आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

बालबालिकालाई कोरोनाबाट जोगाउन  विज्ञको सुझाव

बालबालिकालाई कोरोनाबाट जोगाउन विज्ञको सुझाव

समाचार, स्वास्थ्य
बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेका छन् र उनीहरूलाई कोरोनाबाट बचाउनु अबको महत्त्वपूर्ण कार्य भएको चिकित्सकको सुझाव छ । बालबालिकालाई कोरोनाबाट जोगाउन अभिभावकको भूमिका महत्वपूर्ण हुने विज्ञको सुझाव छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ वर्षभन्दा मुनिका ४१ जना बालबालिकाको मृत्यु कोरोनाकै कारण भइसकेको छ । यसैगरी १० देखि १९ वर्ष उमेर समूहका ४८ जनाको कोरोनाबाट मृत्यु भएको छ । २० देखि २९ वर्ष उमेर समूहका २७६ जनाको मृत्यु कोरोनाबाट भएको छ । प्राप्त तथ्याङ्कले किशोर तथा युवासँगै बालबालिका कोरोनाको उच्च जोखिममा रहेका छन् भन्ने प्रस्ट देखाउँछ । शनिबारको मात्र तथ्याङ्क हेर्ने हो भने १० वर्षसम्मका ५२ जना बालबालिका कोरोना सङ्क्रमित भएका छन् भने ११ वर्षदेखि २० वर्षसम्मका १३० जना कोरोना सङ्क्रमित भएका छन् । नेपालमा कोरोनाको पहिलो चरणको सङ्क्रमणमा बालबालिका जोगिएका थिए । दो...
१७ वटा कम्पनीको आईपीओ बजारमा आउने

१७ वटा कम्पनीको आईपीओ बजारमा आउने

आर्थिक, समाचार
विभिन्न १७ वटा कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर निष्कासनका लागि अनुमति माग गरेका छन् । यी कम्पनीको पाँच अर्ब रकम भन्दा बढीको प्राथमिक सेयर आईपीओ बजारमा आउने भएको हो । चालू आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा १९ कम्पनीलाई धितोपत्र निष्काशनको अनुमति दिइसकेको धितोपत्र बोर्डले अझ विभिन्न्न १७ वटा कम्पनीलाई निष्कासन अनुमतिका लागि पखाईमा राखेको छ । यी कम्पनीहरूको पाँच अर्ब ६४ करोड ३ लाख ७९ हजार ८ सय रुपैयाँ बराबरका ५ करोड ६४ लाख ३ हजार ७ सय ९८ कित्ता सेयर निष्कासनका लागि पाइप लाइनमा रहेका छन् । आवेदन दिनेमा अधिकाशं जलविद्युत् कम्पनी रहेका छन् । धितोपत्रको प्रारम्भिक बिक्रि वितरणमा संलग्न बजारलाई प्राथमिक बजार भनिन्छ । अर्को शब्दमा, नयाँ अथवा पहिलोपटक निष्कासन गरिएका धितोपत्रको बिक्री हुने बजारलाई प्राथमिक बजार भनिन्छ । प्राथमिक सेयर प्रतिकित्ता १ सय रुपैयाँमा खरिद गरेर दोस्रो ब...
कोपा अमेरिकाको फाइनल खेलमा ब्राजिल विरुद्ध अर्जेन्टिनाले १-०ले जित हासिल

कोपा अमेरिकाको फाइनल खेलमा ब्राजिल विरुद्ध अर्जेन्टिनाले १-०ले जित हासिल

अन्तराष्ट्रिय, खेलकुद, समाचार
कोपा अमेरिकाको फाइनल खेलमा ब्राजिल विरुद्ध अर्जेन्टिनाले १-०ले जित हासिल गरेको छ । ब्राजिलको रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा भएको फाइनल खेलमा होम ग्राउन्डमै ब्राजिलले हार बेहोर्नु परेको छ । अर्जेन्टिना लाई अग्रता दिलाउँदै डी मरियाले खेलको २१ औ मिनेटमा गरेको सर्प्राइज गोलले नै अर्जेन्टिनालाई कोपा अमेरिकाको यो सिजनको बिजेता बनाएको हो । डी पाउलको पासमा एंगेल डी मारियाले गोल गरेका थिए । कोपा अमेरिकाको यस सिजनमा यो त्यस्तो पहिलो गोल साबित भएको छ जसमा मेस्सीले  कुनै योगदान गर्न पाएनन । यो बिजय संगै मेस्सीले २८ बर्ष पछी देशलाई बिजेता बनाएको जस पाउने छन । ...
आज आईतबारको राशिफल

आज आईतबारको राशिफल

राशिफल, समाचार
मेष राशि चु, चे, चो, ला, लि, लु, ले, लो, अ मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । अन्य ब्यक्तिको पूर्ण बिश्वास नगर्नु होला । आर्थीक क्षेत्र मध्यम रहनेछ । यात्रा कारक समय रहेकोछ । बृष राशि इ, उ, ए, ओ, बा, बि, बु, बे, बो अधुराकार्य सम्पादनका निम्ती समय उत्तम रहनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ । पारीवारका सदस्यहरु मध्ये कसैको स्वास्थमा समस्या उत्पन्न हुन सक्नेछ । आय आर्जनको क्षेत्र मध्यम रहनेछ । जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । मिथुन राशि का, कि, कु, घ, ङ, छ, के, को, ह खानपानका क्षेत्रमा बिशेष सजग रहनु उत्तम रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्...
कोरिया जाने श्रमिकका लागि कोभिड–१९ को बीमा गर्न कम्पनीलाई आह्वान

कोरिया जाने श्रमिकका लागि कोभिड–१९ को बीमा गर्न कम्पनीलाई आह्वान

अन्तराष्ट्रिय, समाचार
वैदेशिक  रोजगार  विभाग मातहतमा  रहेको  रोजगार  अनुमति  प्रणाली  (ईपीएस) कोरिया  शाखाले  पाँच  हजार  डलरको  कोभिड–१९  को बीमा गर्न इच्छुक बीमा कम्पनीलाई दर्ता हुन आग्रह गरेको छ । शाखाले सूचना सार्वजनिक गर्दै दक्षिण कोरिया जाने श्रमिकका लागि सो रकम बराबरको कोभिड–१९ को बीमा गर्ने कम्पनीलाई आह्वान गरेको हो । ईपीएस  सञ्चालन  तथा  व्यवस्थापन  निर्देशिका २०७३  को  दफा  २०  बमोजिम  दक्षिण  कोरिया जाने श्रमिकको कोरिया पुगेको मितिबाट १४ दिनसम्मका लागि सो रकमको बीमा गराउनुपर्ने तोकिएको छ । साथै शाखा कार्यालयले उक्त तोकेबमोजिमको बीमा प्रिमियमबापतको रकम कुनै सेवा शुल्क नलिई र नकटाई सेवा  प्रदान  गर्न  इच्छुक  बीमा  कम्पनीहरूले  साउन  ७ भित्र  कोरिया  शाखामा  सूचीकृत  संस्था &nb...
शेयर बजारमा महिला लगानीकर्ताको संख्या ३ लाख १ हजार ५ सय ३४

शेयर बजारमा महिला लगानीकर्ताको संख्या ३ लाख १ हजार ५ सय ३४

आर्थिक, समाचार
 शेयरको दोस्रो बजारमा महिला लगानीकर्ताको संख्या ३ लाख १ हजार ५ सय ३४ पुगेको छ । नेपाल स्टक एक्सचेन्जमा गत मंगलबारसम्म सेयर किनबेच गरेका महिला लगानीकर्ताको संख्या हो यो । अघिल्लो वर्षको तुलनामा यस वर्ष सेयरको दोस्रो बजारमा २ लाख ३५ हजार महिला लगानीकर्ता थपिएका छन् । अघिल्लो आर्थिक वर्षको असारमा दोस्रो बजारमा महिला लगानीकर्ताको संख्या ६५ हजार ८ सय ४१ थियो । अहिले यो दोस्रो बजारमा कुल लगानीकर्तामध्ये महिला करिब ३८ प्रतिशत छन् । प्राथमिक निष्कासन (आईपीओ) मा लगानी गर्नेको संख्या पनि जोड्दा सेयर बजारमा महिला लगानीकर्ताको संख्या अझै बढ्छ । आईपीओमा लगानी गरेपछि त्यो सेयर बिक्री गर्न दोस्रो बजारमा जानुपर्छ । यसकारण दोस्रो बजारमा सूचीकृत लगानीकर्तालाई सक्रिय लगानीकर्ता भनिन्छ । पब्लिक कम्पनीको सेयरलाई विद्युतीय रूपमा सुरक्षित राख्ने सीडीएस एन्ड क्लियरिङ कम्पनीको अभिलेखमा बिहीबारसम्म ३७ ल...
आज देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना

आज देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना

माैसम, समाचार
आज देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । त्यस्तै सुदुरपश्चिम प्रदेश र बागमती प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको भनाई छ ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । महाशाखाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन÷यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । ...
अवैध मोबाइल बन्द गर्न सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) साउन १ देखि लागू गर्ने

अवैध मोबाइल बन्द गर्न सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) साउन १ देखि लागू गर्ने

आर्थिक, समाचार
अवैध मोबाइल बन्द गर्न सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) साउन १ देखि लागू गर्ने भएको छ । साउन १ पछि अवैध मोबाइललाई चरणबद्ध रूपमा बन्द गरिने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । कर नतिर्ने उद्देश्यले भन्सार छलेर र चोरी पैठारीका अवैध मोबाइल नियन्त्रणका लागि एमडीएमएस सफ्टवेयर प्रणाली स्थापना गर्न लागिएको प्राधिकरणको भनाइ छ । ‘एमडीएमएस प्रणाली सुरु भएपछि सबै अवैध मोबाइल एकै पटक बन्द हुने होइनन्, हामी अवैध मोबाइल चरणबद्ध रूपमा पत्ता लगाएर बन्द गर्छौं,’ नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भने, ‘यसका लागि तीन–चार महिना लाग्न सक्छ ।’ एमडीएमएस प्रणालीलाई टेलिकम कम्पनीहरूको प्रणालीसँग गाभ्ने काम सकिएको छ । अहिले सेवा प्रदायक र प्राधिकरणका कर्मचारीलाई प्रणाली सञ्चालनका लागि तालिम दिने काम भइरहेको उनले बताए । यो प्रणाली राख्न मोबाइल आयातकर्ताहरूले लामो स...
अविरल बर्षापछिको बाढी पहिरोले देशका विभिन्न भूभागमा क्षति

अविरल बर्षापछिको बाढी पहिरोले देशका विभिन्न भूभागमा क्षति

समाचार, समाज
अविरल बर्षापछिको बाढी पहिरोले देशका विभिन्न भूभागमा क्षति पुर्‍याएको छ। जल तथा मौसम विज्ञान विभागले निरन्तरको बर्षाले बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ। मनसुन सक्रियतासँगै ठूला तथा मझौला नदीहरुमा जल प्रवाह उल्लेख्य बढ्ने, साना नदीनाला तथा खहरे खोलाहरुमा आकस्मिक बहाव भई तराई र चुरे क्षेत्रहरुमा डुबानसमेत हुनसक्ने अत्यधिक सम्भावना रहेको विभागको आँकलन छ। विभागले शुक्रबार विज्ञप्तिमार्फत मनसुनको अवधिभर आम सर्वसाधारणलगायत सम्पूर्ण सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। देशभर मनसुनी वायुको प्रभाव रहेको विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बाग्मती प्रदेशमा बर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थो...
आज शुक्रबारको राशिफल

आज शुक्रबारको राशिफल

राशिफल, समाचार
मेष राशि  चु, चे, चो, ला, लि, लु, ले, लो, अ मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । अन्य ब्यक्तिको पूर्ण बिश्वास नगर्नु होला । आर्थीक क्षेत्र मध्यम रहनेछ । यात्रा कारक समय रहेकोछ । बृष राशि  इ, उ, ए, ओ, बा, बि, बु, बे, बो अधुराकार्य सम्पादनका निम्ती समय उत्तम रहनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ । पारीवारका सदस्यहरु मध्ये कसैको स्वास्थमा समस्या उत्पन्न हुन सक्नेछ । आय आर्जनको क्षेत्र मध्यम रहनेछ । जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । मिथुन राशि  का, कि, कु, घ, ङ, छ, के, को, ह खानपानका क्षेत्रमा बिशेष सजग रहनु उत्तम रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा स...