युनियन लाइफ इन्स्योरेन्सको ६४ लाख ५० हजार कित्ता आईपीओ विक्री खुल्ला
युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आज बिहीवारदेखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ विक्री खुल्ला गरेको हो ।
आईपीओ निष्कासनका लागि गत जेठ ९ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको कम्पनीले एक महिनामै असार १३ गते अनुमति पाएको हो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्य ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।
कम्पनीले सर्वसाधारणमा जारी पूँजीको ३० प्रतिशत शेयर विक्री खुल्ला गरेको हो । हाल कम्पनीको संस्थापक तर्फ चुक्ताभएको ७० प्रतिशत शेयरपूँजी १ अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने २ अर्ब रुपैयाँ चुक्तापूँजी कायम...









