शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

सुरक्षित गर्भपतन

असोज १६ काठमाडौं । गर्भपतन भन्नाले गर्भमा रहेको भ्रुण वा बच्चा जन्मिनु भन्दा लगावै नष्ट हुनु वा खेर जानुलाई बुझाउँदछ । यो प्रकृया दुई किसिमले हुन्छ । पहिलो आफै हुने गर्भपतन हो भने दोस्रो औषधी तथा उपकरण प्रयोग गरि गराइने गर्भपतन । मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट तालिम तथा योग्यता प्राप्त स्वास्थ्य कर्मी वा चिकित्सको सल्लाह र सहयोगमा गर्भवतीको अनुमतिमा गरिने गर्भपतनलाई सुरक्षित गर्भपतन भनिन्छ ।

यदि कोही कसैले चिकित्सकको सल्लाह बिनानै औषधी पसलहरुबाट गर्भपतनका औषधी खाने वा अन्य विधि प्रयोग गरेर गर्भपतनका औषधी खाने वा अन्य विधि प्रयोग गरेर गर्भपतन गराइन्छ वा गराउन खाजिन्छ भने त्यस्तो अवस्था भनेको असुरक्षित गर्भपतन हो । जसले गर्दा गर्भवती आमालाई रक्क्त अल्पत्ता वा मृत्यु र भ्रुण अवस्था बच्चामा खराबी वा वितलाङ्ग बच्चा जन्मिने जस्ता जटिलताहरु आउन सक्छन् । नेपाल विश्वमा नै उच्च मातृमुत्युदर भएको देश हो । नेपाल जनसांखिक तथा स्वास्थ्य सबै सन् २०१६ को डाटा अनुसार नेपालमा अझै पनि वर्षेनी २३९ प्रतिहजार अवस्थामा हुने मृत्युदर उच्च रहेको छ । असुरक्षित गर्भपतन पनि एक प्रमुख कारण हो ।

यस्ता धेरै तथ्यहरु छन जसले प्रमाणित गर्छन् कि असुरक्षित गर्भपतन नै मातृमृत्युदरको प्रमुख कारण हो । विश्व स्वास्थ्य संगठन (WHO)  को तथ्याङ्क अनुसार सन् २०१५ देखि २०१९ सम्म प्रत्येक वर्ष ७३ लाख महिलाहरुले चाहेर नै गर्भपतन गराइएको छ । १० जनामा ३ सबै खाले गर्भ र १० जनामा ६ नचाहेर बसेको गर्भ गर्भपतनमा पुगेर अन्त्य भएको पाइन्छ ।

हरेक वर्ष लगभग ५ देखि १३ प्रतिशत मातृमृत्युदर असुरक्षित गर्भपतनबाट भएको देखिन्छ । र आधा भन्दा बढी अनुमानिन असुरक्षित गर्भपतन एसियामा र जसमा पनि दक्षिणी तथा मध्य एसियामा धेरै हुने गरेको छ ।

नेपालमा सन् १९९२ मा भएको डाटा र साथीहरुले गरेको अध्ययनमा लगभग ५० प्रतिशत आमाहरुको मृत्यु असुरक्षित गर्भपतन र यसबाट हुने जटिलताले हुने गर्दछ । सन् २०१८ मा बेलवासे र साथीहरुले भुर्नभएको अध्ययनमा धेरै जसो १५–४९ वर्षका महिलाहरुलाई गर्भपतन कानुनी रुपमा मान्यता दिइएको छ  भन्ने थाहा छैन भने उहाँहरु मध्य धेरैलाई ठूला अस्पतालहरुमा मात्र सुरक्षित गर्भपतन हुन्छ भन्ने बुझ्नु भएको रहेछ । आ.वि.२०७४।०५।०५ को स्वास्थ्य सेवा विभागको तथ्याङ्क अनुसार नेपालमा ९८६४० जनाले सुरक्षित गर्भपतन सेवा लिनु भएको छ ।

नेपाल जनसांखिक तथा स्वास्थ्य सबै NDHS –२०१६ का अनुसार लगभग १३ प्रतिशत गर्भहरु गर्भपतनमा पुगेर रोकिए भने त्यस मध्य वतिहाई जति गर्भपतन असुरक्षित भएको देखिन्छ । असुरक्षित यौन सम्पर्क भई नचाहेको गर्भ रहेमा सिधै औषधी पसलहरु बाट Medical abortionका औषधी खाने गरेको पाइन्छ ।

सन् २००२ साल देखि नेपालमा सुरक्षित गर्भपतनलाई कानुनी रुप दिए सँगै मातृमृत्युदर घटाउन उल्लेखनीय भूमिका खेलेको छ । यदि हुदा हुदै पनि नेपाली समाजले गर्भपतनलाई हेर्ने दृष्टिकोण सकारात्मक नभएको हुदा यौन तथा प्रजनन् स्वास्थ्यका कुरा बहस गर्न अझै पनि अनकानाउने गरिएको छ । जसले गर्ने किशोर किशोरीहरुमा आउने शारीरिक तथा मनोबैज्ञानीक परिवर्तनहरुमा खुलेर कुरा गर्न सकिरहेका छैनन् । जस्ले गर्दा नै असुरिक्षत गर्भपतन जस्ता व्यवहार अपनाउन बाध्य भएका छन् ।

सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य एक महिलाको अधिकारको जुन कुरा नेपाल सरकारले सुरिक्षत मातृत्व र प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ नै जारी गरिसकेको छ । स्वास्थय सेवा विभाग २०७४।०७५ को रिपोर्ट अनुसार नेपालको राष्ट्रिय जनगणना २०६८ मा २४% जनसंख्या १२ देखि १९ वर्ष समुहका किशोरकिशोरीहरु मध्य तेस्रो नम्बरमा पर्छ । जबकी देशको कानुनले विवाहको हद कम्तिमा २० वर्ष तोकेको छ । १७% किशोरी गर्भवती भैसकेको हुन्छन् ।

माथिका तथ्यहरुबाट नेपालमा किशोरकिशोरी तथा युवा युवतीहरुको यौन तथा प्रजनन स्वास्थ्यलाई प्राथमिकतामा राख्नु पर्ने देखिन्छ । र विश्व स्वास्थ्य संगठनले पनि भनेको छ हरेक गर्भपतनसँग सम्बन्धित मृत्यु र असक्षमतालाई यौन शिक्षा, परिवारनियोजन शिक्षा, सुरक्षित गर्भपतन सेवा र गर्भपतनबाट हुन सक्ने प्रतिकुल असरहरुलाई समयमा नै उपचारको सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका ७७ वटै जिल्लालाई समेटने गरी मान्यताबाट जम्मा १५८ वटा Medical abortion site र ३३ वटा Manual vacuum aspiration (MVA) साइटहरु पनि ताकेको छ । भने धेरै जसो स्वास्थ्य संस्थाहरुबाट किशारकिशोरी मैत्री स्वास्थ्य सेवा केन्द्र स्थापना गरी सेवा दिदै आइरहेको छ । यस सेवाले किशोरकिशोरीहरुलाई शारीरिक, मनोवैज्ञानिक तथा सम्वेगात्मक परिवर्तनहरु बारे खुलेर स्वास्थ्य कर्मीसँग परार्मश लिने छनु । जसको फलस्वरुप भविष्यमा हुन सक्ने घटना असुरक्षित गर्भपतन मातृमृत्यु तथा बलात्कारलाई घटाउन सहयोग पकै गर्ने छ । तथापि नेपाल सरकारबाट संञ्चालन भइरहेका यस्ता कार्यक्रमहरुको उचित प्रभावकारीता र सेवाको गुणस्तरियाता अध्ययन गर्नु आवश्यक दखिन्छ ।

असुरक्षित गर्भपतन नहुन २ यसका कारण हुन जाने प्रतिकुल असरले मातृमृत्युदरमा आएको ह्रासलाई कम गर्न गर्भपतन सेवाले कानुनी मान्यता पाएसँगै “सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५” ले सुरक्षित मातृत्वसँग सम्बन्धित हक र अधिकारका कुरा गरिएको छ । जसमध्य प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य सम्बन्धी हक हुनेछ । र यस ऐन बमोजिम सुरक्षित गर्भपतन सेवा प्राप्त गर्ने अधिकार रहेको छ । महिलाले देहायको अवस्थामा सुरक्षित गर्भपतन गर्न पाउने अधिकार उल्लेख छ ।

  गर्भवती महिलाको मञ्जुरीको १२ हप्ता सम्मको गर्भ

  आमाको स्वास्थ्इमा प्रतिकुल असर पर्न सक्ने देखिएको र इजाजन प्राप्त चिकित्सको राय भई महिलाको मञ्जुरीमा २८ हप्ता सम्मको गर्भ

  जबर जस्तीकरणी वा हाडनालाकरणीबाट रहन गएको गर्भ गर्भवतीको मञ्जुरीमा २८ हप्ता सम्मको गर्भ रोग प्रतिरोधात्मक क्षमता उठमुक्ति गर्ने जिवाणु जस्तै HIV वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग लागेको महिलाको मञ्जुरीको २८ हप्ता सम्मको गर्भ

  भ्रणमा कमीकमजोरी भएको कारण गर्भमै नष्ट हुन सक्ने वा जन्मेर पनि बाँच्न नसक्ने खराबी रहेको वा वंशाणुगत खराबी वा अन्य कुनै कारणले भ्रुणमा अशक्तता हुने अवस्थामा चिकित्सको सल्लाहमा गर्भवतीको मन्जुरी लिई २८ हप्ता सम्मको गर्भ

र यो सँगै के पनि उल्लेख गरिएको छ भने कसैले गर्भवती महिलालाई करकापमा पारी भम्की दिई, ललाई फकाई गरी वा प्रलोभनमा पारी गर्भपतन गराउन पाइने छैन । यदि यसो भएमा मुलुकी आदर । ऐन २०७४ को दफा १८८ बमोजिम ५ वर्ष सम्मको कैद र ५० हजार सम्म जरिवाना हुनेछ । लिङ्ग पहिचान गरी गर्भपतन गरी गर्भपतन गर्ने वा गराउने गरेमा थप १ वर्ष बढी जेल सजाय हुनेछ । र भेदभाव गरेमा थप ६ महिना सम्म कैद वा पंचास हजार सम्म जरिवाना हुनेछ । सोहि ऐनको दफा १६ अनुसार तोकिएको मापदण्ड र योग्यता पुरा गरेका इजाजत प्राप्त स्वास्थ्य संस्थामा इजाजत प्राप्त स्वास्थ्यकर्मीले मात्र सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउन पाउने छन् र सो सँग स्तम्बन्धीत कागजपत्र तथा सुचनाहरुको गोपनीयता कायम गरिएको हुनेछ ।

कुनै पनि देश विकसीत भन्नको लागि यो सँग सम्बन्धित सुचांकहरुलाई प्रमुख मानिन्छ । त्यस मध्य मातृमृत्युदर पनि एक हो । त्यसको प्रमुख एक कारण असुरक्षित गर्भपतन पनि भन्न सक्छौ हामी । पुरातनबादी सोच, यौन र प्रजनन् स्वास्थ्यका कुरा गर्न नरुचाउने गर्भपतनलाई भु्रण हत्याको आरेप लगाउने हाम्रो समाज अनि मातृमृत्युदरमा कसरी कमी ल्याउने भनेर विभिन्न कार्यक्रमहरु गरिरहेको हाम्रो सरकार एउटै धारमा उभिएर देशको समुदी र विकासलाई ध्यानदिदै नेपाली समुदायले आफ्नै समुदायमा हुने गरेका असुरक्षित गर्भपतनलाई कम गराउन हुने गरेका असुरक्षित गर्भपतनलाई कम गराउन हुने आफ्नै सरकारलाई सहयोग गर्नु पर्ने देखिन्छ । भने प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्व एक महिलाको अधिकार हो । त्यो अधिकारबाट बञ्चित हुन नपर्ने सम्यनत्र नेपाल सरकारले ल्याउन जरुरी छ । यदि अधिकार हनन भएको पाइएमा सुसुचित गराउने पकै जनता हुनु हुने छ । र सञ्चालनमा रहेका प्रजनन् स्वस्थ्य र सुरक्षित मातृत्व कार्यक्रम सेवाको गुणस्तरियतालाई लेखाजोखा गरी जनतालाई विश्वसनिय र गुणस्तरिय सेवा दिनु सरकारको दायित्व हो । यस कार्यमा साथ दिनु जनताको जिम्मेवारी हुनेछ ।

गर्भपतन गराएकी एक महिलालाई भेदभावको नजरले होइन अब यस्तो असुरक्षित गर्भपतन वा नचाहेको गर्भ नरहोस भनि प्रजनन् शिक्षा तथा परिवार नियोजना सम्बन्धी जानकारी तथा परार्मशहरु दिने गरौ । राष्ट्रलाई मातृमृत्युदर घटाउन सहयोग गरौ ।

लेखक प्रमिला भटृराई तथ्यखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *