आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

स्वयम्भू क्षेत्रमा ६० लाख रुपैयाँमा पाटे बाघको छाला बेच्न लागेका ४ जना  पक्राउ

स्वयम्भू क्षेत्रमा ६० लाख रुपैयाँमा पाटे बाघको छाला बेच्न लागेका ४ जना पक्राउ

अपराध, समाचार
काठमाडौंको स्वयम्भू क्षेत्रमा ६० लाख रुपैयाँमा पाटे बाघको छाला बेच्न लागेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले संरक्षित वन्यजन्तु पाटे बाघको छाला बिक्री गर्न लागेको अवस्थामा ४ जनालाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा गएको प्रहरीको टोलीले स्वयम्भूस्थित होटल प्लाजाको कोठा नम्बर २०८ बाट पाटे बाघको छालासहित ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–५ का ४३ वर्षीय टेकबहादुर तामाङ, सोही ठाउँका २८ वर्षीय सुजन थिङ, २७ वर्षीय आशिष तामाङ र मकवानपुरको थाहा नगरपालिका–८ घर भएका २४ वर्षीय सानुकान्छा तामाङ छन् । प्रहरीका अनुसार उनीहरुले धादिङका एक स्थानीयबाट ३५ लाख रुपैयाँमा बाघको छाला किनेर ल्याएको बयान दिएका छन् । काठमाडौंमा ल्याएर ६० लाख रुपैयाँमा बिक्री गर्ने तयारी भइरहेको पनि उनीहरुले प्रहरीलाई बयान दिएका छन...
काठमाडौँ उपत्यकामा आइतबार थप १५९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा आइतबार थप १५९९ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
काठमाडौँ उपत्यकामा आइतबार थप १५९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १३७३, ललितपुरका १८७, तथा भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको हो। आइतबार देशभर २२५३ जना कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८६ हजार ८ सय २३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १ हजार ३ सय २९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ६४ हजार ६७ पुगेको छ। ...
बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

आर्थिक, समाचार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा ९४ हजार ३ सयमा कारोबार भएको आज तोलामा २ सयले बढेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार  निर्धारण गरिएको छ ।      त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ११८० रहेको महासंघले जनाएको छ । ...
सर्वोच्चका न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि

सर्वोच्चका न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि

समाचार, समाज
सर्वोच्च अदालतका न्यायाधीशलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।  अदालतका न्यायाधीश र अधिकृत र कर्मचारीमा कोरोना देखिएको र उनीहरु आइसोलेसनमा रहेको सर्वोच्च अदालतले विज्ञप्ती निकालेर जानकारी दिएको छ। स्रोतका अनुसार एक जना न्यायाधीशसहित परिवार नै संक्रमित छन् र दुई जना न्यायाधीशलाई लक्षण देखिएको र अन्य कर्मचारी र सुरक्षाकर्मीलाई पनि संक्रमण देखिएको छ।  अदालतमा कति जनालाई सक्रमण देखियो भन्ने जानकारी दिएको छैन्। कोरोना देखिएपछि  सर्वोच्चका सबै इजलास बन्द गरिएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले बताए। ढकालका अनुसार एउटा इजलास बाहेक आज तोकिएका सबै इजलास बन्द गरिएको छ।  ...
कांग्रेस केन्द्रीय कार्यालय ५ दिन बन्द, केन्द्रीय कार्यसमिति  बैठक अनिश्चित

कांग्रेस केन्द्रीय कार्यालय ५ दिन बन्द, केन्द्रीय कार्यसमिति बैठक अनिश्चित

राजनीति, समाचार
 भोलि (सोमबार)का लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अनिश्चित भएको छ । चारजना केन्द्रीय सदस्य र अन्य केहीलाई कोरोना संक्रमण देखिएको भन्दै केन्द्रीय कार्यालय ५ दिनका लागि बन्द गरिएको छ । अरु केही नेताहरुको रिपोर्ट आउन बाँकी छ । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार आज आइतबार बस्ने भनिएको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक स्थगित भएको छ । केन्द्रीय कार्यसमिति बैठकबारे दिउँसो निर्णय हुनेछ । स्रोतका अनुसार भर्चुअलमाध्यमबाट केन्द्रीय कार्यसमिति बैठक गर्ने विकल्पबारे पनि छलफल भइरहेको छ । बैठक स्थगित हुने सम्भावना बढी छ । कांग्रेस कार्यालय स्रोतले भन्यो, ‘भर्चुअल गर्ने कि भन्ने पनि छ तर, नेताहरुले केही दिन हेरौं न भन्नु भएकाले बैठक स्थगित हुने देखिन्छ ।’ ...
म चाँडै नै फर्कनेछु,राष्ट्रपति डोनाल्ड ट्रम्प

म चाँडै नै फर्कनेछु,राष्ट्रपति डोनाल्ड ट्रम्प

अन्तराष्ट्रिय, समाचार
कोरोना भाइरसबाट संक्रमित भएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प शुक्रबारदेखि अस्पतालमा छन्। वासिङ्टन डिसीस्थित वाल्टर रिड नेसनल मिलिट्री मेडिकल सेन्टरमा उपचाररत ट्रम्पले आइतबार फेरि ट्विटरमा अर्काे भिडियो सन्देश जारी गरेका छन्। ‘मेरो स्वास्थ्य अवस्था खासै राम्रो थिएन त्यसैले अस्पताल आएँ। अहिले म निकै राम्रो महसुस गरिरहेको छु। उहाँ (चिकित्सक) हरूले मेरो स्वास्थ्य राम्रो बनाउन असाध्यै मिहिनेत गरिरहनुभएको छ, म जसरी पनि फर्कनैपर्छ, किनभने हामीले अमेरिकालाई पुनः महान् बनाउनैपर्छ,’ भिडियोमा उनले भनेका छन्,’ ‘मलाई लाग्छ, म चाँडै नै फर्कनेछु।’ आफूलाई स्वास्थ्य लाभको कामना गर्ने सबैप्रति उनले आभार प्रकट गरेका छन्। ट्रम्पकी प्रेस सेक्रेटरी काइली मक्नानीले विज्ञप्ति जारी गर्दै ट्रम्पले अब केही दिन अस्पतालबाटै आफ्नो जिम्मेवारीका काम गर्ने जानकारी दिएकी छन्। अस्पतालमै उनले काम गर्ने राष...
अष्ट्रेलिया अध्ययनसँगै आकर्षक रोजगारी दिलाउने  ठगी को आरोपमा पक्राउ

अष्ट्रेलिया अध्ययनसँगै आकर्षक रोजगारी दिलाउने ठगी को आरोपमा पक्राउ

अपराध, समाचार
विराटनगरस्थित ‘डाइनामिक एजुकेशन कम्प्लेक्स’ का सञ्चालक ३२ वर्षीय प्रमोद स्वर्णकार (सोनी) ठगी आरोपमा पक्राउ परेका छन् । अष्ट्रेलियामा अध्ययनसँगै आकर्षक रोजगारी दिलाइदिने भन्दै विद्यार्थीसँग लाखौं रुपैयाँ ठगी गरेको आरोपमा विराटनगर १३ घर भएका सोनी पक्राउ परेका हुन् । सोनीले अध्ययनसँगै अष्ट्रेलियामा आकर्षक रोजगारी दिलाउने भन्दै विराटनगर–३ का मनिष चौधरीसँग ३१ लाख रुपैयाँ ठगी गरेको आरोप छ । पीडितले मोरङ प्रहरीमा किटानी जाहेरी दर्ता गराइ अदालतबाट पक्राउ पूर्जी जारी भएपछि ठगी आरोपमा पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएपी मानबहादुर राईले जानकारी दिनुभयो । पक्राउ परेका सोनीलाई प्रहरीले शुक्रबार मोरङ अदालतमा ‘ठगी मुद्दामा’ ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको डिएसपी राईले बताउनुभयो । ‘ठगीको जाहेरी दर्ता भएपछि पक्राउ गरिएको हो,’ डिएसपी राईले भन्नुभयो, ‘अहिले हामी अनुसन्धनको क्रममा छौं । ...
कांग्रेस नेता गगन थापालाई कोरोना संक्रमण

कांग्रेस नेता गगन थापालाई कोरोना संक्रमण

समाचार, स्वास्थ्य
नेता थापाले असोज १५ गते बिहीबार नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा गरिएको पिसिआर परीक्षणको शनिबार आएको रिपोर्ट अनुसार नेता थापालाई कोरोना पोजिटिभ देखिएको र आफ्नो सम्र्पकमा आएकाहरुलाई सजगता अपनाउन समेत आग्रह गरेका छन् । थापाले शनिबार राति ९ः४८ मा ट्वीट गर्दै अगाडी भनेका छन् हाल मेरो स्वास्थ्य अवस्था सामान्य छ, अहिले म घरमै आइसोलेसनमा छु, कुनै समस्या आएमा स्वास्थ्यकर्मीसँग परामर्श गर्नेछु् । ...
इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनको लगातार चौंथो जित

इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनको लगातार चौंथो जित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लगातार चौंथो जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति ब्राइटनलाई ४-२ गोल अन्तरले पराजित गर्दै एभर्टनले लगातार चौंथो जित निकालेको हो । गोडिसन पार्कमा एभर्टनलाई जित दिलाउन जेम्स रोड्रिगेजले दुई गोल गरे । यस्तै डोमिनिक लेविन र एरि मिनाले एक एक गोल गरे । ब्राइटनका निल माउपे र युभेस बिसोउमाले एक एक गोल फर्काए । खेलको १६ औं मिनेटमा लेविनले गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा माउपेले गोल गर्दै ब्राइटनलाई १-१ गोलको बराबरीमा फर्काए । खेलको ४५ औं मिनेटमा मिनाले गोल गर्दा पहिलो हाफमा एभर्टन २-१ ले अघि रह्यो । खेलको ५२ औं मिनेटमा रोड्रिगेजले गोल गर्दै एभर्टनको अग्रता ३-१ को बनाए । ७० औं मिनेटमा रोड्रिगेजले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-१ को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा ब्राइटनका बिसोउमाले थप एक गोल...
आज केही ठाउँमा वर्षाको सम्भावना

आज केही ठाउँमा वर्षाको सम्भावना

माैसम, समाचार
 आज देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।  जल तथा मौसम पूर्वानुमान महाशाखाले देशको केहीस्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएक छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने मौसमविदले बताएका छन्। प्रदेश १ का थोरै स्थान तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छमहाशाखाले जारी गरेको सूचनामा उल्लेख छ। आइतबार राति&nbs...