आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

ललितपुरको भट्टेडाँडामा पहिरो, ५ जना घाइते

ललितपुरको भट्टेडाँडामा पहिरो, ५ जना घाइते

समाचार
असोज ८ काठमाडौं। ललितपुरको भट्टेडाँडामा पहिरो गएको छ । अविरल वर्षापछि गएको पहिरोमा २ वटा टिप्पर र एउटा मोटरसाइकल पुरिँदा ५ जना घाइते भएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार ललितपुरको बाग्मती गाउँपालिका- ३ भट्टेडाँडामा गएको पहिरोले २ वटा टिप्पर र एउटा मोटरसाइकल पुर्दा ५ जना घाइते बनेका हुन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । एसएसपी राईका अनुसार घाइतेहरुको उपचारका लागि काठमाडौं ल्याइएको छ । ...
भूकम्पपीडितबाट घुस लिने प्राविधिक जागिरबाट निकालिए

भूकम्पपीडितबाट घुस लिने प्राविधिक जागिरबाट निकालिए

आर्थिक
असोज ८ ओखलढुंगा । भूकम्प पीडितबाट घुस लिएको आरोप लागेका पुनःनिर्माणका प्राविधिकलाई जागीरबाट बर्खास्त गरिएको छ। मोलुङ गाउँपालिका–६ श्रीचौरका लाभग्राहीबाट गैरकानूनी हिसाबले रकम लिएका पुनःनिर्माणका प्राविधिक मनोज खतिवडालाई जागिरबाट निकालिएको हो। मापदण्ड विपरीत बनेका घर पास गर्नका लागि प्राविधिक खतिवडाले लाभग्राहीबाट रकम लिएका थिए। पहिलो र दोस्रो किस्ता लिइसकेका तर अन्तिम किस्ता लिन बाँकी लाभग्राहीबाट खतिवडाले रु १० देखि १५ हजारका दरले गैरकानूनी ढंगले रकम असुलेको पाइएको समाचार आइरहेको थियो । स्थानीयवासीको गुनासोसहितका समाचार सार्वजानिक भएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले छानबिन थालेका थिए। छानबिनका क्रममा लाभग्राहीबाट लाखौंँ रकम उठाएको प्रमाण फेला परेपछि प्राविधिक खतिवडालाई जागीरबाट बर्खास्त गरिएको जिल्ल...
शेयर कारोबार नेप्से झिनो अङ्कले उकालो लाग्यो

शेयर कारोबार नेप्से झिनो अङ्कले उकालो लाग्यो

आर्थिक
असोज ८ काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५.७४ बिन्दुले उकालो लागेर एक हजार ५६१.२६ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.२३ ले वृद्धि भई ३०९.५७ मा पुगेको छ । कूल १९३ कम्पनीको ८९ लाख ७१ हजार ३०३ कित्ता शेयर रु दुई अर्ब २३ करोड ३४ लाख ८९ हजार २४ मूल्यमा खरिद बिक्री भए । नेप्सेको सुधारसँगै बजार पूँजीकरण समेत वृद्धि भई झण्डै रु २१ खर्ब बराबरको भएको छ । स्टकका अनुसार आजको बजार पूँजीकरण रु २० खर्ब ८० अर्ब बराबरको भएको छ । कारोबार भएका कूल १२ उपसमूह मध्ये आज छ उपसमूहको शेयर उकालो लाग्दा ५ उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ०.९३, व्यापार ७०.८५, होटल १७.२७, जलविद्युत् ५५.७१, वित्त ९.६२ र अन्य उपसमूह ८.९४ ले वृद्धि भएको छ । यस्तै, विकास बैंक १.६७, निर्जीवन बीमा ५३.९७, उत्पादन ९.३, लघुवित्...
आज बैङ्लोर र पञ्जाव भिड्दै;आईपीएल

आज बैङ्लोर र पञ्जाव भिड्दै;आईपीएल

अन्तराष्ट्रिय, खेलकुद
असोज ८ काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) मा बिहीबार रोयल च्यालेन्जर्स बैङ्लोर र किङ्स ११ पञ्जावबीचको खेल हुँदैछ ।नेपाली समयअनुसार बेलुका पौने आठ बजे दुवई इन्टरनेसनल क्रिकेट मैदानमा प्रतिस्पर्धा हुनेछ । यसअघि समान पहिलो खेलमा जित हात पारेको बैङ्लेर आफ्नो विजयी यात्रा कायम राख्ने योजनमा छ । यस्तै, पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग पराजित भएको पञ्जााव बैङ्लोरविरुद्ध जितको हात पार्ने योजनामा छ । पञ्जावको कप्तानी केएल राहुलले गरिरहेका छन् भने बैङ्लोरको कप्तानी भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले गरिरहेका छन् । यी दुई टीमबीच खेलको नतिजा हेर्दा बैंगलोर बलियो देखिएको छ । गत सिजनको दुई भेटमा समेत बैंगलोरले बाजी मारेको थियो । गत संस्करणमा भएको पहिलो भेटमा बैंगलोरले ८ विकेटको जित निकालेको थियो । दोस्रो भेटमा बैंगलोरले १७ रनको जित निकालेको थियो । ...
पूर्व अस्ट्रेलियाली क्रिकेटर डीन जोन्सको निधन

पूर्व अस्ट्रेलियाली क्रिकेटर डीन जोन्सको निधन

अन्तराष्ट्रिय
असोज ८ काठमाडौं। पूर्व अस्ट्रेलियाली क्रिकेट खेलाडी डीन जोन्सको निधन भएको छ । आईपीएलको लागि स्टार स्पोर्ट्सको कमेन्ट्री टीममा भाग लिएका उनको बिहीवार हृदयघातका कारण निधन भएको हो। ५९ वर्षीय जोन्स अहिले युएईमा जारी रहेको आइपिएलको उनी मुम्बईमा बसेर कमेन्ट्री गरिरहेका थिए।होटलको कोठामा हृदयघात भएको मिडिया रिपोर्टमा बताइएको छ। आइपिएलको प्रसारण संस्था स्टार इण्डियाले विज्ञप्ति जारी गर्दै जोन्सको हृदयघातबाट निधन भएको जानकारी दिएको छ । डीन जोन्स अष्ट्रेलियाका सर्वश्रेष्ठ ब्याट्सम्यान हुन्। उनले आफ्नो उत्कृष्ट करिअरमा ५२ टेस्ट र १६४ एकदिवसीय म्याच खेलेका छन्। ...
चितवन जलमग्न, भरतपुर अस्पतालको बिरामी कक्ष समेत डुबानमा

चितवन जलमग्न, भरतपुर अस्पतालको बिरामी कक्ष समेत डुबानमा

समाचार
असोज ८ चितवन । चितवनको भरतपुर अस्पताल डुवानमा परेको छ । लगातार तेस्रो दिन पानी परिरहेकाले अस्पतालको पुरानो भवनका विभिन्न कक्ष र अस्पताल वरपरको भाग डुवानमा परेको हो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार अस्पतालको आकस्मिक, अब्जरबेसन, स्टोर, स्पाईनर ईन्जुरीलगायतका कक्षमा पानी पसेको छ । ती कक्षका बेडहरुमा बिरामी भए पनि कोठामा पानी भरिएको छ । पानीले के कति क्षति पुर्‍यायो भन्ने एकिन हुन नसकेको उनले बताए । अस्पताल वरिपरि पानीको तलाउ बनेपछि आवतजावतमा कठिनाई भएको छ । पानीको उचित निकास नहुँदा अस्पताल वरपर वर्षेनी डुवानको समस्या हुने भएपनि अस्पताल भित्रै पस्ने समस्या भने कम थियो । चार वर्ष अघि स्टोर कक्षमा पानी पसेको भएपनि बिरामी राखिएकै ठाउँमा पानी पसेको थिएन । अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले सबैतिर पानी भएकाले कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भईरहेको...
सडकबाट तल खस्यो माइक्रो, १७ जना घाइते

सडकबाट तल खस्यो माइक्रो, १७ जना घाइते

समाचार
असोज ८ काभ्रे - धुलिखेल नगरपालिका(९ विपी राजमार्गस्थित पानी ट्याङ्कीमा बा।४ ख ५८७० नम्बरको हायस गाडी बिहीबार बिहान सडकबाट करिब ८० फिट तल खसेर दुर्घटना हुँदा चालक सहित १७ जना घाइते भएका छन् । दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट काभ्रेभञ्याङबाट खटिएको प्रहरीले घाइतेहरुलाई धुलिखेल अस्पताल पठाएको छ । घाइतेमध्ये १ जना गम्भीर, ८ जना मध्यम र ८ जनाको अवस्था सामान्य रहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ...
हप्तामा दुई दिन बिदा दिने प्रस्ताव

हप्तामा दुई दिन बिदा दिने प्रस्ताव

समाचार
असोज ८ काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषद्मा पेश गर्ने भएको छ। पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा आज बसेको उच्चस्तरीय समूहको बैठकले हप्तामा दुई दिन बिदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गरेको हो। पर्यटन मन्त्रालयका सहसचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदीपकुमार कोइरालाको संयोजकत्वमा पर्यटन विभागका प्रमुख रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनञ्जय रेग्मी सदस्य रहेको एक समिति निर्माण गरिएको छ। समितिमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिलाई समेत सामेल गरेर अध्ययन प्रस्ताव तयार गर्न लागिएको हो। त्यस्तै बैठकले पशुपति...
कोरोनाबाट आज एकै दिन १७ जनाको मृत्यु, नेपालमा मृत्तक संख्या ४५३ पुग्यो

कोरोनाबाट आज एकै दिन १७ जनाको मृत्यु, नेपालमा मृत्तक संख्या ४५३ पुग्यो

समाचार
असोज ८ काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४५३ पुगेको छ ।१२ वटा जिल्लाका ५ महिला र १२ पुरुष गरी १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । गत २४ घण्टामा मात्र चार जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा ८२ वर्षीया महिला, ७५, ७९ र ८० जना वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मोरङमा ५५ वर्षीया महिला, झापामा ७८ वर्षीय पुरुष, सुनसरीमा ८१ वर्षीया महिला, धनुषामा ६८ र ७० वर्षीय पुरुष, रौतहटमा ६५ वर्षीय पुरुष, भक्तपुरमा ७३ वर्षीया महिला र ८४ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै, धादिङमा ३२ वर्षीया महिला, तनहुँमा ३९, दाङमा ३९, कपिलवस्तुमा ५० र नवलपरासीमा ५५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसअघि बुधबार नेपालमा ७ जना कोरोना संक्रमितको मृत्यु भए...
उपत्यकामा ७५५ संक्रमित थपिए

उपत्यकामा ७५५ संक्रमित थपिए

समाचार
असोज ८ काठमाडौं। काठमाडौँ उपत्यकामा ७५५ संक्रमित थपिएका छन् । विगत २४ घण्टाको अविधमा गरिएको पीसीआर परीक्षणमा काठमाडौँमा ६०९ सहित ७५५ संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २२९ महिला र ३८० पुरुषमा कोरोना देखिएको छ । भक्तपुरमा १२ महिला र ३९ पुरुषसहित ५१ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । त्यस्तै ललितपुरमा ३८ महिला र ५७ पुरुषसहित ९५ संक्रमित थपिएका छन् । ...