सरकारले विद्युतीय सवारी साधनमा ८० प्रतिशतसम्म अन्तःशुल्क घटायो
सरकारले विद्युतीय सवारी साधनमा ८० प्रतिशतसम्म अन्तःशुल्क घटाएको छ । सरकारले ५० किलोवाटदेखि ३०० सय किलोवाटसम्मको विद्युतीय सवारी साधनमा कर घटाएको हो । गत बिहीबार असोज १५ गते बसेको मन्त्री परिषद्को बैठकले घटाएको अन्तःशुल्क हेर्दा कम किलोवाट क्षमता भएका गाडीमा बढी र बढी क्षमता भएको कार, जीप तथा भ्यानमा कम कर घटाएको देखिएको छ ।
राजस्व सचिव रामशरण पुडासैनी द्वारा हस्ताक्षरित राजपत्रमा उल्लेख गरे बमोजिम सरकारले ५० किलोवाट देखि १०० किलोवाटसम्मको विद्युतीय सवारी साधनमा ८० प्रतिशतले अन्तःशुल्कमा लाग्दै आएको कर घटाएर ६ प्रतिशतसम्म झारेको छ ।यस अघि अर्थात चालु आर्थिक वर्षको आर्थिक ऐनले १०० वाटसम्म कार, जीप तथा भ्यानमा ३० प्रतिशत अन्तःशुल्क लगाएको थियो । उक्त क्षमताको विद्युतीय सवारी साधनमा अब ६ प्रसिशतमात्रै अन्तःशुल्क लाग्ने भएको छ ।
अर्थात यदि कुनै ग्राहकल...









