अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना पोजेटिभ
बीबीसी। कोरोना पोजेटिभ देखिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल लगिएको छ। ह्वाइट हाउनसले विज्ञप्ति जारी गर्दै सावधानी र होसियारी अपनाउँदै राष्ट्रपति ट्रम्पलाई वाल्टल रीड नेशनल मिलिट्री अस्पताल लैजाने निर्णय गरिएको जनाएको छ।
त्यसअघि राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै आफू र आफ्नी श्रीमतीलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका थिए। ह्वाउट हाउसले सूचना जारी गर्दै ट्रम्पलाई थकान महशुस भएको र उनी चाँडै निको हुनेमा आशावादी रहेको जनाएको छ।
सीबीएस न्युजका अनुसार ट्रम्पलाई हल्का ज्वरो आएको छ। राष्ट्रपति ट्रम्प विशेष हेलिकप्टर मरीन वनबाट मेडिकल सेन्टर प्रस्थान गरेका थिए। तर प्रस्थान गर्नुपूर्व ट्रम्पले आफू र आफ्नी श्रीमतीप्रति शुभकमना दिनेलाई धन्यवाद दिएका थिए।
ट्रम्पलाई कोरोना पोजेटिभ पुष्टि त्यतिबेला भएको छ, जतिबेला अमेरिकामा राष्ट्रपतिको चुनाव हुन एक महिना मात्र बाँकी रहेको छ...









