पछिल्लो केहि दिन यता लगातार घटिरहेको नेपाल स्टक ए्क्सचेन्ज (नेप्से)मा आज ५ अंकको गिरावट आएको छ।
अघिल्लो दिनभन्दा ५.२४ अङ्क अर्थात् ०.१९ प्रतिशत परिवर्तन भएर नेप्से इन्डेक्स २८१८.११ अङ्कमा आज बजार बन्द भएको छ। आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २८३५.३०६ र कममा २८१२.९५८६ पुगेको थियो।
आज ४६३१० कारोबारमा १०१३५२०९ कित्ता सेयरको किनबेच भई ४२२४०१८२५५.०९ रुपैयाँ बराबरको कारोबार भएर बजार बन्द भएको छ। नेप्सेमा सूचिकृत कूल २२० कम्पनीको सेयर किनबेच भएको हो।
