असोज ८ पाल्पा-पाल्पामा पहिरोले घर पुरिँदा पाँचजना बेपत्ता भएका छन् । पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर २ का स्थानीय होमबहादुर गाहाको घर गएराति पहिरोले पुरिए पछि पाँच जना बेपत्ता भएका छन् ।
प्रहरीका अनुसार गाहाको घरमा पाँच जना पुरिएको र टोली घटनास्थल पुगिसकेको छ । घटनाको विस्तृत विवरण आँउन बाँकी रहेको छ ।
