बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

भक्तपुर यातायात व्यवस्था कार्यालयका कर्मचारीमा कोरोना, सम्पूर्ण सेवा बन्द

 यातायात व्यवस्था कार्यालय भक्तपुरले सबै सेवा बन्द गरेको छ । असोज १८ गतेबाट लागू हुने गरी हालका लागि सम्पूर्ण सेवाहरु स्थगित गरेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार प्रत्यक्ष जनसम्पर्कमा रही सेवा प्रदान गर्दै आएका केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि भक्तपुरबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु स्थगित गरिएको हो ।

सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको कार्यालयले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *