आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

भक्तपुर यातायात व्यवस्था कार्यालयका कर्मचारीमा कोरोना, सम्पूर्ण सेवा बन्द

भक्तपुर यातायात व्यवस्था कार्यालयका कर्मचारीमा कोरोना, सम्पूर्ण सेवा बन्द

समाचार, समाज
 यातायात व्यवस्था कार्यालय भक्तपुरले सबै सेवा बन्द गरेको छ । असोज १८ गतेबाट लागू हुने गरी हालका लागि सम्पूर्ण सेवाहरु स्थगित गरेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार प्रत्यक्ष जनसम्पर्कमा रही सेवा प्रदान गर्दै आएका केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि भक्तपुरबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु स्थगित गरिएको हो । सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको कार्यालयले जनाएको छ ।  ...
काठमाडौँ उपत्यकामा सोमबार थप १ हजार ५ सय ३१ जनामा कोरोना पुष्टि

काठमाडौँ उपत्यकामा सोमबार थप १ हजार ५ सय ३१ जनामा कोरोना पुष्टि

समाचार, स्वास्थ्य
काठमाडौँ उपत्यकामा सोमबार थप १ हजार ५ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ११७८, ललितपुरका २५०, तथा भक्तपुरका १०३ जनामा संक्रमण पुष्टि भएको हो। नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८६ हजार ८ सय २३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १ हजार ३ सय २९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। ...
नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले ५ वटा शिशुलाई जन्म दिइन्

नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले ५ वटा शिशुलाई जन्म दिइन्

समाचार, समाज
राजधानीको थापाथलीस्थित परोपकार प्रसूति गृहमा एक महिलाले ५ शिशुलाई जन्म दिएकी छन्। सोमबार नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले ५ वटा शिशुलाई जन्म दिएकी हुन्। ५ मध्ये चार शिशु जीवितै रहेको र एक शिशुको जन्म हुनुअघि नै मृत्यु भइसकेको अस्पतालले जनाएको छ। मृत भएका छोरा हुन् भने बाँकी सबै छोरीहरु। अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीको नेतृत्वमा शल्यक्रियामार्फत सोमबार बिहान मृतसहित ५ शिशु जन्मिएका थिए। शल्यक्रियामा संलग्न चिकित्सक डा. सुवेदीका अनुसार शिशुको स्वास्थ्य सामान्य रहे पनि उनीहरुलाई एनआईसियूमा अब्जर्भेसनका लागि राखिएको छ। ४ शिशुमध्ये पहिलोको तौल १ किलो ९ सय ग्राम, दोस्रो १ किलो ८ सय ग्राम, तेस्रो १ किलो ६ सय ग्राम र चौथौको ८ सय ग्राम रहेको अस्पतालले जनाएको छ। शल्यक्रियामा डा. सुवेदीको नेतृत्वमा डा. दीप्ति श्रेष्ठ, डा. नमिता सिङदेन थिए भने एनेस्...
राजधानी दाङ गर्ने प्रस्तावमा मतदान गर्न सांसदहरुलाई नेकपाको ह्वीप जारी

राजधानी दाङ गर्ने प्रस्तावमा मतदान गर्न सांसदहरुलाई नेकपाको ह्वीप जारी

राजनीति, समाचार
सत्तारुढ नेकपाको प्रदेश ५ को संसदीय दलले प्रदेशको राजधानी दाङ गर्ने प्रस्तावमा मतदान गर्न सांसदहरुलाई ह्विप जारी गरेको छ। मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा केहिबेर अघि बसेको नेकपा संसदीय दलको बैठकले दाङ राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गर्दै नेकपा सांसदहरुलाई सो प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो । दाङको भालुवाङलाई प्रशासनिक राजधानी र बुटवललाई आर्थिक तथा पर्यटकीय राजधानी बनाउने गरी विकास गर्ने लक्ष्यका साथ यो प्रस्ताव आएको नेकपाको प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालले बैठकपछि बताए । बुटवलमा रहेको अस्थायी राजधानी सारेर दाङको भालुवाङ लग्ने निर्णय भएपछि अहिले नेपाली कांग्रेस, अन्य विपक्षी दल लगायतले बुटवलमा आन्दोलन गरिरहेका छन् । प्रदेशसभा वैठक सुरु भएको छ । ...
क्यानडा सरकार मृतक र घाइते नेपालीको परिवारलाई क्षतिपूर्ति दिन तयार

क्यानडा सरकार मृतक र घाइते नेपालीको परिवारलाई क्षतिपूर्ति दिन तयार

अन्तराष्ट्रिय, समाचार
अफगानिस्तानको राजधानी काबुलमा चार वर्षअघि भएको आक्रमणमा परी ज्यान गुमाएका तथा घाइते भएका नेपालीहरुको परिवार र क्यानडा सरकारबीच मिलापत्र भएको छ । २० जुन २०१६ मा क्यानडाको राजदूतावासअघि भएको आत्मघाती आक्रमणमा परी १५ नेपाली र केही भारतीय सुरक्षागार्डको मृत्यु भएको थियो । विहानको समयमा नेपाली सुरक्षागार्डहरु बस्ने घरबाट उनीहरुलाई क्यानडेली दुतावास तर्फ आउँदै गर्दा आत्मघाती आक्रमण भएको थियो ।  तालिवानले जिम्मा लिएको त्यो आक्रमणमा परी झण्डै एक दर्जन नेपाली सुरक्षागार्ड घाइते भएका थिए । उनीहरुलाई नेपाल सरकारको पहलमा भारतको एपोलो अस्पतालमा ल्याएर उपचार गरिएको थियो । विष्फोटको ठूलो आवाजका कारण घाइते भएका धेरै कान्न नसुन्ने समस्या भोगिरहेका छन् । घटनामा ज्यान गुमाएकाहरुको परिवार र घाइतेले दुई करोड डलर क्षतिपूर्ति माग गर्दै पछि क्यानडा सरकारविरुद्ध दुई वर्षअघि अदालतमा मुद्दा दायर गर...
७८ नेपाली शान्तिसेना कोरोना महामारीबीच सुडान प्रस्थान

७८ नेपाली शान्तिसेना कोरोना महामारीबीच सुडान प्रस्थान

समाचार, समाज
कोरोना महामारीबीच ७८ जना नेपाली शान्ति सैनिक दक्षिण सुडानमा शान्ति स्थापनार्थ आइतबार राति त्यसतर्फ प्रस्थान गरेका छन्। दक्षिण सुडानमा तैनाथ संयुक्त राष्ट्र संघको मिसनअन्तर्गत हाई रेडिनेस कम्पनी (एचआरसी) काे नियमित अदलबदलीका क्रममा नेपाली शान्ति सैनिककाे पहिलो डफ्फा काठमाडौंबाट जहाजमार्फत त्यसतर्फ गएको नेपाली सेनाले जनाएको छ। सेनाले जारी गरेको विज्ञप्तिअनुसार दक्षिण सुडानबाट फर्किने सेना भने  असाेज २० गते आइपुग्नेछन्।  ...
आज आसोज १९ गते साेमवार,राशिफल

आज आसोज १९ गते साेमवार,राशिफल

राशिफल
मेष – ग्रहगोचर शुभ र सफलताप्रदायक रहनेछ । आरोग्यता बढ्ला । साहसिक कार्य बन्ला । उन्नति पदोन्नति हुनेछ । मिठो भोजन खान पाउनुहुनेछ । भएको दायित्वलाई पूरा गर्नुको साथै नयाँ दायित्व पनि पाउनु हुनेछ । बौद्धिक र रचनात्मक क्षेत्रसित सम्बन्धित कार्यमा पनि सफलता प्राप्त गर्नु हुनेछ । आयमूलक काममा सफलता मिल्नेछ । सुख समृद्धि बढ्नेछ । इष्टमित्रको साथ मिल्नेछ । सुविधा बढ्ला । हरेक प्रकारले पराक्रम बढ्नेछ । विकासको नयाँ–नयाँ संकेत देखापर्ला । बृष – शुभ र बौद्धिक काममा सफलता मिल्नेछ । धन सम्पत्ति मान महत्व बढ्ला । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । यात्रा होला । यश वर्चश्व वृद्धि होला । शुभकाममा प्रवृत्ति बढ्ला । योजना र बजेट बनाई काम गर्नु उचित होला । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन तथापि आफन्तको सहयोग मिल्नेछ । मिथुन – समय शुभ फलदायक छ । मिठो भोजन खान पाउनुहुनेछ । आरोग्यताम...
म्यानचेस्टर युनाइटेडमाथि टोटनह्यामको शानदार जित: इंग्लिस प्रिमियर लिग फुटबल

म्यानचेस्टर युनाइटेडमाथि टोटनह्यामको शानदार जित: इंग्लिस प्रिमियर लिग फुटबल

अन्तराष्ट्रिय, खेलकुद
 इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्यामले म्यानचेस्टर युनाइटेडलाई ६–१ ले पराजित गरेको छ । टाेटनह्यामका लागि ह्यारी केन र सन हेङ्ग–मिनले दुई–दुई गोल गरे । यस्तै एनडोम्बेले र औरिएरले एक–एक गोल गरे । दोस्रो मिनेटमै पाएको पेनाल्टीमा ब्रुनो फेर्नान्डेसले गोल गरी म्यानचेस्टर युनाइटेडलाई सुरुवाति अग्रता दिलाएका थिए। तर सो अग्रता जोगिन सकेन । ...
वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति आजदेखि पुनः शुरु

वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति आजदेखि पुनः शुरु

समाचार, समाज
काठमाडौं। कर्मचारीमा कोरोना संक्रमण देखिएसँगै वैदेशिक रोजगार कार्यालय, काठमाडौंबाट बन्द गरिएको श्रम स्वीकृति आजदेखि पुनः शुरु हुने भएको छ । प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी रोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको समस्यालाई ध्यानमा राखी सावधानीपूर्वक सीमित सेवा प्रदान गर्न लागिएको विभागले बताएको छ । कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि वैदेशिक रोजगार कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा गत बुधवारदेखि बन्द गरिएको थियो । यसैबीच वैदेशिक रोजगार बोर्ड सचिवालयबाट प्रदान गरिने आर्थिक सहायता अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ । बोर्ड सचिवालयमा कार्यरत कर्मचारीलाई कोभिड–१९ संक्रमण भएको हुँदा सेवाग्राही तथा सेवा प्रदायकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी अर्को सूचना नभएसम्म सचिवालयबाट प्रदान गरिने आर्थिक सहायतासम्बन्धी सम्पूर्ण सेवा बन...
जो जहाँ छौँ  त्यही स्थानमा रहेर दशैं मनाउँ

जो जहाँ छौँ त्यही स्थानमा रहेर दशैं मनाउँ

समाचार, समाज
पछिल्लो समय कोरोना संक्रमणका घटना लगातार वृद्धि भइरहेको छ। दशैं तिहार नजिकिदै गर्दा कोरोना संक्रमण गाँउ गाँउमा पुग्ने र झन् स्थिती भयावह हुने जोखिम बढेको छ। यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जो जहाँ छ त्यही स्थानमा रहेर दशैं मनाउन आग्रह गरेको छ। मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोना संक्रमण बढिरहेकाले दशैंका लागि आवतजावत नगर्न अपील गरेका हुन। मन्त्रालयले कोभिडको संक्रमण तीब्र गतिमा बढिरहेकाले अनावश्यक यात्रा नगर्न आग्रह गरेको हो। प्रवक्ता डा. गौतमले दशैंका लागि अनावश्यक यात्रा नगर्न आग्रह गर्दै जहाँ जुन अवस्थामा छौँ त्यही दशैं मनाउन अपिल गरे। उनले स्वास्थ्य मापदण्डमा कडाई गर्दै जरिवाना गर्नेगरी प्रस्ताव गरिएको जानकारीसमेत दिए। दशैं नजिकिएसँगै शहरबाट गाउँ जानेको संख्या पनि बढेको छ। योसँगै गाउँगाउँमा कोरोना संक्रमित बढ्ने ...