आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

ठूलो संख्यामा बालुवाटारमा सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण

ठूलो संख्यामा बालुवाटारमा सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण

समाचार, स्वास्थ्य
 प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरक्षार्थ खटिएका ठूलो संख्यामा सुरक्षाकर्मीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। अधिकारीहरुका अनुसार करिब ७० जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमण पुष्टि हुनेमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी छन्। सचिवालयमै कार्यरत केही सवारी चालक र सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। केहीको रिपोर्ट आउनै बाँकी छ। प्रधानमन्त्रीको सुरक्षाको पहिलो घेरामा रहेका सुरक्षाकर्मीमा भने संक्रमण नदेखिएको र केहीको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ। यसअघि आजै प्रधानमन्त्री ओलीका सचिवालयका ३ सल्लाहकार र एक स्वकीय सचिवमा गरि चार जना सदस्यमा संक्रमण पाइएको छ। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रधानमन्त्रीका ...
दक्ष जनशक्ति निर्माण अहिलेको आवश्यकता,मन्त्री पोखरेल

दक्ष जनशक्ति निर्माण अहिलेको आवश्यकता,मन्त्री पोखरेल

शिक्षा, समाचार
 शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकको समृद्धिका लागि दक्ष जनशक्ति निर्माण अहिलेको आवश्यकता रहेको औँल्याएका छन् । आज महोत्तरीको बर्दिवासमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको प्रदेश नं २ स्तरीय शाखा कार्यालय उद्घाटन गर्दै मन्त्री पोखरेलले यस आवश्यकतालाई हृदयङ्ग गरेर सरकारले प्राविधिक र व्यवहारिक शिक्षामा जोड दिएको बताए । सरकारले मुलुकका सबै स्थानीय तहमा प्राविधिक शिक्षा पु¥याउने उद्घोष गरेअनुरुप हालसम्म ६३७ पालिका (स्थानीय तह) मा प्राविधिक शिक्षाको पठनपाठन थालिएको पोखरेलको भनाइ छ । जीवनोपयोगी व्यवहारिक शिक्षा बढाउन अब जडीबुटी, आयुर्वेद, प्राकृतिक चिकित्सा र योगजस्ता विषय समावेश गरिएको मन्त्री पोखरेलले बताए । शिक्षाले ज्ञान, सीप दिनसँगै चरित्र निर्माण गर्ने उद्देश्य बोकेको हुनपर्ने पोखरेलको भनाइ छ । पछिल्लो समय कोभिड–१९ सङ्क्रमण सन्त्रासले विद्...
प्रधानमन्त्रीका तीन सल्लाहाकार कोरोना संक्रमित

प्रधानमन्त्रीका तीन सल्लाहाकार कोरोना संक्रमित

समाचार, स्वास्थ्य
 विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटार पनि पसेको छ। प्रधानमन्त्री ओलीका तीनजना सल्लाहाकार र प्रमुख स्वकीय सचिवसमेत कोरोना संक्रमित भएका छन्। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहाकार डा. राजन भट्टराई र प्रेस सल्लाहाकार सूर्य थापा कोरोना संक्रमित भएका छन्। थापा र भट्टराईले सामाजिक सञ्जालमार्फत आफूहरु संक्रमित भएको जनाएका छन्। यस्तै प्रधानमन्त्री ओलीका स्वकीय सचिब इन्द्र भण्डारी पनि संक्रमित भएका छन्। उनीहरु सबैको गएको शुक्रबार स्वाब संकलन गरिएको थियो। शनिबार आएको रिपोर्टमा उनीहरुमा संक्रमण देखिएको हो। प्रधानमन्त्री ओलीका निकटका व्यक्तिहरुमा कोरोना देखिएपछि उनको पनि परीक्षण गर्ने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ। ...
२१२० कोरोना संक्रमित थपिए, २ हजार ४४ निको भए

२१२० कोरोना संक्रमित थपिए, २ हजार ४४ निको भए

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लाे २४ घण्टामा देशभरमा थप २ हजार १२० जना संक्रमित थपिएकाे बताए।  प्रवक्ता गाैतमका अनुसार नेपालमा आज सक्रिय संक्रमितको संख्या २१ हजार ३०२ रहेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ४४ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै कोरोना निको हुनेको संख्या ६२ हजार ७४० पुगेको छ। त्यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ८ जानको मृत्यु भएसँगै अहिलेसम्म मृत्यु हुनेको सख्या ५२८ पुगेको छ। ...
त्रिशुलीमा ट्रक खस्दा तीन जना घाइते

त्रिशुलीमा ट्रक खस्दा तीन जना घाइते

समाचार, समाज
त्रिशुली नदीमा ट्रक खस्दा तीन जना घाइते भएका छन्। पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ धारापानी नजिकै भैरहवाबाट काठमाण्डौ जाँदै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक आज बिहान ५ बजे ८० फिट तल त्रिशुली नदी किनारमा खसेको हो । ट्रकको आधा भाग डुबेको अवस्थामा छ। दुर्घटनामा परी घाइेत हुनेमा ट्रक चालक गल्छी–७ धादिङ्ग बस्ने वर्ष २८ का रोहित तामाङ, ट्रकमा सवार सोही ठाउ बस्ने वर्ष १९ का रामकुमार लालचन र अर्का सोही ठाउका वर्ष २३ का राजन भन्ने अर्जुन रुम्बा रहेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। इलाका प्रहरी कार्यालय मुग्लिन र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय कुरिनटारको टोलीले घाइतेहरुको उद्धार गरी उपचारको लागि धादिङको गजुरी अस्पताल पठाएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।रासस ...
सुरक्षित गर्भपतन

सुरक्षित गर्भपतन

शिक्षा, समाचार, स्वास्थ्य
असोज १६ काठमाडौं । गर्भपतन भन्नाले गर्भमा रहेको भ्रुण वा बच्चा जन्मिनु भन्दा लगावै नष्ट हुनु वा खेर जानुलाई बुझाउँदछ । यो प्रकृया दुई किसिमले हुन्छ । पहिलो आफै हुने गर्भपतन हो भने दोस्रो औषधी तथा उपकरण प्रयोग गरि गराइने गर्भपतन । मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट तालिम तथा योग्यता प्राप्त स्वास्थ्य कर्मी वा चिकित्सको सल्लाह र सहयोगमा गर्भवतीको अनुमतिमा गरिने गर्भपतनलाई सुरक्षित गर्भपतन भनिन्छ । यदि कोही कसैले चिकित्सकको सल्लाह बिनानै औषधी पसलहरुबाट गर्भपतनका औषधी खाने वा अन्य विधि प्रयोग गरेर गर्भपतनका औषधी खाने वा अन्य विधि प्रयोग गरेर गर्भपतन गराइन्छ वा गराउन खाजिन्छ भने त्यस्तो अवस्था भनेको असुरक्षित गर्भपतन हो । जसले गर्दा गर्भवती आमालाई रक्क्त अल्पत्ता वा मृत्यु र भ्रुण अवस्था बच्चामा खराबी वा वितलाङ्ग बच्चा जन्मिने जस्ता जटिलताहरु आउन सक्छन् । नेपाल विश्वमा नै उच्च मातृमु...
नेकपाको सचिवालय बैठक आज बस्दै

नेकपाको सचिवालय बैठक आज बस्दै

राजनीति, समाचार
सत्तारुढ नेकपाको सचिवालय बैठक आज (शनिबार) बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो चार बजे बैठक बस्न लागेको हो। नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार भएको छलफलमा आज सचिवालय बैठक बोलाउने सहमति भएको थियो। पछिल्लो समय राजदूत लगायतका राजनीतिक नियुक्तिमा प्रधानमन्त्री ओलीले एकलौटी गरेको भन्दै सचिवालय सदस्यहरुले आलोचना गर्न थालेपछि बैठक बालोइएको हो। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकाका लागि पूर्वअर्थमन्त्री डा.युवराज खतिवडा, बेलायतका लागि लोकदर्शन रेग्मी र चीनका लागि महेन्द्रबहादुर पाण्डेलाई राजदूतमा सिफारिस गरेको थियो। पार्टीमा सल्लाहै नगरी प्रधानमन्त्रीले मुख्य सचिव र तीन देशमा राजदूत सिफारिस गरेपछि नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहितका वरिष्ठ नेताहरु असन्तुष्ट छन्। आजको बैठकमा अध्यक्ष प्रचण्ड...
भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

समाचार, स्वास्थ्य
भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । पछिल्ला केही साता यता दैनिक एक हजारभन्दा बढीको कोरोनाले नै मृत्यु हुन थालेको भारतमा शनिबार यो समाचार तयार पार्दासम्म मृतक संख्या १ लाख ८७३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १ हजार ६९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ७९ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । शनिबार ७९ हजार ७७४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६४ लाख ७१ हजार ७३४ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५४ लाख २४ हजार ९३४ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ४५ हजार ९१८ जनाको उपचार भइरहेको छ । ...
आईपीएल : हैदरावादले चेन्नाईलाई ७ रनले हरायो

आईपीएल : हैदरावादले चेन्नाईलाई ७ रनले हरायो

अन्तराष्ट्रिय, खेलकुद, समाचार
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले दोस्रो जित निकालेको छ । दुबईमा राति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ रनले पराजित गर्दै हैदराबादले दोस्रो जित निकालेको हो । हैदराबादले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रन मात्रै बनाउन सक्यो । रबिन्द्र जडेजाले ५० रनको अर्धशतकीय पारी खेले पनि चेन्नईले जित्न भने सकेन । कप्तान महेन्द्र सिंह धोनीले अविजित ४७, फाप डु प्लेसिसले २२ रन बनाए । त्यस्तै साम करन १५ रनमा अविजित रहे । हैदराबादका टी नटराजनले २ विकेट लिए । भुवनेश्वर कुमार र अब्दुल समदले १र१ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । हैदराबादका लागि प्रियम गार्गले अविजित ५१ रनको अर्धशतकीय पारी खेले । यस्तै अविशेक शर्माले ३१ र मनिस पाण्डेले २...
काठमाडौंका विभिन्न स्थानमा आज बत्ति जाने

काठमाडौंका विभिन्न स्थानमा आज बत्ति जाने

समाचार, समाज
 शनिबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ५ घण्टा बत्ति काटिने भएको छ । नेपाल विद्युत प्राधिकरणकाअनुसार ललितपुरको लगनखेल वितरण केन्द्र, पुल्चोक वितरण केन्द्र र काठमाडौंको बालाजु वितरण केन्द्रभित्र पर्ने सबै स्थानमा ५ घण्टा बत्ति काटिने जनाइएको छ । प्रधिकरणले लगनखेल र पुल्चोक वितरण केन्द्रअन्तर्गत पर्ने खोकना फिडरमा मिटरिङ युनिट परिवर्तन गर्नुपर्ने भएकाले शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बत्ति काटिने जनाएको छ । त्यसअन्तर्गत पर्ने गणेशथान, एकान्तकुना, खाद्य गोदाम, मेडीसिटी हस्पिटल, आदिनाथ मार्ग्, गणेश मन्दिर, मन्जुश्री मार्ग, भन्ज्याङ् पिपल बोट, मगरगाउँ, सानो खोकना, खोकाना, कार्यविनायक, बुङमती क्षेत्र, नेवा ईट्टा, चुनिखेल, कतार एम्बेस्सी, खोईचा, फर्सिडोल, जोर्खु, टोकलमाथ, खहरे, डुकुछाप, दनुवार सौर्य दैनिकमा खबर छ ।बस्तीलगायतका क्षेत्रहरुका बत्ति काटिने प्राधिकरणले जनाएको...