आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

चीनले नेपाललाई करिब ५० लाख डोजको  आधाजति यही असारभित्र दिने

चीनले नेपाललाई करिब ५० लाख डोजको आधाजति यही असारभित्र दिने

समाचार, स्वास्थ्य
चीनले एक महिनाअघि नेपाललाई उपलब्ध गराउने भनेको ५० लाख डोज खोपअन्तर्गत करिब आधाजति यही असारभित्र आउने भएको छ। चीनले नेपाललाई अनुदानमा १८ लाख र खरिद प्रक्रियाअन्तर्गत ५० लाख डोज खोप दिने घोषणा गरेको थियो। बेइजिङस्थित नेपाली दूतावासलाई प्राप्त सूचनाअनुसार यो चरणमा चीनले घोषणा गरेको डोजभन्दा कम खोप दिने स्थिति रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ‘चीनस्थित नेपाली दूतावासलाई जानकारी भएअनुसार २० देखि ३० लाख डोज खोप दिने कुरा छ तर यति नै दिने भनेर यकिनसहितको पत्र आइसकेको छैन’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ डा। रोशनकुमार पोखरेलले भने। खरिदअन्तर्गत आउने यो खोपको मूल्य भने एउटाको १० देखि १४ अमेरिकी डलर पर्नेछ। चीनले नेपाललाई सिनोफार्म कम्पनीबाट उत्पादित ‘भेरोसेल खोप’ बिक्री गर्न लागेको हो। लिखित रुपमा सम्झौतापत्र आइनसके पनि चीनले विश्वका ५० भन्दा बढी देशमा खोप बिक्री गरिरहेको र...
सार्वजनिक सवारीलाई पनि जोरबिजोरमा सञ्चालन गर्ने तयारी

सार्वजनिक सवारीलाई पनि जोरबिजोरमा सञ्चालन गर्ने तयारी

समाचार, समाज
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई अझै खुकुलो बनाउने तयारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच भएको छलफलका क्रममा निषेधाज्ञाको मोडालिटीलाई थप खुकुलो बनाउने गरी परिमार्जन गर्ने विषयमा छलफल भएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक यातायातलाई पनि जोरबिजोरमा सञ्चालन गर्ने कि केही दिन पर्खने भन्नेमा छलफल भएको तर टुंगो भने नलागेको बताए । ‘निषेधाज्ञाको मोडालिटीलाई परिमार्जन गर्ने भन्ने विषयमा छलफल भयो, सार्वजनिक सवारीलाई पनि जोरबिजोरमा सञ्चालन गर्ने भन्ने विषय पनि उठेका छन्, तर टुंगो लागेको छैन,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले राजधानीसँग भने । निषेधाज्ञाको मोडालिटीलाई अब कसरी अघि बढाउने भन्ने विषय थप छलफलपछि सोमबार बस्ने बैठकले टुंगो लगाउने उनले जानकारी दिए । भक्तप...
बेल्जियम क्वाटरफाइनलमा,पोर्चुगल बाहिरियो

बेल्जियम क्वाटरफाइनलमा,पोर्चुगल बाहिरियो

अन्तराष्ट्रिय, खेलकुद, समाचार
आइतबार राति भएको प्रि-क्वाटरफाइनलमा साबिक विजेता पोर्चुगललाई १-० गोल अन्तरले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको छ भने साबिक विजेता पोर्चुगल अन्तिम १६ बाटै बाहिरिएको छ । बेल्जियमका लागि खेलको ४२ औँ मिनेटमा थोर्गन हाजार्डले  गोल गरेका हुन् । यससँगै बेल्जियम क्वाटरफाइनलमा पुग्ने चौंथो टिम बनेको छ । बेल्जियमले क्वाटरफाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । ...
काठमाडौं उपत्यकामा निषेधाज्ञा फेरि थपिने

काठमाडौं उपत्यकामा निषेधाज्ञा फेरि थपिने

समाचार, समाज
काठमाडौं उपत्यकामा निषेधाज्ञा फेरि थपिने भएको छ। हाल जारी निषेधाज्ञा असार १४ गते राति १२ बजे सम्म कायम रहने छ। अब थपिने निषेधाज्ञामा के के खुकुलो बनाउने भन्ने बारे उपत्यकाका सिडिओहरु छलफलमा जुटेका छन। अधिकारीहरुका अनुसार उपत्यकामा अब एक हप्तादेखि १० दिनसम्म निषेधाज्ञा लम्ब्याउने तयारी छ। कोरोना भाइरसको सङ्क्रमण केही कम भए पनि जोखिम उस्तै रहेको काठमाण्डौका सिडिओ कालीप्रसाद पराजुलीले बताए। अहिले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात खुलाउन माग गर्दै आएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल सार्वजनिक यातायात नखुलाउन सुझाव दिएको छ। तर, व्यवसायीले दबाब दिएपछि सिडिओहरु सार्वजनिक गाडीलाई कसरी खुलाउने भन्नेबारे छलफल जुटेका छन्। काठमाडौं, भक्तपुर र ललितपुरका सिडिओहरुको संयुक्त बैठकमा २० सिट क्षमताभन्दा बढी भएका सार्वजनिक यातायातलाई जोर–बिजोर प्रणालीमा बढीमा ५० प्रतिशत...
अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नका लागि थप ४ कम्पनीलाई अनुमति

अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नका लागि थप ४ कम्पनीलाई अनुमति

समाचार, समाज
सरकारले अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नका लागि थप ४ उडान कम्पनीलाई अनुमति दिएको छ। पहिले ५ पाँच वटा हवाई कम्पनीले अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्दै आएकोमा सरकारले थप ४ वटा हवाई कम्पनीलाई अनुमति दिएको छ। अब अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नेमा नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स, कतार एअरलाइन्स, टर्किस एअरलाइन्स, जजिरा एअरलाइन्स, फ्लाइ दुवई एअरलाइन्स, सलाम एअरलाइन्स, एअरअरविया र एअरइण्डियाले नेपालका लागि उडान गर्नेछन्। त्यसैगरी आन्तरिक हवाई उडान पनि बिहीबारदेखि शुरु हुने भएको छ। नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडान गर्ने हवाई निर्णय गरेको छ। ...
नेप्से परिसूचक २७.३८ अंकले बढेर २८७०.३८ को बिन्दुमा

नेप्से परिसूचक २७.३८ अंकले बढेर २८७०.३८ को बिन्दुमा

आर्थिक, समाचार
नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज २७ अंकले बढेको छ। साताको पहिलो दिन नेप्से परिसूचक २७.३८ अंकले बढेर २८७०.३८ को बिन्दुमा बजार बन्द भएको छ। आज २०९२५१२६ कित्ता सेयर ७ अर्ब १४ करोड १७०६५७६ रुपैयाँमा किनबेच भएर बजार बन्द भएको छ। नेप्सेमा सूचिकृत कूल २२७ कम्पनीको सेयर किनबेच भएको हो। नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको नामावली सार्वजनिक गर्दै जोखिमपूर्ण बताएपछि नेप्से पछिल्लो सातादेखि निरन्तर घट्दै आइरहेको थियो। नेप्सेमा आजको कारोबार हेर्दा लडकाउन पूर्व झै भोल्युम आएको र यहि रफ्तारमा रहे नेप्से आगामी हप्ताबाट बढ्न सक्ने आर्थिक विश्लेषक मुक्ति अर्यालले उल्लेख गरेका छन्। ...
विश्व बैंकको १५ करोड अमेरिकी डलर बराबरको सहुलियत ऋण नेपाललाई

विश्व बैंकको १५ करोड अमेरिकी डलर बराबरको सहुलियत ऋण नेपाललाई

अन्तराष्ट्रिय, समाचार
नेपालको उत्थानशील पुनरुत्थानका लागि नेपाल सरकार र विश्व बैंकबीच १५ करोड अमेरिकी डलर बराबरको सहुलियत ऋण उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ। नेपाल सरकार र विश्व बैंकबिच कोभिड १९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाहरुको संरक्षण एवं दिगो विकास हासिल गर्न नेपाललाई १५ करोड अमेरिकी डलर (करिब १७ अर्ब ७८ करोड रुपैयाँ) बराबरको सहुलियत ऋण उपलब्ध गराउने सम्बन्धी वित्तीय सम्झौतामा हस्ताक्षर भएको हो। आइतबार भएको सम्झौतापत्रमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका छन्। हस्ताक्षर कार्यक्रममा बोल्दै अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगानाले यो सम्झौता अन्र्तगत प्राप्त हुने रकम कोभिड–१९ बाट प्रभावित भएको अर्थतन्त्रलाई पुर्नजिवन द...
सरकारलाई चालू आर्थिक वर्षको बाँकी २० दिनमा तीन खर्ब ८५ अर्ब रुपियाँ खर्च गर्न चाप

सरकारलाई चालू आर्थिक वर्षको बाँकी २० दिनमा तीन खर्ब ८५ अर्ब रुपियाँ खर्च गर्न चाप

आर्थिक, समाचार
चालू आर्थिक वर्ष २०७७/७८ पूरा हुने समय अब तीन हप्ता पनि बाँकी छैन । आर्थिक वर्ष पूरा हुँदै गर्दा सरकारलाई भने खर्चको दबाब छ । शनिबारदेखि गणना गर्दा २० दिनभित्र सरकारलाई पुग नपुग चार खर्ब खर्च गर्नुपर्ने चाप छ ।सरकारको खर्च तथा आम्दानीको हरहिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार शुक्रबारसम्म सरकारले करिब नौ खर्ब ६० अर्ब खर्च गरेको छ । लक्ष्यअनुसार बाँकी २० दिनमा करिब तीन खर्ब ८५ अर्ब रुपियाँ सरकारले खर्च गर्नुपर्छ । मध्यावधि समीक्षाबाट सरकारले बजेटको आकार घटाएर १३ खर्ब ४४ अर्ब ६८ करोड रुपियाँ खर्च हुने संशोधित अनुमान गरेको थियो । त्यसअघि अघिल्लो जेठ १५ मा बजेट सार्वजनिक गर्दै चालू आवमा १४ खर्ब ७४ अर्ब ६४ करोड रुपियाँ खर्च गर्ने सरकारको घोषणा थियो । कार्यालयका अनुसार शुक्रवारसम्म चालूतर्फ सात खर्ब २९ अर्ब २२ करोड रुपियाँ खर्च भएको छ । त्यस्तै पुँजीगततर्फ एक खर्ब ५६ अर्ब ६५ कर...
म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा केन्द्रीय प्रसारण लाइनको विद्युत्  विस्तार

म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार

समाचार, समाज
म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ। नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले मुदीमा शनिबार साँझ केन्द्रीय प्रसारण लाइनको विद्युत् बिस्तार गरेको हो। प्राधिकरणका प्राविधिक रवीन्द्र भण्डारीले मुदीका २५० घरमा विद्युतीकरण भएको जानकारी दिए। “मिटर जडान गरेका सबै घरमा बिजुली बलेको छ”, उनले भने, “सोही वडाको खाम्ला, खारा र बाँसबोटका ६५ घरमा यसअघि नै विद्युतीकरण भइसकेको छ।” ताकम, मच्छिम, फलियागाउँ, मुना, दर हुँदै विस्तार गरिएको केन्द्रीय प्रसारण लाइन वितरणका लागि मुदी र खाम्लामा एक/एक सय एमभिए क्षमताका दुई वटा ट्रान्सफर्मर राखिएको छ। मुदीमा विद्युत् विस्तार गर्न त्यहाँ सडक नपुग्दै विसं २०७६ चैतको पहिलो हप्ता धवलागिरिले वडा नम्बर ७ काउसीबोटबाट हेलिकप्टरमार्फत दुई वटा ट्रान्सफर्मर ढुवानी गरेको थियो। विसं २०७७ असारमा मुदी सडक स...
प्रतिनिधिसभा विघटनकाविरुद्धको रिटमा आज पनि सुनुवाई जारी

प्रतिनिधिसभा विघटनकाविरुद्धको रिटमा आज पनि सुनुवाई जारी

राजनीति, समाचार
प्रतिनिधिसभा विघटनकाविरुद्धको रिटमा आज पनि सुनुवाई जारी रहने छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमा अहिले निवेदक पक्षका कानून व्यवसायीले बहस गरिरहेका छन्। सर्वोच्च अदालतको संवैधानिक इजलासमा निवेदकका लागि सुरुमा १२ घण्टा समय दिइएको थियो। शुक्रबारको बहस सकिँदासम्म २ घण्टा ३५ मिनेटबाँकी रहेको छ। आज रिट निवेदकको पक्षबाट हुने बहस सकिने छ।विपक्षीको तर्फबाट बचाउ गर्नका लागि १५ घण्टाको समय तोकिएको छ। आज निवेदक पक्षको बहस सकिएसँगै विपक्षीबाट बहस सुरु हुने बताइएको छ। संवैधानिक इजलासमा यही असार ९ गतेबाट रिट निवेदक पक्षको बहस सुरु भएको थियो। शुक्रबार वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल, दिनमणि पोखरेल, सुनिल पोखरेल, टीकाराम भट्टराई, मुक्ति प्रधान र गोपालकृष्ण घिमिरेले बहस गरेका थिए। ...