आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

आज शनिबारको राशिफल

आज शनिबारको राशिफल

राशिफल, समाचार
मेष राशि चु, चे, चो, ला, लि, लु, ले, लो, अ भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । नयाँ कार्य थालनिका निम्ति आटँ र साहशको कमि आउनेछ । मध्यान पश्चात ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बृष राशि इ, उ, ए, ओ, बा, बि, बु, बे, बो बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । मध्यान पश्चात मान प्रतिष्ठामा बृद्धि हुनेयोग परेकोछ । दाम्पत्य शुखमा कमि आउनेछ । नयाँकार्यको थालनिका निम्ती समय उत्तम रहनेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । मिथुन राशि का, कि, कु, घ, ङ, छ, के, को, ह मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा...
आज देशभर सामान्य देखि पूर्ण बदली रहने

आज देशभर सामान्य देखि पूर्ण बदली रहने

माैसम, समाचार
आज देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षा तथा एक दुइ स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले बताएको छ । हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ । हाल देशको तराई भू–भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ । ...
नेपाल कम्युनिष्ट पार्टी(एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दै

नेपाल कम्युनिष्ट पार्टी(एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दै

राजनीति, समाचार
नेपाल कम्युनिष्ट पार्टी(एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दैछ । केन्द्रीय कमिटी बैठक आज बिहान ११ बजेको लागि बोलाइएको हो । बुधवार बसेको एमालेको १० औँ महाधिवेशन आयोजक कमिटी बैठकले महाधिवेशन आयोजक कमिटीलाई भंग गर्दै केन्द्रीय कमिटीमा परिणत गरेको थियो । पार्टीमा यसअघि बरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेता, कार्यकर्ताको कारबाही निष्प्रभावि भएको तथा पार्टी २०७५ साल जेठ २ गतेको अवस्थाबाट सञ्चालन भएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताएका थिए । तथापी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) हुँदाका केही स्थायी कमिटी सदस्यहरुलाई एमालेको स्थायी कमिटी सदस्य बनाउने निर्णय पनि गरिएको थियो । नेकपा(एमाले) बरिष्ठ नेता माधव कुमार नेपाल पक्षीय केन्द्रीय कमिटी सदस्यहरु भने बैठकमा सहभागि नहुने भएका छन् । बिहीवार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको बैठकले शुक्रवारको बैठकमा सहभागनी नहुने निर्णय गरेको हो । प...
सरकारले शिक्षकलाई खोप उपलब्ध नगराउँदासम्म कक्षाकोठामा भौतिक उपस्थितिसहित पठनपाठन गराउन नसकिने

सरकारले शिक्षकलाई खोप उपलब्ध नगराउँदासम्म कक्षाकोठामा भौतिक उपस्थितिसहित पठनपाठन गराउन नसकिने

शिक्षा, समाचार
सरकारले कोरोनाविरुद्ध खोप लगाउन शिक्षकलाई प्राथमिकतामा नराखेको भन्दै अधिकांश विद्यालयका शिक्षकले कक्षा कोठामा भौतिक उपस्थितिसहित पठनपाठन नगर्ने नगराउने बताएका छन् । अहिले देशभर झन्डै ४ लाख शिक्षक–कर्मचारी छन् । तीमध्ये अधिकांशले खोप लगाउन पाएका छैनन् । खोप लगाउने प्राथमिकतामा समेत शिक्षक–कर्मचारी छैनन् । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ स्वास्थ्यमन्त्रीसमेत भए पनि खोप अभियानमा आफूलाई प्राथमिकतामा नराखेको शिक्षकको गुनासो छ । नेपालमा पहिलोपटक ८ माघ २०७७ मा भारत सरकारमार्फत १० लाख मात्रा कोभिसिल्ड खोप भित्रिएको थियो । खोप अभियान सुरु भएको १ सय ५८ दिन बितिसक्दा पनि शिक्षकलाई खोप लगाउन सरकारले कुनै ठोस जवाफ दिएको छैन ।’ १ असारबाट शैक्षिकसत्र सुरु भएको छ । सरकारले जारी गरेको निषेधाज्ञासमेत खुकुलो हुँदै गएको छ । तर, यो बेलामा शिक्षकलाई खोप लगाएको भए भौतिक उपस्थितिसहित पठनपाठन गराउने विक...
आज शुक्रबारको राशिफल

आज शुक्रबारको राशिफल

राशिफल, समाचार
मेष राशि चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतिश्पर्दा जन्य कार्यमा समय उत्तम रहेकोछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय उत्तम रहेकोछ । नयाँ कार्य थालनिको योग रहेकोछ । मध्यान्न पश्चात सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ । दाम्पत्य सम्बन्धमा सुधार रहनेछ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । बृष राशि इ, उ, ए, ओ, बा, बि, बु, बे, बो खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनु पर्ला । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ सजग रहनु होला । मीथुन राशि का, कि, कु, घ, ङ, छ, के, को, ह नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ ...
सरकारको विपद्बाट हुने जोखिम र क्षति कम गर्न भन्दै विपद् प्रतिकार्य योजना पास

सरकारको विपद्बाट हुने जोखिम र क्षति कम गर्न भन्दै विपद् प्रतिकार्य योजना पास

समाचार, समाज
 भारी बर्षाका कारण मुलुकभर बाढी पहिरोको विपत्ति आइलागेका बेला सरकारले मनसुनको समयमा विपद्बाट हुन सक्ने घटनाको न्यूनीकरणका लागि ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्य योजना २०७८’ पास गरेको छ। सरकारले विपद्बाट हुने जोखिम र क्षति कम गर्न भन्दै विपद् प्रतिकार्य योजना पास गरेको हो। यसवर्ष सिन्धुपाल्चोकको मेलम्ची, मनाङको चामे लगायतका स्थानमा बाढी र पहिरोले ठूलो संख्यामा जनधनको क्षति पुर्‍याएको बेला सरकारले प्रतिकार्य योजना पास गरेको छ। गृह मन्त्रालयका प्रवक्ता सहसचिव जनकराज दाहालले प्रतिकार्य योजना पारित भएसँगै सरकारका सबै संयन्त्रलाई बाढी, पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनको काममा परिचालन गर्न सजिलो भएको बताए। ‘प्रतिकार्य योजना पास भएपछि उद्धार, राहतका साथै सबै संयन्त्र परिचालनमा सहयोग पुग्नेछ र अझ प्रभावकारी रुपमा संयन्त्रहरु परिचालित हुनेछन्’, प्रवक्ता दाहाल...
आज सुनचाँदीको मूल्यमा वृद्धि

आज सुनचाँदीको मूल्यमा वृद्धि

आर्थिक, समाचार
नेपाली बजारमा बिहीवार (आज) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । बुधवार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार रहेको थियो । आज तोलामा ८ सयले वृद्धि भइ प्रतितोला सुन ९० हजार ८ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवयासी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९० हजार ३ सय रहेको छ । बुधवारको तुलनामा आज चाँदीको मूल्य २० रुपैयाँले बृद्धि भएको छ । बुधवार प्रतितोला चाँदी १ हजार २ सय ९० रहेकोमा आज प्रतितोला १ हजार ३ सय १० कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । ...
निरन्तरको वर्षाले मेलम्ची खोलामा बहाव, स्थानीयवासी त्रसित

निरन्तरको वर्षाले मेलम्ची खोलामा बहाव, स्थानीयवासी त्रसित

समाचार, समाज
 निरन्तरको वर्षाले मेलम्ची खोलाको बहाव बढेको छ । केही दिन अघिमात्र वितण्डा मच्चाएको मेलम्ची खोलाले फेरि पनि स्थानीयवासीलाई त्रसित बनाएको छ । बुधवार दिउँसोदेखि निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको भन्दै प्ररीले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तटीय क्षेत्रहरुमा अझै बाढी आउनसक्ने भएकाले सुरक्षित स्थानमा गएर बस्न आग्रह गरिएको छ । यही असार १ गते र असार ५ गतेको बाढीले जोगाएको खोला किनारका घर तथा संरचना र खेतीयोग्य जमिनसमेत अहिलेको वर्षाले कटान गरिरहेको मेलम्ची – ११ का दशरथ दनुवारले जानकारी दिए । “खोलाको बहाव बढिरहेको छ । अस्तिको बाढीले बचेको घर पनि लैजाने भो, ज्यान जोगाउन मुस्किल छ”, दनुवारले भने । ...
मुलुकको आन्तरिक हवाई उडान झण्डै दुई महिनाको अन्तरालपछि पुनः सञ्चालनमा

मुलुकको आन्तरिक हवाई उडान झण्डै दुई महिनाको अन्तरालपछि पुनः सञ्चालनमा

समाचार, समाज
कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएको मुलुकको आन्तरिक हवाई उडान झण्डै दुई महिनाको अन्तरालपछि पुनः सञ्चालनमा आएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले आन्तरिक वायुसेवा कम्पनीको दैनिक ६४ उडान सञ्चालन गर्नेगरी उडान तालिका बनाएको छ । कोभिड महामारी नियन्त्रणका लागि सरकारले वैशाख १६ देखि निषेधाज्ञा लागू गरेको थियो । वैशाख २० गतेदेखि आन्तरिक र वैशाख २३ गतेदेखि अन्तर्राष्ट्रिय उडान स्थगन गरिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान रोकिराखेको अवस्थामा सङ्क्रमणको हालको स्थितिको मूल्याङ्कन गर्दै विमानस्थल टर्मिनलको क्षमताअनुसार भिडभाड नहुने गरी वायुसेवा कम्पनीले निषेधाज्ञाअघि सञ्चालन गरेको उडान सङ्ख्याको आधार सङ्ख्यामा १० मिनेटको अन्तरालमा उडान तालिका दिइएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार बुद्ध एयरलाई ३१, यती एयरलाइन्सलाई १५, श...
मनकामना स्मार्ट लघुवित्तले असार १७ गतेदेखि आईपीओ निष्कासन गर्ने

मनकामना स्मार्ट लघुवित्तले असार १७ गतेदेखि आईपीओ निष्कासन गर्ने

आर्थिक, समाचार
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले रू. ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ छिटोमा असार २१ गते र ढिलोमा असार ३१ गतेसम्म विक्री खुलाको मिति तय गरिएको हो ।  कुल कित्तामध्य शून्य दशमलव ५ प्रतिशत दरको ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको १९ हजार ४५० कित्ता सामुहिक लगानीकोषको लागि सुरक्षित गरी बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सार्वजनिक निष्कासनमा आउन लागेको हो ।  यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई इक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्रा एनपी आईआर डबल बि माइनस् रेटिङ्ग प्रदान गरेको छ । यो आईपीओ विक्रीका लागि कम्पनीले असार ६ गते ने...