आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

अस्ट्रियालाई २-१को गोल अन्तरले पराजित गर्दै इटाली क्वाटर फाइनलमा

अस्ट्रियालाई २-१को गोल अन्तरले पराजित गर्दै इटाली क्वाटर फाइनलमा

अन्तराष्ट्रिय, खेलकुद, समाचार
अस्ट्रियालाई पराजित गर्दै इटाली जारी युरो कपको अन्तिम आठमा पुगेको छ । शनिवार राती भएको खेलमा अस्ट्रियालाई २-१को गोल अन्तरले पराजित गर्दै इटाली क्वाटर फाइनलमा पुगेको हो । इटालीलाई जित दिलाउन फेडरिको चिसा र माटियो पेसिनाले एक एक गोल गरेका थिए भने अस्ट्रियाका सासा कलाडिज्कले एक गोल फर्काए का थिए । कडा र रोचक प्रतिस्पर्धा भएको खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको थियो । अतिरिक्त समयमा इटालीले दुई गोल गर्‍यो भने अस्ट्रियाले एक गोल फर्काउन सफल भयो । यससँगै इटाली क्वाटर फाइनलमा पुग्ने दोस्रो टिम बनेको छ भने अस्ट्रिया भने प्रतियोगिताबाट बाहिरिएको छ । ...
आज आईतबारको राशिफल

आज आईतबारको राशिफल

राशिफल, समाचार
मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ   एउटा नयाँ आर्थिक सम्झौता तय हुनेछ र नयाँ पैसा प्राप्त हुनेछ। आफन्तको घरमा जानु तपाईंले कल्पना गरेभन्दा पनि धेरै राम्रो हुनेछ। कसैको हस्तक्षेपले तपाईंको प्रियतमासँगको सम्बन्ध तनाउपूर्ण हुन। आफ्नो जोडीको मागले तपाईंलाई केही तनाउ दिन सक्छ। स्वास्थ्य अरूसित आनन्द बाँडेर फुल्छ। बृष–इ, उ, ए, ओ, बा, बि, बु, बे, बो  तपाईंले परिवारको आशा पूरा गर्नको लागि केही काम गर्नुपर्छ। परिवारका सदस्यहरूले तपाईंको जीवनमा एउटा विशेष ठाउँ ओगट्नेछन्।तपाईंले आफ्नो जीवन भन्दा बढी तपाईंलाई प्रेम गर्ने व्यक्ति भेट्नु हुनेछ। तपाईंका आज आमाबाबुले कुनै साँच्चै नै आश्चर्यजनक कुराले तपाईंको जोडीलाई आशीर्वाद दिन सक्छन जसले अन्ततः तपाईंको वैवाहिक जीवनमा विकास ल्याउनेछ। मिथुन–का, कि, कु, घ, ङ, छ, के, को, ह   राम्रो स्वास्थ्यको कारण तपाईं ...
तीनकुनेबाट गणेश मन्दिरसम्मको वाग्मती किनारमा ५०० गुर्जोका बिरुवा रोपिए

तीनकुनेबाट गणेश मन्दिरसम्मको वाग्मती किनारमा ५०० गुर्जोका बिरुवा रोपिए

समाचार, समाज
तीनकुनेबाट गणेश मन्दिरसम्मको वाग्मती किनारमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने ५०० गुर्जोका बिरुवा रोपिएको छ । गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले उपलब्ध गराउनुभएको बिरुवा नदी किनारमा क्रियाशील छ वटा उपभोक्ता समितिको सक्रियतामा शुक्रबार रोपिएको हो । आलोकनगर मार्ग टोल सुधार समिति, आलोकनगर मन्दिर व्यवस्थापन समिति, आलोकनगर कम्युनिटी, नेपाल आमा सेवा आलोकनगर, जीवन विज्ञान योग साधना केन्द्र मीनभवन, पतञ्जलि योग समिति मीनभवन केन्द्रका पदाधिकारी एवं सदस्यको गुर्जो रोपणमा सक्रियता थियो । कार्यक्रममा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनाले नदी किनारमा महाऔषधि रोप्दा सबैलाई काम लाग्ने बताए । आलोकनगर मार्ग टोलसुधार समितिका डी आर पोखरेल, आलोकनगर मन्दिर व्यवस्थापन समितिका बोधराज श्रेष्ठ, आलोकनगर कम्युनिटीका ध्रुबराज पोखरेल, नेपाल आमा सेवा आलो...
पछिल्ला दुई दिनमा कोरोनावाट सङ्क्रमित हुनेको मृत्यु दर झरेर शून्यमा

पछिल्ला दुई दिनमा कोरोनावाट सङ्क्रमित हुनेको मृत्यु दर झरेर शून्यमा

समाचार, स्वास्थ्य
कोरोना भाइरसको दोस्रो लहर फैलिएयता सुदूरपश्चिम प्रदेशमा पछिल्ला दुई दिनमा यो रोगवाट सङ्क्रमित हुनेको मृत्यु दर शून्यमा झरेको छ । गएको ४८ घण्टामा प्रदेशमा कुनै पनि कोरोना सङ्क्रमितको मृत्यु भएको जानकारी नआएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ । यो अवधिमा एक हजार ८९२ जनाको नमूना परीक्षण गरिएकोमा ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । ४४४ जना उपचार व्यवस्थापन पछि घर फर्किनु भएको छ । दोस्रो लहर फैलिएयता प्रदेशमा पहिलो पटक गएको जेठ २५गते पनि मृत्यू दर शून्य रहेको थियो । प्रदेशमा अहिलेसम्म ४३ हजार४४२ सङ्क्रमित पुगेका छन् । प्रदेशमा अहिले सम्म दुई लाख ५९ हजार ८८७ जनाको कोरोना भाइरसको नमूना परीक्षण गरिसकिएको छ । दोस्रो लहरको कारोना भाइरस फैलिएयता गएको जेठ ७ गते एकै दिनमा प्रदेशमा सबै भन्दा बढी ९८४ जना नयाँ सङ्क्रमित थपिएका थिए । प्रदेशमा सबै भन्दा बढी एकै दिन ३१ जना सङ्क्रमितको ...
निषेधाज्ञाको समयमा सवारी चालक अनुमतिपत्रको म्याद सकिएकाको हकमा पनि जरिवाना

निषेधाज्ञाको समयमा सवारी चालक अनुमतिपत्रको म्याद सकिएकाको हकमा पनि जरिवाना

समाचार, समाज
सरकारले कोरोना नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञा समय सवारी चालक अनुमतिपत्रको म्याद सकिएकाको हकमा पनि जरिमाना लिन थालेको छ । निषेधाज्ञामा सर्वसाधरणलाई अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन प्रतिबन्ध गरेको सरकारले अहिले आएर सो समय म्याद सकिएका सवारी चालक अनुमतिपत्रको हकमा जरिमाना छुट गरेको छैन । बाग्मती प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, ललितपुरले मंगलबार सूचना जारी गर्दै अनुमतिपत्र नवीकरण, ट्रायल पास, राजस्व संकलन, सवारी चालक अनुमतिपत्र वितरण कार्य सुरु गरेको छ । कार्यालयले सूचनामा नै निषेधाज्ञा अवधिमा सवारी चालक अनुमतिपत्रको अन्तिम म्याद सकेर जरिमाना लागेको भए जरिमाना छुटसम्बन्धी कुनै निर्णय नभइञ्जेल नियमानुसार जरिमाना लिई नवीकरण गरिने उल्लेख गरेको छ । निषेधाज्ञाको ५४ दिनपछि अन्य यातायात कार्यालयले सेवा पुनः सुरु गरेका छन् । तर, उनीहरूले पनि निषेधाज्ञा...
देशका अधिकांश भागमा मनसुनी वायुको प्रभावले वर्षा

देशका अधिकांश भागमा मनसुनी वायुको प्रभावले वर्षा

माैसम, समाचार
मनसुनी वायुको प्रभावले देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुसँगै देशको दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा रहेकाले हाल देशका अधिकांश भू–भागमा बदली रही प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा आज विहानैदेखि हल्का वर्षा भइरहेको छ । महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा आज देशभर सामान्यदेखि पूर्ण बद्ली रहनुका साथै देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित...
आज शनिवारको राशिफल

आज शनिवारको राशिफल

राशिफल, समाचार
मेष राशि चु, चे, चो, ला, लि, लु, ले, लो, अ आफ्नो ऊर्जा प्राप्त गर्न पूर्ण आराम गर्नुहोस्। विश्वास गर्नुहोस् वा नगर्नुहोस कसैले तपाईंलाई धेरै नजिकबाट हेरिरहेको छ र तपाईंलाई विशेष व्यक्ति ठान्दछ प्रशंसनीय कामहरू मात्र गर्नुहोस् जसले तपाईंको प्रतिष्ठालाई अझै उठाउन सक्छ। तपाईंले लामो समयदेखि काम गरिरहेको एउटा महत्त्वपूर्ण परियोजनामा ढिलाइ भएको छ। कुनै पनि समस्यालाई हटाउनको लागि इच्छा भएमा केही पनि असम्भव हुँदैन। तपाईंको जोडीले आफ्नो मनको कुरा सुन्न प्रशस्त समय दिनेछन्। बृष राशि इ, उ, ए, ओ, बा, बि, बु, बे, बो भावनात्मक रूपमा तपाईं धेरै स्थिर हनु हुँदैन  त्यसैले अरूको अगाडि कसरी व्यवहार र कुरा कसरी गर्नु भन्ने ध्यान राख्नुहोस्। अस्थायी ऋणका लागि तपाईंसँग भेट गर्नेहरूलाई बेवास्ता गर्नुहोस्। परिवारका सदस्य वा जोडीले केही खिचलो निकाल्नेछन्। आज तपाईंलाई प्रेम सबैको विकल्प हो...
आज देशभर सामान्य देखि पूर्ण बदली

आज देशभर सामान्य देखि पूर्ण बदली

माैसम, समाचार
आज देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं १ र बागमती प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशको दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ । ...
ताप्लेजुङको सामुदायिक विद्यालयमा कार्यरत बाल शिक्षिका र विद्यालय सहयोगीको तलब वृद्धि, मासिक रु १५ हजार

ताप्लेजुङको सामुदायिक विद्यालयमा कार्यरत बाल शिक्षिका र विद्यालय सहयोगीको तलब वृद्धि, मासिक रु १५ हजार

आर्थिक, समाचार
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत बाल शिक्षिका र विद्यालय सहयोगीको तलब वृद्धि गरेको छ । बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजानिक गर्दै गाउँपालिकाले बाल शिक्षिका र विद्यालय सहयोगीको तलब वृद्धि गरी मासिक रु १५ हजार पु¥याउने जनाएको हो । यस्तै गाउँपालिकाले शिक्षकहरुको क्षमता विकासका लागि आवश्यक तालिम तथा कार्यक्रम सञ्चालन गर्ने भएको छ । पठनपाठनलाई प्रभावकारी बनाउनका लागि शिक्षकहरुको क्षमता वृद्धि गर्ने योजना बनाइएको गाउँपालिका अध्यक्ष केशर मेन्याङ्बोले बताउनुभयो । गाउँपालिकाभित्रका विद्यालयलाई प्रविधिमैत्री बनाउदै लगिने र त्यसका लागि विद्यालयहरुमा इन्टरनेटलगायतका विद्युतीय सामग्री जडान गरिने भएको छ । विद्यार्थीको शारीरिक र बौद्धिक क्षमता विकासका लागि विभिन्न खेलकुद कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गर्ने गाउँपालिकाले जनाएक...
मौजुदा मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेर

मौजुदा मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेर

राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेर गरेका छन्। सर्वोच्च अदालतले कामचलाउ प्रधानमन्त्रीले मन्त्री थप्न नपाउने भनेपछि २० मन्त्री जिम्मेवारीमुक्त भएलगत्तै मन्त्रिपरिषद् पाँच सदस्यीय बनेको छ। प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाइ र गृह मन्त्रालय पनि हेर्नेगरी जिम्मेवारी तोकेकी छन्। त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी थपिएको छ। त्यस्तै, कानुन, न्याय तथा संसदीय मामि...