आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट

आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट

आर्थिक, समाचार
नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ६ सय रहेको थियो । भने आज सुनको मूल्य तोलामा ६ सयले गिरावट आई प्रतितोला छापावाला सुन ९० हजार कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज तेजावी सुनको मूल्य ८९ हजार ५ सय रहेको छ । मंगलवारको तुलनामा बुधवार चाँदीको मूल्य तोलामा १० रुपैयाँले गिरावट आएको छ । मंगलवार प्रतितोला चाँदीको मूल्य १३ सय रहेको थियो भने आज १२ सय ९० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ । ...
नेपालमा कोरोनाको संक्रमणदर घट्दै, निको हुनेको दर ९३ प्रतिशत

नेपालमा कोरोनाको संक्रमणदर घट्दै, निको हुनेको दर ९३ प्रतिशत

समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्कलाई हेर्ने हो भने नेपालमा कोरोनाको संक्रमणदर घट्दै गएको देखिन्छ। पछिल्लो २४ घण्टामा मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टमा १ दशमलव ५ प्रतिशत संक्रमणदर रहेको छ। नेपालमा निको हुनेको प्रतिशत पनि अन्य देशहरुभन्दा बढी रहेको पाइन्छ। मन्त्रालयका अनुसार नेपालमा निको हुनेको दर ९३ प्रतिशत रहेको छ। प्रदेश अनुसार होम आइसोलेसनमा बस्नेहरुको संख्यामा आएको कमीका कारण नेपालमा कोरोनाको संक्रमण कम भएको भन्न सकिने अवस्था छ। हाल जम्मा ३२ हजार ३ सय ४९ जना होमआइसोलेसमा रहेका छन्। संस्थागत आइसोलेसनमा २ हजार ९ सय ६१ जना, आइसीयूमा ६ सय ४९ जना र भेन्टिलेटरमा १ सय ८४ जना रहेका छन्। कोरोना संक्रमण घट्दो क्रममा रहे पनि जोखिम भने अझै कायम रहेका जनस्वास्थ्यविद्हरुको भनाइ छ। लामो समयसम्म गरिएको निषेधाज्ञा खुकुलो हुनु, असारमा खेतिपातिको काम पनिसँग भएकाले पनि जोखिम का...
नेपाली कांग्रेसको बाढी पहिरामा परेर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग

नेपाली कांग्रेसको बाढी पहिरामा परेर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग

राजनीति, समाचार
नेपाली कांग्रेसले बाढी पहिरामा परेर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । कांग्रेसको बाढी पहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले मङ्गलबार एक विज्ञप्ति जारी गरी बाढी पहिरामा परी निधन भएका परिवारलाई पार्टीका तर्फबाट रु २५ हजार सहयोग गर्ने जानकारी दिएको हो । समन्वय समितिका संयोजक एवं पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले विसं २०७८ को शुरुदेखि बाढी र पहिराका कारण मृत्यु भएका व्यक्तिको परिवारलाई थोरै भए पनि मानवीय सहयोगको हिसाबले उक्त रकम सहयोग गर्न लागेको जानकारी दिनुभयो । मृतकका परिवारले उक्त राहत रकम प्राप्त गर्न मृतकको सनाखत सम्बन्धित निकायबाट हुनुपर्ने सो समितिले जनाएको छ । यही असार २ गतेको बाढीपहिराका कारण सिन्धुपाल्चोक, मनाङ, लमजुङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुगेको थियो । यसैबीच हेलम्बु–मेलम्ची बाढीपहिराबाट ज्यान गुमाएका मृतकका परिवार, घरवारविहीन न...
आज बुधबार देखि ठूलो वर्षा हुने सम्भावना

आज बुधबार देखि ठूलो वर्षा हुने सम्भावना

माैसम, समाचार
मौसम पूर्वानुमान महाशाखाले आज बुधबार देखि (ठूलो वर्षा) हुने सम्भावना रहेको जनाएको छ। महाशाखाले  एक विज्ञप्ति जारी गर्दै बर्षाको सम्भावना रहेकाले सबैलाई सतर्कता अपनाउन सुझाव दिएको छ। महाशाखाले विशेष मनसुन बुलेटिन–३ जारी गर्दै मनसुनी न्यून चापीय रेखा नेपालको तराईनजिक रहने हुनाले मनसुन सक्रिय हुने जानकारी दिएको हो। जसका कारण प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश १, २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी (ठूलो) तथा निकै ठूलो (धेरै भारी) वर्षाको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ। ‘उक्त प्रदेशका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भ...
संयुक्त राष्ट्रसङ्घमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा

संयुक्त राष्ट्रसङ्घमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा

समाचार, समाज
संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ । शान्ति सैनिक खटाएर योगदान पु¥याउने विश्वका मुलुकको सूचीमा नेपालको स्थान तेस्रो रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । विश्वभरका द्वन्द्वरत मुलुकका १२ शान्ति मिसनमा पाँच हजार १५४ सङ्ख्यामा अहिले नेपाली शान्ति सैनिक परिचालित छन् । विश्वका १२२ राष्ट्रले राष्ट्रसङ्घको आह्वानमा शान्ति सैनिक खटाउँदै आएका छन् । अफ्रिका महादेशका द्वन्द्वरत मुलुक सुडान र कङगोलगायतमा अहिले शान्ति सैनिकका रूपमा कार्यरत नेपाली महिला सैनिकको सङ्ख्या १७६ रहेको छ । यसअघि एक हजार ५५० नेपाली महिला सैनिकबाट शान्ति कार्यमा योगदान भइसकेको छ । सैनिक प्रवक्ता पौडेलले भन्नुभयो, “अरु देशको जनशक्ति घटेर तथा हाम्रो जनशक्ति बढेर पनि सूचीमा तलमाथि हुन्छ, अहिले रुवाण्डाको जनशक्ति घटे...
जीवन विकास लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

जीवन विकास लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

आर्थिक, समाचार
सोमबारसम्म १५ गुणा बढी आवेदन परेको जीवन विकास लघुवित्त वित्तीय संस्थाको आईपीओको आवेदन दिने आज अन्तिम दिन हो। असार ११ गते निष्काशन तथा विक्री खुल्ला गरिएको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो। प्रतिकित्ता १ सय मूल्य अंकित १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर लघुवित्तले निष्काशन गरेको थियो। १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको शेयर बजारमा ल्याएको हो। लघुवित्तले ३० हजार ४२० कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि आवेदन दिने गरी कम्पनीले आईपीओ बजारमा ल्याएको हो। एनएमबि क्यापिटल लिमिटेड धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक रहेको उक्त कम्पनीमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवे...
आज राष्ट्रिय धान दिवस देशभर मनाइँदै

आज राष्ट्रिय धान दिवस देशभर मनाइँदै

समाचार, समाज
आज राष्ट्रिय धान दिवस देशभर मनाइँदैछ । हरेक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने गरिएको छ । यस दिनमा औपचारिक, अनौपचारिक रुपमा धान रोप्ने कार्यक्रम पनि आयोजना गर्ने गरिन्छ । असार १५ गते राष्ट्रिय धान दिवस मनाइँदैछ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । वि.सं. २०६१ साल मंसीर २९ गते मन्त्रीस्तरीय निर्णय अनुसार २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । असार १५ गतेलाई दही, चिउरा खाने पर्वको रुपमा पनि मनाउने गरिन्छ । आजको दिन कृषि पेशामा रहने अथवा अन्य सबै पेशा, व्यवसायका मानिसहरुले दही, चिउरा खाएर असार १५ लाई मनाउने गर्छन् । असारमा एकचोटी हिलोमा पस्नैपर्छ भन्ने मान्यता अनुसार अधिकांश मानिसहरु आजैको दिनमा हिजोमा पसेर धान रोप्ने पनि गर्दछन् । आजको दिनलाई मानो रोपेर मुरी उब्जाउने दिनको रुपमा पनि लिइन्छ । यस वर्ष ‘धान...
साउनदेखि सरकारी तथा निजी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

साउनदेखि सरकारी तथा निजी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

समाचार, समाज
 सरकारले आगामी साउनदेखि सरकारी तथा निजी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी गरेको छ । साउनदेखि दर्ता हुने नयाँ सवारीसाधन र नवीकरण हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका महानिर्देशक नमराज घिमिरेले सवारीसाधनको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यसहित आगामी साउनदेखि नयाँ सवारीसाधन र नवीकरण हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न लागिएको जानकारी दिए । नयाँ खरिद गरिने दुई पाङ्ग्रे, चार पाङ्ग्रेलगायत सबै प्रकारका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको छ । इम्बोस्ड नम्बर प्लेट जडानका लागि भर्नुपर्ने फारम भर्ने प्रणालीलाई अहिले परिस्कृत गर्नेलगायत सबै प्रकारका प्राविधिक काम पूरा भइसकेको बताउँदै उनले सार्वजनिक, कूटनीतिक नियोग, संस्थानलगायत सबै प्रकारका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट...
असार १५ दही चिउरा खाने र मानो रोपेर मुरी फलाउने दिन

असार १५ दही चिउरा खाने र मानो रोपेर मुरी फलाउने दिन

समाचार, समाज
नेपालमा असार १५ लाई महत्त्वपूर्ण दिनको रूपमा लिइने गरिन्छ । यो दिन परापुर्वकालदेखि नै दही चिउरा खाने र ‘मानो रोपेर मुरी फलाउने दिन’ को सुरुवाती दिनको रूपमा लिइन्छ । यस दिनलाई विगत १७ वर्षदेखि धान दिवसको रूपमा पनि मनाउने गरिएको छ । त्यसै अनुसार प्रत्येक वर्ष विभिन्न नाराका साथ विविध कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइने गरिएको छ ।  यस वर्ष ‘धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा, आत्मनिर्भर र समृद्धि’ भन्ने मूल नाराका साथ असार १५ मा १८ औँ राष्ट्रिय धान दिवस मनाउन लागिएको छ । प्रत्येक जिल्लाहरूले पनि धान दिवस तथा रोपाइँ महोत्सव मनाउँदै छन् ।  सन् २००४ मा संयुक्त राष्ट्रिय संघले अन्तर्राष्ट्रिय धान दिवस मनाउने प्रस्ताव पारित गरेपछि विश्वभर धान दिवस मनाउने प्रचलन चलेको हो । यसैलाई आधार मानेर नेपालमा पनि मनाउन थालिएको हो । नेपाली संस्कृति अनुसार असार १५ मा दह चिउरा खाने प्रचलन छ । यो...
आजदेखि काठमाडौं उपत्यकाभित्र २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक सवारी साधन सञ्चालन हुने

आजदेखि काठमाडौं उपत्यकाभित्र २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक सवारी साधन सञ्चालन हुने

समाचार, समाज
आजदेखि काठमाडौं उपत्यकाभित्र २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक सवारी साधन सञ्चालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमवार जारी गरेको निषेध आदेश अनुसार आजदेखि लागु हुनेगरी काठमाडौं उपत्यकाभित्र मात्र सञ्चालन हुने २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक सवारी साधनलाई जोर बिजोर प्रणालीमा सञ्चालन गर्न दिने भएको हो । सार्वजनिक सवारी साधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्ने र अनिवार्य रुपमा भौतिक दुरी कायम गर्नुपर्ने उल्लेख गरिएको छ । सार्वजनिक सवारी साधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न दिइने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताए । त्यस्तै नीजि सवारी साधनहरु कार, जीप, भ्यानमा बढीमा ४ जना, ट्याक्सीमा बढीमा ३ जना र मोटर साइकल÷स्कुटर पनि जोर बिजोर प्रणालीमा सञ्चालन गर्न सकिने उनले बताए । त्यसैगरी खाद्यान्न, दुध ...