आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ सकिएपछि असार २८ मा फैसला आउने

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ सकिएपछि असार २८ मा फैसला आउने

राजनीति, समाचार
 प्रतिनिधिसभा विघटन बदर हुने वा सदर भन्ने निर्णयका लागि एक साता कुर्नुपर्ने भएको छ । विघटनविरुद्धको मुद्दामा सुनुवाइ सकिएपछि असार २८ मा फैसला आउने भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा सोमबार सुनुवाइ सकिएपछि ‘हेर्दाहेर्दैमा’ असार २८ का लागि राखिएको आदेश भएको हो । सोमवार सुनुवाइ सकिएपछि प्रधानन्यायाधीश जबराले ‘अब असार २८ का लागि हेर्दाहेर्दैमा’ भन्ने आदेश गरेका थिए । असार ९ देखि सुरु भएको सुनुवाइ सोमबार रिट निवेदक पक्षका कानुन व्यवसायीको जवाफी बहस र त्यसपछि एमीकस क्युरीको सुझावस्वरूपको बहससहित सकिएको हो । विघटित प्रतिनिधिसभाका सदस्य शेरबहादुर देउवासहित १४६ जनाका तर्फबाट ३६ जना कानुन व्यवसायीले बहस गरे । त्यसैगरी महान्यायाधिवक्तासहित ११ जना सरकारी वकिल र प्रधानमन्त्रीका क...
आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल

राशिफल, समाचार
मेष – प्रयासरत काममा सफलता मिल्नेछ । अन्नधन बढ्नेछ । मान पुरस्कार प्राप्तिको अवसर पाउन सकिनेछ । खेलकुद र भ्रमणमा रुचि होला । मिठो भोजन  पाउन हुनेछ । आयवृद्धि हुनेछ । हांसविलासमा आकर्षण बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । भागदौड भैरहनेछ । जोखिममा नपर्नु बेस रहला । बृष – दिन शुभ र भाग्यवर्द्धक रहला । उन्नति पदोन्नति हुनेछ । आयस्रोत बढ्ला । मिठो भोजन  पाउनुहुनेछ । आरोग्यता बढ्ला । साझेदारीसित सम्बन्धित काम बन्नेछ । सुख सम्पति वृद्धि होला । रसरागमा आकर्षित हुनुहुनेछ । मान पुरस्कार प्राप्ति हुनेछ । भोज भतेरमा भाग लिनुहुनेछ । मिथुन – यात्रा होला । अन्नधन बढ्नेछ । दूर देशबाट शुभ समाचार सुन्नुहुनेछ । आयमा वृद्धि होला । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । ऐश्वर्य बढ्नेछ । रोकिएको धन मिल्नेछ । कार्यमा सफलता पाउनुहुनेछ । आरोग्यता बढ्ला । आ...
जारी निषेधाज्ञा थप गर्ने तयारी,थप छलफल गर्न बैठक बस्दै

जारी निषेधाज्ञा थप गर्ने तयारी,थप छलफल गर्न बैठक बस्दै

समाचार, समाज
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले जारी निषेधाज्ञालाई थप गर्ने तयारी गरिएको बताएका हुन् ।   प्रमुख जिल्ला अधिकारी निरौलाले भने, ‘निषेधाज्ञाबारे थप छलफल गर्न आज साँझ ५ बजे बैठक बस्दैछ । एक साता निषेधाज्ञा लम्ब्याउने तयारी थलिएको छ ।’ अबको निषेधाज्ञामा साना गाडी सञ्चालन हुन्छन् भन्ने प्रश्नमा निरौला भन्छन्, ‘साना गाडी सञ्चालन गर्न दिने तयारीमा ललितपुर प्रशासन चाँही छैन । अबको लकडाउनमा केके खुल्न दिने भन्ने विषयमा हामीले छलफल गर्न पाएका छैनौँ । काठमाडौंको प्रमुख जिल्ला आधिकारीले बैठक बोलाउनु भएको छ आज थप निर्णय गर्दैछौँ ।’   कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । पछिल्लो पटकको निषेधाज्ञा भने कहि खुकुलो पारेर थप गरिएको ...
नेपालमा १६०३ जना नयाँ संक्रमित थपिए :स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

नेपालमा १६०३ जना नयाँ संक्रमित थपिए :स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

समाचार, स्वास्थ्य
नेपालमा १६०३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १०४२ जना र एन्टिजन परिक्षण गर्दा ५६१ जना गरि जम्मा १६०३ जना नयाँ संक्रमित थपिएका हुन् ।    आज थपिएका कोरोना संक्रमितमध्ये काठमाडौंका ३४२ जना, ललितपुरका ८८ जना र भक्तपुरका ३१ जना रहेका छन् । पछिल्लो २४ घण्टामा २५५२ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या २७ हेको छ ।   मन्त्रालयका अनुसार हालसम्म ३५ लाख ७२ हजार ७९२ जनाको कोरोना परिक्षण गरिएको छ । परिक्षण गरिएको मध्ये ६ लाख ४२ हजार जना भन्दा बढी मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।  हालसम्म नेपालका कोरोना संक्रमणदर १९ प्रतिशत रहेको छ । २० वर्ष देखि ६० बर्ष उमेरसमूहका मानिसहरुका सबैभन्दा बढी कोरोना संक्रमण भएको छ ।  ...
आज आइतबार नेप्सेमा सामान्य अंकको गिरावट

आज आइतबार नेप्सेमा सामान्य अंकको गिरावट

आर्थिक, समाचार
 नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज आइतबार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ८.४८ अंकले घटेर दुई हजार आठ सय ३४ दशमलब ५२ विन्दुमा थामिएको हो ।    त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा ५ अर्ब ५ करोड ३५ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका तीन वटा समूह बाहेक अन्य सबै समूह घटेका छन् ।    नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा १२ प्रतिशत गुडवील फाइनान्स डिभेञ्चर र ओरियण्टल होटल रहेका छ । गुडवील फाइनान्स डिभेञ्चरको शेयरमूल्य १० प्रतिशतले बढेको छ । ओरियण्टल होटलको शेयरमूल्य करिब ९ प्रतिशतले बढेको छ ।            त्यस्तै, आज १०.२५ प्रतिशत डिभेञ्चर र १०.५० प्रतिशत एसबीएल डिभेञ्चरको शेयरमूल्य सर्वाधिक घटेको छ । यी कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशतले ...
निषेधाज्ञा खुकुलो भएसँगै हाल बजारमा चहलपलह,तरकारीमा मूल्य वृद्धि

निषेधाज्ञा खुकुलो भएसँगै हाल बजारमा चहलपलह,तरकारीमा मूल्य वृद्धि

आर्थिक, समाचार
पछिल्लो समय तिन-चार गुणाले तरकारीको मूल्य बढ्न थालेको छ । अफसिजनका कारण तरकारीको आपूर्तिमा उतारचढाव हुँदा तरकारीको भाउ बढेको कालीमाटी फलफूल तथा तरकारी विकास समितिका सुचना अधिकारी विनय श्रेष्ठले बताए ।  उनले भने, “निषेधाज्ञा खुकुलो भएसँगै हाल बजारमा चहलपलह बढ्न थालेको छ । अहिले बजार बेलुकीसम्म खोल्न पाइने हुनाले तरकारीको खपत बढ्न  थालेको हो । अझै केही समय  तरकारीको मूल्य उकालो लाग्ने छ ।”  बजारमा तरकारीको उत्पादन र आपूर्तिका आधारमा मूल्य निर्धारण गरिन्छ । खासगरी अहिले तरकारीको उत्पादन कम भएकोले नै मुल्य बढेको हो । अहिले बर्षादको समय भएकोले तरकारीको उत्पादन कम भएको छ । तरकारी उत्पादन भइरहेको जमिनमा धान रोप्ने काम भइरहेकोले पनि हरियो तरकारी उत्पादन घटेको श्रेष्ठले बताए ।  यति बेला ठूलो परिमाणमा तरकारी उत्पादन हुँदैन ।  उत्पादन कम भएपनि बजारको माग धानिरहेको उनले जानकारी दिए । ...
आयुर्वेदिक चिकित्सा पद्धतिलाई जनस्तरमा पु¥याउने समयमै ठोस कार्यक्रम र बजेट प्राप्त नहुँदा प्रभावकारीरूपमा काम गर्न सकिएन

आयुर्वेदिक चिकित्सा पद्धतिलाई जनस्तरमा पु¥याउने समयमै ठोस कार्यक्रम र बजेट प्राप्त नहुँदा प्रभावकारीरूपमा काम गर्न सकिएन

समाचार, स्वास्थ्य
कोभिड–१९ सङ्क्रमणको महामारीमा आयुर्वेदिक चिकित्सा पद्धतिको प्रर्वधन आवश्यक देखिएको भए पनि यसतर्फ सम्बद्ध निकायको ध्यान पुगेको छैन । कोभिड–१९ को सङ्क्रमणसँग जुध्न आयुर्वेदिक चिकित्सा पद्धतिको प्रयोग प्रभावकारी हुँदै गएपछि यस पद्धतितर्फ सर्वसाधारणको आकर्षण बढ्न थालेको छ । जनस्तरमा आकर्षण बढेपछि सेवाको प्रवद्र्धनका लागि पर्याप्त बजेट र कार्यक्रमको माग गरिँदै आएको छ तर प्रदेश सरकार मातहतका आयुर्वेद स्वास्थ्य केन्द्रहरुका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा निकै न्यून बजेट छुट्याएको छ । आगामी आव २०७८/७९ को बजेटमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको वार्षिक आयुर्वेदिक सेवा कार्यक्रमका लागि र तीन लाख, महामारी रोकथामका लागि रु दुई लाख र केन्द्रको स्तरोन्नतिका लागि रु एक लाख बजेट विनियोजन भएको छ । कोभिड-१९ का सङ्क्रमितको उपचारमा मेहनतका साथ लागेको जिल्ला आयुर्वेद स्वास्थ्य क...
अर्थ मन्त्रालयले प्रतिनिधि सभा  निर्वाचनका लागि निर्वाचन आयोगलाई  ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँसम्म खर्च गर्न सहमति प्रदान

अर्थ मन्त्रालयले प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँसम्म खर्च गर्न सहमति प्रदान

आर्थिक, समाचार
 अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई  ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँसम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ। २०७८ साल कार्तिक २६ गते शुक्रवार पहिलो चरण र मङ्सिर ३ गते शुक्रवार दोस्रो चरण गरी दुई चरणमा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिने गरी अर्थ मन्त्रालयले उक्त सहमति दिएको हो। ...
जारी युरो कप २०२० अन्तर्गत इटालीले बेल्जियमलाई २-१ गोलले पराजित

जारी युरो कप २०२० अन्तर्गत इटालीले बेल्जियमलाई २-१ गोलले पराजित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
जारी युरो कप २०२० अन्तर्गत शुक्रवार राती भएको दोस्रो क्वार्टर फाइनल खेलमा इटालीले बेल्जियमलाई २-१ गोलले पराजित गरेको छ। जर्मनीको म्युनिखस्थित ‘एलियान्ज एरेना’मा भएको खेलमा चार पटक विश्वकप विजेता इटालीले शानदार खेलको नमुना पस्कियो। पहिलो हाफको १३औं मिनेटमा नै इटालीले गोल गर्न पुगेको थियो तर लियोनार्डो बोनुचि अफसाइड हुँदा सो गोललाई ‘भी.ए.आर.’ले खारेज गरिदियो। त्यसपछि इटालीले खेलको ३१औं मिनेटमा पुनः गोल गर्यो। र यस पटक भने गोल मान्य पनि भयो। इटालियन मिडफिल्डर निकोलो बरेलाले शानदार फुटवर्क देखाउँदै सुन्दर गोल गर्दा इटालीले खेलमा अग्रता लियो। पहिलो हाफमा निकै बलियो देखिएको इटालीले ४४औं मिनेटमा अग्रता दोब्बर बनायो। इटालियन फरवार्ड लोरेन्जो इन्सिन्याले सोलो गोल गरे। उनले बेल्जियमका युरी तिलीमान्सलाई सजिलै बिट गरेर ‘डी-बक्स’ बाहिरबाट प्रहार गरेको शटले बेल्जियमको पोस्टको ‘राईट टप कर्नर’ च...
नेकपा (एमाले) उपाध्यक्ष वामदेव गौतम पार्टीमा फर्किए

नेकपा (एमाले) उपाध्यक्ष वामदेव गौतम पार्टीमा फर्किए

राजनीति, समाचार
नेकपा (एमाले) उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष केपी ओलीलाई अब आफू पार्टीमा फर्किएर आएको बताएका छन्। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै गौतमले यस्तो बताएका हुन्। गौतमले अब पार्टीमा अध्यक्ष ओलीसँग आएको र ननिकालेसम्म फर्केर कतै नजाने प्रतिक्रिया दिएका हुन्। पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले २०७७ पुस ५ गते हठात रुपमा प्रतिनिधिसभा विघटन गरेपछि एमालेका बैठकमा सहभागी नभएका गौतम शुक्रबार बालुवाटार गएका हुन्। अध्यक्ष ओलीले २०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काउने प्रतिवद्धता जनाएर केन्द्रीय कमिटी बोलाएपछि गौतम बैठक सहभागी भएका हुन्। बैठकलाई सम्बोधन गर्दै गौतमले पार्टी एकताको जिम्मेवारी आफूलाई दिनसमेत प्रधानमन्त्रीसँग अनुरोध गरेका छन्। जिम्मेवारी दिए एकता गरेर छाड्ने भन्दै गौतमले ओलीसँग एकताको जिम्मेवारी दिन अनुरोध गरेका हुन्। ...