आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

ओखलढुंगामा करेन्ट लागेर मोलुङ हाइड्रोका एक कर्मचारीकाे ज्यान गयो

ओखलढुंगामा करेन्ट लागेर मोलुङ हाइड्रोका एक कर्मचारीकाे ज्यान गयो

समाचार
असोज ७ काठमाडौं । ओखलढुंगामा करेन्ट लागेर हाइड्रोका एक कर्मचारीकाे ज्यान गएको छ । मोलुङ हाइड्रोमा कार्यरत सुपरभाइजर मोलुङ–१ कुन्तादेवीका २८ वर्षीय प्रमेश पौडेल खत्रीको करेन्ट लागेर ज्यान गएको हो । मोलुङ हाइड्रोको हाइटेन्सन लाइनको जम्पर हटाउन सिद्धिचरण नगरपालिका– १२ को भँडारेमा पोलमा चड्दा विद्युत् सर्ट हुँदा करेन्ट लागेर खत्रीको ज्यान गएको जिल्ला प्रहरी प्रमुख रूपेश खड्काले जानकारी दिएका छन  । मृत अवस्थामा विद्युतको पोलमा झुन्डिएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खत्रीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटारमा पठाइएको छ । ...
नेपाल एयरलाइन्सले थाल्याे नौ गन्तव्यमा आन्तरिक उडान

नेपाल एयरलाइन्सले थाल्याे नौ गन्तव्यमा आन्तरिक उडान

समाचार
असोज ७ काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानमा नौ गन्तव्यमा आफ्नो नियमित सेवा प्रारम्भ गरेको जनाएको छ ।उडानका लागि सरकारले निर्धारण गरेको स्वास्थ्यसम्बन्धी मापदण्डलाई आधार मानेर आन्तरिक उडान प्रारम्भ गरिएको कम्पनीले जनाएको छ । निगमले नियमित उडानसेवा थालेका गन्तव्यमा भोजपुर, दाङ, ताप्लेजुङ, खानीडाँडा, रुकुम, नेपालगञ्ज, बाजुरा, थामखर्क र फाप्लु रहेका छन् । त्यसमध्ये काठमाडौँबाट सोझै उडानका साथै रुकुम–नेपालगञ्ज, नेपालगञ्ज– जुम्ला, जुम्ला–नेपालगञ्ज, नेपालगञ्ज–रुकुम, नेपालगञ्ज–बाजुरा र बाजुरा–नेपालगञ्जका लागि पनि उडान निर्धारण गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ । निगमले यात्रुको चाप र मागलाई ध्यानमा राख्दै कुनै गन्तव्यमा हप्ताको तीन दिन, कतिपय गन्तव्यमा हप्ताको दुई दिन र केही स्थानमा दुई दिन उडान तालिका निर्धारण गरिएको उल्लेख गरेको छ । (रासस) ...
५४ वर्ष पुरानो काठको दुनोमा तेल पेल्दै

५४ वर्ष पुरानो काठको दुनोमा तेल पेल्दै

समाचार
असोज ७ काठमाडौं । तिला गाउँपालिका– ४ जुम्लाका ७६ वर्षीय स्थानीय महिला बिजुली सिंह स्थानीय विधिबाट काठको दुनोमा आरुको मुजिला (बीज)को तेल पेल्दै । सल्लाको काठबाट बनेको दुनो निर्माण भएको पनि ५४ वर्ष भएको जनाइएको छ ।रासस
भारी वर्षाका कारण मुम्बईका कैयौँ ठाउँ जलमग्न

भारी वर्षाका कारण मुम्बईका कैयौँ ठाउँ जलमग्न

अन्तराष्ट्रिय
असोज ७ काठमाडौं । भारतको मुम्बईमा मंगलबार रातिदेखि भएको लगातारको भारी वर्षाका कारण मुम्बईका कैयौँ ठाउँ जलमग्न भएका छन्। सडकहरुमा पानी भरिएपछि यातायात सेवा पूर्ण रुपमा अवरुद्ध भएको छ। वर्षाका कारण केही स्थानमा रेल सेवा पनि प्रभावित भएको छ। बृहन्मुम्बई महानगरपालिका (बीएमसी) ले शहरका कैयौँ स्थानमा पानी जमेपछि आपतकालिन सेवा बाहेक सबै निजी तथा सरकारी कार्यालय बन्द गर्न निर्देशन दिएको छ। साथै अत्यावश्यक काम विना घर बाहिर ननिस्कन पनि सर्वसाधारणलाई अपिल गरिएको छ। यस्तै मुम्बईको नायर अस्पताल भारी वर्षाका कारण डुबानमा परेको छ। यो अस्पताल मुम्बईको एक कोभिड–१९ अस्पताल हो। महाराष्ट्रमा मुम्बईको गोरेगाँव क्षेत्रमा लगातार भारी वर्षा भएको थियो। जसका कारण रेलका पटरीमा पानी भरिएको छ। जसका कारण रेल सेवा प्रभावित भएको छ। कैयौ स्थानमा सवारीसाधन बीच बाटोमै फसेका छन्। गोरेगाँव, सायन, चेम्बुर कुर्ला,...
टिकटक र फेसबुकका थप आकर्षक ‘नन्स्टप प्याक’ ल्यायो एनसेलले

टिकटक र फेसबुकका थप आकर्षक ‘नन्स्टप प्याक’ ल्यायो एनसेलले

आर्थिक
असोज ७ काठमाडौं । एनसेलले नन्स्टप अफरहरु अन्तर्गत थप विकल्प प्रदान गर्दै टिकटक र फेसबुक प्याकमा एक दिन र ३० दिनको आकर्षक योजना ल्याएको छ । ‘प्लस’ थिम अन्तर्गत फोरजी ग्राहकलाई ध्यानमा राखी ल्याइएका यी नयाँ प्याकहरु बुधबार (असोज ७) देखि सञ्चालनमा आएका छन् । ‘प्लस’ थिमले नयाँ र विशेष सेवाहरुको साथ ग्राहकलाई जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उद्देश्य लिएको छ । ग्राहकले आफ्नो आवश्यकताअनुसार एक दिन वा ३० दिनको समयसीमा रहेका यी प्याकहरु सजिलै सुरु गरी सुलभ दरमा यी सेवा लिन सक्छन् । ग्राहकले मात्र रु २५ (कर सहित रु ३१.९२) मा एक दिनको टिकटक वा फेसबुक प्याक सुरु गर्न सक्छन् । त्यस्तै ग्राहकले मात्र रु ३६० (कर सहित ४५९.६८) मा ३० दिनको समयावधि रहेको टिकटक वा फेसबुक प्याक लिइ आफूले लिएको प्याकको समयसीमा बाँकी रहेसम्म नन्स्टप रुपमा यसको फाइदा लिन सक्छन् । यतिमात्र नभइ यो ३० दिनको प्याक...
वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखालमा ६२ सैनिक कर्मचारीलाई कोरोना संक्रमण

वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखालमा ६२ सैनिक कर्मचारीलाई कोरोना संक्रमण

समाचार
असोज ७ काठमाडौं । काभ्रेको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा रहेका ६२ जना सैनिक कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।सैनिक स्रोतका अनुसार थप ६२ संक्रमितमध्ये अधिकांश संयुक्त राष्ट्र संघको शान्ति मिसनमा जाने तयारीमा थिए । गत भदौ २९ गते लिबिया जान लागेका ३७ जना सैनिकलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो ।कोरोनाको संक्रमण देखिएपछि नेपाली सेनाले अन्तिम समयमा आएर उडान समेत स्थगित गरेको थियो । भदौ २९ गते कोरोना पुष्टि भएका ३७ जनाको कन्ट्याक्ट ट्रेसिङ गरी परीक्षण गर्ने क्रममा थप ६२ जनामा संक्रमण पुष्टि भएको सैनिक स्रोतले जानकारी दिएको छ । पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रमा हाल करिब २ हजार सैनिक रहेका जनाइएको छ । जसमध्ये शान्ति मिसनका लागि सञ्चालन गरिने तालिममा सहभागी सैनिकलाई कोरोना देखिएको हो । नेपाली सेनामा मात्रै हालसम्म २ हजार ...
बुहारीलाई पटक–पटक बलात्कार गर्ने ससुरा पक्राउ

बुहारीलाई पटक–पटक बलात्कार गर्ने ससुरा पक्राउ

अपराध
असोज ७ भोजपुर । आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले टेम्केमैयुङ गाउँपालिका–९ बस्ने ४५ वर्षीय जयबहादुर राईलाई पक्राउ गरेको हो । राईले २० वर्षीया बुहारीलाई पटक–पटक जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका राईले गत साउन १६ गते र भदौ ३१ गते जबर्जस्ती करणी गरेको पीडित महिलाको उजूरीमा उल्लेख छ । प्रहरीले म्याद थप गरी अनुसन्धान थालेको जनाएको छ । (रासस) ...
के नेपालमा फेरि लकडाउन हुँदैछ ?

के नेपालमा फेरि लकडाउन हुँदैछ ?

समाचार
असोज ७ काठमाडौं । देशमा सक्रिय संक्रमित को संख्या २५ हजार पुगे फेरि लकडाउन बन्दाबन्दी हुने भएको छ ।स्वास्थ्य मन्त्रालयका सचिव संयोजक रहेको इन्सिडेन्ट कमान्ड सिस्टम आईसीएस को आज बुधबार बसेको बैठकले २५ हजार सक्रिय संक्रमित पुगे लकडाउन (बन्दाबन्दी) गर्न सिफारिस गर्ने निर्णय भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको छ । यस्तो छ, पछिल्लो २४ घण्टाको अपडेट :  बितेको २४ घण्टामा नेपालमा थप १ हजार १७२ जनामा कोरोना भाइरस ‘कोभिड- १९’ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ९ हजार ४४९ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ४९२, ललितपु...
राष्ट्रसंघको महासभा यस पटक बन्यो अपूर्व महासभा

राष्ट्रसंघको महासभा यस पटक बन्यो अपूर्व महासभा

अन्तराष्ट्रिय
असोज ७ संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघको यस बर्षको महासभा अपूर्व महासभा बनेको छ । कोरोनाभाइरसको महामारीका कारण राष्ट्रसंघको इतिहासमै अहिलेसम्म नभएको अनौठो महासभा अहिले भएको हो । महासभामा सहभागीहरु नआउने र उनीहरुले भिडियो मार्फत् सम्वोधन गर्ने व्यवस्था गरिएकाले अहिले महासभास्थल सुनसान रहेको छ । तर महासभा भने विद्युतीय माध्यम मार्फत् सञ्चालन भइरहेको छ । महासभामा विश्वभरका नेताहरुले सम्वोधन गर्ने, एक अर्कालाई भेट्ने, छलफलहरु गर्ने, सम्बन्ध बलियो बनाउने तथा सुधार्ने प्रयास गर्ने हुँदै थियो । तर अहिले भने भौतिक उपस्थिति जनाउन नसकेपछि औपचारिकताका लागि भिडियो सम्बोधन मात्रै भएको छ । महासभा चलिरहेका बेला राष्ट्रसंघको न्यूयोर्कस्थित मुख्यालय परिसरमा सुरक्षा व्यवस्था अत्यन्त चुस्तदुरुस्त राख्नका लागि ठूलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिने गरेको भएपनि अहिले भने निकै थोरै मात्...
बालबालिकाको सुन लुट्ने महिला पक्राउ

बालबालिकाको सुन लुट्ने महिला पक्राउ

अपराध
असोज ७ काठमाडौं । महानगरीय प्रहरी वृत बौद्धले बालबालिका लक्ष्य गरी गरगहना लुट्ने एक महिलालाई पक्राउ गरेको छ । उपत्यकाका विभिन्न स्थानमा गई बालबालिकाको नाक, कान, घाँटीलगायका ठाउँमा लगाएको सुन तथा बहुमुल्य धातुका सामान लुट्ने कार्यमा संलग्न ३२ वर्षीया सङ्गिता क्षेत्रीलाई प्रहरीले माकलबारीबाट पक्राउ गरेको हो । म्याग्दी स्थायी घर भई हाल काठमाडौँ बालाजु डेरा गरी बस्ने क्षेत्रीले एक्लै हिँडेका बालबालिकालाई आमाको साथी हुँ भन्दै चकलेट, आइसक्रिम किनेर प्रलोभनमा पार्दै सुन लगायतका धातुका गहना लुट्ने गरेकोे महानगरीय प्रहरी वृतका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार विगत लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेकी उक्त महिलाले सुन लुटेको भन्दै उपत्यकाका विभिन्न प्रहरी कार्यालयका गरी २२ पीडित बालबालिकका अभिभावकले उजूरी दिएका थिए । उपत्यकाका बौद्ध, माकलबारी, मनमैजु,...