नेपालमा पछिल्लो २४ घण्टामा २६३४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
देशभरकार विभिन्न प्रयोगशालामा ७५०३ जनाको पिसिआर परीक्षण गर्दा १७१८ जनामा संक्रमण पुष्टि भएको छ भने ५०८२ जनाको एन्टिजेन परीक्षण गर्दा ९१६ जनामा पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५६५ जनाले कोरोनालाई जितेका छन्।
यस्तै, १५ जनाको ज्यान गएको छ। योसँगै हालसम्म ९२६३ जनाको मृत्यु भइसकेको छ।
आज थपिएका कोरोना संक्रमित मध्ये काठमाडौं काठमाडौंका ३ सय ६५, ललितपुरमा १०५ जना र भक्तपुरमा २९ जना संक्रमित छन्।
हाल काठमाडौंमा ५३३०, भक्तपुरमा ९७३ र ललितपुरमा १५२५ सक्रिय संक्रमित छन्।
