आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

एनआरएन लघुवित्तको बुकक्लोज

असोज ७ काठमाडौं । एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेड (NLBSL) ले असोज ११ गते शेयर दर्ता किताब बन्द गर्ने भएको छ। लघुवित्तले विशेष साधारण सभा प्रयोजनार्थ सो दिन बुकक्लोज गर्न लागेको हो।

लघुवित्तले असोज १८ गते, आइतबार धनगढी, कैलाली (होटल दिनेश) मा विशेष साधारण सभा डाकेको छ।सभामा पुनः सर्वसाधारण शेयर अर्थात एफपीओ जारी गर्ने सम्बन्धमा छलफल गर्ने विशेष प्रस्ताव रहेको छ।

यसका साथै सभामा लघुवित्तको नाम परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कर्पोरेट कार्यालय बुढानिलकण्ठ नगरपालिका ९, काठमाडौँमा स्थापना गर्ने, सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने र साविकका किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्तसँगको मर्ज अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *