डसको राष्ट्रिय टिमको नयाँ प्रशिक्षकमा नियुक्त भएका छन् ।५० वर्षका फ्र्यांकले राष्ट्रिय टिमसँग दुई वर्षको सम्झौता गरेका छन् । नेदरल्याण्डस अब उनकै प्रशिक्षणमा सन् २०२२ को कतार विश्वकपमा सहभागी हुनेछ । अजाक्स तथा बार्सिलोनाका पूर्व डिफेन्टर फ्र्यांकले राष्ट्रिय टिमबाट ११२ खेलमा सहभागिता समेत जनाएका छन्।उनले बार्सिलोनाका प्रशिक्षक बनेका रोनाल्ड कोएम्यानको स्थान लिने छन् । कोएम्यानले छोडेपछि नेदरल्याण्डसले उनलाई प्रशिक्षक बनाएको हो । उनी सन् २०१० देखि २०१६ सम्म अजाक्सको प्रशिक्षक रहँदा चारपटक टिमलाई डच लिगको उपाधि दिलाएका थिए। उनले इन्टर मिलान र क्रिष्टल प्यालेसमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरेका छन्। त्यसपछि उनले सन् २०१८ देखि गएको जुलाईसम्म एमएलएस क्लब एट्लान्टा युनाइटेडको नेतृत्व गरेका थिए । ...
एउटै खेलमा आधा दर्जन गोल गर्‍यो चेल्सीले

एउटै खेलमा आधा दर्जन गोल गर्‍यो चेल्सीले

अन्तराष्ट्रिय, खेलकुद
असोज ८ काठमाडौं। शानदार जितसहित चेल्सी लिग कप फुटबल (इएफएल कप) अर्थात काराबाओ कपको चौथो चरणमा प्रवेश गरेको छ। तेस्रो चरण अन्तर्गत बुधबार राति घरेलु मैदानमा भएको खेलमा चेल्सीले बार्नस्लीलाई ६–० ले पराजित गरेको हो। चेल्सीको जितमा काई हार्भट्जले ह्याट्रिक गरे भने ट्यामी अब्राहम, रस बार्क्ली र ओलिभर जिरउडले एक–एक गोल गरे । पहिलो हाफमा दुई गोल गरेको फ्र्यांक लाम्पार्डको चेल्सीले दोस्रो हाफमा थप चार गोल गरेको हो। उसका लागि १९ औँ मिनेटमा अब्राहम र २८ औँ मिनेटमा हाभर्ट्जले गोल गरी पहिलो हाफमा २–० को अग्रता दलिाए । ४९ औँ मिनेटमा बार्क्लीले गोल गरे । ५५ र ६५ औँ मिनेटमा गोल गरी हाभर्ट्जले ह्याट्रिक पूरा गरे । ८३ औँ मिनेटमा जिरउडले गोल गरेपछि चेल्सी ६–० ले विजयी भयो । बुधबार राति नै भएको खेलमा आर्सनलसँग २–० ले पराजित भएको लेस्टर सिटी लिगकपको तेस्रो चरणबाटै बाहिरियो । अरु खेलमा न्यूक्या...